Tag Archives: sangrahalaya

गीत : तिम्रो चाहना…

~बसन्त चौधरी~ म कथा बनाउन चाहन्छु तिमी व्यथा सुनाउन चाहन्छौ । म सूर्य छाप्न चाहन्छु तिमी बादल ढाक्न चाहन्छौ ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : रात ढल्दासम्म

~शीतल शर्मा~ कुरिराख्छु तिमीलाई रात ढल्दासम्म बिहानीको मिर्मिरेमा भाले बास्दासम्म । झुल्के घामको किरणले लाली फूल्दासम्म सन्ध्याकालिन आरतीको घण्टी बज्दासम्म ।

Posted in गजल | Tagged | Leave a comment

कविता : अरूलाई हँसाउनेहरू देखेँ

~भीम विराग~ आफू रोएर अरूलाई हँसाउनेहरू देखेँ अरूमाथि हाँस्नेमाथि हाँस्नेहरू देखेँ सहन त सक्ने रहेछ मानिसले पीडाहरू चोटले त ढुङ्गा पनि टुक्रिरहेको देखेँ

Posted in कविता | Tagged | Leave a comment

गजल : थुनामा राख्न खोज्दैछन

~जैनेन्द्र जीवन~ पक्रिएर हावालाई थुनामा राख्न खोज्दैछन, पन्छाएर देउतालाई कुनामा राख्न खोज्दैछन । कुनै कमी छैन पाखण्डहरुको यो दुनियाँमा समुन्द्रका छाललाई दुनामा राख्न खोज्दैछन,

Posted in गजल | Tagged | Leave a comment

गजल : जिस्काइदिउँ झैं लाग्छ

~तिलाचन चापागाईं~ कहिले काहीँ उनलाई हेरी, जिस्काइदिउँ झैं लाग्छ।। मेरो घरको झा्यल खोली, चिहाइदिउँ झैं लाग्छ।। नसालु छ उनको हेराई, तर पनी डराइ डराइ उनकै लागी एउटा गीत, गाइदिउँ झैं लाग्छ।।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : भगवान्ले भलो गरुन् !

~गोरखबहादुर सिंह~ “वृद्धहरूको आदर-सम्मान गर्नुपर्दछ, उहाँहरूजस्ता पाकालाई उभ्याएर हामी बस्नु लाजमर्दो कुरा हो । ल, तिमी पनि उठ र उहाँहरूलाई बस्न देऊ ।” एउटा अधवैंसे जोडीले सिट खाली गरिदियो र पहिल्यैदेखि सँगै उभिएका वृद्ध दम्पती खाली गरेको सिटमा बसालिए। लामो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

व्यक्तित्व समीक्षा : लघुकथाका एकलव्य रवीन्द्र

~श्याम रिमाल~ छोटो बसाइमा पढ्न सकिने आख्यान उपविधा ‘लघुकथा’ साहित्यकारका लागि कति प्रिय भइसकेछ भने खोज, अनुसन्धान, निबन्ध र प्रबन्धमा समर्पित भएका र कवितामा पनि औधि रुचि लिएका छयासी वर्षीय साहित्यकार कमल दीक्षितसमेतले यो उमेरमा ‘लघुकथा’(खण्ड १ र २) भर्खरै … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

संस्मरण : अक्षरहरूसितको भेट

~नारायण तिवारी~ गोरखबहादुर सिंहका बारेमा लेख्न बसेको छु । स्मृतिमा चलचित्र भाँति विभिन्न सन्दर्भ, स्थान र घटनाहरू आउँछन् । गोरखबहादुर सिंहको हँसिलो प्रिय अनुहार आउँछ स्मृतिमा । साहित्य यात्रामा लागेका धेरै यात्रीहरू पत्रपत्रिकाहरूमा प्रकाशित रचनाहरूबाट, पुस्तकहरूबाट परिचित भइरहेकै हुन्छन् । … Continue reading

Posted in संस्मरण | Tagged , | Leave a comment

नियात्रा : नाङ्गा पहाडका कथा

~दामोदर पुडासैनी ‘किशोर’~ फरक हुनुपर्छ प्रत्येकको पहिचान। बेग्लै परिभाषामा बाँच्दै छन्, रङ्गीन पहाडहरू जिजीविषाका। मैले सानैदेखि देखेँ- पहाडहरू भनेपछि रूखबिरुवाहरू हुन्छन् नै। हरियोपरियो र खेतीपाती हुन्छ नै। सके पोखरी र कुलाहरू होलान्, घाँस-स्याउला गर्नेहरू गीत गाइरहेका होलान्, बाली लगाउने, हुर्काउने … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : अनगिन्ती कथाहरू

~लामा दोर्जे पासाङ~ म कति लेखूँ विक्षिप्त मनहरूका वेदनाको कथा चुहिएका छानाहरूको, बगाइएका बस्तीहरूको बर्दिया र जाजरकोटको निको नहुने घाउहरूको अनगिन्ती कथा कथाहरू पढ्नु पनि त पर्छ म कति पढूँ

Posted in कविता | Tagged | Leave a comment

कथा : श्वेत उपत्यका

~अनुपम रोशी~ तपार्इंलाई थाहा छ, यहाँ मानिसहरू कसरी मर्छन् ? यो रुख, त्यो पहरा, तल बगिरहेको नदी वा यी छाप्राहरू, त्यो गाउँ, त्यो सहर, यी ठूल्ठूला भवनहरू सबैमा मानिसले आफ्नो शरीर सजिलै सुिम्पन्छन् । कोही झुन्डिन्छन् । कोही फाल हाल्छन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उपहार

~विष्णुकुमार श्रेष्ठ~ अञ्जली भरी फूलका थुंगा तिमीलाई उपहार । उपहार मेरो खुसीको संसार तिमीलाई उपहार ।। यो नीलो आकाश जति म देख्छु तिमीलाई उपहार । म खेली हिडने पाखा र चउर तिमीलाई उपहार ।।

Posted in कविता | Tagged | Leave a comment

Poem : My Alibi

~Bhim Thatal~ I enter TV set And exploring through the channels Reach the tumultuous forests of Africa. Riding the turbulent waves of the tranquil forest There is a woman Who has Spent her entire legacy Amongst the sprouting hopes in … Continue reading

Posted in Poem | Tagged | Leave a comment

बाल कथा: निमाको अनुशासन

~भोला दुलाल~ शनिबारको छुट्टी थियो। निमा,पासाङ,राजु र उर्मिला बुढानीलकण्ठ स्थित शिवपुरी डाडामा रहेको गुम्बामा घुम्न जाने सल्लाह गर्छन। “भोलि बिहान चाडैं आउँ है सबैजना!” राजुले भन्यो। कतिबेला जम्मा हुने हो हामीहरु?” निमाले सोधी। ठीक आठ बजे हामी सबै नारनथानको बसपार्कमा … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

लघुकथा : के दिएकी थियौ तिमीले ?

~प्रनिता शर्मा~ “खोई म त नया छु यो क्षेत्रमा सर के हुन्छ हुन्छ मलाई थाहा पनि छैन । प्लीज सर मलाई हेल्प गर्नु ल !” रेस्टुरेन्टको मेरो बगलको सिटमा बसेका दुईजना मध्ये सानी पातली सत्र अठार वर्षकी जस्ती देखिने केटीले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : विछोड !!!

~अर्जुन उपाध्याय~ यतै कतै हुरि रहेछ सम्झनाको खरानी तिम्रो त्यसै बाट बनेर बर्ष आएछ श्रावण मेरो पिई त्यो वर्षातको पानी रगत झन बलियो भो

Posted in कविता | Tagged | Leave a comment

कविता : न्याय को बाटो

~रितु खनाल~ न्याय को बाटो मा देखाऊ हिडेर तिमी यो देश तिम्रो हो , बन्नु पर्छ नेता तिमी दुनियाको रिति , भन्नु हुन्न कसैलाई तिमी सत्यता को बलमा सधै अगाडी बढ्नु तिमी

Posted in कविता | Tagged | Leave a comment

यौन कविता : अर्ग

~पुष्कर लोहनी~ सम्पूर्ण आफूलाई चोखो राखेर अझ चन्द्रमालाई साछी उत्तानो पारेर थापेको अर्ग यौटा लामो केरा छोरो पाउने रहरमा लोग्नेलाई प्रसाद ।

Posted in कविता | Tagged | Leave a comment

कविता : चटक र क्रान्ति

~नर्मदेश्वर प्रधान~ त्यस जादुगरले झोलाबाट क्रान्ति झिक्यो… भोटो जात्रामा भोटोलाई झैँ उसले चारै कुनाबाट देखायो…. म विस्मित,

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरा सपना छन्

~इश्वरवल्लभ~ म भित्र फूलझै फक्रिरहेका सपना छन् म तिमीलाई दिन सकूँ हरेक हरियालीबाट सरसता टिपी तिमीलाई सुम्पन सकूँ कि मेरो निम्ति एउटा गीत बनोस् तिम्रा कोमलताहरूले,

Posted in कविता | Tagged | Leave a comment

कविता : आस्थाहरु स्वतन्त्र हुन खोज्छन्

~इश्वरवल्लभ~ म एकफेरा निर्लिप्त हुने मन गर्छु ती अँध्यारा कोठाहरुझैं, जो सधैं कुनै बेस्यहार परेको – परिवेश जिउँछ, तिमीहरु भन्छौ, ती अघिल्ला झ्यालहरु पनि अनुहार हुन्, जस्तै बगिरहेका खोलाहरु, जस्तै अल्झिरहेका बार्दली र झ्यालहरु, तिमीहरुले जस्तै,

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्देह

~रामगोपाल आशुतोष~ सफलताको पहाड झरेर पीडाको नदी तर्नु आकाश बिछ्याएर छातीमा पाताल ओढ्नु विश्वासको छाताबाट छलको छुरी मुटुमाथि तपतप खस्दा रगत जमेको घाउ सिएर बाँच्नु कठिन हुँदो रहेछ

Posted in कविता | Tagged | Leave a comment

‘इखालु’ रमेशका पाँच हाइकु-सेन्र्यू

~‘इखालु’ रमेश~ १. डुबेनी चन्द्र उषाको आगमन संघर्ष गर २. भुलेर पिडा संघर्ष हो जीवन मन सम्हाल

Posted in सेन्र्यू, हाइकु | Tagged | Leave a comment

कविता : प्रश्न ?

~देवब्रत घिमिरे~ उत्तरविहिन जीवनका प्रश्नहरूले प्यसा मच्छर झैं कान वरिपरि रन्थनिएर कोलाहल मच्चाइदिँदा समाधानका प्याट्ट प्याट् लबटाहरूले प्रत्येक असफल प्रयास आफ्नै गाला नमिठो चहर्याेइदिन्छन्। एकान्तले एउटा कोलाहल मच्चाएजस्तो

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : समालोचनाकी देवी

~सेवा भट्टराई~ लक्खीदेवी सुन्दास, २५ जेठ १९९१ – ३० साउन २०७६ । कोलकातामा जन्मिएकी लक्खी (बङ्गाली भाषामा लक्ष्मी) कालान्तरमा नेपाली भाषाको साहित्यमा सरस्वतीकै वरदान बनिन्। हँसिलो अनुहारमा सेतै फुलेको कपाल, लर्बरिएको बोली र धुमिल स्मृति । मैले दुई वर्षअघि सिलिगुडीको … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

कविता : संघर्ष गर्ने गर

~अर्जुन दुलाल~ मान्छे हुन्न कतै निस्वार्थ मनको आमा समानै यहाँ खोजे जे पनि लौ सँधै श्रम गरी भेटिन्छ संसारमा खोजौँ है मनले सँधै भरी अब यो जिन्दगीको घर हुन्छन् साथ सबै जिते पछि यहाँ संघर्ष गर्ने गर !!१!! देखिन्नन् दुधमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : किन गाउन दिंदैनन् जीवनको गीत

~यकिना अगाध~ आमा ! किन गाउन दिदैनन् त्यो मास्टरले मलाई आफ्नो जीवनको गीत । हातमा छडी लिएर उचाईंको हिसाब सिकाउछ र भन्छ सगरमाथाको गीत गाउ आदर्श भट्याउछ र भन्छ सीता र भृकुटीको गीत गाउ

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : पाखा पखेरा भरि नाँच्‍न पाऊँ

~इलामेली टीकाराम दुलाल~ छन्द कविता : ईन्द्रबज्रा डाफेँ जुरेली चरि साथ घुम्दै अग्ला हिमाली चुचुरा नि चुम्दै नेपाल मेरो सब ठाउँ जाऊँ पाखा पखेरा भरि नाँच्‍न पाऊँ ।१। सौभाग्य मेरो र छु भाग्यमानी सोचेर पानी म त हुन्छु पानी जन्मेर … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

आविष्कार कलाका तीन मुक्तकहरू

~आविष्कार कला~ (१) क्षितिज भन्दा परको स्वर्ग चाहिँदैन क्षितिजको पारी पट्टी नजर लाईँदैन आँधी हुरी मात्र होइन ज्वाला बन्छु म साम्राज्यवादी खुनी नङ्गा यहाँ चाहिँदैन । (२) अनुदानको डोकोभित्र विषको ठूलो पोको

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : जागृति सन्देश

~ताराप्रसाद श्रेष्ठ~ तराई पहाड सुन्दर हिमाल, “एमसीसी”ले खाने भो नेपाल राष्ट्रियता स्वाभिमान बन्धकमा पारी । स्वाभिमानी जनतालाई बोकाइ ऋणको भारी ।। पुर्खाका ती गौरवगाथा इतिहास सान । शहिदका सुन्दर सपना लागे वेचि खान ।। बहुमतको सरकार आएर, जाने भयो देशलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : बिकी सकेको म मान्छे

~विश्व बल्लभ~ पसलबाट बिकी, सकेको म मान्छे। आँखाबाट सबको, झरेको म मान्छे। आकाश बाट झरेर हराएको, तारा। सबले छोडिदिएको, पहाडको धारा।

Posted in नेपाली गीत | Tagged | Leave a comment

समीक्षा : नेपाली क्रान्ति कथा

~प्रदीप नेपाल~ नेपाली क्रान्ति कथा, बिहारका प्रसिद्ध कथाकार फणिश्वरनाथ रेणुको पुस्तकको शीर्षक हो । बिहारका भए पनि उनले नेपालको कोइराला परिवारसँग जोडिएर २००७ सालको क्रान्तिमा भाग लिएका थिए । उनले आपूm पनि त्यो क्रान्तिमा जोडिएको चर्चा गरेका छन् । त्यही … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment