Tag Archives: sangrahalaya

गीत : तिम्रो तस्वीर

~अनमोल पीडित खालिङ~ अतितको ब्यथ यो मुटुमाझ मैले साँच्न सकिन बियोगको कथा साँचेर एक्लै मैले हाँस्न सकिन! खोला बनी बग्छ जीवन मैले एक्लै छेक्न सकिन आँशु बनी झर्छ जीवन मैले एक्लै रोक्न सकिन!

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : बाँसुरी बजाइराख

~ज्ञानुवाकर पौडेल~ निरोले झैँ बाँसुरी बजाइराख हो, देशलाई यसरीनै जलाइराख । को आफनो यहाँ अब को पराई ?

Posted in गजल | Tagged | Leave a comment

कविता : भो मलाई चाहिंदैन घुम्ने कुर्सी

~शोभित नेपाल~ कसैले दान दिएको बाहिरकाहरूले मान दिएको ‘असल छिमेकी’ ले पिठ्युँमा धाप मारेर सम्मान दिएको दुई ठाउँमा हारेकाले लाजमर्दो उठान पाएको दुई ठाउँमा जितेकाले दुःखलाग्दो बैठान खाएको भो चाहिंदैन मलाई घुम्ने कुर्सी !!

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश अँध्यारो नै छ

~जिबीहाङ राई~ गुन्द्रिबाट पलङमा सरेपछि त निन्द्रापनि राम्रै लाग्दो रहेछ क्यारे !! डसनामाथि शिरक ओढेपछि त सपनापनि राम्रै देखिन्छ क्यारे !!! बार्दलि उक्लेपछि कुन्नी आकाशमात्र देखिन्छ क्यारे !!!! कौशिमा चढेपछि त भुइतलाको चिसो थाहा हुँदैनकी कसो ??

Posted in कविता | Tagged | Leave a comment

कविता : कस्तो हो यो मेरो

~गणेश पुर्बछाने मगर~ कस्तो हो यो मेरो जीवन को बेदनारु जहा एकै थोपा पनी सुखको आशु छैन कस्तो हो यो मेरो जीवन को सुरुवात जून यो मस्तिस्क मा कुनै लक्छ्य नै छैन । कस्तो हो यो मेरो जीवनको इच्छा

Posted in कविता | Tagged | Leave a comment

कविता : जन्म दिनको शुभकामना छोरा

~रेखा पन्त~ खुशी त्यो दिन पनि थिएँ उत्तिकै जब निस्कन्थे खादै नखाएको खाना शरीर तातो अनुहार रातो भएर दुर्गन्ध मिश्रित बाँकी हुन्थ्यो त केवल रित्तो आमाशय !! रित्तो आमाशयमा भरिभराउ गर्भाशय आपसमा ठोक्किदा निस्कने मधुर धुनमा महसुस गरेकी हुँ कयौंपटक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : के हो पवित्रता?

~तिर्थराज जोशी~ सुन् गोठाले सुन्। अनि भन्! म अब कसरी तेरि रहिन? कसरी? पवित्रता के हो तैँ भनिदे मलाई? यदि कुमारीत्व पवित्रता हो भने

Posted in कविता | Tagged | Leave a comment

कथा : कलियुगका जोगी

~डा. एकप्रसाद दुवाडी~ केही वर्ष पहिले गगन गैरे उर्फ कमल लुम्बिनी विकास समितिका अध्यक्षका हैसियतले न्युयोर्क गएर संयुक्त्त राष्टसंघका तत्कालिन महासचिवसंग भेटेर नेपालको तर्फबाट अन्तराष्ट्रीय सयोग जुटाउन जोडदार लबिङ गर्न सफल भएका छन् । महासचिव बान कि मुनसंगको भेटमा उनले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आउँदै छु है भनी

~शीतल शर्मा~ धेरै पटक निम्ता दियौ आउँदै छु है भनी । दुविधामा परिरहें होइन जस्तै मानी ।। लगातार सायरीका वर्षाहरु वर्षे । करै लाग्यो स्वीकार गर्न आफ्नै जस्तै मानी ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : झल्को

~आनन्द पौड्याल~ धेरै समृद्धिबाट प्रभावित हुँदै जाँदा, अरुको उन्नतीदेखि नतमस्तक हुँदै, मातृभूमिको पूर्व झल्को दिन्छु मैले, उच्च समृद्धि हेर्न आतुर हुँदैछु आज म, ज्ञान बुद्धि र सीप विकास निम्ति, निरन्तर अघि वढ्ने प्रण गर्दै,

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : मातृत्व

~शोभा गुरुङ्ग~ गोफ्ले कुकुरलाई अति मन पराउथ्यो। कुकुर पाल्ने साह्रै हठ गर्न थाले पछी गोफ्लेकी आमा डोलमायाले एउटा कुकुरको छाउरा ल्याई दिईन । गोफ्ले साह्रै खुशी भयो । संगसंगै खेल्ने, खाने, सुत्ने, बाहिर घुम्न जाने गर्थ्यो । घरका सदस्य गोफ्ले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : नेपाली बनि मर्नेछु देशमा

~इलामेली टीकाराम दुलाल~ देशको खातिर् नेपाली बनि मर्नेछु देशमा तिर्नलाई भारा बीर् गति प्रप्त गर्नेछु देशमा भोलीका पुस्ता स्वतन्त्र बनि हासेर जिउनेछन् शान्तिको शन्देश उजागर गरी छर्नेछु देशमा

Posted in गजल | Tagged | Leave a comment

विचार मन्थन : समय “सत्य कि झुट”

~भरत खत्री~ उकाली निस्कदै गरेको बुवाले सिरको टोपी हातमा समात्दै चौतारीमा थयाच्च बस्नु भयो । पुरानो कोटको खलतीमा हात राख्दै, पुरानो झुत्रो कुसुमे रुमाल निकाल्नु भयो । कपालका कापा बाट निधार हुँदै मुख तर्फ झर्दै गरेका पसिनाका ढिक्का पुछ्दै यसो … Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

कविता : ईश्वरको अदालतमा बयान

~राजेन्द्र तारकिणी~ गरिखानु जत्रो ठूलो अपराध शिरछेदन गर्नु होइन ! ईश्वर, म अपराधी थिएँ ! मरन्च्याँसे आइमाईको पेट च्यातेर जबरजस्ती लोकमा छिर्नु पहिलो अपराध थियो चुहिने छानामुनि भोकले आन्द्ररा खोतलेपछि

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : मुसी नाटकको समीक्षा

~मुकुन्दप्रसाद शर्मा~ क) नाटक पूर्वकथन पुसले दुर्गम पहाडको कुनाकन्दरा ठिहिर्‍याइरहेको बखत पहाडी जिल्ला रुकुमको तापक्रमको पारो भने एउटा समाचारले उकालोतिर लागिरहेको थियो । त्यो थियो मुसिकोट राज्य स्थापना सम्बन्धी कथानकमा आधारित रही साहित्यकार पूर्ण ओलीले लेखेको मुसी नाटक  छिट्टै प्रदर्शित … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

नियात्रा : वीरताको इतिहास दर्साउने स्थानबाट

~आविष्कार कला~ घुम्नु आफैमा रमाईलो मात्र होइन , घुम्नु कोठामा बसेर अध्ययन गर्नु भन्दा ज्ञान हासिल गर्ने एउटा महत्वपूर्ण माध्यम पनि हो । घुमाई आफैमा मलाई एक उत्साहजनक कार्य लाग्दछ । मलाई घुमाई बालपनदेखि नै रमाइलो लाग्दथ्यो । जुन दिन … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : पिंजडा रहेछ

~छविलाल खड्का~ जागिर भन्नु त केवल, पिंजडा रहेछ गणेश प्रवृत्तिको मात्र, अखडा रहेछ । गणेश गणेश रहे , कुमार कुमार नै नियम कानून त मात्रै, बखेडा रहेछ ।

Posted in गजल | Tagged | Leave a comment

कथा : अस्मिताको अस्मिता

~सिमियोन रोक्का~ अनुत्तरित हजार प्रश्नहरु हुन्छन, जस्को बर्तमानमा कुनै जवाफ हुँदैन । अपवादमा कसैको बिगत राम्रो होला तर अक्सर नराम्रा बिगतले बर्तमानमा अप्ठ्यारा प्रश्नहरु खडा गराइ राख्छन । जस्को उत्तर कहिले पाउनै सकिन्न त कहिले उत्तर, असाधारण र अनुपेक्षित हुने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : धेरै मन्दिर धाएकोछु

~डा बच्चु कैलाश कैनी~ तिमीलाई पाउन मैले धेरै मन्दिर धाएकोछु बदलामा मैले यहाँ तिमीलाई पाएको छु । सुख दुख आउँछन् जान्छन सबै भोग्नु पर्छ तिमी मेरी मनको देवता मैले ढोग्नु पर्छ ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : भिजिट नेपाल

~दिल थापा~ ऋतुहरुले प्रकृतिको रङ्गहरू प्रयोग गरेर मेरो देशको हिमालहरुमा तराईका फाँटहरुमा अनि हिमाल र तराईको न्यानो मायाँ पाएको पहाडहरुमा मनको आँखालाई खुसी बनाउने द्श्यहरु कुँदि रहन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आस्था र विश्वास डग्मगाएको छ

~दीपक कुमार ज्ञवाली~ श्रावण महिनाको कृष्ण पक्षको रातमा जुनकीरीको पिल पील उज्यालोमा जीवनको गन्तब्यमा हिडीरहेका बटुवाहरु भालेको डाँकसँगै सूर्याेदयको प्रतिक्षामा सहज जीवनलाई तिलाञ्जली दिएर देश र समाज बदल्ने अठोटले

Posted in कविता | Tagged | Leave a comment

कविता : समवेदना मरेको बेला

~कृष्ण प्रसाई~ अभ्यस्त भैसकेका छन् अखबारका पानाहरू- सहज बनाउन दिनहुँ रगतका खबरहरूलाई, कति सस्तो भएको छ मृत्यु ! कति बोधो भएको छ समवेदना ! ! आफू हराउँदा आफै खोज्न सक्दैन । आफ्नो अन्तेष्टिमा आफैं रुन पाउँदैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई उत्पन्न गराउने संयोगहरूप्रति

~डा. कविताराम श्रेष्ठ~ योजनाहीन मान्छेको जुनी पाएको छु । न मेरो पूर्वयोजना थियो यसमा । न मातापिताकै माया । न कसैको चाह न भगवनकै वरदान । काकतालीले म यहाँ उत्पन्न भएँ । तथापि म भन्दिनँ कि

Posted in कविता | Tagged | Leave a comment

एकाङ्की : अमर कथा

~टंक ‘विकल्प’~ लाक्पा सोनाम आँगनमा बसेर एकहोरोसँगले सगरमाथा तर्फ हेरिरहन्छ । ऊ पासाङको प्रतिक्षामा झै देखिन्छ । र्मिर्मिरे  बिहानको सिरसिर बतास सगरमाथाको देखि चौरी खर्क हुँदै ओरालो लाग्छ । प्रभाती चराहरूको चिरविर ताना र लामो स्मृति धुन गुञ्जिरहन्छ । लाक्पा … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

कविता : मेरी छोरी, मेरा कथा र चित्रहरू

~गणेश ईजम~ मेरी छोरी तिमी ठूली भइसक्यौ अब आमालाई सघाउ चुला जलाउने अभ्यास गर पानी तताउने कोसिस गर स्कूलको होमवर्क आफै सिध्याउने गर आफ्नो कपाल आफै सम्याउ मेरी छोरी तिमी ठूली भइसक्यौ, मैले तिमीलाई धेरै पटक एस्सै भनेको थिए,

Posted in कविता | Tagged | Leave a comment

कविता : भक्षक रक्षक

~सुमिना अभिलाषी~ दाजु , मलाइ याद छ बालापनको त्यो दिन ! दशैको बेला टीका र जमरा थालभरी राखेर हजुरलाइ पनि मेरो आडमै राखि आमाले आशिर्वाद दिदै गर्दा अक्सर यहि भन्नुहुन्थ्यो , भोलि म रहुँला नरहुँला बाबु बहिनिको सधै रक्षा गर्नु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मुटु जब छुन्छ हजुर

~धीरेन्द्र प्रेमर्षि~ वेदनाको लहरले मुटु जब छुन्छ हजुर ढुङ्गा जस्तो मुटु पनि त्यतिखेर रुन्छ हजुर रुन सक्नु भनेको नि वीरताकै निशानी हो छल-छाम, अहङ्कार आँसुले नै धुन्छ हजुर

Posted in गजल | Tagged | Leave a comment

मैथिली कविता : व्यवहार

~विनीत ठाकुर~ ऐना केँ की मोल आन्हरकेँ शहरमे । भेल उन्टा मुँह सुन्टा अपने नजैरमे ।। ज्ञानक सूरमा लगाकऽ जे बजबैए गाल । व्यवहारमे देखल ओकरो उहे ताल ।।

Posted in मैथिली कविता | Tagged | Leave a comment

कविता : दृष्टि अन्तर

~दीपा राई पुन~ आँतभेऊ कै नग्नता भरि बजारमा लिलाम सुन्दा म तिमीप्रति एउटा फूल सम्झेर मुस्कुराएकै छु । अजम्मरी हृदयवत प्रेम पत्रै-पत्र खोलेर मन्दिरमा होस् या, अन्तस्करणको बागमा नाङ्गिएर शतरुपाको सृष्टि तिमी

Posted in कविता | Tagged | Leave a comment

Poem : Miss Word Contest

~Pravin Rai Jumeli~ Sprinkling the intoxication of elegance the obstinate hips and breasts of words C~A~T~W~A~L~K on the ramp of poetry

Posted in Poem | Tagged | Leave a comment

कथा : ट्वान्टीवान

~स्नेह सायमि~ हिजो हरिले अचानक चुन्नेभैरव मार्ग अर्थात् चुन्नेपाखामा देख्यो ट्वान्टीवान । यहाँ बस्न आएको ७ बर्षपछि अचानक ट्वान्टीवानलाई देख्नासाथ हरिका बाल्यकालका घटनाहरू फिल्म झैँ आँखा अगाडि घुम्न थाले । हरिभन्दा केही महिनाले मात्र जेठो थियो ट्वान्टीवान । उनीहरू सडकमा, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सपनामा

~गोपालप्रसाद रिमाल~ मेरो हरघडीमा जपना, तिमी आज सपनामा आए ! यही आशाको पिलपिले बत्ती लिएर यो आधारातमा म आफूलाई निद्रको घोर जङ्गलमा छोडिदिन्छु बत्ती हुरीमा निभ्ला, म अललिउँला,

Posted in कविता | Tagged | Leave a comment