Tag Archives: sangrahalaya

कथा : भुमरी

~राजेश रुम्बा लामा ‘अत्रिप्त’~ एकाबिहानै शेरे कागजको कपमा कफि पिउँदै कल्पनाको सागरमा डुबुल्की मार्दैछ ।। वरिपरी गगनचुम्बी महलहरु (टावरहरु) बिचको ६५ तले टावरको ग्राउण्ड फ्लोरमा lllt gulf कम्पनीको एउटा क्यापेट एरियामा उ सोच मग्न छ। कहिले कफीको सुर्की लिन्छ कहिले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नेता

~बिजु सुवेदी ‘विजय’~ शीरध्वजले गाउँमै पढेरै पनि एस. एल. सी.मा बोर्डटप गरेको थियो । अनि ऊ काठमाण्डौं शहर आयो । शीरचन्द्रले पनि गाउँबाटै एस. एल. सी.मा राम्रो अङ्क ल्याएर पास गरेको थियो । अनि काठमाण्डौंमा पढ्नका लागि काठमाण्डौंको नजिक भक्तपुरमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म एक्लै बाँच्न सक्छु

~बिना तामाङ ‘सुनगाभा’~ तीनदिन देखि झरि परिरहेछ । एकहोरो त्यो प्रकृतिको रुवाई साँच्चै मेरो जीवन भन्दा फरक नभएरै होला कता कता मलाई आफ्नै रुवाई जस्तै लागिरहेछ । जीवनको २८ औं बसन्त तर्दासम्म मैले कहिल्यै त्यस्तो पीडा महशुस गरिन जति पछिल्लो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहिद दिवश

~केशु बिरही~ बिहानैदेखि गाउँमा माइकिङ भैरहेको छ । बजारको ठाउँ त्यसै त कोलाहल त्यसमा पनि माइकिङ्गको ठूल् ठूलो हल्ला । हल्लाले गरामुनि बजारलाई नै कोलाहल बनाइरहेको थियो । लगातार रुपमा ठूल् ठूलो आवाजमा घर अगाडीको सडकमा माइकिङ्गक भैरहनाले सोहनको निन्द्रा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : युद्दभित्रको प्रेम

~बिना तामाङ ‘सुनगाभा’~ धेरै भएको थियो मैले रोहिनीलाई नभेटेको । यस्तै भयो होला ९ वर्ष जति।अन्तिम पटक मैले उनलाई डाँडा गाउँको पोस्टमा सर्चमा जाँदा भेटेको थिएं ।त्यसपछि बेपत्ता भएकी उनि अहिले उहि डाँडा गाउँनै जाने त्यहि आर्मी पोस्टमै भेटिएकी थिईन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अदृश्य पर्खाल

~सुधीर ख्वबि~ यतिखेर म हस्पिटलको इमर्जेन्सी वार्डको बाहिर राखिएको बेडमा अवाक मनस्थितिमा पसारिएको छुँ । मेरा वरिपरी परिचित मुहारहरु झुम्मिएकाछन् । मेरा आँखाले ती मुहारहरु चिन्न सकिराखेको छैन । मात्र म स्वर सुनिरहेको छुँ । होहल्लाहरुको माझ , चिच्याहटको त्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र कथा : प्रेमिकालाई पत्र

~बिजु सुवेदी ‘विजय’~ धेरै किसिमका फूलहरु स्वर्गका थुप्रै बगैंचाहरुबाट लिइएको एउटा अत्यन्तै ठूलो फूलको गुच्छा सहित प्रिय तिमीलाई अत्यन्तै ठूलो धन्यवाद ! मेरी प्यारी स्याफ्रोन !!! म एकदमै हल्का महसूस गरिरहेको छु तिम्रो माया , समर्पण , आदर , सत्य … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मौन आवाज

~अल्पबिराम पोखरेली~ म समय हुँ । घडीको आविस्कार पछी मेरो जन्म भएको भ्रममा छन् , मान्छेहरु । होइन , म सूर्य भन्दा धेरै जेठो छु ।मैले धेरै कुरा देखेको छु , अनुभूतिका थुप्रै कथाहरु छन् , मसंग । धेरै कथाहरु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भत्किएको सपना

~जुनु क्षेत्री~ म हतारहतार विद्यालय पुग्छु । कक्षा सुरु भइसकेको हुन्छ । हाजिर गर्नलाग्दा लेखापाल सरले हठात् अङ्कति सरको नाममा मैले हाजिर गरेको देखाउँदै मलाई जिस्क्याउनुहुन्छ । म झसङ्ग हुन्छु । मैले त आफ्नै नाममा हाजिर गरेकी हुँ । मेरो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हाडखोडा र बृद्ध

~टिका खरेल सुवेदी~ नीलमणी झैं नीलो आकाश चँदुवाझैं टाँगिएको चारोको जोहोमा निस्किएका चराचुरुङ्गीहरु झूण्ड–झूण्ड भै रमाउँदै मीठो कलरवका साथ चिरबिराइरहेका थिए । सुनसान जमीन उदास अनुहार लगाएर बोझिलो निष्तब्धतामा बाँझै पल्टिएका थिए । तिनै फाँटिला जमिनमा चर्ने गाइहरु बेलाबेला टाउको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मायापुरले लगाएको मोहनी माया

~जुनु क्षेत्री~ आज के कोनो जायगा घुरते जाबो ? जाबो दादा जाबो ! मायापुर जाबो ? जाबो जाबो !! आज घर उदास छ । मनहरू उदास छन् । हिजोसम्मको चहलपहल आज उदासीमा परिणत भएको छ । कोठा, घर, आँगनमा एक

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मीठो भ्रम

~अल्पबिराम पोखरेली~ एक दिन एउटा चंखे मुसा जमिनमा दुलो पार्दै जाँदा सुंगुरको खोरमा पुगेछ ।त्यो खोरमा एउटी सुंगुरनी आफ्ना पाठापाठीहरुलाई दूध ख्वाउँदै थिई । सुंगुरनीलाई देखेर मुसाले भन्यो सुंगुरनी दिदी नमस्कार ! आरामै हुनुहुन्छ ! ए मुसा भाई पो ! … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : दोषी चश्मा

~विश्वेश्वरप्रसाद कोइराला~ केशवराजको चश्मा दोषी थियो । अलिक टाढाको मानिस तिनी चिन्न सक्तैनथे । किताब पढ्दा तिनको आँखालाई निकै बल पर्थ्यो । चश्माको पावर तिनका आँखाका लागि कम भएछ । धेरै दिनदेखि अर्को चश्मा लिनें विचारमा थिए, तर अझै अनुकूल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुस्तक

~विश्वेश्वरप्रसाद कोइराला~ कोशीको बाढीले एउटा जिल्ला जम्मै बगायो । मानिसहरू कति बगे, कति भोकभोकै मरे । रोगव्याधि फिंजियो । ती असहायका सहायताका लागि सरकारबाट मद्दत पुग्यो र अरू संस्थाहरूले पनि स्वयंसेवक पठाए । म पनि स्वयंसेवकको दल लिएर एउटा गाउँमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तेस्रो पुस्ता

~अल्पबिराम पोखरेली~ सिडनी बिमानस्थलको अध्यागमन कक्षबाट बाहिरिए पछी छोरा , पांच वर्षिया नातिनी सोफिया र अलौकिक लोकबाट धर्तीमा आउन ठिक्क परेकी नातिनीसंगैकि बुहारी मेरो स्वागतमा उभिएको देख्यौं । जुलाई महिनाको चीसो बतास मुटु कमाउने जाडो भए पनि साढे छ वर्षको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आडम्बरले जन्माएको दुर्दशा

~टीका खरेल सुवेदी~ दिन त्यसै–त्यसै धुम्मिएको छ । घामको मुख नदेखेको पनि चार–पाँच दिन भैसक्यो । निःसार हुस्सु चारैतिर मडारिरहेको छ । चराचुरुङ्गीहरु कुहिरोभित्र अन्योलमा परेझैं यताउता भौतारिरहेका छन् । चारुको जोहो गर्न पनि सकिरहेका छैनन् बिचराहरु ! शीतले लपक्क … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

हाँस्य-ब्यंग्य : कामरेडको मनोवाद !

~ठरकि दादा~ सौताको रिसमा छाडेको सत्ता नपत्याउने गरी अर्कैले आरामसंग कव्जा गरेपछि आजकल कामरेडलाई पर्नु पिर परेको छ । हुनपनि त हो, आफूलाई भनेर किनेको सवा लाखको खटियामा अर्कै घटीयाले खुट्टा पसारेर सुतेको कति दिन हेरेर बस्नु ?।

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

मनोवाद : एउटा डाक्टरको मनोवाद

~राजु दाहाल~ “अब, म यो देशमा बस्न सक्दिन । लाग्छ यो मेरो देशनै हैन, नत्र, नत्र एउटा नेपालीको छोरो भएर पनि त्यहि ब्यबहार पाउन नसक्नु कहाँ हुन्छ र ? बल, मात्र बल भएपछि पुग्ने, निर्बलीयाहरुले बोलेको आवाज कसैले नसुन्ने । … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

संस्मरण : सभ्याताको बाटो सधैँ ओरालो

~महेश पौड्याल~ “धादिङ? ए, पानीकै पधेँरो हो । दसौंपटक भैसक्यो गएको । सबै थाह छ । गाह्रो हुँदैन । जौं ।” धादिङमा साहित्यकार र युवा समाजसेवीहरूको पैदल यात्राको खबर पाएर लेखक कार्तिकेय घिमिरेले फोन गर्दा मैले यस्तै जवाफ दिएको थिएँ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

लघुकथा : अणु र पहाड

~डा. रवीन्द्र समीर~ एक दिन पहाडले अणुसँग भन्यो – ’म धरतीको छातीमा सग्लो रुपमा उभिएको छु । मैले आकाशलाई चुम्बन गरिरहेको छु । अनि, उज्यालोको पहिलो र अन्तिम भोक्ता भएको छु ।’

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बलराम मास्टर

~उत्तम सापकोटा~ ‘सर ! तपाईँसँग एकछिन काम छ, जानेबेलामा मलाई भेटेर जानुहोला ।’ प्रिन्सिपलले बलराम मास्टरलाई भने । बलराम मास्टरले त्यस विद्यालयमा पढाउन लागेको ११ वर्ष पुगिसक्यो । एघार वर्षअगाडि पढाएका

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अर्को क्षितिज

~उषा शेरचन~ पाँच जना दाजुभाइमा सबैभन्दा कान्छो म । हामी दाजुभाइमा पनि उमेरको अन्तर निकै छ । मेरो ठूलो दाजु र ममा त झन् धेरै नै अन्तर छ । घरमा ठूलो दाजुको मात्रै विवाह भएकोले ठूली भाउजूले नै घरको सबै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उदासी आँखा

~अनुपम रोशी~ आज फेरी उनकी श्रीमती गइन् । ‘एयरपोट गएर आएको !’ सामान्य हुन खोज्दै बोले उनी । ‘यति छिटै ’ म आश्चार्य हुदै सोध्छु । ‘नमिले पछि के गर्ने त !’ उस्तै मुद्रामा जवाफ आयो । ‘उति टाढावाट आएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली उपन्यास : उसको लोग्ने र बिरालो

~ इन्दिरा प्रसाई~ उसको लोग्ने र बिरालो (उपन्यास) – इन्दिरा प्रसाई संस्करण: पहिलो (२०६०), प्रति: १००० ISBN: 99933-799-6-4 Usako Logne Ra Biralo (A Novel by Indira Prasai) जीवनमा प्रेम, अपमान र पछुतोको सग्लो कथा हो उसको लोग्ने र बिरालो । इन्दिरा प्रसाईको यो उपन्यासले … Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

कविता : घाम, तिमी, म अनि प्रेम दिवस

~गीता पन्थ~ दुई गोलार्धका दुई छेउमा तिमी अनि म अचेल मेरो आगन म घाम हाँस्दा तिम्रो कोठा अँधेरिन्छ अनि तिम्रो कोठामा बिस्तारै जूनले लुकेर हेर्दा मेरो आँगनमा घाम उदाउँछ बाह्र बजे फूलले मन खोलेर हाँस्दा मलाई थाहा छ तिम्रो संसार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : स्वर्गमा गरिबी

~कृष्ण बजगाई~ गाउँको तिरतिरे खोलाको लघु जलबिद्युत गृह मार्फत निकालिएको बिजुलीले गाउँ झलमल्ल भयो । गाउँमै पहिलोपल्ट गाविस अध्यक्षको घरमा टेलिभिजन जोडियो । टेलिभिजनबाट सबै गाउँलेहरु पहिलोपटक समाचार हेर्दै थिए ।

Posted in लघुकथा | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य : मः मः ॐ श्री भैंसी प्रसाद

~कैलाश थापा /एस.के. सुवेदी~ ॐ तत्सत्, भैसी पुजाय नमोनम । भारत वर्षो नेपाल खण्डे भैंसी प्रसाद मः म । प्रजा-लोक-गणतन्त्र मन्त्र स्वाहा ! ॐ अहम् स्वार्थ नमाय नम, भैंसी प्रसाद मःम पिण्ड त्रिपनताम्, त्रिपनताम । श्री कान्तिपुरी सहरी क्षेत्राधिकार पेरिस … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

कथा : लण्डन सहर र नेपाली युवती

~सुबिसुधा आचार्य~ मौसम पूर्णिमाको रात जस्तो छङ्ग स्पष्ट खुलेको छ, खुल्ला नीलो आकाशमुनिको लन्डन सहर चम्किलो देखिन्छ एक यौवन सुन्दरीझैँ आफैमा निकै सुन्दर आकर्षणमय । चेरिङक्रस रेल्वे स्टेसनमा उत्रेर लामो आङ् तन्काउँछु म, जसरी पोखरीमा डुबेर निस्केको गैंडाले तान्छ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : अमरगढीतिरका सपनाहरू

~प्रकाश सिलवाल~ कैलालीको अत्तरियाबाट गाडी उकालो लागेपछि काठमाडौँका व्यस्त यादहरू पातलिँदै गएको अनुभूति हुन्छ। बेग्लै स्वाद लाग्न थाल्छ, सुन्दर सुदूरपश्चिमको। हरियाली। सफा। मीठो हावा। शान्त। बाटो पनि बलियो।

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : क्याब ड्राइभर

~जया राई~ “जकिया के अब म तिम्रो विहेको तयारिमा लाग्न सक्छु ?” यो प्रश्न मैले हजारौं सहास बटुलेर जब उनको नजिक पुग्छु, मुखबाट एक वाक्य मरे निस्कदैन । सत्ते सक्तिन, स्वर त कता–कता घाँटी भित्रै हराउँछ । हजारौं जोरजाम गरेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दिलमाया

~प्रा. डा. सुषमा आचार्य~ वातावरण निकै रमाइलो थियो । क्याम्पस छोडेको दस वर्ष पछि पुराना साथीहरूसँग भएको भेटघाटमा खुसी साटासाट गर्न सबै व्यस्त देखिन्थे । धनकुटा बहुमुखी क्याम्पसले आयोजना गरेको पुनर्मिलन समारोहमा अधिकांश पूर्व विद्यार्थीहरू तेह्रथुमको तीन जुरेको जङ्गलमा भेला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पागलनी

~बिमल कुँवर~ उ हिजो अनि आज र अस्ति पनि सडकभरि छरपष्ट छारिएकी थिइ, पोखिएकि थिइ ,अलपत्र परेकी थिई |उसको पुरानो बिगत त मलाई पनि थाहा छैन तर सुनेको छु कुनै एक शिक्षकको श्रीमती थिई र उसको लोग्ने आन्दोलनमा शहिद भयो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment