Tag Archives: sangrahalaya

अनूदित बालकथा : कुरूप टिउरो

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास गाउँमा गर्मीको रमाइलो मौसम थियो । सुनजस्तो पहेँलो मकै, हरियो जौ र चौरमा चाङ मिलाएर राखिएका परालका कुन्युको दृश्य राम्रो देखिन्थ्यो । सेतो सारस राता लामालामा खुट्टाले हिँडदै नबुझिने भाषामा कुरा गर्थ्यो । उसले आफ्नी … Continue reading

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

कविता : कालाे या कलि

~डा. विदुर चालिसे~ दुर्नाम बगरकाे एउटा किनारामा जब अाँखाहरू सुतिदिन्छन् बेखर उज्याला प्रहरहरू पनि बाैलाएर तब सडकमा छताछुल्ल पाेखिन्छन् मनसँग हररातका निंद्रामा अालश्यहरू याे समय कस्ता, कस्का हुन् बेहदहरू

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : चाहना

~नरेश नाति~ हिडिरहेँ छातीभरि पीर बोकी बोकी धेरै मोडे चाहनालाई आसुँ रोकी रोकी कोही भने

Posted in मुक्तक | Tagged | Leave a comment

गीत : दोबाटो घुम्तिमा

~चोक गुरुङ~ काम छोडी आउँनु ए मेरो हजूर दोबाटो घुम्तिमा लाउँला है मायाँ खाउँला है कसम यो जीबन भरिमा कहिले काहि एकान्तमा तिम्रै नाम जब्छु हत्केलामा तस्बिर राखि छात्ति माझ टास्छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : गुल्मोरको फूल र निर्सत प्रेम

~टंक वनेम~ कोशी भत्किन्दा बिटुलो परेको बस्ति खेतका गहराहरु हरियो नभई समाहामा पानी नभएर उडेको बुङबुङती धुलो रातो माटो पोतिएझैं नदी किनार तुवालो चिरेर हाँस्न खोज्ने सूदुर पर्ूवको गुल्मोरी सडक धर्तीको क्यानभासमा कोलाज हो शायद

Posted in कविता | Tagged | Leave a comment

कविता : बिदाइको रात

~अन्जु अञ्जली~ ढोकालाई सिमाना बनाएर भित्र र बाहिर उभिएका थियौं तिमी र म, आँखाभरी अव्यक्त रारा बोकेर मनभरी शुषुप्त ज्वालामुखी बोकेर वायाँ छातिमा प्रेम दायाँ छातिमा कर्तव्य सिउरिएर विदा माग्यौ तिमीले

Posted in कविता | Tagged | Leave a comment

गीत : दोषी मै हुँ कि

~पूर्णिमा रानामगर~ दोषी मै हुँ कि यस्तो, या हो परिस्थिती शुन्य महासुन्य, लाग्छ छैन कोहि वरिपरी ओइलि झरेको फुल भएछु, फेरी म फुलुकसरी – भत्किएको छ मनको मुहान कसले भन्ने कठैबरी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : टालें जिन्दगीलाई

~बिक्रम चेतनशील राई~ यतै फाटयो उतै फाटयो टालें जिन्दगीलाई गर्नसम्म माया गरें साले जिन्दगीलाई हत्केलाले बार हाली उज्यालोलाई जोगाइरहें सफलताको कामनामा दियो बालें जिन्दगीलाई

Posted in गजल | Tagged | Leave a comment

कविता : अब लेख्दिनँ कविता

~भोगेन एक्ले~ भो एहोई अब लेख्दिनँ कविता कति लेख्नु – बोकेर सम्झना मुहानको बगेर समुन्द्रमा बिलाएको खोला डालीको माया सम्झन्दै न्यानो चुडिएर हुरीसँगै उडेको पात सपनामा देख्ने आफ्नो आगन बिपनामा खेप्ने मुङ्लाने कर्म

Posted in कविता | Tagged | Leave a comment

मैथिली गीत : मानवता

~विनीत ठाकुर~ नहि भटकु धामे–धाम राखु मानवता पर ध्यान लागु दीन–दुखी के सेवा मे भेटत ओतहि भगवान भीतर सँ तोडि़ देलक मिथिला के दुःख आ गरीबी मन्दिर के बाहर दुःखिया बनल अछि परजीवी

Posted in मैथिली गीत | Tagged | Leave a comment

छन्द कविता : नयाँ भावना

~अनिता (ढकाल) गौतम~ छन्द : शार्दुलविक्रीडित जन्मेको घर खेल्न आँगन सबै छाडेर जानै छ यो कस्तो यो विधि हो परत्र घरको नासो भनेको छ यो भन्छन् लौ घरमा समस्त जनले कस्तो विभेदै भयो छोरीको मनमा त घाउ गहिरो चोटै परेको … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : मिठो गीत हुन्छ

~डा बच्चु कैलाश कैनी~ तिमीले केही लेखे मिठो गीत हुन्छ बोले झन् त्यो सुमधुर संगीत हुन्छ । मायामा समर्पण जोड्ने हो भने युगौंसम्म बाँच्ने अमर प्रित हुन्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : शत्रु मुसा

~देबेन्द्र बस्याल~ घना जंगलको मुनी मेरो सानो घर छ हरियो घाँसको बीचमा मेरो उजाड बास छ मेरो घरको पारीपट्टी माटोको थुप्रैथुप्रा छन् थुप्राको वरीपरी दुलैदुला छन्

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रो गजब भयो

~सुषमा मानन्धर~ सोच्दै थिएँ अचानकै आउनु तिम्रो गजब भयो । न पठाउँदै समाचार पाउनु तिम्रो गजब भयो । पग्लिन्न भन्थें अब म जत्ति जे गरे पनि तिमीले मुस्काउँदै उफ् आँखासन्काउनु तिम्रो गजब भयो ।

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य कविता : बोका हरायो – ४

~रामकुमार पाँडे~ बोका हरायो, बोका हरायो मेरो पार्टीको बोका हरायो । कतै बोकालाई बन्चरो प-यो कि (?) कतै बोका मातृसंस्था झ-यो कि (?)

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : शिशिरको एक साँझ बुबाको मृत्य समझेर

~मनप्रसाद सुब्बा~ धरतीको धमिलो र फुस्रो पानामा शिशिरले आफ्नै उपसंहारको अन्तिम अरफहरु लेखिरहेथ्यो । खचेरासरिका क्षितिजका आँखाहरू बुढ्याइँको तुवाँलोले धमिलिएका थिए । कुप्रिएका बुढा डाँडाहरू नाङ्गा रुखहरूका लौरो टेकेर दिनभरि मधुरो घाम तापिरहन्थे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ पनि त कोही

~अम्बर गुरुङ~ ऊ पनि त कोही पराई त होइन, रातै रगत बग्छ रङ्गको पानी होइन । ऊ पनि त मान्छे बेमुलुकको होइन, अँगालोमा लेऊ हामी भिन्न होइन । झोपडीको जीवन उसको सबकुछ होइन, भोको नाङ्गो बस्नु उसको भूल होइन ।

Posted in कविता | Tagged | Leave a comment

बालकथा : कोरोना हजुर आमा

~हरि आत्रेय~ “भाइ बैनी हो, भोली देखी टिफिनमा जङ्क फुड नल्याउनु है । स्कुलमा यस्तो निर्णय भएको छ ।” छुट्टी हुने बेला मिसले सुनाउनु भयो । भोली पल्ट स्कुल जाने बेला भयो । ममिले टिफीनमा मलाई मन पर्ने चाउचाउ दिनुभयो … Continue reading

Posted in बाल कथा | Tagged | 1 Comment

कथा : मातातीर्थ औंशी

~जीतबहादुर कटुवाल~ आज मातातीर्थ औंशीको दिन अर्थात आमाको मुख हेर्ने दिन । वैशाखको सुरम्य मौसमको मादकतामा डुबेर कोइली एकोहोरो कुहुकुहुको अविरल ध्वनि गुन्जाउँदै वसन्त उत्सव मनाउँदै थियो । बिहानको धन्दा सकेर समिरा बरण्डामा बसेर सुस्ताउँदै थिइन् । बिहानै उठेर घर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : आमा

~रमेश भट्टराई ‘सहृदयी’~ छन्द : शिखरिणी तिमी आमा मेरी हृदयतलकी मालिक धनी पिलायौ धारा दुग्ध समन गरी सङ्कट पनि गुथायौ जाडामा जब थरर काँप्दो तन हुँदा तिमी छोड्थ्यौ गाँसै मकन बबुरो बालक रुँदा । १ । अरे संसारैले भनन जननी … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : आमा

~पिपला ढुङ्गाना~ ‌अँधेरो मझेरीको जून हुन् उनी जसले सँधैभरि उदाइरहनु पर्छ झलमल्ल भएर बादलिने अधिकार छैन उनलाई किनकी उनी आकास होइनन् बादल लाग्ने अधिकार त केवल उचाई सँग हुन्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : अब कहाँ झुक्लान ?

~युवराज नयाँघरे~ उठेका छन् हातहरु अब कहाँ झुक्लान ? जुटेका छन् मुठ्ठीहरु अब कहाँ फुक्लान ? तातो रगत बगेर मुटु पनि तातेको छ चारैतिर दन्केका राँकाहरु अब कहाँ निभ्लान् ?

Posted in गजल | Tagged | Leave a comment

गजल : गजलको लगाव राखेर

~करण बुढा मगर ‘क्रेजी’~ मेहफिलमा ,गजलको लगाव राखेर पढ्दै छु दुईचार वटा किताब राखेर पिएर साहित्य लेख्न मुस्किल हुन्छ हुदै हुन्न मित्र गोजीमा सराब राखेर

Posted in गजल | Tagged | Leave a comment

कविता : यो नयाँ वर्ष, खै के नयाँ वर्ष

~जीवन क्षेत्री~ यो नयाँ वर्ष, खै के नयाँ वर्ष तुवाँलोको बादल, आँशुको वर्षा, आकांक्षाहरुको नदी, अतृप्त इच्छाहरुको समुद्र सँगुरझैं मोटाएका कुकुरहरु

Posted in कविता | Tagged | Leave a comment

कथा : कहिले आक्रोस कहिले प्रेम

~कृष्ण राजभण्डारी ~ केही दिन अघिको साँझ म अफिसबाट आएर बरण्डामा आराम गर्दै थिएँ । “आज किन ढिला नि ?” श्रीमतीज्यूले मेरो लागि चिया लिएर आउदा आउदै बाटैदेखि म ढिला हुनुको स्पष्टिकरण माग्दै आइन्, “तपाईको आज भोलि मति विग्रिएको जस्तो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बामे–बामपन्थी

~झाँक्री खोले~ झुत्रेझाम्रे महल नहुने, जातिका बासभित्रै, धर्ती साझा श्रमिक जनका सिर्जना छन् विचित्रै । नारा “हाम्रो” परिचय दिने विश्वका सर्वहारा, मेची–काली दिनदिन उँभो बढ्छ बामे उभार ।। १ आधाराती निडर मनले बास बस्दै छ बामे, भोकनाड्डा घरघर पसी आँसु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : टिस्टाको बगरमा रगत धोएर

~नरदेन रुम्बा~ टिस्टाको बगरमा रगत धोएर खुकुरी पखाल्यौ हामीले साक्षी छ इतिहास यहाँको के पखाल्यौ हामीले हामी जिउँदा मान्छे हौं मरेका छैनौ अझै हामी काँचो मान्छे हौ

Posted in कविता | Tagged | Leave a comment

गजल : चोट बल्झाइदियौ

~बिपिन शर्मा~ भेटिएको के थिएँ तिमीले हराइदियौ नाम नलिंदै बदनाम मलाई गराइदियौ विश्‍वासको दियो निभाइ तिमीले मेरो जिन्दगि अँध्यारो बनाइदियौ

Posted in गजल | Tagged | Leave a comment

कविता : सम्बोधन तिमीलाई

~रीता खत्री~ तिम्रो आँखामा आँसुको अथाह समुद्र बगेको हेरिरहें जब पोलेर आए आफ्नै मुटुलाई पीरको झरिलो अगेनामा शुष्क ओठहरू अझ शुष्क बने निस्तेज बने आवाजहरू तिमी बग्नु थियौ एउटा समय नदी बग्यौ, म अभागी बगर उभिरहें मौन….. जीवनको थकित किनारामा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : आउँछ बल् साँझतिर

~एकादेशको गगनराज~ हिजोआज मलाई आउँछ बल् साँझतिर। एक्लै भएँ प्यारो भा’छ बोतल् साँझतिर। जुनकिरी नै प्यासी बने अकस्मात फेरी हुन्छ जुन्लाई मलाई हेरी तल्तल् साँझतिर।

Posted in गजल | Tagged | Leave a comment

मैथिली कविता : नव साल

~सुधा मिश्र~ सजाक कलश प्रवेशद्वार दक अरिपन लँ सिनुर पिठार बेली चमेली गुलाब लक लाल स्वागत अछि आउ हे नव साल सुख समृद्धि लक ढेर रचि उमंग उत्सवक बेर

Posted in मैथिली कविता | Tagged | Leave a comment

कविता : मेरा बा

~सुनील बाबु श्रेष्ठ~ घुप्लुक्क घामका झुल्काहरु धर्तीमा पोखिन नपाउदै मेरा बा कामको लागि झिसमिसेमै घरदेखिको उकालो स्वाँ स्वाँ गर्दै माथि माथि डाँडाको थुम्कोमा पुग्थे । अनि त्यसरी नै हतार हतार उही बाटो ओरालो झर्दै झर्दै निथ्रुक्क पसिनाले भिज्दै घर पुग्थे … Continue reading

Posted in कविता | Tagged | Leave a comment