Tag Archives: sangrahalaya

Translated Poem : Fog

~Bhim Darshan Rokka~ Translation : Maya Watson Above the far hills heavier then they yet lighter than caresses the column of fog slowly slowly climbs the precipices

Posted in Translated Poem | Tagged , | Leave a comment

गीति कविता : हामी बिद्धान

~मधुश्री~ बिद्बान हामी दर्पण थियौँ बदल्न समाज छर्नुथ्यो ज्ञान हुन्नथ्यो दुःख संकट यो आज निद्रामा डुब्यौँ सपना दिवा देखेरै हरायौँ भुलेर आफ्नो बिद्धता सस्तो हावामा फरायौँ अन्याय-न्याय गलत-सही छुट्यौँन सकेनौँ पुज्यथ्यौँ हामी पुजाको अर्थ बुझ्नेनै भएनौँ

Posted in गीति कविता | Tagged | Leave a comment

बाल कथा : सुनमाया

~भोला दुलाल~ डोल्मा र सुनमाया असाध्यै मिल्ने साथी थिए। ऊनीहरु एक आपसमा यति मिल्थेकी गाउँमा सुनमाया र डोल्माको उदाहरण नै दिन्थे गाउले हरु। पढाई पनि सुनमायाको र डाेल्माको असाध्यै तेज थियो। सुनमायाको गाउँ र डाेल्माको गाउँ अलि फरक थियो। ऊनीहरुको … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

लोक गीत : नेपाली जीवन (संरक्षण गीत)

~श्यामसुन्दर श्रेष्ठ~ कालोमा कालो कोदाको बालो, टिप्नलाई गार्‍हो छ नेपाली जीवन पहाडको ठाउँमा बाँच्नलाई गार्‍हो छ, दाजै बाँच्नलाई गार्‍हो छ । १ यता नि पहिरो उता नि पहिरो ढुङ्घाको ओईरो छ कतै जाउँ भने जाने ठाउँ छैन यहीं बस्न गा¥हो … Continue reading

Posted in लोक गीत | Tagged | Leave a comment

मैथिली गजल : मस्त भेल छै

~धीरेन्द्र प्रेमर्षि~ राजनीति खुब मस्त भेल छै सोनित सभसँ सस्त भेल छै जन-जनके जी-जान उड़ाबऽ सेना-पुलिसक गश्त भेल छै

Posted in मैथिली गजल | Tagged | Leave a comment

मैथिली समीक्षा : मैथिली कविताक जापानी विधा

~चन्दनकुमार झा~ वैज्ञानिक उपलब्धि, पश्चिमी विचारधाराक प्रवेश, प्राचीन परम्पराक प्रति विरक्ति, आ अन्यान्य भाषा-साहित्यक प्रभावसँ मैथिली साहित्यमे खासक’ कविताक्षेत्रमे आधुनिकताक सूत्रपात भेल । बंगलाक प्रभावसँ एकर कल्पनाशीलताक विकास भेलैक । अंगरेजी आदि भाषाक प्रभावसँ मैथिली कवितामे प्रयोगवादी परम्पराक विकास भेल … Continue reading

Posted in मैथिली समीक्षा | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : गर तयारी अलमल्ल नपरी

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ लडाइँ जब छ ब्वाँसा, फ्याउरा, स्यालहरुको के अर्थ परेवाहरु यता वा उता लाग्नुको । मदारी अरु नै कोही छ, प्रभु अर्कै छ उनीहरुको, नचाउँदैछ कोही अरुले नै उनीहरुलाई;

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

तामाङ भाषी कविता : ल च्याङ्बा(कान्छा भगवान)

~नेत्र तामाङ~ खसु खामा साकक, म्लाङगै गन्डक खाला रो रेङ्बा छोदो पौ ल च्याङ्बा, म्लाङ्गै गन्डक खि म्याङ ल छ्युपेङपेङ ल ब्याहा जिन्जी, भतेर खाल्से असोल्नी ब्रिखु पित्खो ल च्याङ्बा, ब्रिखु मुयम ब्रि म्याङ् ल

Posted in तामाङ कविता | Tagged | Leave a comment

गीत : मेरो बेहोशीलाई सन्ताप

~इश्वरवल्लभ~ मेरो बेहोशीलाई सन्ताप भनी बिर्सी दे मेरो सबै मायाहरुलाई पाप भनी लेखी दे मलाइ छोडी दे मलाई फेंकी दे मलाइ भाँची दे म त सधैं उजाड छु हरियाली मेरो होइन

Posted in नेपाली गीत | Tagged | Leave a comment

विष्णुबहादुर सिंहका दस हाइकु

~विष्णुबहादुर सिंह~ १. बाढी आएर खेत बगाएपछि खोलो सुकेछ । २. आउनेछु म मङ्गलग्रहमाथि हावा लिएर । ३. समुद्रभित्र गहिराइमा डुब्दा माछा तर्सेछ ।

Posted in हाइकु | Tagged | Leave a comment

संस्मरण : सम्झनामा एक आत्मीय अग्रज

~नगेन्द्र शर्मा~ म काठमाडौँ आएको मदन उपाध्याय दाइको निम्तोमा रहेछ । त्यो पचास वर्षभन्दाअघिको कुरा हो । मलाई लिन कलकत्तामा रित्तै हवाइजहाज लिएर आउने पाइलट रमेश, उहाँको भाइ त माध्यम मात्र रहेछन् । मलाई भन्डैझन्डै गलहत्याएर ल्याउनु परेको कारण चैँ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

व्यक्तित्त्व समीक्षा : नेपाली आधुनिक सङ्गीतका शिखर साधक भक्तराज

~रवि प्राञ्जल~ २०३९ सालको असार महिनाको एक बिहान, ललितपुरको चक्रपथ क्रस गरेपछि करिब  एक मिनेटको दूरीमा बाटोको बायाँतर्फ रहेको एउटा घरमा म पुग्छु । घरको तल्लो तलाको एउटा कोठाबाट निःसृत हार्मोनियमको मधुर आवाज मिश्रित सुरिलो स्वरसँगै म त्यस कोठाको निकट … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

लिमरिक : नाठो

~सोफिया शर्मा रेग्मी~ गाइरहेथे माइकमा केटाका जन्ती नाच्ने केटीहरुको पनि थिएन गन्ती । बेगाने शादी मैं अब्दुल्ला दिवाना

Posted in लिमरिक | Tagged , | Leave a comment

Poem : Oh my lord!

~Prabal Dahal~ Oh my lord! Why have you created the evil? That destroys poor civil. You are everything my lord Why don’t you cut off evil with your mighty sword? Oh lord! Oh lord!

Posted in Poem | Tagged | Leave a comment

गोधूलि दिनेशको ऋषिकेश बिशेष पाँच हाइकु

~गोधूलि दिनेश~ चिसो बिहानी, विष्णुसहस्र नाम — वानप्रस्थमा ।१। छड्के घाम, झिलिमिली तारा झैँ — हरियो गङ्गा ।२।

Posted in हाइकु | Tagged | Leave a comment

कविता : बुज्रुक कृर्तिकारहरु

~कोमल प्रसाद श्रेष्ठ मल्ल~ लङ्गडो सोखमा बहिरा नेताहरु बुरुक बुरुक उफ्रदै एम्बुस बिछ्याउँन गोला, डाइनामाइट, बन्दुक पड्काउँछन् मेसिनगन भुट्छन, बम, बारुद विस्फोट हुन्छन व्यानेट घोप्छन, ग्रिनेट हान्छन,

Posted in कविता | Tagged | Leave a comment

कथा : सानीको सम्झनामा

~आनन्द पोखरेल~ साँच्चै कुनै दिन थियो, जब मलाई उसको स्वर एकछिन नसुन्दा पनि छटपटि हुने । तर जब उसले अन्तरघात गरि अनि बानि पार्नु पर्यो उसको अभावमा जीवन जीउनको लागि । उसको स्वर सुन्न नपाउँदा म मात्र कहाँ अतालिएको हुन्थेँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नैतिक कथा : प्रेम

~सङ्कलन : अज्ञात~ युवतीले भगवानसँग सोधिछन्, ‘हे ईश्वर ! प्रेम के हो र ?’ जवाफले सबैको आँखा खुल्छ । त्यसपछि भगवानले भनेछन्, ‘बगैँचामा जाऊ अनि त्यहाँबाट एउटा सुन्दर फूल टिपेर ल्याऊ । त्यसपछि उनी नजिकै रहेको बगैँचामा गइन् । त्यहाँ … Continue reading

Posted in नैतिक कथा | Tagged | Leave a comment

कविता : थुइक्क ! जाली लोग्ने मान्छेहरु !

~मिजास तेम्बे~ तेरो आमा भएर त, तैँले जीवन पाइस् । आमाको ममता र बात्साल्य कुल्चीएर हुर्कीस् । जवान भइस् /प्रियसी छानीस् /पत्नी अपनाइस् तेरो जीवनले गती पायो । अझ भन्छस्- यस्ता आइमाई /उस्ता आइमाई/नाथे आइमाईहरु, थुइक्क ! पापी लोग्ने मान्छेहरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमको रंग-३

~दीपा राई~ अँधेरिएको समुन्द्रको अम्ली समातेर बिहानीलाई पर्खेको छु लाग्दै छ- आदिम समयले काटीँ खुट्टामा ठोकेर म किनारमा उभिएको छु उभिएको छ समय समुन्द्रको हावाले बोकी ल्याएको नुनिलो

Posted in कविता | Tagged | Leave a comment

गजल : मुस्कानको रातमा

~सदानन्द अभागी~ छ पल्लवित सुन्दरता मुस्कानको रातमा जून थिए ढकमक्क हामी दुबै मातमा रस लाग्दो शरीरको श्वेत वर्ण छाती अति सुन्दर माछापुच्छूे बन्दी बने हातमा

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : दर्शन

~डा. विदुर चालिसे~ ‘जन्म, मृत्यु, कर्ता, कर्म र क्रिया नियमित हुन् कि अाकस्मिकता’ भनेर तर्क गर्नु अचेल फेसनजस्तै भइसकेकाे थियाे पराजित मनहरूसँग । नियमित हुन भन्नेका तथ्य र अाकस्मिक हुन् भन्नेका तर्कका बीचमा खास भेद नै दर्शनकाे मूल मर्ममा ठाेकिएकाे … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : श्रद्धाञ्जली

~लक्ष्मी उप्रेती~ समयसँगै तिमीगयौ अनायासै हजाराँै मनहरू स्तब्ध पारेर स्मृति तलाउमा छचल्किंदै बग्ने मायावी नदी देवदिदी ! स्मृतिको धमिलो आँखामा पच्चीस वर्षअघिको पवित्र दिन सम्झँदैछु यसबेला एउटा प्रगाढ सम्बन्धको पवित्र बन्धन सम्झँदैछु यसबेला

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : जिन्दगीको च्यादर

~अल्का सिन्हा~ अनुवाद : प्रमोद धिताल जिन्दगी जिएँ मैले यति सावधान भएर जस्तो कि नींदमा पनि रहन्छे सजग

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : क्याबिनको काम

~अमृता बुढाथोकी~ चुरोटको धुँवाले रगमगाएको क्याबिनबाट मन भरिएको बेला उनका आँखा क्षितिजतिर टोलाउँछन् । धुवाँ, कोलाहल र प्रदूषणले आकुलव्याकुल भएको त्यो क्षण उनलाई क्षितिजको उषा पनि मधुरो लाग्छ । मानौँ, क्यानभासमा आफ्नै अस्तित्वविहीन प्रतिबिम्ब ठिङ्ग उभिएर आफैलाई प्रतिप्रश्न गरेझैँ लाग्छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अविरल यात्रा

~प्रल्हाद बुढाथोकी~ एकै लक्ष्य हिड्ने यात्रीहरु बीच जब बाटोले बिभाजन ल्याउछ। एकले अर्काको बाटो अबरुद्ध गर्दै जब यात्री अघि बढ्न खोज्दछ। बाटोहरु दक्षिणपन्थी ,मद्यपंथी र उग्रपन्थी हुन पुग्दछ।

Posted in कविता | Tagged | Leave a comment

कविता : विंद्धत्सभा

~टंक वनेम~ सृष्टिको महायुद्ध ! आमाको गर्भाशायमा बाबुको विर्यदान पाखुरा सुर्काएर पल्टाउँदै सिसिफस ढुङ्गा थाकेर पल्टिन्छ उत्तानो हुटिट्याउँ झयामोलोङ्माको फेदमा जून घामको भाले जुधाई किरिङ मिरिङ………… किरिङ मिरिङ………… छयाक्र्‍याङ छयाङ…..

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : मदिरा महीमा

~बिक्रमादित्य~ छन्द : शार्दूल विक्रीडित झर्दै आज छ अन्धकार मधुरो निम्तार यादैहरु हावा आइरहेछ ढल्मल गरी छर्केर बास्नाहरु तिम्रै साथ छ यो पला बिगतका त्यै याद निम्त्याउने तिम्रै हात छ प्रेमलाइ प्रियसीको याद बिर्साउने॥१॥ … देख्दा छौ तरलै तिमी बगिरने … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : बुझ्ने भई सके म

~राई रमेश गाउँले~ नवोले नी धेरै वात, बुझ्ने भई सके म कस्तो हुँदो रै छ घात, बुझ्ने भई सके म नदेखाउ अव मलाई, दीवा स्वप्न तिमी धेरै स्वार्थ पूर्ण तिम्रो साथ, वुझ्ने भई सके म

Posted in गजल | Tagged | Leave a comment

गजल : लक्ष्य हाम्रो पारि थियो

~आशांक उपाध्याय~ यात्रा शुरु गर्दा खेरि लक्ष्य हाम्रो पारि थियो हास्दै खेल्दै रमाउदै यात्रा हाम्रो जारी थियो प्रारम्भ मै यात्रालाई सामल तामल ठिक्क ठाक्क एक्लै बोक्नै नसकिने गुन्टा पनि भारी थियो

Posted in गजल | Tagged | Leave a comment

कविता : ऋतुको गीत

~सीमा आभास~ घङ्गारुको लौरो टेकेर कोशी किनारमा उभिएकी हजुरआमा रित्ता गिजा मजेत्रोले छोप्दै अन्जुलीभरि पानी उघाएर भन्छिन्- फेरिएनन् यी रुखका पातहरु संग्लिएन सप्तकोशी चरा ब्यूँझनुअघि हराएकाहरु भेटिएनन् ऋतुको पोल्टाबाटै हराए बसन्तबहार बाबै !

Posted in कविता | Tagged | Leave a comment

गजल : दाता खोजूँ कतातिर

~जीवनकुमार शाक्य~ माया प्रेम के हो कहाँ पाउ खोजूँ कतातिर तीर्खा छ आँखामा गहभरी मूल खोजूँ कतातिर फूल फुल्यो आँगनमा,मन रसायो मुटुभरि माहुरी मरेछ खोरमा बगैंचा खोजूँ कतातिर

Posted in गजल | Tagged | Leave a comment