Tag Archives: sangrahalaya

कविता : गाउँले गजनी

~प्रवीण राई जुमेली~ जुन दिन त्यसले मेरो टाउकोमा १७७९ अगिको फ्रान्स बजारेर गयो त्यस दिनदेखि यता म एन्टेरोग्रेड अम्नेजियाले ग्रस्त छु म भन्न सक्तिनँ कतिबेला मेरो स्मृति जान्छ र कतिबेला त्यो फर्किन्छ भुलेकाहरुलाई सम्झिनैलाई जिउभरि झरी र बादलहरुको टाटू खोपिराखेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : ठुलो परेको देशमा

~एकादेशको गगनराज~ म बस्छु संकट हा ठुलो परेको देशमा । प्रेम र सद् भाबका आँखा फुलो परेको देशमा। भोका,अनिँदा सबै अनाथ टुहुरा ,नाङ्गा, सग्लो को नै पो बमले दुलो परेको देशमा।

Posted in गजल | Tagged | Leave a comment

कथा : आदेश भित्रको पीडा

~देविका तिमिल्सिना~ सधैँको साँझझैं आज पनि म आफ्नो तिक्ततालाई मेट्न बाहिर निस्कन्छु । घामको मन्द तेज र डाँडामुनि छिप्न खोजेको सूर्यले मेरो मानसिक धरातलमा कताकता प्रभाव पार्दछ । म टोलाएर गणेश र जुगल हिमालका थुम्काहरूमा आँखा दौडाउँछु । त्यहाँ भिन्नै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अबशेष

~तोषल दाहाल‘अल्पभाषी’~ एउटा नोकर मालिकको छेउमा आएर मालिकको घर भन्दा माथिबाट पानी बग्न थालेको कुरा जाहेरी गर्दछ । मालिकले त्यसरी बग्दै जाने पानीलाई घरभन्दा माथितिरै थुनेर उतै रोकी घरलाई ओभानो राख्ने आदेश दिन्छन् । पानीलाई बाध बाधेर थुनिन्छ ओरालो बग्ने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : नहेरुँ कसरी

~सदानन्द अभागी~ नशालु नजरले नहेरुँ कसरी विषालु भवरले चुसेछन् जसरी नपार अधर लौ रसायन् रसिला सजाउ नयन लौ सजाई उसरी

Posted in गजल | Tagged | Leave a comment

कविता : मान्छे यस्तो र एउटा प्रार्थना

~मोहन ठकुरी~ सम्झन खोजिरहेछु म अहिले आफैलाई । सखारै आज गुलाफको पत्रदलमा फुलेको छ शीतको एउटा थोपा, त्यहीँ अडेर बसेको थाहा छ मेरो दृष्टि केही क्षण !

Posted in कविता | Tagged | Leave a comment

मैथिली मुक्तक : डाक्टर भगवानक दोसर रुप

~सुधा मिश्र~ करोना डरे बन्द बाटघाट मल हल एहनमे अस्पताल अछि मात्र खुजल डाक्टर सचमे

Posted in मैथिली मुक्तक | Tagged | Leave a comment

कविता : यस्तो कविता कसैले नलेख्नु

~स्वागत नेपाल~ बिन्दु महासिन्धु पौडिनु, कमिला-रहर । छिचिमिरा कल्पनाहरू झ्याउँ-झ्याउँती केही उचाइमा पुग्छन्-खस्छन् महङ्गा सपनाहरू ।

Posted in कविता | Tagged | Leave a comment

कविता : गोरेटो

~विक्रम सुब्बा~ सकृय पाइतालाहरुले टेकेपछि धर्तीमा गोरेटोको जन्म हुन्छ कुनै साइतमा गोरेटो छेउबाट सियोझैँ पस्यो र जङ्गलको रुमालमा बस्तीहरुको बुट्टा भ-यो हो, सबैतिरबाट सकृय भए अनेक गोरेटाहरू र बस्तीहरूमा सभ्यताका इन्द्रेणी लर्काइदिए

Posted in कविता | Tagged | Leave a comment

महादेब अधिकारीको तीन तियाली

~महादेब अधिकारी~ तियाली#१ मनको चरी अर्कैको घर पिंजडा परेको त्योदेखि मेरा नयन बाट निर्झरा झरेको कसरी बाँचौँ मुटुनै मेरो छ अन्तै सरेको। तियाली#२ यो संसार हामीले त छाडि जानै पर्छ

Posted in तियाली | Tagged , | Leave a comment

कविता : अभिसप्त सिमाना र अनागरिकहरु !

~सुनील बाबु श्रेष्ठ~ सयौ चोटी आफ्नो थातथलोलाई पछाडी फर्कदै हेर्दै हजारौ किलोमिटरको दूरी पार गरेर शून्य आकाशलाई बोक्दै एउटा सूर्यको खोजीमा सिमानाका अभिसप्त पिलरहरुसंगै भर्खरै काठमाडौँ आइपुगेका अनागरिक हौ हामीहरु ।

Posted in कविता | Tagged | Leave a comment

गजल : कुनै तगारो हुदैन

~अनिता भण्डारी पौडेल~ भावनामा बग्छ मन कुनै तगारो हुदैन पग्लिन्छ मुटु मायामा साह्रो हुदैन सम्झिनेले एकहोरो सम्झिरहे पनि आत्मियता नभएको माया प्यारो हुदैन

Posted in गजल | Tagged | Leave a comment

कविता : मन अनि चरा

~प्रेम राई परिक्षित~ तिमी पखेटा फिजाएर तल माथि अनि माथि तल गर्दै आकाश भरि फैलिन्छौ र मलाई सोच्न बाध्य पार्छौ म पटक्क सक्तिन नियन्त्रण गर्न आफुलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो जन्म

~जसराज किराँती~ झुप्रामा ज्युनु र दस लाख अँध्याराहरूमा मर्नु रुनु र बीस लाख मृत्युहरूमा विसर्जित हुनु देश हुनु र देश नहुनु बाटाहरू सर्प–रङको पल्टिनु र यात्रीहरू तारा–रङमा हराउनु लहरहरू हुनु र किनाराहरू नहुनु एउटा राष्ट्र हुनु लाग्छ— म त्यस बेला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नाङ्गिदा हरेक क्षण आजको द्रौपदी

~वम देवान~ सभामा– एकपल्ट साडी तानिदा दुशासनबाट द्रौपदी ! कत्रो भयानक युद्ध उठेथ्यो महाभारतको अपमान बगेथ्यो, बाढीमा उर्लँदो रगतको डढेथ्यो रगतको आगोमा विषाक्त विचार कलंकित रगतको । झुल्केथे युद्ध–मैदानमा वीरत्वका सहस्रौं घामहरु,

Posted in कविता | Tagged | Leave a comment

गजल : आफ्नो हराइले मार्यो

~राकेश कार्की~ तिम्रो सधैँ जित कस्तो आफ्नो हराइले मार्यो आयो जवानी या उन्को मन पराइले मार्यो व्यर्थै रिसाको बेला एक्लै हुँदा मर्माहत छाती भरी बल्झेको उफ् घाउ चराइले मार्यो

Posted in गजल | Tagged | Leave a comment

कविता : हाँस्दै बोल्दै दुइ मुटु वीच

~देव गुरुङ~ हाँस्दै बोल्दै दुइ मुटु वीच खोई कहिले देखि , गहिरो माया वसि सकेछ थाहै भएन मलाई । झट्टै हेर्दा वगैचामा फुल मात्रै देखे , काँढा पनि हुदो रहेछ थाहै भएन मलाई ।

Posted in कविता | Tagged | Leave a comment

बैचारिक कथा : जोडिएका ओठहरु एकआपसमा छुट्टीनै मान्दैनन्……….।

~तोषल दाहाल‘अल्पभाषी’~ फाल्गुणको महिना, मध्यान्हको समय,सल्लाका बोटहरु सबै मौन थिए। सतिबयरका पातहरु खङ्गरङ्ग थिए। तल फेदिमा नागवेली बन्दै बगिरहेको पिखुवाँ खोलाले पनि मेरो मन तान्नै सकिरहेको थिएन । एउटा चौतारीको सानो छाहारीमा बसेकी थिएँ । अचानक एउटा नौजवान युवक परैदेखि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो प्रिय दुलाहा (मृत्यु)

~विराज बर्मा~ विश्वासको बन्दुकबाट निस्कएका आघात र बज्रघातका गोलीहरुको रुखो आवाज सुन्दै रसातल देखि नै उर्लिएको भेलसँगै उछिटिएका रगतका ताता फाल्साहरु पन्छाउदै मेरो सानु झुपडीको छिंडीबाट तिम्रो आगमन च्याइरहेकी छु म तिम्री एउटी नव दुही तिमीलाई नै पर्खिरहेछु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भूपिको लाहुरेसँग सम्झौता

~शक्तिराज नेपाल ‘कपुर’~ लाहुरेदाई तिमी आफना कैयौं दिनहरुमा आफनो गाउँ, जन्मभूमि र आफनो पूर्वपसिनाको सम्झनामा पुनः पुन सदा तिमी आउँथ्यो लाहुरे दाइ आफनो पसिनाको धारा अनि कर्तब्यको निशानामाथि केहि क्षणका लागि भएपनि पूर्ण विराम लगाउदै

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : स्वार्थ

~दिपक अभिमन्यू~ बिहानै मर्निङ्गवाकमा हिडेका राम बिक्रमलाई तेजरफतारमा आएको गाडीले ठक्कर दियो। उनी गम्भीर घाइते भए । उनको दुरघटनाको खबर हावासरी फैलियो । सामाजिक सञ्जालमा उनको स्वास्थ्यलाभको कामना गर्दै अनेकौं शुभेच्छ्याहरु पोष्ट गरिए भए । उनी खतरामुक्त थिएनन्।उपचारत अस्पतालमा उनलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : सम्झनाको तरेलीमा पारिजात दिदि

~शरद प्रधान~ केहि दिन अघि मात्र मेरो झण्डै दुई दशकको पत्रकारिता जीवनमा मैले साक्षात्कार गरी जीवनी लेखेका साहित्यकारहरुको नामावली सोचीरहेको थिएँ । धेरै साहित्यकारहरु त दिवंगत भइसक्नु भएकाले अब को चाँहि बाँचीरहेका होलान् भनेर घोत्लिरहेको थिएँ । रमेस विकल अब … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

मनोन्यास : अपांगता

~हस्त गौतम “मृदुल”~ धर्तीको रंगमन्चमा सुनौलो बिहानीका पर्दाहरू उठिसके । त्यो मृदुल उज्यालो क्षितिजलाई अपदस्थ गरी समयले बिस्तारै बिस्तारै आफ्नो मुठीमा पार्दै लगिरहेछ । भ्यागुतोलाई सर्पले निले जस्तै निल्दै निल्दै बिहानी रातमा परिणत हुँदै गैरहेको छ । शिशिर यामको तिख्खर … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

समालोचना : अन्तर विषय तथा विधा मिश्रणका सन्दर्भमा शर्मिला खड्काको ‘यो उसको कथा हो ’ कथाको अध्ययन

~शेखरकुमार श्रेष्ठ~ १. विषय परिचय वि.सं २०२५ मा समष्टि पत्रिकामा असफल सङ्घर्ष कथा प्रकाशित गराई साहित्यिक जीवन सुरुवात गर्ने शर्मिला खड्का (दाहाल) नेपाली साहित्य विधाका कथा विधाका सशक्त नारी प्रतिभा हुन् । सुरुमा निहारिका उपनामबाट रचना प्रकाशित गर्ने शर्मिलाले सानी … Continue reading

Posted in समालोचना | Tagged , | Leave a comment

छन्द कविता : निर्माणमा लाग्छौँ एकताबद्ध भै अब

~गोविन्दराज विनोदी~ प्रत्येक पल लाग्दैछ धर्ती काँपिरहेसरि कम्पले घरको मेरो जग नापिरहेसरि जब बाह्र गते आयो महाभूकम्प देशमा लाखौं सुसिर्जना पार्यो ध्वस्त एकै निमेषमा भासिए नासिए कैयौं सम्पदा र धरोहर लग्यो खोसेर आफन्त मृत्यु आई भयङ्कर

Posted in छन्द कविता | Tagged | Leave a comment

मनोन्यास : माले

~रुजन न्यौपाने~ खै कसरि हो मालेको ढाडमा गहिरो घाऊ भएछ । घाउबाट दुर्गन्ध फैलिएको छ सँगसँगै पिपको धारा बगिरहेको रहेछ । मालेलाई सबैले कहिले मरे हुन्थ्यो जस्तो गर्दैछन् । एताबाट ऊता लखेटिनु पर्छ उताबाट एता । सबैको पिटाई , दपेटाई … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कवि लिम्वु ‘आँशु’का पाँच ताङ्का

~कवि लिम्वु ‘आँशु’~ मुटु मिचेर दोष दिउँ कस्लाई भाग्य आफनै खोटो भइदिए सि आवरा जिन्दगी भो । भन्दैन चेली राता रात बेचिन्छ मौन छ सबै हाट हजारी खेल किन्नेहरूको भीड ।

Posted in ताङ्का | Tagged , | Leave a comment

कथा : यो एउटा रङ

~किशोर नेपाल~ आँखा सबैभन्दा ठूलो सत्य हो । यो मात्रै एउटा यस्तो शक्तिशाली प्रविधि हो, जसलाई मानिसको शरीरमा अभिन्न रहेको क्यामरा भन्दा केही फरक पर्दैन । यो क्यामराको क्षमता कति मेगा पिक्सेलको हुन्छ ? अहिलेसम्म कुनै शरीर वैज्ञानिकले, कुनै चिकित्सकले, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बालकृष्ण गजुरेलको पाँच तियाली

~बालकृष्ण गजुरेल~ तियाली १ आफ्नैको भर हुन्न झुटले मुटु छुन्न त्यसैले कोहि रुन्न ।। तियाली २ बिश्वास गर घात गरेपनि

Posted in तियाली | Tagged , | Leave a comment

कविता : नदी र चट्टानहरु

~सुनील बाबु श्रेष्ठ~ एकतमासले बगेर भारीका भारी सपनाका नदीहरु भविष्य खोज्दै मिसिन्छन पुगेर निलो महासागरमा । यहिँ सपनाका नदीहरुको विचमा अग्लो कद बनाएर बसेका अग्ला चट्टानहरु नदीबाट सृजित शितल हावा स्पर्श गर्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : अचेल मेरो गाउँ

~चन्द्र सिं गुरुङ्ग~ दिनहुँ हेर्छु घाँटु, सोरंठी र लोक दोहरीको नृत्यमा डम्फू, मादल र सारंगीको मौन धारण र गीति अक्षरहरुको शान्त मलामी माथि सल्लाघारीको डाँडामा बसेर जीर्ण तन र वितृष्ण मन बोकी शव यात्राको दृश्यावलोकन गर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मखुण्डो र कविता

~नरेश शाक्य~ मखुण्डाहरू उत्रिसकेका छन् र सबै आफ्ना असली अनुहारहरूमा देखापर्न थालेका छन्,

Posted in कविता | Tagged | Leave a comment