Tag Archives: sangrahalaya

गजल : रोगी भएछु

~प्रकाश लामिछाने~ छाति पोल्छ, कोखो दुख्छ, रोगी भएछु । राख-खगौतो मात्र साथमा, जोगी भएछु ॥ ठूलो मान्छे बन्नु भन्थे, उबेलामा सबले, असल नभइ ठुलो बन्दा, भोगी भएछु ।

Posted in गजल | Tagged | Leave a comment

गीत : कोरोनाबाट बचौँ

~डम्बर बिकेल~ बचौँ, बचौँ आफू नि बचौँ कोरोनाबाट बचौँ बचाऔँ अरुलाई नि कोरोनाबाट बचाऔँ हात राम्ररी नधोए जानौँ कोरोना सर्छ है राम्ररी पकाई खाए बुझौँ कोरोना मर्छ है

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बाँच्ने कसोगरी

~डम्बर बिकेल~ आयो कोरोना धरतीमा बाँच्ने कसोगरी घरभित्र भोकमरी बाहिर महामारी संसारमा सबैसँग माया गाँस्ने मन छ नजिक भई हात समाई हाँस्ने मन छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

अनूदित बाल कथा : माटाको खुत्रुके

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास खेलौनाहरूले भरिभराउ एउटा कोठा थियो । त्यो कोठा केटाकेटीहरूको थियो । दराजमाथि माटाको एउटा खत्रुके थियो । सुँगुरका ढाडमा पैसा खसाल्ने प्वाल थियो । त्यो प्वाल पहिले त सानो थियो तर पछि ठूला सिक्काहरू पनि … Continue reading

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

कविता : आत्महत्याराको देश

~राजेन्द्र तारकिणी~ यो देशको प्रथम प्राइममिनिस्टरले घोर अपमानको विष पिएर आत्महत्या गरेदेखि महाशय, देशले कति क्युबिक मिटर विष पियो के मापन गरेका छौ कहिल्यै आत्महत्याको गणित? लण्डन म्युजियमबाट भीमसेनको टाउकोले क्यालकुलेशन गरिरहेको भए

Posted in कविता | Tagged | Leave a comment

गजल : एकछिन पर्ख घाम

~सदानन्द अभागी~ बिहानीको सङ्गम हो यो एकछिन पर्ख घाम सीताजीको इच्छा पूर्ति गरिछाड्छन् आज राम जवानीमा हुँदो रैछ जोश अनि गतिशीलता गरेको छु विन्तीभाव नसुनेता चक्काजाम

Posted in गजल | Tagged | Leave a comment

कविता : “डेज अफ ग्लोरी” र लज्जित इतिहास

~टंक वनेम~ बाँच्नेहरुको लागि इतिहासको निर्माण हुँदै गरेको वेला ज्ञान,विज्ञान र धन दौलत भारतवर्षबाट अन्यत्र जान्थ्यो धोका,षड्यन्त्र,फट्याई र कुटनीति युरोपबाट एशिया आउँथ्यो हो त्यहीँ –

Posted in कविता | Tagged | Leave a comment

कविता : रूङ्री बिनाको शहर

~देवेन्द्र खेरेस राई~ रूङ्रीः समय रूङ्रीः चेतना रूङ्रीः जीवन जीवन यौटा आस हो र, साहास पनि हो, मानौ तर अर्थ तेसै खुल्दैन छोपिएका पानाहरू नपल्टाएसम्म । सिङ्गो पाना पढ्नु

Posted in कविता | Tagged | Leave a comment

गजल : टल्कीन्छ पुष्प डालीमा

~आशांक उपाध्याय~ पोखिंदा झुल्को लालीमा, टल्कीन्छ पुष्प डालीमा | लालित्य रुप गालीमा, देखियो हर्ष मालीमा || पखाल्दो बाग लौ हेर, शीतको थोपा झरेर | उडायो रात्री निशानी, मुस्कायो दिन पालीमा ||

Posted in गजल | Tagged | Leave a comment

कविता : उनको युगको प्रत्येक साँझ…

~ज्ञानेन्द्र खतिवडा~ हामी- केटाकेटी नै थियौं,र गएको प्रत्येक साँझ भुलेर नै दिनभरि खेल्थ्यौं साँच्चै त्यो डरलाग्दो साँझ हामी खेलेरै भुल्थ्यौं हामी केटाकेटी नै’थ्यौं

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : चोर माथिको पनि चण्डाल

~कृष्ण उफान~ “जो चोर उसको ठुलो स्वर”भन्ने उखान त पक्कै पनि सुनेको हुनु पर्छ । सुन्नु मात्र हो र जिन्दगिमा कयौँ पटक यस उखानको प्रयोग गरेर अर्कोलाई हियाउनु प्रयास पनि गर्नुभयो होला । जो जसले चोररै जिन्दगीको रथ हाकिरहनु भएको … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : किन यस्तो ?

~कमला दाहाल~ भगवान बदल्नेले सम्मान पाउने तर नमान्नेलाई किन गाली गर्ने ? भगवान, ईश्वर, परमात्मा संसार रचेको इनले सबैलाई जन्माएको इनले

Posted in कविता | Tagged | Leave a comment

कथा : अपरिचित टेलिफोन नम्बर

~डा. संगीता स्वेच्छा~ रातको एघार बजे प्रतिघण्टा पचास माइलको गतिमा आइरहेको हुरीले रूखहरू ढाल्नेछन्, फूलहरू सबै मार्नेछन् भन्ने महसुस भइरहेको थियो । लिली घर पछाडि गराजतिरबाट लुकेर विस्तारै ढोका उघार्दै घरमा पस्छिन् । उनकी आमा सजना पनि विस्तारै भर्‍याङ ओर्लेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : खस्रा थिए छाला

~प्रकाश लामिछाने~ हिजोसम्म झुस्स थियौ, खस्रा थिए छाला । प्रधानमन्त्री भएपछि, चिल्ला भएछन गाला । देश हाम्ले हाँक्न पाए, के के गर्छौँ भन्थ्यौ, अ‍ैले चाबी अन्तै भन्छौ, कस्ले खोल्छ ताला?

Posted in गजल | Tagged | Leave a comment

गजल : जाँगर देऊ आमा

~प्रेम बिनोद नन्दन~ मलाई अलिकति धैर्य र जाँगर देऊ आमा खहरेको भेल होइन, सघन, सागर देऊ आमा यी बलिया पाखुरी र फराकिला छातीहरु यी हत्केलाभरी उत्साहको, संसार देऊ आमा

Posted in गजल | Tagged | Leave a comment

गजल : गाह्रो भो

~राकेश कार्की~ आँखा जुध्याजुध्यै भयो हटाउन गाह्रो भो पुरै रात कोल्टे फेर्दै कटाउन गाह्रो भो मुटु चल्यो नशा चल्यो जताततै असर गति बढ्याबढ्यै भयो घटाउन गाह्रो भो

Posted in गजल | Tagged | Leave a comment

गजल : धेरै पछि देखे आज

~सागर साउद~ तिम्रा साथ हिड्नेलाई धेरै पछि देखे आज त्यसैले त सम्झनामा एउटा गीत लेखे आज ।। तिमीलाई देखे पछि उस्कै याद आयो मलाई वेदनाले झर्ने आँशु गहभित्रै रोके आज ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : कहिले पनि तिमी हजुर

~कोमल प्रसाद श्रेष्ठ मल्ल~ नहिंड है मस्किएर कहिले पनि तिमी हजुर सम्हालेर मनलाई मुटुभरी फूल हजुर.. बरालिनु हैन राम्रो बन तिमी मेरै हजुर अंगअंग नशा नशा माया छरी डुल हजुर

Posted in गजल | Tagged | Leave a comment

गजल : नेतालाई लड्न पाए भैगो

~कोमल भट्ट~ हाम्रो देशका नेतालाई लड्न पाए भैगो जसरी नि कुर्सी माथि अड्न पाए भैगो काग जति कराउंछ पिना सुक्दै जान्छ महँगा र राम्रा वाहन चड्न पाए भैगो

Posted in गजल | Tagged | Leave a comment

गजल ; लालित्य पोखेर आयौ

~सरुजी~ स्निग्ध चेहरामा भरोसाको लालित्य पोखेर आयौ उसले भन्दा बढी दिन्छु भनि माया जोखेर आयौ । हरा भरा उनको जिन्दगीको त्यो आंचलमा खेली हतारमा ममताको बिउ खोई किन रोपेर आयौ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : देख्या होलाऊ तिम्ले

~नारायण तिवारी~ बसी-बसी खाने मान्छे, देख्या होलाऊ तिम्ले काम गरि खाने पनि, लेख्या होलाऊ तिम्ले सुति-सुति खानपाए गर्नुहुन्न काम ? मनैमन गुन्ने मान्छे छेक्या होलाऊ तिम्ले

Posted in गजल | Tagged | Leave a comment

कविता : म चिकित्सक – मेरो दायित्व

~सुयोग अनुप झा~ मेरो देशको सुरक्षाको रहेको मेरो दायित्व आज पूरा गर्नु छ हे नेपाल आमा, काल कोरोनाको अब विनाश ल्याउनु छ यस धर्तीमा आएको सबै महामारीसँग लड्ने काम छ मेरो बिरामीको मुस्कान फेरि फिर्ता ल्याउनुमा नै आराम छ मेरो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

तिलकराज चुँँदालीका चार हाइकु

~तिलकराज चुँँदाली~ लजायो फुल किसान मुस्कुरायो फल लाग्ने भो! विहानी फूल संगीत भमराको सुगन्ध रोयो!

Posted in हाइकु | Tagged | Leave a comment

गजल : उमेर ढल्के पछि

~सरोज फुयाल~ बा साच्चै नै बा जस्तै लाग्छ उमेर ढल्के पछि । जन्म दिनमा निकै मुठ्ठा मैन बत्ती सल्के पछि । आमा नहुँदा बा ले कहिलै काँचो खुवाउनु भएन बा आमा जस्तै लाग्छ पेटको खाना सक्के पछि ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मात्तिएर हिँड्छौ अरे

~हेम जङ्ग कार्की~ कोरोनाको नामले तिमी मात्तिएर हिँड्छौ अरे साना ठुला राष्ट्र नभनी बत्तिएर हिँड्छौ अरे रुप रंग कस्तो तिम्रो कसैले देख्न सकेन ओल्ले देखी पल्लो किनार पात्तिएर हिँड्छौ अरे

Posted in गजल | Tagged | Leave a comment

कविता : शहिद हाेईन याेद्दा बन

~शिव चालिसे ‘प्रभात’~ मेराे देश मेराे अवस्था निरीह जनताहरुकाे व्यवस्था एक आङ कपडा एक पेट आटाे एक शरीर छानाे र जमिन एक मुख जवाफ नभएकाहरु बहुमतमा छन हाे तिनैका लागि युद्ध गरेर सहिद बन्न म तयार छैन । उनिहरुका लागि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

Translated Story : Betrayal

~Kabita Kabya~ Translation : Bhawana Chaudhary I did not have any interest about you. If there is relationship with you then only, I had interest too. From now I have no any concern about you. what kinds of relationship we … Continue reading

Posted in Translated Story | Tagged , | Leave a comment

कविता : हारिरहेछ मान्छे

~राज अनुराग~ रम्दै खुल्दै जान्छ कसैको आवाजमा बोल्दैन प्रकृति शोषण गर्ने सोस्छन् चुस्छन् रत्ति पनि डग्मगाउँदैन प्रकृति । सबैलाई खुला विना भेदभाव रम्न दिने प्रकृतिको संस्कृति मान्छेको खेलले आजित हुँदा अवतार लिन्छ तर हार्दैन प्रकृति । घमण्ड गर्छ मान्छे जित्छु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता: बन्दी

~पिपला ढुङ्गाना~ ‌सोच्दैछु ति खाली बाटाहरू के गर्दै होलान् यतिबेला! मैले सम्झिएजस्तै, कल्पनाको पाइला लम्केजस्तै, यिनीहरू पनि सम्झन्छन् कि सम्झदैनन् होला, आफ्नाे सदाबहार बटुवालाई? एउटा घेरा लगाइएको खुल्ला आकाशमुनि

Posted in कविता | Tagged | Leave a comment

सुधा मिश्रका नौ मैथिली हाइकु

~सुधा मिश्र~ नव सालमे खाइ सतुवा गुड तँ शत्रु नाश जुरशीतल एक चुरुक पानि शुभ आशिष

Posted in मैथिली हाइकु | Tagged , | Leave a comment

कथा : पसले साहुनी

~नवराज शमीर~ चन्द्रमानको अफिसको छेउमा एउटा खाजा पसल थियो । त्यो पसललाई मानिसहरु अरु पसललाइ भन्दा फरक नजरले हेर्थे । पसले सहुनीलाई सबैले रमलादेबीको नाउले चिन्थे। उनकी एक्ली छोरी सबिना हदै सुन्दरी थिई । चन्द्रमानले सविनालाई हदै मन पराउथ्यो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : इच्छाहरू मार्नु छ

~शीतल शर्मा~ मनका धेरै दर्द सहेर इच्छाहरू मार्नु छ तिमीलाई भट्ने सबै भाखाहरू सार्नु छ । मृत्युकाे आभाषलाई मनबाटै निकाल्न बाँच्नुकाे अनुभव संगाल्न धैर्यतालाई खार्नु छ ।

Posted in गजल | Tagged | Leave a comment