Tag Archives: sangrahalaya

गीत : विपना नभई बाँचिदिने

~दिव्य खालिङ~ विपना नभई बाँचिदिने मभित्रका मेरा सपना म मरे पनि रहिदिने मेरा प्यारा प्यारा सपना आँशुसितै पग्ली झर्ने हाँसोभित्रै खेलिरहने प्रीत नपाई रोजी हिँड्ने ती अधूरा मेरा सपना

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मैले एउटा कविता लेख्नुछ

~बिपिन शर्मा~ मैले एउटा कविता लेख्नुछ विद्वानहरु भन्छन् पढ्नेले मात्र लेख्न सक्छ म नयाँ र पुराना पत्रिकाका पाना पाना पल्टाउँछु …………….पढ्छु- आजको रात रंगिन बनाउनुस् सफलताको प्रतिक…….धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ तपाई म र ब्यागपाइपर मदिरा सेवन गरेर सवारी चलाउनु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति प्रयास

~बिभोर बराल~ चारैतिर आगो बलिरहेछ म काठमाडौँ नाम गरेको शान्त टापुमा रहेको मेरो सुरक्षित घर भित्र बसी फुर्सतको समयमा लेखिरहेछु

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : In the lightless gloom of murky dusk

~Chunky Shrestha~ Translated by Yuyutsu Sharma The evening city’s lights were blown off wide roads of Kathmandu shrank And trees, once proud, tall and erect crumbled to the ground trampling the criteria of conservation concrete buildings cropped up and historic … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

बिक्रम ज्ञवालीका चार हाइकु

~बिक्रम ज्ञवाली खुला आकाश उदाउदै छ सुर्य लिएर आशा ।। (१) रुदै छ बच्चा भोको पेट लिएर खोज्दो हो आमा ।। (२)

Posted in हाइकु | Tagged | Leave a comment

रुजन न्यौपानेका आठ हाइकु

~रुजन न्यौपाने~ कुलेसो बग्यो खालि पारेर पानी अजुँली रित्तै । चोखो भो जल चेपुवा बाट भेल पिएर लाग्ने । रातको माया नजर छेउ लाए रोपिन्न बिउ ।

Posted in हाइकु | Leave a comment

मनोन्यास : झ्याल खोल्दा

~अनिल किराती~ केहि लेख्नु छ ।र तिमीले भन्यौ केहि लेख । नमान्नु पनि कसरी तिम्रो कुरा । लेख्न बसेको एक घन्टा सात मिनेट भयो । झ्याल खोले । चिसो पस्यो । पानी परी रहेको छ निरन्तर बिहान देखी नै । … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

गजल : अधुरा भएछु

~ईशहाक हुसेन~ म त तस्वीर अधुरा भएछु काम नलाग्ने कुरा भएछु आमाकै काखमा लास जस्तो म अभागी टुहुरा भएछु

Posted in गजल | Tagged | Leave a comment

गजल : जब पात हल्लियो

~मनोज न्यौपाने~ हावा नै नचली जब पात हल्लियो लाग्यो नदेखिने कुनै हात हल्लियो खस्न थाले जब ताराहरु नभका अँध्यारोको मुटुसँगै रात हल्लियो

Posted in गजल | Tagged | Leave a comment

गजल : न्यानो सलाम आएकोछ

~धर्मोगत शर्मा तूफान~ जिन्दगीको आज न्यानो सलाम आएकोछ मेरो नाममा एउटा रातो खाम आएकोछ । अँध्यारोमा छामछुम गर्दै खोलेँ जब दैलो दैलोमा धेरैपछि मेरो घाम आएको छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : काटमार हेरेर रुन्छ पहाड

~दिव्य गिरी~ भाइ भाइको काटमार हेरेर रुन्छ पहाड बगेको त्यहि आँशुले आफनो घाउ धुन्छ पहाड । दिनभर गुराँस वनमा गोठालो जान्छ उ रातभर बम र बारुद पड्केको सुन्छ पहाड ।

Posted in गजल | Tagged | Leave a comment

लिम्बू भाषी गजल : कोरोना

~दिल पाक्सावा~ कोरोनाङा चोगुए निताङ युङ्मा एखान्लो तुङ् ताल, सुङ्मा लम्बे चिङमा एखान्लो माक्सेन्ङा हुन् चासोमा माक्स्ङा मिरा तेप्मा माङघा लाम्बा सेवा चोगी हुन् रङमा एखान्लो

Posted in लिम्बू गजल | Tagged | Leave a comment

गजल : मात लाग्न सक्छ

~गोविन्दराज विनोदी~ समालेर राख यौवन मात लाग्न सक्छ भुलभए दु:खै द:ख खात लाग्न सक्छ । आजभोलि भुइँटेक्न छाडेकाछन् खुट्टा भयो भने अति यहाँ बात लाग्न सक्छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : पीडाको घार भएकोछु

~टिकाष्मा उदासी~ अचेल पीडाको घार भएकोछु फेरि मान्छेको शिकार भएकोछु बजाए धेरैले हुँदा सारङ्गी अहिले चुँडिएको तार भएकोछु

Posted in गजल | Tagged | Leave a comment

गजल : आज मेची र महाकाली

~बूंद राना~ सोधिरहेछन, आज मेची र महाकाली जागा बसेका छौ कि सुतेका छौ नेपाली । ओइलाई फूल सारा फूलबारी शोकमा छ, दुस्मन कुनै पस्यो कि गद्दार भयो माली ।

Posted in गजल | Tagged | Leave a comment

कविता : चक्रबहादुर

~दिल साहनी~ हाम्रा मित्र राष्ट्रहरुका मित्रहरु चक्रबहादुरले तपाइंको मुलुकमा आक्रमण गर्दा हामीले आक्रमण गरेको नठान्नु होला कृपया चक्रबहादुरले तपाइंको मुलुकमा मान्छे मार्दा हामीले मारेको नठान्नु होला कृपया हामी त बुद्धका चेला हौं हामी त शान्तिका पुजारी हौं हामी कहिले हतियार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : कतै आवास छैन

~सनतकुमार वस्ती~ बसुँ भन्दा कतै आवास छैन ऊडूँ भन्छु खुला आकाश छैन अँध्यारोमै कटाएँ रात सारा उषाको खै ! अझै आभास छैन वसन्ती फूलमै अल्झिन्छ ज्यादा जवानीको कुनै विश्वास छैन

Posted in गजल | Tagged | Leave a comment

गजल : विरुवा फल्छ जरुर

~डा‍. घनश्याम न्यौपाने परिश्रमी~ फल्दैनौ भन्दैछौ जुन विरुवा फल्छ जरुर तिम्रो विचारको पर्खाल एकदिन ढल्छ जरुर प्रतिक्षा त गर्नै पर्छ प्राप्तीका लागि ओथ्रा बसेको पोथीले चल्ला कोरल्छ जरुर

Posted in गजल | Tagged | Leave a comment

गजल : एकरात माँगेको हुँ

~कृसु क्षेत्री~ हुन त तिमीसँग एकरात माँगेको हुँ एकै रातमा जिन्दगीभरको साथ माँगेको हुँ एक्लै बिते धेरै दिनहरु स्वप्न सँगालेर कहिल्यै निको नहुने एक आधात मागेको हुँ

Posted in गजल | Tagged | Leave a comment

कविता : भोक कविता

~देव भण्डारी~ भोकाएपछी किलामा बाँधेको गाई पनि दाम्लो चुडाएर भाग्दो रहेछ भोकाएपछी जुवामा नारेको गोरू पनि जोतारो चुँड़ाएर भाग्दोरहेछ भोकाएपछी कसैले नीति-नियम केही नमान्दोरहेछ भोकाएपछी मान्छेले खोसेर पनि खाँदोरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : अम्बरधोज सुब्बा

~भुपेन्द्रा सुब्बा~ म तोते बोल्दै टुकूल-टुकूल हिँड्ने हुँदा जन्मेको हुनुपर्छ मेरो बाजे स्व. अम्बरधोज सुब्बा। त्यसपछि ऊ कथा जस्तै हुर्कँदै गयो। हेर्दा हेर्दै ऊ

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : शुभेच्छा

~दिपेन्द्र सिंखडा~ छन्द : शार्दुलविक्रीडित ती बितेका जुग सब देखेकै हुँ, थिए सबै मङ्गलै हुँन्छ यो साल पनि पक्का मङ्गलै, नहोस दु:ख कतै म जन्मदा पनि राम्रै थियो जगत्, थेनन् बेखुस कोही म हुर्कदा पनि सुखी थ्यो जगतै, हुन्थेन कहीँ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : बुख्याँचाको देशमा

~भानुराज अर्याल~ अलि अक्करे भिरमा कुनै आली मरेको लाशहरुले कुनै अधकल्चो लाशहरुले गह्राहरु छुट्टयाईएका एउटा सानो खेत, जहाँ, जताततै सिनो गन्हाइराऽछ, आलीहरुमा खुँखार देखिने

Posted in कविता | Tagged | Leave a comment

कविता : साला पहाडिया के भन्छ?

~कृष्ण प्रसाई~ किन ढिला गर्र्छौ राजेन्दर भैया ? ढिला गर्दै नगर ! मौकामा चौका चलाउनै पर्छ । कालापानीको जमिन सारे झै, सुस्तालाई कब्जामा पारे झै, वर्षोनी उत्तरतिर लम्किरहेको जंगे पिलर बढाएर रसुवा सम्मै पुर्याउनु पर्छ । त्यसो भयो भने काठमाण्डौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वृद्दावस्थाको गीत

~ध्रुबराज पौडेल~ म डाँडामाथिको त्यो घाम हूँ , म मानवताको त्यो धाम हूँ। यो जीवनचक्र पार गरी , अन्तिम क्षणको चार घडी । पाल मलाई र पूण्य कमाउ ,

Posted in कविता | Tagged | Leave a comment

गजल : काँडा भए पनि राम्रोे

~प्रकाश सायमी~ फूल भए पनि राम्रो काँडा भए पनि राम्रोे विना शर्त माया गरेँ टाढा भए पनि राम्रो तिम्रो नाउँ कहिले रगतले लेखेँ कहिले आँसुले नमेटिए त के भो मसी गाढा भए पनि राम्रो

Posted in गजल | Tagged | Leave a comment

कविता : पहाडका कुरा

~मुकुल दाहाल~ पहाडका यी कुराहरू मेरा मन नजिक छन् त्यसैले म पहाडका कुरा गरिरहेछु म यहाँका पुड्के थुम्काहरूलार्इ त्यहाँका गौरवशाली चुचुराहरूसँग जोडिरहेछु । यी थुम्काहरू जसलार्इ उनीहरू पहाड भन्छन् शायद ‘थुम्को’ भन्ने उनीहरूसँग शब्दको अभाव छ

Posted in कविता | Tagged | Leave a comment

कविता : सैतानी ब्वाँसाहरु

~हरि अज्ञात~ सानो अनि भुन्तुने बाखाको पाठो खान तम्तयार छन् यी ब्वाँसा हरु मिठो स्वाद हुन्छ भन्दै | झगडा गरेको झैँ गर्दै | ल्वांग चपाया झैँ गरि चपौछु भनेर तर तेती सजिलो होला जस्तो लाग्दैन मलाई |

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो साथी !

~यश घिमिरे~ तिमी बैचारिक आगो ओकल म गर्छु उर्जा ब्यबस्थापन किनकी यहाँ सल्काइन्छ निस्फिक्री ‘आगो’ हरु आफ्नै घर डढाएर बासुरी बजाईन्छ || देख्यौ तिमीले पनि देखें मैले पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : मौलिकता

~नदीश~ हामी चेतनशीलहरु चेतनाहरु छरपस्ट फुटपाथमा बिक्री गछौं अनि थोरै आधुनिक सपनाहरु खरिद गछौं सजाउँछौं सपनाहरु आखिर सपनै न हो जब बासी हुन्छन् सपनाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : अझै दख्खिन बग्दो छ कर्णाली

~परिहास सुब्बा~ अधिकांशको साझा अबधारणा- झण्डा एकै हो देश एकै हो सरकार पनि एकै हो तर ऊ कर्णाली बासी के मा अरु बराबरी देख्दछौ ऊ संग?

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे लाश बनेपछि

~डिल्लीराज अर्याल~ बाटा, घाट, बजार शून्य सरि छन् शोभा घट्यो के भयो? मान्छेका मनभित्र खास अहिले आँधी उठेको छ यो काला बादल धुम्मिए गगनमा धर्ती अँध्यारै भयो कल्ले शान्ति जुटाउला र ? मनमा उल्लास जाग्ला अहो? लाखौं मानिस शोकसागर डुबे … Continue reading

Posted in कविता | Tagged | Leave a comment