Tag Archives: sangrahalaya

स्वदेश गान : भन भन भाइ हो

~अम्बर गुरुङ~ भन भन भाइ हो जय नेपाल हाम्रै नै हो यो नेपाल भज भज मंगल जय नेपाल जन तन मनमा जय नेपाल जन्मभूमि यो स्वर्गादपी यो कर्मभूमि हो यो नेपाल सररर सररर (कुरा बुझ वरपर)२ सररर२ (कुरा बुझ वरपर)२

Posted in स्वदेश गान | Tagged , | Leave a comment

गजल : तिमी छैनौ भने

~निर्मल ढुंगाना~ यो जिन्दगी के जिन्दगी तिमी छैनौ भने सम्झिएरै बाँचु कति तिमी छैनौ भने लालीगुँरास ढकमक्क फुलेकाछन् तर टिपूँ मैले कसका लागि तिमी छैनौ भने

Posted in गजल | Tagged | Leave a comment

कविता : खोज

~सुजन बुढाथोकी ‘कान्छा’~ म तथ्य र नबितम दर्शन रुचाउछु किन कि, म दार्शनिक हु एकदिन कवि,मनोबैग्यानिक आध्यात्मिक गुरु र केहि पत्रकारहरु मिलेर एकसाथ हामी एउटा खोजमा निस्कियौ । अनुसन्धानमा निस्कियौ भवसागरमा निस्कियौ गाउँसहरमा निस्कियौ र यो सिङ्गो देस दुनियामा खोज्यौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : साँघुरी र बुढो सुब्बा

~टंक वनेम~ साँघुरी (साङगुरी) इतिहासले भताभुंग पारेको शान गडी त हो तर आज भोलि पदयात्रीहरूले टेकिने गरेको एउटा भन्ज्याङ न हो । ऊसँग अब – माया लाग्दा आँखाहरू मात्र छन् ती माया लाग्दा आँखाहरूले निकै पर –

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ क्यालेण्डरमा अंकित समयका छायाहरू

~पूर्ण वैद्य~ समयको अनन्त लामो दुलोबाट मनौँ एक साँप्रा समय थुतेर तिथिमितिका चक्कु र ब्लेडले ससाना टुक्रा पारी बगरेले मासु भाग लगाएजस्तो भाग लगाएको वर्षभरिको कालखण्ड यो पस्किरहेछ मेरो सामु आज

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~तीर्थ श्रेष्ठ~ आमा हुनु सह्रै असजिलो छ पहाडजस्तो उचाइमा पुगेर मैदान भइदिनुपर्ने मैदानमा पुगेर उकालो भइदिनुपर्ने आमा हुन

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : आफुप्रति इर्ष्या हुँदैन

~माक्सीम तान्क~ अनुवाद : विक्रम सुब्बा म ती मानिसहरूलाई चिन्दथेँ जो सबथोक जान्दथे उनीहरू प्रति मलाई इर्ष्या लाग्थ्यो । म ती मानिसहरूलाई चिन्दथेँ जो कहिल्यै गल्ती गर्दैनथे उनीहरू प्रति मलाई इर्ष्या लाग्थ्यो ।

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : नयाँ बुद्ध र घाम जूनलाई

~भवानी लिम्बू म्याङ्बो ~ रङ्गीविरङ्गी फूलहरू बादलको चुम्दै धेरै नै टाढादेखि कहालीलाग्दो सुन्सान शून्यतामा हिंडेर घाम तिमी न्यानो उज्यालो लिई हाम्रो आकाशमा झुलकी राख है । सप्तरङ्गी इन्द्रेणीमा पीङ खेल्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनको यात्रा

~नरेन्द्र के . सी .~ काँडैकाँडाको गोरेटोमा फाटेका पैतलाहरु निरन्तर लम्किरहन्छन् ‍ एक तमासको लम्बे मार्च झैँ पिठ् ‍ यूँमा भारी पहाडको प्रतिलिपी बोकी नदीको एक छालबाट

Posted in कविता | Tagged | Leave a comment

कविता : खुसी साथ बित्यो

~परशुराम श्रेष्ठ~ हे नारायण विश्वरुप भगवान् संसारका मालिक । चौधै लोक सदा प्रकाश गरने ब्रम्हाण्डमा ब्यापक ।। नित्य ज्ञान दिनोस् सनातन हरे श्री शेषसाई विभो । दिन्दिन पर्छु शरणमा हजुरको स्वीकार गर्नोस् प्रभो ।।१।। हे दामोदर मुरारी भगवान गोपाल हे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : An Age has Passed

~Bhim Darshan Rokka~ Translation : Maya Watson An age has passed since leaving home journeying, a traveller alone I am walking, my friend! Walking away from the beginning, toward an end unknown.

Posted in Translated Poem | Tagged , | Leave a comment

लघुकथा : रामप्रसादको जुक्ति

~गोरखबहादुर सिंह~ “ल, तेरो निर्णय !” हाकिम रामप्रसादले पत्रको विषय पढ्नेबित्तिकै परिपत्रलाई कच्याककुचुक पारेर टोकरीमा फाले । उक्त परिपत्रमा मितव्ययिता र वातावरण-प्रदूषणका कारण सार्वजनिक बिदाका दिनमा सरकारी गाडी चलाउन नपाइने मन्त्रिपरिषद्को निर्णय थियो ।

Posted in लघुकथा | Tagged | Leave a comment

मैथिली कविता : आजुक मिथिला-गान

~धीरेन्द्र प्रेमर्षि~ मानैत छी जे नहि अछि एक्खन, दुनियाकेर भूगोलमे तैयो छी हम बचाकऽ रखनहि जकरा माइक बोलमे सोहर, लगनी, जटाजटिन कि झिझिया, साँझ, परातीमे एकहकटा मिथिला जीबैए, एकहक मैथिल छातीमे लोहछल नस-नसमे एखनहु तिरहुतिया सोनित बरकैए

Posted in मैथिली कविता | Tagged | Leave a comment

कविता : बाटो

~गणेश ईजम~ बाटो माथि गह्रौँ मान्छेहरू हिड्छन् बाटो मागि हलौं मान्छेहरू हिड्छन् बाटो माथि अघाएका मान्छेहरू हिड्छन् बाटो माथि भोकाएका मान्छेहरू हिड्छन् तर बाटो भने चुपचाप छ अन्तहीन तर बाटो निदाएकोछ सपनाहीन,

Posted in कविता | Tagged | Leave a comment

कविता : पान्थ-प्रबोध

~लेखनाथ पौड्याल~ बचन पनी कठिन अती, भयो र हे पान्थ ! गर्दछु विनति । उठ करुणासाथ तिमी हटाइद्यौ भार चेरके जुलुमी ।।१।। वि-ष-(स) मय-मा-रणकारी विषम-शराघात लागदा भारी । व्याकुल भो हृदय अति पायिन म अनाथले सहाय रती ।।२।।

Posted in कविता | Tagged | Leave a comment

गजल : धेरै गोता पाएँ हजुर

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ हजुरलाई छोडी जाँदा धेरै गोता पाएँ हजुर अलिबेर हराए’नि फॆरि फर्की आएँ हजुर हजुरभन्दा परपनि संसार होला भन्ठानेको हृदयले नमाने’सि फेरि फर्की आएँ हजुर

Posted in गजल | Tagged | Leave a comment

कविता : बस्तिका घाम जुनहरु

~उमेश पराजुली~ हिजो आज बस्तिका घामहरु पन्याइलो अनुहार लिएर गाँउ बस्तिमा छरिएका छन् घाम संगको मोह धेरै टाढिएको छ हिजो आज बस्तिका जुनहरु

Posted in कविता | Tagged | Leave a comment

गजल : गजलमा तराना

~सदानन्द अभागी~ महानन्द लेख्दै गजलमा तराना गए भेट्न साथी विहानै घराना तताएर पानी गिलासै भराई मित्रैलेत ल्याए यही भो सराना

Posted in गजल | Tagged | Leave a comment

मनोन्यास : राजनीति र आत्माको मुल्य

~हस्त गौतम मृदुल~ म आफैले गाउदै छु त्यो जीवनको गीत जुन संगीत बिना बजी रहेछ। तर मनमा पटक्कै सान्ती छैन। भबिस्यको त्यो सूदुर पहाडमा कर्मका साना ढुगांहरु बोक्दै उकालिदै छु। दुखका बोक्राहरु उम्काउदै म बाँचीरहेको छु। हरेक सम्बेदनशिल तत्वलाइ प्रकृतिले … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

बाल कथा : सर्प र न्याउरीको खेल

~नेत्र तामाङ~ त्यति बेला सर्प र न्याउरीको सम्बन्ध निकै राम्रो थियो । जंगलमा ती दुईको मेल भएपछि कसैको केही जोर चल्दैन थियो । अरू त अरू जंगलका राजा सिंहसमेत उनीहरूको मेल देखेर डाह गथ्र्यो । सर्प र न्याउरीको मेलले मानिसलाई … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

Translated Poem : The Earth – 2

~Manprasad Subba~ Translation : Suraj Dhadkan Not on the famous Tiger Hill and Sandakphu but on the hills of oxen’s backs and camels’ humps the earth has suffered much. Those poor walking hills with no real names.

Posted in Translated Poem | Tagged , | Leave a comment

संस्मरण : हजुरआमाको चिठी

~किशोर नेपाल~ यो वर्षको दशैंमा विनित पनि नआउने भयो, विनिता पनि नआउने भई। दुवै नआएपनि ता आउँछस् कि आउँदैनस्? तेरो बाबा भन्दै थियो, पुनित आउँछ। यसपाला तँ पक्कै आएस्। महाअष्टमीको दिन तेरो वर्तमन गर्नुपर्छ। त्यो दिन लगन जुराउनु पर्दैन। तँ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

‘झरी’ दान राईको पाँच तियाली

~‘झरी’ दान राई~ लेखेर नाम मुटुको माझ आफैले मेटेर रुवाई मन आएर ब्यर्थै नजानु भेटेर गरेर घात नहुनु टाढा मुटु त्यो रेटेर ****** लेख्नु पर्छ अब नानु प्रेम कहानी जसो तसो दुवै मिली जानिनजानी बिताएर संग संगै यो जिन्दगानी

Posted in तियाली | Tagged , | Leave a comment

छन्द कविता : खलङ्गा

~गोविन्दराज विनोदी~ छन्द : अनुष्टूप देखेथेँ बिजुवारबाट कसरी मुस्की बसेकी थियौ मानौँ सुन्दरता अनावृत हुँदै फुस्की बसेकी थियौ । टाढैबाट गरी निरीक्षण निकै उत्फुल्ल थे लोचन हेर्ने चाह भयो पुगेर नजिकै र्सवाङ्ग त्रि्रो तन । देख्ता झिम्रुक तृप्त भो हृदय … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : रहर

~पवन आलोक~ एउटा आकाश बोकेको छु मैले त्यसका सारा बादलहरू रित्याउने एउटा रहर छ एउटा क्षितिज बोकेको छु मैले त्यसका सारा शून्यहरू पार गर्ने एउटा रहर छ पानी पर्नु नपर्नु बेग्लै कुरा हो

Posted in कविता | Tagged | Leave a comment

गजल : खुनी पञ्जा डामी

~बूँद राना~ गाई बाख्राहरुमाथि खुनी पञ्जा डामी । हेर आज चितुवाले ओढ्यो रामनामी ।। जलथल चर्ने भ्यागुताको उर्दी हो यो– ‘गड्यौँलाले हिँडनु हुन्न माटो छामी–छामी ।।’

Posted in गजल | Tagged | Leave a comment

कविता सङ्ग्रह : गणतन्त्रको खेती: आन्दोलन कविता २०६३

जनआन्दोलन २०६२-२०६३ मा सहादत प्राप्त गर्नु भएका सबै ज्ञात-अज्ञात सहीदहरूमा ससम्मान समर्पण गणतन्त्रको खेती: आन्दोलन कविता २०६३ – भाग – १ संयोजक नेपालीकविता डट कमको लागि विक्रम सुब्बा

Posted in कविता सङ्ग्रह | Tagged , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , | Leave a comment

कथा : दृश्यान्तर

~महेश पौड्याल~ उनलाई मैले लोकन्थलीका कुना काप्चा र गल्लीहरूमा धेरै पल्ट देखिसकेको थिए । लोकन्थली कुनै ठूलो सहर हैन । यो भर्खरै विकासको आलोक पाउन लागेको गाउँ नै हो । तर अर्निको राजमार्गको दुवैतिर बाक्लो आवासक्षेत्रमा फैलिएकोले कुना, काप्चा र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हुलिगन्स

~सुधीर छेत्री~ खबरमा छ : नव-फासीवादका गीत सुनिरहेछन् सेता ब्वाँसाहरुले। काला स्यालहरु दगुर्छन् विस्फोटका चोइटाले बिझाएर।

Posted in कविता | Tagged | Leave a comment

कविता : मुक्ति शन्देश

~महेश्वर प्रसाद दाहाल~ भाग्यका भरमा ज्योतिषीका सदाकल्प मानिलिदा अर्को जन्ममा सुखै सुख हुने मानिलिदा रुढीग्रस्त भएर चुप्प रहँदा पुस्तौं वितेछन कत्ति संसारको चक्रनै नवुझ्दा हुनेछ हाम्रै खती

Posted in कविता | Tagged | Leave a comment

कविता : हिट्लरको देशमा

~रमा अधिकारी ‘कादम्बरी’~ हिट्लरको देशमा हुनसम्म झेल हुँदो रहेछ बुुद्धलाई बाँध्ने जेल हुँदो रहेछ। बनाइदो रहेछ विभेदको विशाल ग्याँस च्याम्बर र, थुनिदो रहेछ समानताका बेजोड पुजारीहरु। फाँडेर सभ्यताको सौम्य फुलबारी

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~भीष्म उप्रेती~ म यहीँ छु तर तिमी छैनौ । मैले निरन्तर माया गरेको अगाध श्रद्धा गरेको अनन्त तपस्या गरेको तिमी, मेरो स्वतन्त्रता मेरो लक्ष्य

Posted in कविता | Tagged | Leave a comment