Tag Archives: nepali sahitya

कविता : लाल सेना

~दिनेश सुवेदी “विकल्प”~ मृत्यु शैयामा लमतन्न एक सिपाही यत्रतत्र छरिएका लासका डङ्गुरहरू बारुदको नाकमा विस्फोटक गन्ध मनमा आक्रोश र बलिदानीको आभास उ कुरूप बनेको छ गोलीका छर्राले

Posted in कविता | Tagged | Leave a comment

कविता : सेल्फिले नखिचेको जिन्दगी

~राजु स्याङतान~ आज देशकै खास मान्छे मरेछ सिङ्गारिएको छ आर्यघाट गरिबको विवाह मण्डपभन्दा धेरै । लाम लागेका छन् मलामीहरू भावविह्वल छन् आफन्तजन साइरन बजाउँदै आइपुग्यो देशकै अर्को ठूलो मान्छे ओढाइदियो झन्डा अग्लो भुँडी छोपिनेगरी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जब अन्तहीन आकाशमा मरुभूमि पाउँछु

~सुकान्त राई नामदुंग~ जब अन्तहीन आकाशमा मरुभूमि पाउँछु लाग्छ सयकडौं वर्षको बञ्जर धरतीलाई नयाँ हरियो साडी र कंगन दिइरहेछु जब कालो बादल, घृणाले होइन जीवनको मेघदूत सम्झन्छु फेरि आफैले वर्तमानलाई पराकाष्ठामा पुऱ्याए

Posted in कविता | Tagged | Leave a comment

गीत : मरेको छैन त्यो

~ठाकुर मान लामा~ मरेको छैन त्यो जीउदो छ अझै देशको निम्ति मर्नेहरु अमर हुन्छ सधै एउटा तारा खसेर के भो असंख्य तारा भेटिन्छन् देशको रक्षार्थ निम्ति कयौं

Posted in नेपाली गीत | Tagged | Leave a comment

नियात्रा : सुनखानीमा वुद्ध

~विक्रम सुब्बा~ १. सुनखानी पुगेँ:  मेरी नातिनी नुमा (माइलो छोराकी छोरी  जसलाई अरुले “नाओमी” भनेर बोलाउँछन् । यो नाम जापानिज गुरुले दिएको नाम हो ।) र मैले “नूमा” (लिम्बुः राम्री) नाम राखेँ । आजसम्म मेरो (‘ईङवाबा’) परिवारकी सबैभन्दा (उमेरले) सानी । मेरी पहिली नातिनी ।) १ वर्ष पुगेपछि … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : बद्मास बसन्ते

~प्रकाश लामिछाने~ ‘ओए पर्कासे ! आईज माछा मार्न जाम् ।’ बसन्तेले हाँक मार्‍यो । नगई सुखै छैन । बसन्तेले गोदिहाल्छ ! देख्दा लुरे भएपनि बसन्ते मभन्दा दुईबर्ष जेठो थियो । अटेर गरेमा हात बटारेर पछाडी लगि कुहिनाले ढाडमा हान्न उ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रतिद्वन्द्वी

~गोवर्धन पूजा~ दूध चुस्ने बालक थिएँ केवल आधा माना दूध भए पुग्थ्यो सैसोला र थुमथुम्याइसँगै बाबुआमाको इच्छामा बढे र आधा माना चामल खान सक्ने भएँ एउटै कोठामा/ एउटै खाटमा सुत्थ्यौँ छुट्टै कोठा छुट्टै खाट माग्ने भएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : गर्मी

~राकेश कार्की~ सूर्य तिम्रो रुप प्रचण्ड नबिराए पनि के को दण्ड उफ् भतभत पोल्ने गर्मी ग्रीष्म ऋतु रहेछ अधर्मी तालु ताती ओठ सुक्छन् योद्धाहरु मुर्छा पर्छन् मीठो जीवन सल्की दन्दन्

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु सपना

~दीपा राई पुन~ तिमीलाई भनी साँचेर हिँड्दै थिए बाटैमा सकिएछ जीवनको श्वास रहरले भर्न सकिन तिमीलाई भेट्ने चाह थियो त्यही पनि भन्न पाइन कस्तो छटपट्टी थियो मनमा

Posted in कविता | Tagged | Leave a comment

कविता : धिक्कार छ तिमीहरुलाई !

~ललिता कार्की~ हजारौं सपुतको बलिदानले पनि फेरिएन काचुली यो देशको रगतको खोला बगिरहेपनि भएन भावना एकताको फुस्रो आस्वसनको भाषाण ठोकेपनि

Posted in कविता | Tagged | Leave a comment

गजल : एउटा प्रहार गर

~बिपिन शर्मा~ अचुक एउटा प्रहार गर धारिलो अझै तरवार गर म भाग्न सक्छु उम्केर मजबुत तिम्रो छेकबार गर

Posted in गजल | Tagged | Leave a comment

गजल : हुन देऊ आज

~बिभोर बराल~ जति-जे हुन्छ हुन देऊ आज अघाउँजी मलाई रुन देऊ आज धेरै मैलो लुकेको छ यो मनमा सफासँग त्यसलाई धुन देऊ आज

Posted in गजल | Tagged | Leave a comment

कविता : पहरा

~विश्वविमोहन श्रेष्ठ~ हरे। कति कोतर्छौ यो पहरालाई ? जति कोतरे पनि निस्कने त ढुङ्गा न हो, ढुङ्गा फगत ढुङ्गा । त्यही ढुङ्गा जसलाई खोपेर शिल्पीहरूले मूर्ति बनाए र मन्दिरमा सजाए

Posted in कविता | Tagged | Leave a comment

कविता : आकाश

~अविनाश श्रेष्ठ~ जब पनि यन्त्रणाहरुमाझ घेरिएर भएको छु हताश–हताश; एउटी कुशल प्रेयशी झैँ

Posted in कविता | Tagged | Leave a comment

कविता : च्यातिएको कागजसँग

~विनोदप्रसाद धिताल~ व्यर्थैको रिसम परेर शिव हा ! तेरो टुटयो अङ्ग नी ! बिर्सेरै उपयोग आज किन, भो तेरो ठूलो नाश नी ! केही छिर्विर विन्दु-पूर्ण हुनगै तैले अही विश्वमा जे गर्छस् सब काम ती भुलिदिंदा सड्ने भइस् भूमिमा ।।१ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : एउटा निर्णय

वैकुण्ठ ढकाल- बाबा, मलाई दिदी कहिले बनाउनुहुन्छ ? कार्यालयबाट घर पुग्ने बित्तिकै छोरीले यही प्रश्न गर्थिन, अलि पछि छोरी भनेर म पन्छाउँथे तर पनि छोरी प्रश्न गर्न छाड्दिनन । ममीलाई पनि सधैं यही प्रश्न गर्दिरहिछन । अब प्रश्न हामी दुबैलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आमा मेरो वेबसाइटको होमपेज

~प्रवीण राई जुमेली~ मेरो र म जस्तैहरुको यो डायास्पोरामा भिज्नअघि कुनै एल्डोराडोको सपना बोकिएको थिएन आँखामा साँपले काँचुली छाडे जस्तै पास हुनेहरुले स्कुल छाडे जस्तै त्यस्सै छाडियो गाँउ त्यस्सै छाडियो गाँउ गाँउसित ‘गाँउ’ शब्दको टियारा मात्र थिएन एकान्त र अभावको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : सहिदगेटकी आमा

~हरिहर खनाल~ पछाडितिर निलो नदी त्यसको निरन्तर गतिशील प्रवाहमा बगिरहेको थियो । वारिबाट पारितिर जाने र पारिबाट वारितिर आउने मानिसहरूले भरिएका स्वचालित यन्त्रजडित मध्यमखाले डुङ्गाहरू नदीमा ओहोरदोहोर गरिरहेका थिए । बिहान सबेरैदेखि बेलुकी साँझसम्म नदी किनारमा स्नान गर्ने, लुगा धुने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीति कविता : आमा सन्देश पठाउँछु चिठ्ठी लेखेर आँसुले

~लता शर्मा~ आमा सन्देश पठाउँछु चिठ्ठी लेखेर आँसुले ।। आमा पुर्याउँछ तिम्रो सामु मनको हुलाकीले । ००० आमाको काखमा बस्दा स्वर्ग सरी दिन थियो ।। आमाको सम्झना आउँदा आँसु झरी रह्यो । आमाको साथ पाउँदा म संसारकै सुखी थिएँ ।।

Posted in गीति कविता | Tagged | Leave a comment

छोक : समय

~महेश पौड्याल~ हेरिरह्याे उसले अाफ्नै वृत्तमा चक्कर काटिरहेकाे घडीकाे काँटालाई एक फन्काे मारुञ्जेल ।

Posted in कविता | Tagged | Leave a comment

कथा : एक मनोवाद, एक कथा !!

~उमेश सामिप्य कान्छा~ फेसबुक सायद सबैको दैनिकीमा पर्छ होला… एकसाँझ यसैमा चल्दै बस्दा एउटा Add Request आयो… नाम थियो – सफल पौडेल … प्रोफाइल हेर्ने रहरले उसको नाममा क्लिक गरें… सबै लुकाईएका रहेछन्… मैले करिब २०० friend Request Pending मा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : ईश्वर आएर !

~शेखर बिकल्प~ एकदिन पक्कै बोलाउनेछन् ईश्वर आएर ! यस्तै सोँच्छु हरेक बिहान जल चढाएर ! साथी – सुख, दु:ख दुबैलाई मान्न खोजेँ तर खुशी तर्कि हिँड्छ आँखा जुधाएर !

Posted in गजल | Tagged | Leave a comment

संस्कृति परिचय : बिस्केट जात्रा र विक्रम संवत्

~सुभाषराम~ वैशाख सङ्क्रान्ति अर्थात मेष सङ्क्रान्तिलाइ नेवार संस्कृतिमा एक पर्वको रुपमा मनाइन्छ । यस दिन उपत्यकाका धिनाच्व, सिच्व, र पूmच्व डांडाहरु चढ्ने र मेला भर्न जाने गरिन्छ । यहि दिन चिराइतो राखी बनाइएको खाई क्वाति (तीतो क्वाँटी) खाने चलन पनि … Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

गजल : पिपल अनि बर सम्झिएर

~रमेश अधिकारी~ देउरालीको पिपल अनि बर सम्झिएर जहिले रुन्छ परदेशी मन घर सम्झिएर भन्नेहरु भन्छन मलाइ भाग्यमानि रैछस हासोँ उठ्छ यस्तो सुन्दा खप्पर सम्झिएर

Posted in गजल | Tagged | Leave a comment

कविता : आमाको उपदेश

~आनन्द पौड्याल~ पैसाको निम्ति नजाउ पर मातृ नै छोडेर । अशक्त हुँदा को होला हेर्ने माया नै गरेर ।। परदेश गई के नै पो होला स्वदेश गुमाई । फर्क हे प्यारा आमाको विन्ति बसौँला रमाई ।। मनुष्य चोला पाएर तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : डोरी बाटौं न प्रिया

~अरुण ढकाल~ जीवन ढलिसक्यो मायाको डोरी बाटौं न प्रिया एक अर्काको मनपेट छिट्टै साटौं न प्रिया जोडिएको छ धेरै कुरा तिम्रो र मेरो बिचमा दुवै परदेशी सँगै मिली डाँडा काटौं न प्रिया

Posted in गजल | Tagged | Leave a comment

कथा : गैरी खेत

~नविन काफ्ले अभि~ ए हरी त्यो बिउ फाल्त यता मेरो मेलो पछाडी परि सक्यो । ठुल दिदी माथिल्ला गडाबाट कराईन । जेठको २५ लागि सकेको थियो । बर्षाले त्यो वर्ष समयमै किसानहरुलाई उर्जा प्रदान गरिदिएको थियो । गाँउ भरिको मुल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बन्ध्याकरण

~राजु अधिकारी~ गा.वि.स. परिसरमा लागेको तीन दिने स्थायी बध्याकरण शिविरमा बन्ध्याकरण गर्न भनेर जुठीले पनि धेरै पहिले नाम लेखाएकी थिई । कसैलाई सोधेर या कुनै आमा समुहले कर गरेर लगेर होइन ऊ आफै गएर स्वतस्फूर्त नाम लेखाएकी थिई । शिविर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

विचार मन्थन : जीवनमा सफलताको रहस्य के हो ?

~आशिष थापा~ आध्यात्मिक मनोवैज्ञानिक ओशो आफ्नो प्रवचनमा विभिन्न आयाम मा कुरा गर्न रुचाउँथे, त्यस मध्ये एउटा रोचक प्रसङ्ग, जीवन र प्रेम को थियो। उनी भन्थे, एउटा समुन्द्र को जीवलाई सोध्न मिल्छ भने सोध्नु, जीवन के हो ? उसको उत्तर हुन … Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

कविता : म

~सौगात भुर्तेल~ म भ्रमको खेती गर्दिन सत्यतामा जिउने प्रण गर्छु ती फिक्का सपनामा आफ्नै सोचले बुट्टा भर्छु । मेरो चट्टानमा पनि फुल फुलाउने ईछ्या छ किताबमा विश्वास छैन मलाइ किनकि आफै भित्र शिक्षा छ ।। अनियन्त्रित बनाई नरोक मेरो लक्ष्यलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : तिम्रो सामु

~अलका मल्ल~ तिम्रो सामु मैले केही हराएँ जस्तो लाग्छ नबोलेरै तिमीसँग भाव पोखुँ जस्तो लाग्छ लामो त्यो केश फिजाउँदा

Posted in नेपाली गीत | Tagged | 6 Comments

स्वदेश गान : देशको माया

~आविष्कार कला~ मायाको गीत गाउँ है साथी देशकै मायाको तराई पहाड शीतल दिने हिमाली छायाको । पूर्वमा बग्ने मेचीमा नदी महाकाली पश्चिम सुन्दर बनोस् यो मेरो देश नवनोस् सिक्किम ।

Posted in स्वदेश गान | Tagged , | Leave a comment