Tag Archives: nepali sahitya

कविता : र

~जोतारे धाईबा~ म… तिमी, यो बीचमा पहाडी इलाकाको लचिलो झोलुङ्गे पुलझैं अथवा राजमार्गको भेलग्रस्त फेदीमा एउटा तुइनसमान अ ल्झिएको छ र ।

Posted in कविता | Tagged | Leave a comment

कविता : फूल

~केदार श्रेष्ठ~ न घमण्डले मात्तिएर फूलेको हो फूल न रिसले लात्तिएर फुलेको हो फूल न कसैको खिस्सी उडाउन फुल्छ न सुवास छरी लोभ्याउन फक्रिन्छ न सुन्दरता हानी फसाउन फुल्छ होइन अहमताले फक्रेको होइन फूल

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो परिधीमा तिमी

~जंगब चौहान~ घाम लाग्दा तिमीलाई नै सम्झिरहेँ बादल लाग्दा तिमीलाई नै सम्झिरहेँ उजेली र अँधेरी रातहरुमा सन्नाटा ओढेरै भएपनि केवल तिमीलाई नै सम्झिरहेँ

Posted in कविता | Tagged | Leave a comment

गजल : नारीलाई सलाम अनि सम्मान

~रमेश भट्टराई ‘सहृदयी’~ ढाक्छ्यौ आधा आकाश नारीलाई सलाम अनि सम्मान आमा, दिदी, बहिनी नारी नै हुन्– कति गर्छौ अपमान ? युग चल्ने आधार, सृष्टि सार सर्वश्व सशक्तिकृत घर, सदन, सहर त्यो सरकारमा खै कति सान ?

Posted in गजल | Tagged | Leave a comment

गजल : बस्नु हुदैन

~आशांक उपाध्याय~ एकान्तमा टोह्लाएर बस्नु हुदैन एक्लै हुदैमा खरानी घस्नु हुदैन कहिले कसैले झुक्याउन खोज्लान अपरिचितको जालमा फस्नु हुदैन

Posted in गजल | Tagged | Leave a comment

गजल : जिन्दगी त्येही माटो रैछ!

~राजन कोइराला~ मरेपछि विलीन हुने जिन्दगी त्येही माटो रैछ आफैलाई भुल्ने एउटा पिरतीको बाटो रैछ ! जति चोट पाएपनि उसकै याद प्यारो लाग्ने कलेजिमा त्यै चोटको नमेटिने टाटो रैछ!

Posted in गजल | Tagged | Leave a comment

गजल : बिर्सने छैनौ

~सौभाग्य बजगाईं~ उसको निरन्तर प्रयासलाइ बिर्सने छैनौ केहि बन्छु भन्ने आशलाई बिर्सने छैनौ सहेर चोट मनभित्र लुकाइएका प्रित हरु दरले सिर्जित अत्यास्लाई बिर्सने छैनौ

Posted in गजल | Tagged | Leave a comment

कथा : दीप–शिखा

~अमृता बुढाथोकी~ फागुनको महिना थियो । प्रकृति पनि उजाडिए झैँ देखिन्थ्यो । वनस्पतिले आफ्ना नयाँ पालुवा फेर्नलाई सबै पात झारी सकेको थियो । मानसिक रूपमा विक्षिप्त दीपका बुबा आगनमा बसेर आफ्नै सुरूमा कराउँदै थिए । क्षयरोगले थला परेकी आमा अगेना … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जागिरले निलेको मान्छे…..

~नितेश श्रेष्ठ ‘अमात्य’~ अभावको पर्खालले थिचिएर साघुरो जिन्दगीको गल्लीबाट निस्कें- म एउटा सुमधुर यात्राको सफरमा लम्किएँ म आर्जेको ज्ञान, सिप दिनभरिको समय सब साटें- मैले

Posted in कविता | Tagged | Leave a comment

पौराणिक कथा : मीरावाई

~विजु सुवेदी~ जोधपुरका राठौड रतन सिंहकी एक्ली छोरी मीराबाईको जन्म सोह्रौं शताब्दीमा भएको थियो । मीरावाईको बालमनमा कृष्णको छवि यस्तरी बसेको थियो कि उनले किशोरावस्थादेखि लिएर मृत्युवस्थासम्म पनि कृष्णलाई नै आफ्नो सबैभन्दा नजिक मानेका थिइन् । सानैदेखि नै उनी कृष्णभक्तिमा … Continue reading

Posted in पौराणिक कथा | Tagged | Leave a comment

कविता : म

~आनन्द पौड्याल~ म सूर्य हुँ रवि, घाम, बेला अनि सुर्जे भन्छन् मलाई मेरा सन्ततिले साष्टाङ्ग डण्डवत् गर्दै नियमित परिक्रमा गरिरहन्छन् मेरो प्रकाशद्वारा अन्धकार चिर्छु मैले सधैँ सधैँ ताप अनि राप दिन्छु मैले निसर्त वात्सल्य प्यार दिन्छु मैले

Posted in कविता | Tagged | Leave a comment

गजल : आउ भन्छे कान्छी

~अरुण ढकाल~ जुनेली रातमा आउ भन्छे कान्छी घरी घरी सताउ भन्छे कान्छी तगारो बन्यो रे छिमेकीको आँखा सात डाँडा कटाउ भन्छे कान्छी

Posted in गजल | Tagged | Leave a comment

कथा : औडाहा

~दुर्गा विनय~ शब्दहरू तिनै हुन् । तर पनि कति छिटो छुन्छ । भन्ने तरिकाले सबैलाई असर पार्दोरहेछ । त्यही शब्द कतिखेर कुत्कुताउने भइदिन्छ । त्यही शब्द कतिखेर शुल बनिदिन्छ । कस्तो अचम्मका हुँदा रहेछन् यी शब्दहरू । शब्दले शब्दलाई लात … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्रासद विपना

~पद्मावती सिंह~ अक्षराले सुयशको अस्ट्रेलियास्थित अपार्टमेन्टमा लगेज बिसाउँदा रातले धर्तीलाई आफ्नो अँगालोमा बाँधिसकेको थियो । नौलो ठाउँ, नौलो परिवेश र वातावरणले अक्षराको मन मयूर प्वाँख फिजाएर नाच्न थाल्यो । उनी प्रफुल्ल भई अपार्टमेन्टको चारैतिर हेर्न थालिन् । सफा सुग्घर, सुविधायुक्त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बसन्त

~अशोक थापा~ १ आयो दृश्‍य खुली बसन्त सुकिलो गम्के लता-कुञ्जिका तन्के पात मुना बनेर तरुनो छैनन् सुकेका फिका कल्की फूल बुकी गुराँस कलिलो धर्ती नयाँ देखियो चिर्‌विर् चन्चल गीत मस्त लयमा भाका रमेको थियो २ को हो!भन्छ बसेर मुक्त मधुरो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झना

~श्रीपुरुष ढकाल~ सम्झना छ अझै ताजा वालापनको खेलवाड हाँस्दै खेल्दै मनाएको रमाइलो चाडबाड । काफल टिप्न रूख चढ्थ्यौँ गाई चराउन जाँदा हामी ऐँसेलु टिप्दै खान्थ्यौँ

Posted in कविता | Tagged | Leave a comment

कविता : तारा भै चम्कि रहलिन मीरा

~इश्वर देवकोटा~ तारा भै चम्कि रहलिन मीरा सम्झेर हे हरि, उर्लियो आज आशुको नदि सहन्छौ कसरि !! चेतना को दियो सल्काउदै तिमि धर्तीमा ओर्लिदा आशु नि हासो बन्दथ्यो हाम्रो तिमीले बोल्दिदा अनन्त सम्म हिजोको नाता नभुल्नु हे हरि !

Posted in कविता | Tagged | Leave a comment

कविता : खप्परहरू

~रजिन पनेरु~ तिमी ढुक्क छौ अब खप्परहरू बौरिन्नन् ऊ ढुक्क छ अब खप्परहरू भुक्दैनन् हामी ढुक्क छौँ अब खप्परहरू जन्मनन्

Posted in कविता | Tagged | Leave a comment

कविता : अभियात्रा

~जीवन शर्मा~ व्यक्तिगत समृद्धिका आकाङ्क्षाभन्दा धेरै पर आफन्तहरूका अपेक्षाभन्दा पनि अझै पर मनभित्रको सुन्दर सपनाको संसार भेट्ने रहर बोकेको अनवरत अविश्रान्त र आनन्दमय मेरो यात्रा रक्तिम यात्रा । बचपनदेखिको एउटा सपना, उदात्त योजना

Posted in कविता | Tagged | Leave a comment

गजल : खुशीले भरिने छ अवश्य

~केशव गाह ‘पाल्पाली’~ चम्किने छ नेपाल छिट्टै खुशीले भरिने छ अवश्य हटाएर अँध्यारो यहाँ उज्यालो छरिने छ अवश्य प्रकृतिले दिएको पीडा बिर्सेर हामी सबै नेपाली देउराली भञ्ज्याङ पुनः मुस्काई झरिने छ अवश्य

Posted in गजल | Tagged | Leave a comment

कविता : गणतन्त्रलाई गरौं संस्थागत

~शिवा गिरी~ नयाँ संविधान बनाउने सवैको चाहाना हरितालिका २०७० को शुभकामना संघीयताको विरोध गर्दै नाचौं हामी अवत दिदिबहिनी सम्पुर्णलाई हाम्रो स्वागत

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बन्ध त्यस्तो पनि त हुनसक्छ

~कृष्ण बाउसे~ तिमी मेरो मित्र हुन सकेनौ म कसैलाई शत्रु बनाउने सोचमा छैन कृपया मलाई निरपेक्ष रहन देऊ…..तटस्थ रहन देऊ । मनभरि मुठ्ठीको माखो बनाउने माकुरेजाल बुन्दै मलाई अझ प्रगाढ मित्रता को मन्द विष नपिलाऊ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आँखाहरू अनि मन

~डा. संगीता स्वेच्छा~ अनिंदो रात बोकेको आँखा अनि, पर्खाइमा थकित मन तर्क र वितर्क बीच भलाकुसारी गर्छन् ।

Posted in कविता | Tagged | Leave a comment

महाकाव्य : सिंहवाहिनी

समीक्षात्मक पौराणिक महाकाव्य | सिंहवाहिनी | सदानन्द “अभागी” सिंहवाहिनी (समीक्षात्मक पौराणिक महाकाव्य) सदानन्द “अभागी” कावासोती ७ शान्तिचोक नवलपरासी लुम्वनी अञ्चल, नेपाल २०७३ (२०१६) कृति : सिंहवाहिनी (समीक्षात्म पौराणिक महाकाव्य) कृतिकार : सदानन्द “अभागी” प्रकाशक : दाउने सप्ताहिक प्रथम संस्करण : … Continue reading

Posted in महाकाव्य | Tagged , | Leave a comment

गीत : यी मेरा कथाहरूमा

~अलका मल्ल~ यी मेरा कथाहरूमा मुटु छुने व्यथा छ टुसाएका पातहरूमा तुसारोले छोई झरेछ यी मेरा……

Posted in नेपाली गीत | Tagged | 5 Comments

कविता : मन र देश

~भुपाल गुरागाइ~ टुक्रा टुक्रा भएको दिल आज झसङ्ग भयो जब सुने देश नि खण्ड-खण्ड हुँदै छ र अखबार को पहिलो पाना हेरे बालुवाटार बेचियो ।

Posted in कविता | Tagged | Leave a comment

गजल : सम्झनाहरू बारबार आउँछ

~इलामेली टीकाराम दुलाल~ यादहरू र सम्झनाहरू बारबार आउँछ त्यही पलको झझल्को लगातार आउँछ मझेरीवाट फर्की फर्की गह भरि आँसु लिई आफ्नै घर छोडेको दिलमा झङ्कार आउछ

Posted in गजल | Tagged | Leave a comment

कथा : आतङ्ककारीको मृत्यु

~यकिना अगाध~ दिनहरू असाध्यै रमाइलो थियो । जाडो सकेर फागुनले आफ्नो तातो अनुहार फैलाएको हप्ता दिन पुग्दै थियो । प्राणी र मान्छेहरूमा न्यानोपन बढ्दै थियो । माइगेन पनि फुर्सदमा थिइन् । भखरै एसएलसी सकेर घरमा आएकी थिइन् । बस्तुभाउ लिएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भाषण,रासन र शासन

~चन्द्र मेघि गुरुङ्ग~ म तीन शब्द भित्र धेरै कुरा भेट्छु उ भाषण गर्छ रासनको चारो फ्याक्छ सट्टामा हामी शासनको डण्डा सुम्पन्छौं जब हामी रासन माग्दै भाषण गर्छौं

Posted in कविता | Tagged | Leave a comment

गीत : बग्ने त्यो खोलालाई सोधें

~मनिस वशिष्ठ~ बग्ने त्यो खोलालाई सोधें फूल्दै गरेको फूललाई सोधें मेरि मायालुलाई देख्यौ कि भनेर कहाँ गइ लुक्यो मेरो प्रीत खै भनेर

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : चित्रकार

~सरोज धिताल~ कोही भन्थे ऊ चित्रकार हो अरु भन्थे बुद्धकै अवतार हो । उही दुई आँखा हो आँफुसँग त तिनैलाई सके सम्म च्यात्दै, घाँटी तन्काउँदै हातमा भएको सानो ठुटो

Posted in कविता | Tagged | Leave a comment

कविता : कोट आधा ओढेर

~मोहन कोइराला~ कारखाना, अनुसन्धानशाला र उत्पादनक्षमताका विम्बमा लक्ष्य गर्दा, ढिलो सुतेको छिटो उठाउँदा मान्दैनन् आज घुइँचो भए पनि बासी गन्ध भेटिन्छ बिहान बस चल्छ, विद्युत खपत बढ्छ कोठा, घर, कार्नेस उज्यालो बन्छ, अरू कुनै हुँदैन खलबल हुन्छ,

Posted in कविता | Tagged | Leave a comment