Tag Archives: nepali sahitya

लघुकथा : जादुगरी डण्डा

~कृष्ण बजगाईं~ एक जादुगरको जादुगरीको प्रशंसा निकै फैलियो । उनी गाउँ-घरमा मात्र सिमित नरहेर अब शहर बजारमा पनि चर्चित हुन थाले । टेलिभिजनको पर्दा होस वा रेडियो या अखवारमा उनको बारेमा निकै महत्व दिएर समाचार आउन थाल्यो ।

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मलाई तुहाइदियौ

~लेखनाथ काफ्ले ‘राजन’~ कती ठुला सपना बोकेर जन्मन लागेको थिए भाईभाइलाई भिडाएर, मेरी आमालाई लातले हान्न लगायौ त्यही पारीको मान्छेलाई आफ्नो नजिकैको ठानी मेरी आमालाई प्रसव पिडामा पारेर मलाई तुहाइदियौ हो म जन्मन चाहेको थिए

Posted in कविता | Tagged | Leave a comment

कथा : अव्यक्त आकांक्षा

~इन्दु शर्मा~ दिनभरिको ड्युटी पश्चात म मेरो पसलमा बसिरहेकी हुन्छु ,थकित मानसिकता लाई बिर्साउदै । हुनत संधै यस्तै हो ,दिनभर ड्युटी अनि बेलुका पसल । पत्रिका पसल भएर होला ग्राहक को घुइंचो नै लागिरहन्छ ।मेरो मानसपटल मा ग्राहकका अनुहारहरू क्रमश … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : बीसवर्ष पछि

~ओ. हेनरी~ अनुवादः महेश पौड्याल ‘प्रारम्भ’ ड्युटीमा तैनाथ ती प्रहरी जवान बढो तदारुकताका साथ चोकतिर लागे । यो तदारुकता उनको बानी थियो, देखावटीपन हैन । त्यहाँ उनलाई हेर्नेहरूको सङ्ख्या कम थियो । राती करिब दस बज्न लागेको बेला, बतासका चीसा … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : बन्द निवास

~पदम भण्डारी~ ‘रेग्मी निवास’ को नामले परिचित बिमलको घर अर्थात् मेरो पोईली घर आजकल भीषण कालो अन्धकारमा लुप्तप्राय: भएको छ । रेग्मी निवास अर्थात मेरो घर ठूलो फलामे ताला झुण्ड्याईएको कारणले ज्योतिहीन भएको हो । रेग्मी निवास त्यसै ज्योतिहीन बनेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अनिदो रात

~अमोल आचार्य~ एक कोठे घर छ। दुईवटा खाट राखिएका छन् भित्ताका दुईपट्टी। एउटा खाटमा आमा सुत्छिन्। अर्को खाटमा छोरो सुत्थ्यो तर अब बुहारीपनि अटाउनु पर्ने भएको छ। बिरामी आमाले आफ्नो एकमात्र छोरोको बिहे गरिदिएकी छन् आज। छोराको बिहे गर्ने र … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : रातो गुलाफ

~राजन “कल्पित”~ रातो गुलाव जब सबको हात हातमा हुनेछ प्रेममा बलिदानको चर्चा हरेक बातमा हुनेछ प्रेमको जीत भएको दिन प्रेम दिवस मनाइदै छ भ्यालेन्टाइनको जन्म सबै जात जातमा हुनेछ

Posted in गजल | Tagged | Leave a comment

कथा : ज्वोरो

~कृष्ण थापा ‘कृष्णपक्ष’~ ‘तिम्रो धेरै याद आउछ यति धेरै की जति तिमी कल्पनासम्म गर्दैनौ । वा जति म तिमीबाट लुकाउने कोसिस गर्छु त्यसभन्दा पनि धेरै ।’ उसले सधैंझैं ईमेल लेखी – व्यस्त मान्छेलाई डिस्टर्ब गर्न मन लाग्छ, सोध्न मन लाग्छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कस्तो बिबाह !

~गीता खत्री~ धेरै अघि खाटा बसिसकेको घाउ आज फेरि बल्भिmन पुगे जस्तो देखियो । आज एउटा साथीको छोरीको बिबाहभोज थियो, वुडहेभनको मौर्यमा । बिबाहको प्रितीभोज सकियो । ब्यवस्थित सांगीतिक कार्यक्रमसहितको मीठो खानाले होला भोज असाध्यै राम्रो भयो । सबै जना … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : विश्वासघाती

~पदम भण्डारी~ रातको दुई बजे चोर डाँकाहरु मेरो घरमा पसे । चोर डाँकाहरु भित्र पस्ता मैले प्रतिवाद गर्न छोडिसकेको थिएँ, किनकि प्रतिवाद गर्न खोज्दा धेरैपटक मैले ज्यान जोगाउन उनीहरुसंग भीख माग्नु परेको थियो – ‘मसंग भएको धन सम्पत्ति सबै लैजानुस … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बिरामी

~छविरमण सिलवाल~ सधैँ म छोरोलाई यही बाटो स्कुल लैजाने गर्छु । बाटोमा देखिने दृश्यहरूले उसको कुतूहल बढ्दै जान्छ । एकदिन सडकमा गुडिरहेको एम्बुलेन्समा उसका आँखा परे र सोध्यो, बाबा अरू गाडी गुड्दा त कराउँदैनन् यो गाडी चाहिँ किन कराउँदै हिँड्छ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मोबाईलले दिएको खुसी

~बिना तामाङ ‘सुनगाभा’~ आजभोली उनि खुसी देखिन्छिन् । उनको त्यो मुहारमा अनौठो चमकता देखिएको छ। मानौ वर्षातको बादल गड्किदाँ एकझमकमा देखिने त्यो बिजुलीको चम्काई हो । लगभग ४,५ महिना हुन लाग्यो उनमा यस्तो परिवर्तन देखा परेको त्यस भन्दा अघि नि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : खोजिन धन तिम्रो मायामा

~आचार्य प्रभा~ खोजिन धन तिम्रो मायामा लुटाएँ मन तिम्रो मायामा / प्रेमको अर्थ थाहा भएन बुझाई भन तिम्रो मायामा /

Posted in गजल | Tagged | Leave a comment

गजल : दुई दिनको चोला यो हाँस्नु ठूलो रैछ

~नवराज सुब्बा~ दुई दिनको चोला यो हाँस्नु ठूलो रैछ सबैभन्दा मुख्य कुरो बाँच्नु ठूलो रैछ । कर्मसितै लिनु पर्छ सन्तुष्टीको स्वाद जीवनलाई गीत मानी नाच्नु ठूलो रैछ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमीलाई माया गर्दा म त

~नवराज सुब्बा~ तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछु हराई चाबी बाटोमा म त बन्द ताला बनेंछु । दुई नयनमा वग्ने आँशु फरक भए कि कसो आफुलाई मात्र घोच्ने म त तीखो भाला बनेंछु ।

Posted in गजल | Tagged | Leave a comment

कविता : यात्री

~जय गिरी~ कुन देशमा जान्छौ यात्री कुन धरती पाउने हो कस्ता सामग्री भेटिने हुन् साथमा को आउने हो विवशहरुका कांधमा बन्दुकको नाली राख्ने हो हाडहरुले डांडा छोपिए मांसपिण्डका फांट भए मस्तिष्कमा भूस भरिए इन्द्रियहरुबाट ज्वाला खनिए

Posted in कविता | Tagged | Leave a comment

कथा : अनाम छापामारको नाममा

~इच्छा पूर्ण राई~ यो कथा होइन र पनि कथा भएको छ । यो कथा सहरले नसुनेको कथा हो र सहरबाट केहि टाढाको कथा हो। पूर्वको प्रसिद्ध डाँडा ट्याम्के र मैयुँको विचको सानो गाँउको कथा हो। यो गाउँ हिउदमा हिउँमा सुतेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : जुलुस र आमा

~श्याम तमोट~ “वीर सहिद अमर रहुन” “प्रजातन्त्र अमर रहोस ” सहिद दिवसको दिन थियो । बाजागाजाको साथमा उर्लदो नारा लगाउँदै जुलुस अघि बढिरहेको थियो ।

Posted in लघुकथा | Tagged | Leave a comment

मनु लोहोरुङ राईका ३ मुक्तकहरु

~मनु लोहोरुङ राई~ १ मेरो मनमा आगो बालेर कहाँ पुग्यो बैगुनी ? छातीको घाउमा नुन हालेर कहाँ पुग्यो बैगुनी ? जसो तसो जोगाएर राखेकै’थें सिङ्गै मुटु टुक्रा,टुक्रा बनाइ फालेर कहाँ पुग्यो बैगुनी ? २ जिउने आधार एउटै मुटु, आधा लुटी … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : परिवर्तन

~हरी भुसाल ‘स्याटलाइट’~ ‘wallace’ले मलाइ नयाँ जबको अफर राखेको थियो ! कुनै बर्षको सायद June महिनाको कथा हुनुपर्छ यो !ठ्याक्कै तिथिमिति थाहा भयन फेरि कथाहरुका Éxcatly Date’हुनथाले भने ति कथाबाट समाचारमा रुपान्तरण भैसकेका हुन्छन ! एक बिहान म आफ्नो work … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : प्रश्न तालिवानलाई

~मदन दुलाल~ बालक मार्यौ,पायौ के? तालिवान निर्दोष गाल्यौ,गायौ के? तालिवान।।१ बिचरा निर्दोष अबोध दुधे बालक निस्फिक्रि ढाल्यौ, लायौ के? तालिवान।।२

Posted in गजल | Tagged | Leave a comment

गजल : अचेल

~सजु शिवकोटी~ रिसायौं कि के हो तिमी, बोल्नै छोड्यौं अचेल हरायौं कि कतै तिमी, आउनै भुल्यौं अचेल ढुङ्गेनीमा बस्दा खेरी, पछ्यौरीको सप्को तिम्रो त्यै सप्कोको मेरो माया, अन्त कतै पोख्यौं अचेल

Posted in गजल | Tagged | Leave a comment

कविता : सिल्भिया ! म तिमीलाई प्रेम गर्छु

~शुभ आगन्तुक~ मैले पहिलोपल्ट हातमा रातो गुलाब बोकेको छु तिम्रो लागि । तिम्रो ह्रदयमा सिउरिनलाई यतिखेर हातमा रातो गुलाब बोकेर उभिएको छु म निर्जन किनारामा र, पर्खिरहेछु – तिम्रो बाटो ।

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : पञ्चायतकालको जागिरयात्रा …

~राधारमण उपाध्याय~ मैले काम गर्ने गोरखापत्रको कार्यालय काठमाडौं भूगोलपार्कको बगलमा छ । ठीक सामुन्ने विशालबजार छ । त्यस ठाउँमा पहिले जनसेवा नामको सिनेमा हल थियो । त्यो हल पहिले सरकारी रहेछ । राजा त्रिभुवनबाट दरबारका सचिव दयारामभक्त माथेमाले बक्सिस पाएका … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

लघुकथा : लोग्नेको जात

~कृष्ण बजगाईं~ दुई आइमाईले विवाह गरे । “आइमाईको विवाह ?” हजूर पारपाचुके गरेर बसेका आइमाईले एक आपसमा विवाह गरे । अर्थात समलिङ्गी विवाह ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : लोकल बसको सिट

~गोपाल झापाली~ प्रणय दिवशको अघिल्लो साँझ म बजारको एक रेलिँमा लेटिएर बदाम टोक्दै थिएँ । उदाश मनमा आकाशमा प्रशव अवस्थाको जून मलाई ढाडस दिदै थियो । हातको बदाम सकियो पुनः ५ रुपैयाको किन्न त्यहा बाट उठे । हात भरि बदाम … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

वाल कथा : थाल

~माधव सयपत्री~ मधु त्यो घरमा काम गर्न बसेको तीन वर्ष भएको थियो । उनले त्यो घरमा धेरै काम गर्नुपथ्र्यो । करलागी परेर मालिकले मधुलाई छैटौं कक्षामा भर्ना गरिदिए । कामको बोझ भए पनि मधु राम्ररी पढ्न थाले । उनी विद्यालयको … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

वाल कथा : गौथली र भँगेरा

~जयदेव गौतम~ बाहिर वरिपरि धानचामल हालेका मकैका हरिया बोट हावाको तालसँगै यता र उता हल्लिरहेका थिए । एउटा घरको दलानमा गौंथली र भँगेराबीच निकै कोकोहोलो मच्चिइरहेको थियो । ‘अर्काको मिहिनेतमा जुका सरी कहाँ टाँसिन पाइन्छ र ? आफैँले गरेर खानुपर्छ, … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

गीत : जानिन देह पैले यो प्रेममा डुबाएँ

~भीमनिधि तिवारी~ जानिन देह पैले यो प्रेममा डुबाएँ लागेन हाथ मोती गोता हजार खाएं फक्रे गुलाफ थुंगा देखि भई म मोहित आशा र लालशाले पाऊ उतै बढ़ाएं

Posted in नेपाली गीत | Tagged | Leave a comment

हाँस्य-गीत : कागज काट्ने बन्चरो त काठ कट्ने कैची

~सि यम नेपाल~ कागज काट्ने बन्चरो त काठ कट्ने कैची कुखुराले पाडो पायो छक्क पर्यो भैंसी आहै ! भिगी भिगी रातोमे , मिठी मिठी बातोमे भरी बर्षातोमे कैसा लगता है ? यैसा लग्ताहै मेरे मन के बादल, तिमी बजाउ मादल … Continue reading

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अविवेकी बर्तमानहरु

~राजेन्द्रप्रसाद अर्याल~ म विश्वस्त छु जन्मदैमा मलाई आशङ्का हुनु पर्छ काल क्रमसँगै आशङ्का शङ्कामा परिवर्तन हुन गयो हेक्का उच निचको बृध्दि हुने क्रममा शङ्का यथार्थमा परिणत भयो हाम्रो प्यारो गोरखा प्रत्येक वर्तमानका शोषणबाट पिल्सिईरहेको पो रहेछ ।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : बाँदर

~हरिवंश आचार्य~ बाँदर हर्ता, बाँदर कर्ता, बाँदरकै छ प्रशासन! यो देशमा मान्छेको कैले, देख्न पाइएन सासन!! च्याँ च्याँ, चुई चुई, ङयार्र ङुर्र, सँधैको छ झगडा! त के बाँदर, म पो बाँदर, त भन्दा म तगडा!!

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment