Tag Archives: nepali sahitya

कथा : भाउजू लडेको भीर

~चन्द्र रानोहँछा~ ‘उँधोलाई हे-यो त्यो कोसी बगर उँभोलाई तारेभीर, मरने सबै बैकुन्ठै पुगे बाँच्नेलाई पर्‍यो पीर’ घरैछेउको बाटो भएर उँधै–उँभै गर्ने घाँसे–दाउरेले यो विरही ताना अलापेर जाँदा वीरमानको छातीमा सोला हान्छ । हृदयमा तुफान उठ्छ, बिर्सन खोजेका वियोगका बादलहरू भित्रभित्रै … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : महाभारत युद्धपछिका कृष्ण

~डा. अरुणा उप्रेती~ ओहो ! जुन युद्धलाई टार्न मैले त्यति कोसीस गरेको थिएँ, त्यो युद्ध शुरू भयो १८ दिनपछि समाप्त पनि भयो । तर, म अहिले युद्धपछि खुसी कुनै पनि पाण्डवपुत्रको अनुहारमा देखिरहेको छैन । देखुँ पनि कसरी ! महाभारतको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मैच्याङ

~बिना तामाङ ‘सुनगाभा’~ लाम्टा चुस्दा चुस्दैको दूधे बालक मोहि पार्दा पार्दैको मदानी रोप्दा रोप्दैको पाखो बारी अनि बग्दा बग्दैको एक ढिको आँशु फ्ल्यासब्याकमा राखेर मैच्याङले दक्षिण बेग मारेको एक दशक वितेछ

Posted in कविता | Tagged | Leave a comment

कथा : मसाज सेन्टरमा कथाकार

~माधव सयपत्री~ घाम अस्ताइसकेको थियो । साँझले सहर ढाक्न लागेको थियो । दीपमालाले आफ्नो टेम्पू कोटेश्रमा रोकेकी थिई । टेम्पू भरिएको थिएन । ऊ भन्दै थिई, ‘लगनखेल, लगनखेल । सिट खाली । अब हिँड्नै लाग्यो ।’ ट्राफिकप्रहरीले कर्कश सिट्ठी बजायो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : कब्जियतमा छ देश !

~बिम्मी शर्मा~ हरेकदिन बिहान जब देश शौचालय जान्छ र घण्टौंसम्म कन्दै बस्न बिवश हुन्छ देश छट्पटाउंदछ, उसलाई नेताहरुले कति पीडा दिएकाछन्……….. कमोडमा निक्कै बेर थचारिएपछि देश निखारिन्छ र सिंहदरवार पुग्दछ देश झस्किदै आएको छ जबदेखि उसले थाहा पाएको छ नेताहरु … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : ‘आनन्दित’ हुँदैछु म !

~देवशंकर पौडेल~ नीति सिद्धान्त हेरेर, जहाँ जीवन अर्पिएँ, भद्दा आचार देखेर झल्यास्स भर्इ तर्सिएँ । भुनेको मही छाडेर, बजारे स्वादमा भुली, बुकुरा बासका साथी, छाडी पल्क्यो कतै मुली ।

Posted in कविता | Tagged | Leave a comment

कथा : थाहा

~नारायण तिवारी~   ‘‘भोलि म घर जाँदैछु– अति प्रिय विराटनगर…!’’ साथीभाइसित भनेँ । अफिसमा त बिदा मिलाइसकेको थिएँ । दुई वर्ष भइसकेको थियो विराटनगर नगएको – आफ्नो जन्म ठाउँसित टाढिएको । यो चौबीस महिनादेखिको ‘ग्याप’ ले मलाई चिमोटिरहेको थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : भाग्यमानी

~दिलिप राई सगर~ जसलाई चाहेँ, उसलाई पाएँ, गरेँ मनोमानी । को होला र, यो दुनियामा, म झैँ भाग्यमानी।। उसको आँखाबाट मैले संसार हेरेकोछु अचेल उसको फोक्सोले मैले श्वास फेरेको छु अचेल

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : कुङ्वालाई पत्र

~मेदिनी पाइअस्~ कुङ्वा हजुर र म बीच धेरै पटकको चोरी दाउ हानथाप र छिर्के लगाई मुछिवुङेको ख्यावा र म्यङ्वा जस्तै भो । मैले बिझाएका कांडाहरु हजुरले प्रहार गरेका बाँणहरु चटक्कै भुलेर जन्मभूमीको माटो समाई हाम्रो नातामा सौहार्दता कायम रहनुपर्छ आवो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : धमिलो पानी

~बिनोद खड्का~ रातदिन काम खोजिदेउ भनेर हैरान पारेपछि नेता महोदयले आफ्नो चुनाव क्षेत्रको एउटा चुनावकालिन कार्यकर्तालाई रोजगारीको सिफारिस नगरी रहन सकेनन । नेता महोदयको बारम्बारको ताकेता पछि र नेताको आफ्नै पार्टीको विश्वासिलो कार्यकर्ता भनेपछि हाकिमले हुँन्न भन्न सकेनन । उसलाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : आनन्द

~भिम प्रसाद घिमिरे~ एक घण्टाको यात्रा दुई पाङ्ग्रेका सीट रीसै उठेर आउँछ पोल्न थाल्छन् जब पिँध टक्क अडिन्छु चिया घुम्तीमा आराम दिन्छु टायरलाई सम्झन्छु, पसले कति संयमित विहानदेखि बेलुकी उभिएकै छन् उभिनुपर्ने बसेकै छन् बस्नुपर्ने संसार झेलेका छन् खै कसरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनका रङहरु

~यशोदा अधिकारी~ हरेक साल निस्कन्छ एउटा मान्छे मेरो विश्वासको ढोकाबाट र, हल्लाउँछ आफै बसेको घर म भरिरहेको हुन्छु जिन्दगीको रङ त्यही घरको झ्यालमा उभिएर । जव काँप्छन् मेरा कुची र ब्रसहरु छताछुल्ला पोखिन्छन् रङ छरिएर समगर सागरसरी मेरो आगानमा जिन्दगीको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : एउटा वालेट

~स्वयम्वरिसंह लामा~ देशमा संकटकालको अवस्था थियो । तत्कालीन सरकार र विद्रोही पक्ष बीच तकडा टकराव परि रहेको अवस्था । सदरमुकामको विद्यालयहरु घटस्थापनाको दिन देखि बन्द भयो । म मेरो छोरा उपदेश दाईको ठुलो छोरा रेन्जेन र उनको सानो भाई ग्याल्बोलाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : तिम्रोलागी धडकिने,धडकन उस्तै छ सानु!

~कुमार के.सी.~ तिम्रोलागी धडकिने,धडकन उस्तै छ सानु! जीन्दगीमा बाधा, र अडचन उस्तै छ सानु! छाडी जादा तिमीले हरपल रुदै बाचेकोछु मेरो दुखी सँसार अनी,गगन उस्तै छ सानु!

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : घांटी हेरी हाड निल्नु

~सुषमा मानन्धर~ “यसपालि त गज्जबले नै दशैं मनाउनु पर्छ” ऊ सवैसंग भन्दै थियो । “किन र सरकारले तलब बढाइ दिएको झोंकमा हो कि क्या हो ?” दुइचार जनाले उसलाई व्यंग्य गर्दै सोधेका पनि थिए । “बढ्न त बढेकै हो नि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : तिमिलाई अङ्गालोमा कसाउनुमै मज्जा हुन्छ

~गिरिराज बाँस्कोटा~ तिमिलाई अङ्गालोमा कसाउनुमै मज्जा हुन्छ ओठमाथि ओठलाई टसाउनुमै मज्जा हुन्छ आखिर मन मिलाउनु छ मिले पछि जेजे हुन्छ उन्मादका जोशहरु खसाउनुमै मज्जा हुन्छ

Posted in गजल | Tagged | Leave a comment

कथा : बैराग

~शेखर ढुङेल~ दसकौं भयो किरण बेखबर भएको । इष्टमित्र, गाउ , शहर , स्कुल , कलेज का साथी सबै बाट …. अरु त अरु, आफ्नै जोडी बच्चाकी आमा जीवन संगीनी , जन्म दिने आमा सित बिछोडको पिडाले समेत छोयो कि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वास्तविकता

~शर्मिला खड्का दाहाल~ “हेलो ग्रायण्ड मदर” “के रे ग्रायण्ड मदर रे ? हिजो हाई स्वीटी भनेको होइन ?” “कहिलेकाहीँ टेस्ट फेर्न मन लाग्छ नि ।” “ए तरकारीको स्वाद फेरेजस्तो ।” “हो यु आर फ्लावर” “थैक यु ।” “नो नो काउलीफ्लावर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बयान नगर भो

~सन्देश जि.सी.~ मायाँमा नै हारें मैले जितको बयान नगर भो ज्यानै खायो पिरतीले प्रीतको बयान नगर भो सबै टाढा हुँदा रैछन् दु:खै दु:ख पर्दाखेरि सुख हुँदा नजिक आउने मीतको बयान नगर भो

Posted in गजल | Tagged | Leave a comment

कविता : तामागी देशको मानचित्रबाट मेटिदैं थियो !

~भूपिन ब्याकुल~ शहरले अपहरण गरेको छ, तिम्रो आत्मा र अचानो माथि राखेको छ, तिम्रो ढुकढुकी देश, म त्यही आस्था र ढुकढुकी खोज्दै यस्तो गाउंमा आईपुगेको छुं जहां मान्छेहरु भन्दा बढी घरहरु छन् जहां सुरक्षाहरु भन्दा बढी डरहरु छन्

Posted in कविता | Tagged | Leave a comment

कथा : ब्लाकबोर्ड, चक र डस्टर

~सरण राई~ लेख्नु, मेट्नु, चकको धुलोले पुरिनु । ब्लाकबोर्डमा लेख्दालेख्दै औलाहरू चक भइसक्छ । हिउँ परेझैँ चकको धुलो कपालमा खस्तै जान्छ । चैतको हुरीले उडाएको धुलोझैँ चेहरामा चक टाँसिदै जान्छ । चकको धुलोले पुरिएको चेहराभित्र एक जोर आँखा श्रेणीको चारैतिर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : पृथ्वी गोलो छ

~राकेश कार्की~ लोडसेडिङ के भो त हामीसंग खोलो छ अरु भू-भाग उज्यालो पृथ्वी गोलो छ धनि राष्ट्रहरुको शान इज्जत के के छ बर! नेपाल आमाको फाटेको चोलो छ

Posted in गजल | Tagged | Leave a comment

गजल : आउँदा जाँदा मुस्कुराउथी

~दिलिप योन्जन~ आउँदा जाँदा मुस्कुराउथी, हिजो आज छोड्यौ किन चोखो माया तोडनुरैछ, झुटो माया जोड्यौ किन । फुलै फुलको बगैचामा, दुख्ने काँडा रोप्यौ किन हासी खुसी बाचेकैथे, ब्यथा पिडा छोड्यौ किन।

Posted in गजल | Tagged | Leave a comment

गीत : उल्टो हिँड्नेहरु

~नदीश~ उल्टो घुम्ने उनीहरु उल्टो चल्यो देश उल्टो हिँड्ने मान्छेहरुको उल्टै परिवेश अनि भन्छन् उनीहरु- उल्टो हिँड्छौ तिमीहरु ! औँशी छायो आकाश रोयो भन्छन् उनीहरु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : लम्क्यो समाज हेर

~जीत कार्की~ संसार फेर्छु भन्दै लम्क्यो समाज हेर बढ्दैछ चेतनाको सिङ्गो जहाज हेर थोपा भनेर पानी सानो नठान कैल्यै उर्लेर भेल-बाढी बग्नेछ ताज हेर

Posted in गजल | Tagged | Leave a comment

कविता : जब जब म प्रेमकविता लेखूँ भन्छु

~विनोदविक्रम केसी~ जब जब म प्रेमकविता लेखूँ भन्छु छाकसंग्राममा हर भाँचिएको बुढो भात समयको जीर्ण फलैंचामा बसेर फलाक्न थाल्छ जिन्दगीका ह्यान र त्यान भयावहता कोही खोरन्डो तक्मावालले आफ्ना लाहुरेकालका त्राशद युद्धकथाहरु हालेजसरी

Posted in कविता | Tagged | Leave a comment

कविता : गहुँगोरो अफ्रिका

~आहुति~ मेरो रातो रगत मानिसको पवित्र रातो रगत नीलो पसिनाको बुँद बनेर जब झर्दछ तिमी आफ्ना नरम अञ्जुलीहरूमा आली लगाएर थाप्दछौ जब म त्यो श्रमको सुवासयुक्त पसिना सुघ्न खोज्छु तिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्छौ आँखा जुधाउने आँट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटी बादी आइमाईका पेटीकोटका टुक्राहरु च्यातिएर

~अनिल श्रेष्ठ~ एउटी बादी आइमाईका पेटीकोटका टुक्राहरु च्यातिएर जब यो मुलुकको राष्ट्रिय झण्डा बन्छ र सिंहदरबारका पर्खालहरु पेटीकोटका झण्डाहरु फर्फराउँछन् जब भर्खरै सङ्गीतबद्ध गरिएका नयाँ राष्ट्रिय धुनहरु सिंहदरबारको ग्यालरीभित्र बज्छ र यो मुलुकका केही उत्साहित सांसदहरु कुर्सीबाट उठेर नयाँ धुनलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : चिमचिमे घडी

~वसन्त विवश आचार्य~ प्रशान्ते नेवारका बा (ड्याड) ले कोरियाबाट चिमचिमे घडी ल्याइदिएपछि टोलभरिको हिरो ‘ऊ’ नै भएको थियो। सर्टका बाहुला माथिसम्म सारेर प्रशान्तेले हातमा चिमचिमे घडी टिलिक्क टल्काउँदा सबैको मुखभरि पानीको ताल पथ्र्याे। अरुले के के सोच्थे कुन्नी? मैले भने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कुरुप देश

~नाकिमा~ साकेला छ साकेलामा सिली छ सिलीमा जीवन छ सिलीमा गाइने रिसियाहरु छन् रिसिया गाउने नछुङहरु छन् सिली सिकाउने तयामा-खियामाहरु छन् ढोल-झ्याम्टा बजाउने हेत्छाकुप्पाहरु छन् अर्थात् एउटा देश छ सेलो छ सेलोमा बज्ने डम्फू छ डम्फू बजाउने ज्योज्यो-आलेहरु छन् डम्फूको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मदनको पाइला

~तिब्वत दर्लामी~ आमा! म पनि जाउँ कि क्या हो ? खाडीतिर उँट चराउन । याहाँ लोडसेडिङमा जीवनको अँधेरो पालेर बस्नुभन्दा याहाँ महँगीमा मनको चाहनाहरु मारेर बाँच्नुभन्दा सामान खोज्ने भीडमा सामान कम भएको अनुभूतीले आफ्नै आफन्तहरुबाट अपहेलित हुनु भन्दा लुसुक्कै छिरुँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : विभेद छन् यहाँ

~जगत दाहाल~ धर्ति एक वास एक,मानव अनेक छन् यहाँ जात एक भात एक,विभेद अनेक छन् यहाँ ।। सूर्य एक ताप एक तपाइ अनेक छन् यहाँ भनाई एक छनाई अर्को विभेद अनेक छ यहाँ ।।

Posted in गजल | Tagged | Leave a comment