Tag Archives: nepali sahitya

व्यङ्ग्य-कविता : भ्रम–गीता

~रमेश श्रेष्ठ~ कौरवहरू–प्रेमको संसार बुझेर प्रेमगीत गाउने सुरमा गिटारका तारहरू मिलाइरहेका छन्, पाण्डवहरू– पोल्ट्रीफार्मबाटै होलसेलमा अन्डा बेच्दै अझै व्यापार बढाउने लक्ष्य बोकेर विज्ञापनको नयाँ डिजाइन गरिहेका छन्, देवव्रत भीष्म– अम्बालिकालाई पठाउन भनी लाज मानीमानी शिखण्डीसँग प्रेम पत्र लेखाइरहेका छन्, आफ्नो … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अमेरिकाको दशैं

~गोवर्धन पूजा~ लिङ्गे पिङ्को लागि लिङ्गो काट्न पनि गइएन दक्षिणाको लागि नया नोट साट्न पनि गइएन न त् खसीको म्याम्याले रातमा सताई नै रह्यो गयो , यसपालिको दशैँ जसरी आयो, त्यसरी नै गयो नया लुगाको आश नभए पछि दर्जिकोमा धाउने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो शहरमा मेरो काम छैन

~डा. मधु माधुर्य~ हिँड्‌दा हिँड्‍दै यो शहरको सबै सडक सिध्‍याइसकेको छु हेर्दा हेर्दा यो शहरको पूरै दृश्‍य रित्‍‍याइसकेको छु अब यो शहरमा सायद मेरो कुनै काम छैन बुढा-बुढी घाम-जून यहाँ आङ तन्‍काउँदै पालैपालो उठृछन्‌ र सुत्‍छन्‌

Posted in कविता | Tagged | Leave a comment

कथा : धम्बोझी चोक

~सरोजराज अधिकारी~ ‘ढ्याम्म’ सन्तमानले बन्द सटरमा लात्ता बजार्‍यो । सटर एकछिनसम्म तरङ्गित भयो तर कुनै प्रतिक्रिया आएन । ‘ए बिस्ने हान् अर्को लात्ता’ मैले आदेश दिएँ । बिस्नेले अघिभन्दा दह्रो गरी लात्ताले ठोक्यो । बल्ल भित्रपट्टि बत्ती बल्यो । ‘को … Continue reading

Posted in नेपाली कथा | Leave a comment

गजल : आँखा बाट नझरोस है

~हिरु सापकोटा~ तिम्रो माया आँशु बनि आँखा बाट नझरोस है ! मुटु दह्रो बनाइ बस्नु एकलता मा नडरोस है !! खुशी प्राप्त गर्छु भनि सात समुन्द्र पारी छु म! शरीर टाढा भए पनि माँया एक्लै नतरोस है !!

Posted in गजल | Tagged | Leave a comment

कविता : दशैं

~स्वामी सुभाष चन्द्र~ हरेक बर्ष दशैं आउछ टुप्लुक्कै आइपुग्छ चोक मै सबैले थाह पाउने गरी हल्ला गर्छ घरमा

Posted in कविता | Tagged | 1 Comment

गजल : गुलाफ भेटेँ किताबमा

~कृष्ण प्र. पाण्डे~ वर्षौँ अघि कसैले दिएको, गुलाफ भेटेँ किताबमा सम्झिन्न म कुन दिन हो त्यो, क्यै याद छैन दिमागमा यौटा मुटु धेरैमा बाडेँछु, समेट्न गाह्रो हुने गरी जोड जाम कहिल्यै आएन, नाजुक सधैं हिसाबमा

Posted in गजल | Tagged | Leave a comment

कविता : विष्णुमाया अर्थात् विष्णुमायाहरु

~मिश्र वैजयन्ती~ श्रम खेपेर पेटको विष मार्ने हँसमुख सावित्री हो विष्णुमाया साँझबिहानको अँध्यारोभित्रबाट जीवनको उज्यालो उद्घोष गर्ने गौरवको चुली हो विष्णुमाया काम गर्नुपर्छ उसले नै गर्नुपर्छ भान्सा , चोटा, कोठा र जुठेल्नासम्म उसैले उठ्नु र निहुरिनुपर्छ , निहुँरिँदा झुक्नुको अर्थ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

केस्रा : अधिकार

~मौलश्री लिम्बुु~ लडेर जाऊ खोसेर खाऊ मर्नुु छँदैछ हक जताऊ

Posted in केस्रा | Tagged | Leave a comment

एकाङ्की : जस्तो मति उस्तै गति

~नन्दलाल आचार्य~ पात्रहरू : प्रभु – पति प्रभा – प्रभुकी पत्नी प्रमोद – प्रभा र प्रभुको छोरो प्रमिला – प्रभा र प्रभुकी छोरी प्रकाश – प्रभा र प्रभुको छिमेकी प्रणिता – प्रकाशकी पत्नी प्रपन्नाचार्य – गाउँका जान्ने बुझ्ने मानिस प्रकृति … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

मनु लोहोरुङ राईका १८ मुक्तकहरु

~मनु लोहोरुङ राई~ १ दु:खले खिपी छाएको, पाली राम्रो प्रेम भन्दा प्रेमले गरेको,गाली राम्रो कर्मशील र कर्मठ सबै बन्नै पर्छ साथी शुरुवाती हरबिहानको घाम-लाली राम्रो २ अल्पविराम भन्दा पनि पूर्णविराम धेरै भयो कामको खेती छोडी यहाँ आराम धेरै भयो इमान-धर्म … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : संयमित मनुष्य

~समा श्री~ देख्छु अचेल जताततै क्याक्टस उम्रिँदो छ को हो त्यो शान्तिवाटिकामा क्याक्टस उमार्ने ? कहाँबाट आए यी ? धरती पुत्र हुन या गगनका देव ? कुन सिद्धान्तले रोपे कुन धर्मले रोपे ? अभिष्ट के हो क्याक्टसको ? न त … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : हाल के सोध्दछौ साथी

~सरु आस्था~ हाल के सोध्दछौ साथी आफैँमा जीवन हारेको छ दुख्दै र सुख्दै पलपल विसंगतिमा परेको छ पूर्वतिर छ यो मन पश्चिममा चल्छ पाईला भएको खुशी सबै म बाट डेरा सरेको छ

Posted in गजल | Tagged | Leave a comment

कथा : गुलाबी फ्रक

~सन्जु बजगाईं ‘नेपाल‘~ बिहानै कसैले मेरो डोरबेल बजायो । ढोका खोले । दुर्इमा एक आफ्नै पुरानो आकृति ! म बिचलित हुन्छु । मेरै घरमा मेरै आकृति कसरी संभव हुन्छ ? फेरी मैले त मेरो भुत खोजेकी थिईन । तर बज्यैलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : म रूने सिरानी छोडेर आएँ

~सीमा आभास~ म रूने सिरानी छोडेर आएँ फूलको जवानी छोडेर आएँ पछ्याई तिम्रो पदचाप-छायाँ म हिँड्ने बिहानी छोडेर आएँ

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : बार्गेनिङ्ग

~सुषमा मानन्धर~ “सुन्नुस् न ! केटाकेटीहरु सडकमा जालान हेर्नुस् है । म पानी थाप्न हिंडेँ ।” सुन्तली गाग्री च्यापेर निस्की । पिँढीमा खाल जमाइ रमिरहेका उसका बुढोका आंखा आफ्नो तासका पत्तीबाट हटेका होइनन् । “कति फत्फत् गरिरहन्छे” पत्ती तान्दै उसले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : हिंसाको खेती

~शिव प्रकाश~ हिंसाको खेती मलिलो हुदैछ त्यो माटो मानव रगत-मासुले, सायद अब पखालिँदैन कहिल्यै त्यो माटो मान्छेको आँसुले । लागायौ खेती हिंसाको उजाडेर हिजोको त्यो मनोहर मानव वस्ती,

Posted in कविता | Tagged | Leave a comment

कविता : वेश्या समय !

~अनुज श्रेष्ठ ‘प्रवास’~ जसरी साँट्छे नयाँ नयाँ ग्राहक सँग वेश्या प्रत्येक रात र दिन त्यसरी नै साँट्छ समय सत्ता र शक्ति वेश्यालयमा झैं राजनीतिको पर्दा भित्र पनि सधैं नाङ्गिन्छ मान्छे क्रय-बिक्रय हुन्छ मान्छे समाजले तिरष्कृत गर्ने वेश्या झैं

Posted in कविता | Tagged | Leave a comment

हास्य कथा : स्वयमसेवक

~दीप हाँडीगाउँले~ धेरै अगाडीको कुरा हो हाम्रो टोल (हाँडीगाउँ)मा स्वयमसेवकहरुको बिगबिगी थ्यो। स्वयमसेवकहरुको तलब आउने जागिर थिएन तर कामै नभएको चै होईन। जागिर खाएर तलब ल्याउनेहरुले भन्दा चर्को काम गर्थे हाम्रा स्वयमसेवकदाइहरु। बिहानै झिसमिसेमा काम सुरु गर्थे, अनि रातको दुई … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : उडेका परेवा समाएर मै’ले

~रमेश विमान~ उडेका परेवा समाएर मै’ले खोरमा पुर्याएको हुँ केही बाघले घाँसखाए अनि सिकारी खटाएको हुँ जीवन आखिर के हो चिन्न खोज्दैथिए प्रयोगशाला एकै थोपा पानी खसाइ तातोकराई देखाएको हुँ

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रण

~नवराज नबोदित~ मुटुभरि उर्लिएका मायाका सागरहरु, मनभरि गुम्सिएका ममताका शब्दहरु चाहेर पनि तिम्रो सामु पोख्न सक्दिन किनकि, धेरै टाढा छु आज बिरानो शहरमा न तिमीलाई देख्न पाउछु आँखाको अगाडी न त महशुस गर्न पाउँछु तिम्रो न्यानो स्पर्शको

Posted in कविता | Tagged | Leave a comment

कथा : गरिबको दशैं

~दीपक घिमिरे~ घरदेखि अलि परको डिलमा कपडा सिलाउने कल (सिलाई मेसिन) राखेर खोल्सामा रने दाइले सु गर्न ला’को टाढैबाट देखें । खुशीको सीमा नै रहेन । चिच्याउँदै घरभित्र छिरेर आमालाई सुनाएँ– ‘आमा रने दाइ हाम्रो घर लुगा सिउन आउँदैछन् । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाजी

~मन्दिरा मधुश्री~ अप्रत्यासित रुपमा उसले सोध्यो, “यदि एउटा केटामान्छे र केटीमान्छे एउटै कोठामा रात बिताए भने के हुन्छ ?” “केही पनि हुँदैन ।” मैले सजिलै उत्तर दिएँ । “किन हुँदैन…। सबैथोक हुन्छ । एक रात हैन मात्र दुई घण्टा सँगै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नयाँ लुगा

~बसन्त विवश आचार्य~ पारी बस्तीबाट फुत्त झर्दै गरेको लाहुरेको “अच्छा लेकिन”ले वारि गाउँसम्म ध्वनि प्रदूषण गरेको छ । कालापहाडबाट सपना र रहरमा थोरै खुसीको जलप लगाएर जुँगामा ताउ लगाउँदै फर्किनेहरु विश्वविजेता नेपोलियनको अनुहार चोरेर हिडिरहेका छन् । यो मौसम देख्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : यात्रा तिमीसंगै गर्न पाऊँ

~निर्मला शर्मा~ जिन्दगीको मीठो यात्रा तिमीसंगै गर्न पाऊँ प्रेमप्याला पिइकन संगै जिउन मर्न पाऊँ बसन्तको आँगनमा फूलहरु सार्दासार्दै पिरतीको उकालीमा नयाँ रंग भर्न पाऊँ

Posted in गजल | Tagged | Leave a comment

कविता : दसैं

~भुपेन्द्र वीर विक्रम लामा~ बर्सेनि एउटा खहरे गजबको भेलबाढी उरालेर आउँछ एउटा सानो पाखे खेत स्वात्तै बगाएर अर्कैको बहिखातामा थुपार्छ रित्तिन्छन् धेरै गोठ अनि खोरहरु जम्मै बदलिन्छन् किन्चित खोष्टाहरुमा खोष्टाहरु बदलिन्छन् बजारका दुकानहरुमा एकाद बोरा चामल र चिउराहरुमा दुईचार जोडा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आएन दशैं

~यामु काउचा ‘निश्चल’ मगर~ दशैं आएर गयो । अह, मेरो आमालाई आएन राउटेहरुलाई आएन जुम्ला, हुम्लातिर आएन । मेरो देश सुन्यतामा हराएको छ तन्त्रहीन गणतन्त्र छ । कुहिरोमा हराएको, काकाकुल काग जस्तै, मेरो देश अध्यारोमा रुमलिएको छ ।

Posted in कविता | Tagged | Leave a comment

पाँच मुक्तक : दशैं र आमा

~अल्पबिराम पोखरेली~ कल्पनामा बुहारीको रुप हेरी, कति फन्को नाच्यौ होला लगनको तिथि पर्व गनी गनी, कति औंला भाँच्यौ होला तिमीलाई केही थाहा छैन आमा ! कुन सङ्कटमा परेको छु दशैंमा छोरो आउने ऋण तिर्ने, कति सपना साँच्यौ होला । बन्धकीको … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : लक्ष्मीपूजाको शुभकामना

~डा तारानाथ शर्मा~ दीपावलीको पवित्र चाडमा घरभरि मनभरि बत्ती बलून् झिलिमिली झिलिमिली दीया बलेपछि दैत्य अँध्यारा सबै जलून् आऊन् हाँस्तै आमा लक्ष्मी नेपालीहरूमा स्नेह भरून् खेलौँ द्यौसी भट्ट्याएर जनले संस्कृति बोध गरून् छिमेकीहरूका घरमा सुन्दर फूलका माला वरिपरि सेलरोटीको सुगन्ध … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैं आको होला

~साधना शर्मा~ हावासँगै माल श्री धुन बजेजस्तै भाको होला वातावरण आफैंमा नै सजे जस्तै भाको होला झकिझकाउ बजारमा भीडभाड होला पक्कै मेरो गाउँमा आज पनि त्यस्तै दशैं आको होला एकैछिन् त भुले होलान् दैवीप्रकोप विपत्तिलाई जीवनका अप्ठ्यारालाई, दु:ख अनि आपत्तिलाई

Posted in कविता | Tagged | Leave a comment

कथा : ऐंठेन

~उपेन्द्र सुब्बा~ बजिया छोराहरू हतारहतार हुर्केर बाउलाई चाँडै बूढो बनाउँछन् । म छोरालाई हेर्दै यस्तै सोच्दै थिएँ । ‘ए बाउ, छिटो भित्र आऊ !’ छोरो जुल्फी मिलाउँदै थियो । ‘लात्ताले गधालाई… बाउलाई हप्काएर बोलाउँछस् ? पूरापूरी चौध वर्ष पुग्या छैन,’ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : दशैं

~बासु ढकाल~ प्रत्येक बर्षको दसैँ थुप्रै टाउकाहरु छिनेर बिते र पुनः रावणका झैँ पलाएनन् बोका खसीको झैँ भो मान्छेको नियति आफै संग पराजित छ कठै मान्छे र पनि के को बिजयोत्सर्ग मनाउँदैछ कुन्नि ? ऊ आफैलाई थाह छैन एउटा गतिलो … Continue reading

Posted in कविता | Tagged | Leave a comment