Tag Archives: nepali sahitya

कृष्ण प्र. पाण्डेका दुई मुक्तकहरु

~कृष्ण प्र. पाण्डे~ 1 कस्ले भन्छ हाम्रो माया हो मात्रै देखावटी ? मुहारको उज्यालो त होइन बनावटी मन भित्र कालो राखी बाहिर हाँस्नेलाई लाग्न सक्छ आफु जस्तै अरु`नी सजावटी

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : पूर्व रातो हुँदै गर्दा

~मीरा मन थापा~ रहरहरूका सिगुंल माला उनेर बाध्यता र बिवसताको बर्को पहिरिंदै आँखाभरी जून फूलेको मिर्मिरेमा सपना र चाहनाको लामो फेहरिस्त छातीभरी खोपेर मैले घर छोडेकी थिएँ रातो हुँदै गरेको पुर्व र्सँग दुरी बढाउँदै, अनवरत लम्केका मेरा पाइलाहरू, आज यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमीसँग

~बादल सुरेश~ माग्दैछु म दुई थोपा जहर तिमीसँग तरिन्न भो प्रेमको यो नहर तिमीसँग मलाई हेर्ने आँखाले अरूलाई हेर्दा लाग्यो बिनसित्ति जुधाएछु नजर तिमीसँग

Posted in गजल | Tagged | Leave a comment

गजल : घाउ टाल्छु अब

~मनु लोहोरुङ राई~ आँशु रोकी वेदनाको, घाउ टाल्छु अब ! चेतनाको मूलबाटोमा, पाउ चाल्छु अब ! अन्यायले थिचिएको,पसिनाको न्याय खोज्नलाई मैले पनि, दाउ फाल्छु अब !

Posted in गजल | Tagged | Leave a comment

गित : हिमालकी छोरी

~बाबु लामा~ हिउँ जस्ती गोरी, हिमालकी छोरी मन पर्यो मलाई, लजालु मोरी गुराश टिपी, चुल्ठो सझाई दिउला मुटुको माझ, तिमीलाई लुकाई राखुला ए डाफेसङ्गै नाच्ने, हिमाली परी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : प्यारो-प्यारो तराई-मधेश !

~दीपक खनाल~ (१) प्यारो-प्यारो तराई-मधेश ! तिमीबिनाको देश सोच्न पनि म सक्दिन तिमीबिनाको भेष सम्झन पनि म सक्दिन तिमी छौ र त पहाड छ तिमी छौ र त हिमाल छ पहाड र हिमाल छ र त तिमी छौ तिमी, पहाड, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : देशको पिडा

~दयामोहन आचार्य~ डम्फु, खैंजडी र मुजुराको तालमा चलेको देश ! सधैंको बेकारको आन्दोलनले बलेको देश !! निर्णायक हुने भन्दा भन्दै थाके जनता ! परिणामहीन दिनहुँको बार्ताले गलेको देश !!

Posted in गजल | Tagged | Leave a comment

छोक : विश्वासघाती

~निशान्त ढुंगाना~ उनी बेला-बेलामा आउने गर्छिन त्यही आफ्नो अनुपम सौन्दर्य साथमा लिएर त्यही आफ्नो मधुर , मिठो बोलि आफु संग लिएर अनि आँखा जुधाउन खोजछिन् आँसुले भरिएको मेरो आँखाहरु संग

Posted in कविता | Tagged | Leave a comment

गजल : कहाँ हुन्थ्यो

~जे पि दाहाल~ आखिर जीवन लड्’छ नै भिरको बाटो हिड्’दा खेरी भूमरीमा परिन्छ नै हावा हुरीको सामना गर्दा खेरी ।। समथर नै यात्रा भए भिर पाँखा किन हुन्थ्यो सुखै सुख जीवन भए दुःख कहाँ हुन्थ्यो ।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : … नेपाल आयो

~स्वामी सुभाष चन्द्र~ ऊ अध्ययन गर्न भनेर बोइङ्ग चढेर विदेश लाग्यो । विदेश लागेको तेस्रो वर्ष छुट्टी रे भनेर उ सुट-बुटमा सजिएर घर आयो। त्यसपछि उसको पढाइको साथै काम-धाम पनि उतै चल्ने रे भन्ने हल्ला आयो । पढाइ सक्केको ३ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : हामी मग्न हुने गछौं

~रमी श्रेष्ठ~ एकातिर टीकेहरु कलंकित निधार टल्काउँदै नजाने के कति सम्झौता कोसेली सुम्पेर अनावृत्त पर्दासंगै लिप्सा प्रदर्शनमा यहाँ नग्न हुने गर्छन् अर्कोतिर जूकेहरु पनि के कम टीका थाप्ने लाममा अधीर छटपटीसंगै

Posted in कविता | Tagged | Leave a comment

कथा : हुरी आएको बेला

~दिलीप शाह~ कवि–कलाकारको भाषामा भन्नुपर्दा आकाशले षोडसीको मुस्कान छरेको छ । बिहानीको सूर्यका लालिमायुक्त किरणहरुले पहाडको थुम्को सिनित्तै नुहाएको छ । थुम्कोबीचबाट खोला छमछम नाच्दै बगेकी छन् । वरिपरिको जङ्गलमा गाई, भैँसी पुच्छर हल्लाउँदै घाँस टिप्नमा मस्त छन् । नजिकैको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा माया यो, एउटा माया त्यो !

~इल्या भट्टराई~ अलार्म घडीको कर्कश टिरिरिर्र आवाजले झल्याँस्स निद्रा बिउँझियो । ए कस्तो निधाईछु ! अघिसम्म सुतेकोजस्तै लागेको थिएन । कुन बेला निधाईछु ! बाबुलाई अहिले कस्तो छ कुन्नि राति त भुङ्ग्रोजस्तो तातो थियो । ओहो ! ज्वरो अझै हनहनी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नकचरो राजनिति

~प्रकाश गिरी~ काले सत्चालीसमा जन्म्यो। छयालीसको राजनीतिले उसलाई आमाको पेटमा राख्नु बाहेक केहि गरेन। पाँच-छ बर्षको हुँदा बाबुका पछि लागेर हलगोरु खेद्दै गर्दा कालेले सुन्यो – “मदन भण्डारी मरेछन्…पक्कै विदेशीको षड्यन्त्र हो। अब देश सकियो।” कालेको बाल मस्तिस्कमा डर पस्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अब्दुल ठूलोबा !

~पवनराज पौडेल~ ‘थाहा पाईस्– अब्दुल ठूलोबा बित्नुभो!’ कुराकानीको शुरुमै आमाले भन्नुभयो। हामी आमा–छोरा फोनमा कुरा गर्दैथियौं। आमा काठ्माण्डौं पढ्न बसेको छोरोलाई गाँउको हालचाल यसैगरि अपडेट गराईरहनुहुन्थ्यो। त्यैमध्येको एउटा खबर यो पनि थियो।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भुन्टे आज क्रान्तिवीर भए छ !

~के. बि. गुरुङ~ कथाले कोल्टे फेरेको छ ! कुनै काल खण्डका काल्पनिक कथाहरु माया प्रेम संग सम्बन्धित हुने गर्थे ! सफल लडाईका अकल्पनीय कथाहरु हुने गर्थे ! तर आज अपुरो, अधुरो क्रान्ति भित्रको एउटा तितो सत्य कथा जन्मिएको छ ! … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पश्चातापको पीडा

~अम्बिका जोशी~ मुटुको धड्कन एक्कासी बढ्न थाल्यो । टीका अनि फूल माला पहिरिएर विदाइको हात हल्लाउँदाआँखाभरि आँशु टप्किएको थाहै भएन उसलाई । त्यो उमंग, त्यो रोमाञ्चकता, त्यो उज्यालो भविष्यको सुन्दर सपना सबै सबै एक्कासी बिलाएको अनुभूति भयो । वाक्य फुटेन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कप्तान

~दिवाकर सुवेदी~ हरेक युवा वर्गलाई गिजोल्ने विदेशको हाउगुजीले विकल्पलाई पनि अछुतो राख्न सकेन । यसै त आम नेपाली भाग्यमाथी विश्वास गर्छन्, झन् दिनदिनै राशीफल हेर्नैका लागि पत्रिका किन्ने विकल्प त भाग्यको अन्धोभक्त नै थियो । गाउँका आफ्ना साथीहरु प्रायजसोस् सानोतिनो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माटोको हक

~गौतम उदय~ आफ्नै कक्षा कोठाबाट कहिले गाडीमा र कहिले फुच्चे जहाजमा हुलकाहुल गोरेहरु आएको देखिरहंदा उडेको अन्जनको मन यस पटक त झन भट्टाई कान्छाको छोरा धनेले साँच्चै उडाएर अमेरिकाको मेरील्याण नै पुर्याइदियो | नउडोस पनि कसरी ! आफ्नो टोल छिमेकका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्युको खेल

~जिष्णु सुवेदी~ निलकान्तलाई नातिले कम्प्युटर किन्न भनेर साठी(साठी हजार खर्च गरेको एकदम मन परेको थिएन । नातिले कम्प्युटरको बट्टा खोल्नासाथ त्यँहि पुगिहाले । “ए यहि हो कम्प्युटर भनेको । के के न होला भनेको त, टेलेबि जस्तै त र’ैछ नी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वीरमानको बैशाखी र नाकाबन्दी

~हरि थापा~ वीरमानले सकी नसकी बैशाखीको सहाराले सिंढी उक्लिएर निधारमा आएको पसिना पुछ्दै चौतारीमा बिस्तारै सुस्तायो । भन्ज्यांगको चौतारीमा बगेको सितल हावाले उसको पिडा अलिकति भए पनि कम भयो । थकाई मेटाउने क्रमसंगै उसले पारीको क्षितिजमा आँखा टोलाऊदै आफ्ना अतित … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमाको रहर !

~राजु लामिछाने~ खण्डः एक “अचम्मैको घर बन्यो, बिदेशीलाई बनेको कुनै तारे होटेल हो क्या हो?” “होटेल सोटेल हैन, क्याप्टेन रणबहादुर गुरुङ्गको घर हो।” “को रैच रणबहादुर भन्ने?”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यो कस्तो सम्झौता !

~उपमा अर्याल~ फेरी म श्रिङ्गरिनु पर्ने भयो आज। कत्ती मन पर्दैन्न मलाई दश थरी चिज आफ्नो अनुहारमा पोतर्न्न। मन नपरे पनि गर्न त पारी हाल्यो नि। आफुले आफुलाई जतिसुकै सुन्दर देखाउने प्रयास गरे पनी अरुहरुको नजरमा म कहिल्यै राम्री देखिन। … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : कहाँ खोजु ?

~जीवन देवान ‘गाउँले’~ “सुङ्गाई बुलोहतिर एकजना नेपाली छ रे, मलेसिया आएको १५–१६ बर्ष भयो रे, नेपालमा पुरै सम्पर्क बिच्छेद भएर बसेको छ रे ।” –कतैबाट चलेको यो हल्ला मेरो कानमा परयो । खबर कतिको पक्का हो ? –जान्नु भन्दा उ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मोहभङ्ग

~माधव सयपत्री~ म मूढजस्तो बनेको शरीरलाई ओछ्यानमा यताउता पल्टाइरहेको थिएँ । शरीर जीर्णजीर्ण बन्दैथियो । औषधिले समेत काम गर्न छाडेको थियो । छोराछोरी हुर्काएर मर्ने मेरो इच्छा मर्दैमर्दै गएको थियो । ओछ्यानले पनि रिस गर्न थालेको थियो । त्यसैले त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कर्णेल्नी

~रामप्रसाद दाहाल~ त्यो बेला हामीलाई ज्यूँ ज्यूँ गरेर खान मात्र पुग्थ्यो । कुन्नि कहाँबाट हो अन्न पात आउँथ्यो, अलिकति बर्ष भरीको लागि पुग नपुग र कमाउने मेरा बाबु एक जना मात्र भएको र खाने धेरै भएकाले बर्ष टार्न जहिले पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुधाले नपढेको सुधाको कथा

~रजित ओझा~ “रुपेशलाई बोलाइस्यो हो हजुरले ?” मैले मात्र टाउको हल्लाए , हिजो देखि शब्द निकाल्दा भकभकाउन थालेको छु उसको अघि !!शब्दहरु कतै गहिरो ठाउँ बाट उचालेर निकाल्नु पर्ने जस्तो भएका छन् ! “किन बोलाइस्येको ,यति सानो कुरामा त्यति टाढाबाट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : थुक्क! तैँले पनि घर बनाइहाल्नु परोस्

~सञ्जय विष्ट~ त्यस समय यो ठाउँ आजको जस्तो थिएन। कृत्रिमताद्वारा प्रकृति यसरी बलात्कृत भएको सपना पनि देख्दैन थिए त्यस समयका मानिसहरू। गुरुकै पनि मस्तिष्कमा नहुँदा परीक्षामा विद्यार्थीहरूलाई पर्यावरण संरक्षणबारे निबन्ध लेख्न पनि आउँदैन थियो। दिशाज्ञान भएपछि पूर्वबाट उदाएको सूर्य पश्चिममा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य कथा : राशी

~दीप हाँडीगाउँले~ “तिम्रो राशी कुम्भ हो?” आफ्नो सुरमा हिन्दै गरेकी एउटी सुन्दरीलाई झस्किने गरी बाटो छेक्या झैं गरी बाङ्गेले सोध्यो। सूर्य पस्चिम आकाशको खुड्किलो ओर्लिदै गरेको बेला थ्यो, मन्द बतास चलेको–त्यै बतासका केही लहरहरुमा अल्झिएका उस्का केही कपालहरुलाई आफ्नो अनुहारबाट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक कथा : महांकाल भैरब

~सुशिल ताम्राकार~ पहिले पहिले धेरै पहिले, लिच्छबी कालको कुराहो यो। उपत्यकामा खडेरी परेछ, धेरै याम सम्म। पनी न पर्ने घाम टन्न। पानी पार्ने उपाय अनेक् गरे। धेरै गण्यमान्य अनि तान्त्रिकहरु सरसल्लाह हुदां तान्त्रिकका पनि तान्त्रिक जामन: गुभाजुको नेत्रित्वमा ठुलो यज्ञ … Continue reading

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

कथा : टाइम स्क्वायर

~बद्री विनोद प्रतीक~ न्यूयोर्क सहर, विश्वको राजधानी सहर । म्यानहाटनका गगनचुम्बी भवनहरू । त्यो दिन वल्ड ट्रेड सेन्टरको टुप्पोबाट विस्तारै उज्यालो हराउँदै थियो । घडी हेरेँ ९ बजेको रहेछ । जून महिनाको २८ तारेख । सूर्य अस्ताउने तरखरमा छ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रंगहरूको संगीत

~भूपिन व्याकुल~ छुक्छुक्–छुक्छुक् छुटिरहने जीवनको लिक समात्न कुनै स्टेसन ताकिरहेका हजारौँ यात्री बोकेर मिथिला एक्सप्रेस कलकत्ताबाट रक्सौलतिर दौडिरहेछ रफ्तारमा । रेल यात्रामा मलाई सधैँ आफ्नो मनको रफ्तार नाप्न मज्जा लाग्छ । रेल छुट्नुभन्दा धेरै अघि छुटिसक्छ मन । रेल रोकिएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment