Tag Archives: nepali sahitya

कविता : स्वाभिमान

~बद्री पलिखे~ जमिनभन्दा अग्लो ढिस्कोहुन्छ । ढिस्कोले जतिसुकै फुइँ देखाए पनि पहाडभन्दा अग्लो हुनै सक्दैन । पहाडभन्दा अग्लो सगरमाथा हुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : शासक र जून

~राजेन्द्र शलभ~ मेरो झ्यालनिर आएर जून मलाई सधैं माया गर्न सिकाउंछ म भित्र उत्साह र प्रेम भरेर जान्छ । बिहानै मेरो देशका शासकहरू म भित्र घ्रिणा भरेर जान्छ्न बिस्तारै म भित्र पनि स्वार्थको बिऊ रोप्न आतुर छ्न

Posted in कविता | Tagged | Leave a comment

कविता : इतिहासका कुरा

~कृष्णभुषण बल~ सिर्जनाको एउटा जून हामीबीच पाइला राखेर भर्खरै हिँड्यो उत्साहको एउटा वातावरण भर्खरै घाटमा लगेर सेलाइयो फगत एउटा न्याउरो सहर मुर्दाहरूको घुइँचो बोकेर विक्षिप्त छ फगत रित्ता पाइलाहरूको फोस्रो पदचापमा सडकहरू मौन छन् इतिहास त्यहीँ रह्रयो हामी त्यहीँ रह्रयौँ

Posted in कविता | Tagged | Leave a comment

गीत : कुन डालीमा बसूँ भन ?

~दिनेश अधिकारी~ कुन डालीमा बसूँ भन ? कहाँ फुलूँ भन ? जताततै बसूँ भन्छ— ऋतुजस्तो मन नहेरेझैँ मुहारमा हेरिरहूँ जस्तो अल्झिएर केशभरि खेलिरहूँ जस्तो अधरमा बसिदिऊँ कि ? भित्रै पसूँ भन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : हामी

~योगेन पौडेल~ हामीलाई हाम्रो मूर्खता प्यारो छ, हामीलाई मुढता प्यारो छ। अराजकता, अकर्मण्यता, बिग्रह र उथलपुथल कोलाहल, अशान्ति र अन्धकार प्यारो छ, हामीलाई जडता प्यारो छ। धुँवा, धुलो र टायर प्यारो छ, तोडफोड, हड्ताल र हुल-हुज्जत प्यारो छ। केही झुण्डका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आउदैछु चाडै फर्केर

~सोम खनाल~ यादले प्यारो गाऊंको जन्मेर हुर्केको ठांऊको दुख्या’छ छाती चर्केर आउदैछु चांडै फर्केर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : रमिता

~घिमिरे युवराज ‘कर्जुना’~ १ सवारी चालकहरु अचानक बाटो परिवर्तन गर्छन् पछाडिकालाई पत्तै नदिई । नेताहरुले पार्टी परिवर्तन गरे जस्तो आफ्न वाचा र सिद्वान्त परिवर्तन गरे जस्तो । अनि हुन्छ दुर्घटना बीच सडकमा संबिधान सभा भवन अगाडि ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भोक, भोग र भ्रम

~मोहन बन्जाडे~ अरुलाई भोकभोकै राखी भोकका कथा सुनाएर, वा भोकका गीत गाउन लाएर एक हूल मानिसलाई भोक विरुद्ध उचाल्दै तिमी आफ्नो सकल भोगको निम्ति

Posted in कविता | Tagged | Leave a comment

कविता : फुट्न होईन जुट्न सिक

~बिनोद खड्का~ श्वायत्त प्रदेशको नारा दिनेहरु मेरो देश भनेर उठन सिक विखण्डनको वकालत गर्नेहरु हाम्रो देश भनेर बाँच्न सिक । देश आत्मा हो

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : बेथान र साहित्य यात्रा

~दीपक कथित~ काभ्रे जिल्लाकै साहित्यिक इतिहासमा पहिलोपटक यही पुष ८ गतेबाट सुरु भएको तीन दिने ‘वेथानचोक पर्यटकीय साहित्यिक यात्रा –२०६८’ पुष १० गते आइतबार सम्पन्न भएको छ । काभ्रे जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको तथा प्राकृतिक, धार्मिक र ऐतिहासिकरुपले पर्यटकीयस्थल … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : मेरो बा

~मीरा प्रसाईं~ ‘बा !’ आमाले जस्तो गर्भमा बोकेनौ तिमीले आमाले जस्तो प्रसव पीडा सहेनौ तिमिले म दुख्दा, आमाले जस्तो बर्बरी आँसु झारेनौ तिमीले मेरो अघि पछि लागेर `मेरि प्यारी गुडिया´ भन्दै छातीमा टासेनौ तिमीले, `बा´ तिमीले गर्भाशयको गर्भमा बोक्न सकेनौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो नयाँ नेपाल !

~छविरमण सिलवाल~ नयाँ सडकको पिढीमा बसेर नयाँ नेपालको मेरो शरीर निहाले तिल चामल फूलेका मेरा कपालमा कालो दलेर मैले बुढ्यौली कम गरेको थिए नयाँ सडकमा

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : काली गङ्गा

~कृष्ण वस्ती~ लाज मान्छ तिम्लाई देख्दा शयपत्री-थुङ्गा । राखिदिए नाम तिम्रो उसै काली गङ्गा ।। हाँगालाई छलेपनि छाँगाबाट खस्छ्यौ । काली गङ्गा कहाँ पुगी बास तिमी बस्छ्यौ ? लेकबाट बेंसी झर्ने तिम्रो केशराशि। राखेको छु साँची मैले हिर्दयमा टाँसी ।।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : भूकम्पयुक्त केही उन्मुक्तक

~रामेश्वर राउत ‘मातृदास’~ हल्लाउनु हल्लायो कम्पले–महाभूकम्पले पूर्वजका यश कीर्ति गौरव वेमाख भै ढले नेपालीपन नेपाली मन घाम जून चम्कने छन् सब अविचलित आँट देखेर नेपालीको भूकम्पै छक्क पर्ने छ अब । विपतमा नरुने नआत्तिने हाम्रो बानी धैर्य र साहसका हामी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पौराणिक कथा : परशुराम

~उमाशङ्कर द्विवेदी~ कान्यकुब्ज (कन्नौज) नामक नगरमा गाधि नामक एउटा बलवान राजा राज्य गर्दथे । कुनै कारणवश उनी वनमा गएर बस्न थालेका थिए । वनमा उनको एउटी कन्या उत्पन्न भइन् । ती कन्या स्वर्गकी अप्सराभैंm सुन्दरी थिइन् । उनको नाम थियो– … Continue reading

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

कविता : पुनरागमनको प्रतीक्षा

~कृसु क्षेत्री~ विषालु सर्पको शयनमा बसेर जिउनुको अर्थ हराएको छ शब्दकोषबाट तर पनि एकाकी विषादपूर्ण भोगाइमा बाँच्नुको बाध्यतामा मौन हुनुको अर्थ जिब्रो थुतिएको पक्कै हैन स्थिर बस्नुको अर्थ खुट्टा काटिएको सत्य हैन पखेँटा काटिएर कतै उड्न नसकेका चराका बथानझैं धवलयात्राको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कल्पनाको सम्झनामा

~निर्मोही व्यास~ मेरी कल्पू ! चिरसहचरी ! जिन्दगीकी जुहार ! प्यारी ! चारैतिर झलझली देख्छु तिम्रै मुहार यौटा यौटा पल छिन गरी गैसक्यो एक मास पर्खी पर्खी म त भइसकेँ प्रेयसी ! झन् उदास आयो वर्षा ऋतु सरस यो प्रीतिको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : माधव घिमिरे : उन्नत सिर्जनकलाका धनी

~डा. ईश्वरीप्रसाद गैरे~ नेपाली साहित्य जगत्मा एक कवि, एक खण्डकाव्यकार, एक गीतकार, एक गीति नाटककार र एक बालकवि तथा एक निबन्धकार हुँदै एक कथाकारजस्ता विधामा कलम चलाउने बहुमुखी साहित्यिक व्यक्तित्वका धनी प्रतिभा माधवप्रसाद घिमिरेले यी विभिन्न विधामा कलम चलाएका छन् … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | 1 Comment

नेपाली प्यारोडी गीत : सभासदकै कुर्सी रोजूँ रोजूँ लाग्छ है

~राकेश क्रान्तिकारी~ लय : पोखिएर घामको झुल्का चोखाएर आफूलाई रक्सीको जलैमा देउता छोडी कुर्सीलाई (पुजूँ पुँजू लाग्छ है)२ केटाहरू भेला पारी मेरो आँगनमा सिधासादा जनतालाई (गोदूँ गोदूँ लाग्छ है)२

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

गजल : वेदना औसत रहेन

~लालकाजी श्रेष्ठ ”कमल”~ छन् गुनासा के सुनाऊँ वेदना औसत रहेन मन मुटु सब हाक्न सक्ने हौसला हिक्मत रहेन बैँसको मायाँ अचानक केश पाक्दा हात लाग्यो बस् ! जवानी उम्केको हो प्रेममा मनखत रहेन

Posted in गजल | Tagged | Leave a comment

रजिन पनेरुका चार मुक्तकहरु

~रजिन पनेरु~ रोजगार विकासको कुरा हुनुपर्छ शहिदको इच्छा सबै पूरा हुनुपर्छ यस्तो होस् मेरो देश प्रत्येक कुरामा सामन्तीको घाँटी रेट्ने छुरा हुनुपर्छ । १ साँचो कुरा बोल्न खोज्यो ऊ झुट हुन्छ गल्ति गर्नेकै सम्बन्ध अटुट हुन्छ

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : फेरि दुख्यो देश

~तुलसीराम पोखरेल ‘निर्दोषी’~ शकुनीहरू जाल बुन्दै छन् घर जलाएर खरानी बेच्दै छन् तानातान हानाहान ‘अग्रगमनकारी, क्रान्तिकारी यथास्थितिवादी, प्रतिगमनकारी’ यसरी हाले मुलुकलाई भड्खालामा

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : रमेश विकलले लेखेकाे “लाहुरी भैँसी” कथाको विश्लेषण

~अज्ञात~ कथाकार रमेश विकलले लाहुरी भैँसी कथामा गरीब लुखुरेको सोझोपन,गाउँका ठूलाठालुको शक्ति देखि डराउने दास मनोवृत्ति तथा उनीहरुको षड्यन्त्रकारी प्रवृत्तिलाई उतालेका छन् । गाउँमा शक्तिशालीहरुले सोझो गरीबहरुलाई कसरी शोषण गर्दछन् भन्ने कुरा देखाउँदै तिनै सोझा र निमुखा गरीबहरुमाथि सहनुभूति प्रकट … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : म रुँदा सँगै रुन्छ मात्र ऐना

~इश्वर देवकोटा~ म रुँदा सँगै रुन्छ मात्र ऐना मुहारमा मेरो अब हासो छैन !! कसुर खै कहाँ छ अपराध भो किन कति छन् सजाय देउ अब दिन सहन्छु सब चोट अझ थप्छौ हैन

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो छोरो हराएको छ

~भेषराज रिजाल~ महिना दिन अघि सानो भनाभनमा उसले मन दुखायो उसले पैसा माग्दा मैले उपदेश दिएँ मायाबिनाको उपदेश गाली हो भन्दै उसले आवेशमा अंश माग्यो सम्झाउँदा झन्

Posted in कविता | Tagged | Leave a comment

गजल : याद आउँछ

~अनुपम ‘नवोदित’~ घामले पोल्दा चौतारी र बरको याद आउँछ शिरमाथि जहाज उड्दा घरको याद आउँछ जिन्दगीको रथलाई किन किन, हाँक्न सकिन बाल्यकालमा पढ भन्ने, सरको याद आउँछ

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : परम्परा

~यकिना अगाध~ यो कथा नेपालको पूर्व दुई नम्बर अवस्थित सिन्धुली गडीडाडा अदालतको हो । वादी प्रतिवादीबीच मुद्धा चलिरहेको थियो । वादीले प्रतिवादीलाई बिना कारण दुःख दिने नियतले मात्र मुद्धा हालेको थियो । यसले गर्दा प्रतिवादीले वादीलाई राम्ररी नै न्यायको स्वाद … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : कुतै तिर्न गाह्रो

~रमेश भट्टराई ‘सहृदयी’~ बस्ने गाउँमा बाआमा खेत अर्कैको बरा ! कुतै तिर्न गाह्रो छिरेँ सहर, दुःख सम्झी त्यो घर यो मन वह चिर्न गाह्रो थोत्रो घर छ, उता कटेरोका चित्रा फाटे, बला मक्काए रे न छोडूँ सहर न तोडूँ रहर … Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : इच्छा

~लिला बल्लभ नेपाल~ इच्छा फुल्छ मनमा गुलाव फुले झैं जुन्तारा छुने गरी रम्छन शब्दहरु मनैमन भरी एकान्त हाँस्ने गरी ।। इच्छा छ मनमा फुलै फुले सरी हजुरको हाँसो सरी आज यो घडिमा हँसाउँन सकु गुराँश रमे झैं गरी ।।

Posted in कविता | Tagged | Leave a comment

कथा : सपना र पँलासहरू

~सुमित्रा न्यौपाने~ अनुहार प्रसन्न थियो । ओठमा मुस्कान र मनमा उकुसमुकुस पनि । सबै सपना आज पूरा भएका थिए । बैङ्क ब्यालेन्स पर्याप्त भएपछि अमेरिका छोडेका  सुमन लामो समयसम्म बेखबर थिए । मोटो, खाइलाग्दो र गोरो वर्णले विदेशीकै  छनक दिएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : वाम एकता बारे !

~ऋतिक यादव~ कोही भन्छ माओवादीको एमालेमा विलय भएछ कोही भन्छ राजनीतिमा एकहोरो प्रलय आएछ ओलीले पानीको शुत्र जान्दा कांग्रेस छटपटाएछ अब रुखको अक्सिजन हेर्दाहेर्दै वामहरुले खाएछ

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सुनयना

~कात्यायन~ धेरै वर्ष पछि; केही महिना अगाडि फेरि सुनयनाको त्यही नैन कहींकतै देखें र सोधें – “चिनेको छ ?” “याद छैन |” – भनेर तर्किए ती नैनहरू | कुनै समय / कुनै उष्ण शहरमा ती रसालु आँखाहरू मेरो सामुन्ने भएर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment