Tag Archives: nepali literature

कथा : मिस रश्मी

~झलक सुवेदी~ आदरणीय सन्तोष सर, नमस्कार । मजस्ती धोका दिएर हिँडेकी स्त्रीले ‘आदरणीय’ शब्द प्रयोग गरेकोमा तपाईंंलाई आश्चर्य लागेपनि म तपाईंंलाई आदरणीय नै मान्छु । मैले तपाईंंबाटै जीवनका मूल्य र स्वतन्त्रताको शक्तिको ज्ञान प्राप्त गरेकी हु“ । सायद तपाईंंस“ग भेट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : जिज्ञासा

~डा रवीन्द्र समीर~ ‘मामु ! मामु !! … क्लिनिकको डाक्टरले त मलाई माया गर्नुहुन्थ्यो । छोरी भन्नुहुन्थ्यो, कानमा लाउने आलाले पेट, छाती जाँच्नहुन्थ्यो । जिब्रो, घाँटी पनि हेर्नुहुन्थ्यो … यहाँको डाक्टरले मलाई किन नछामेको ? किन नबोलेको ?’

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : मौनको अग्निशमन

~महेश प्रसाईं~ अभिवादन, शून्यलाई अभिवादन। नमन्, रत्तिmतालाई नमन्। पराकृतिलाई नमन्। निराकृतिलाई नमन्। नमन्, आत्मालापलाई नमन्। आत्मोद्गारलाई नमन्। निहत्था कोहरामलाई नमन्। बलात्कृत, सन्ध्यालाई नमन्। अनाधिकृत, अभिवादन नगर्नु समयलाई। नगर्नु, समयलाई अभिनन्दन। समय छैन, समयसित।

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : मृगतृष्णा

~बिनोद खड्का~ खेतीबारीमा काम गर्ने जाँगर थिएन । जागिर पाउनु सजिलो थिएन । टोलमा ठिटा, बुढा, शिक्षक, जागिरे सबै जग्गाकै काममा लागेका थिए। उसले पनि जग्गाकै काममा लाग्ने बिचार गर्यो र ग्राहकको खोजीमा बाटो ढुक्न थाल्यो । सौभाग्यवस जग्गा खोज्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : के पढ्ने

~नयराज पन्त~ अहिले कसको छ हातमा प्रभु–शक्ति, प्रभुको विचारमा। कुन वस्तु छ, के गरीकन हुन जाला प्रभुको खुशी मन।। यति वस्तु गरेर चिन्तन कवितामा त्यति वस्तु ल्याउन।

Posted in कविता | Tagged | Leave a comment

कथा : मृत्यु पर्खिरहेछ

~राशि पाण्डे~ सम्पूर्ण व्यथालाई अाँखामा समेटेर प्रसववेदनाले भैँसी उठबस गरिरहेको छ । केटाकेटीहरू भैँसीलाई चारैतिरबाट घेरेर रमिता हेरिरहेका छन् । घरभरि खुसी छाएको छ । के ब्याउने हो ? घरधनीबुढी कुँडो पकाउँदै गुनिरहेकी छिन् । पाडो पाई भने त के … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निकाह

~राशि पाण्डे~ अब्व्दुल अस्पताल भर्ना भएको थियो । रजिया दुई महिनादेखि दिनरात उसको सेवामा खटिरहेकी थिई । आफ्नो जिल्लामा उपचार हुन नसकेपछि ऊ राजधानीको यस सुविधासम्पत्र अस्पतालमा थप उपचारका लागि आएको थियो । बिरामीको हेरबिचार गर्न उसकी औरत रजिया पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लाहुरेको पत्र

~रबिन्द्र रिजाल~ पर पर सम्म हरियाली नदेखिने बालुवे सडकमा ल्याम्पपोष्टको बत्ती मुनि एउटा सिपाही बल गरेर अक्षरहरू खुट्याउन खोज्दै थियो । उ भर्खर प्रौढ शिक्षा सकेकी आफ्नी श्रीमतीका हस्तलिपीहरूलाई बत्तीको वरपर घुम्ने कीराहरूको छायाँले सजीव गराएको आभास गर्दै थियो। शब्द … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक अंश : भानुभक्तको रामायण अंश

~भानुभक्त आचार्य~ यस्तै हो सुन कर्मका वश हुँदा बस्तैन एक् ठाम् रही । कस्तै कोहि हवस् अवश्य करले जानू छ जहाँ गई ॥ कर्मैको फल भोग गर्छ दुनियाँ यै चित्तमा लेउ भाइ । आमैले यहि बात् बुझी कन बिदा दीनू … Continue reading

Posted in पुस्तक अंश | Tagged | Leave a comment

कथा : एउटा नयाँ यात्रा

~मातृका पोखरेल~ उसले त्यसदिन घाँसको भारी बोकेर आँगनमा टेक्दा पश्चिम दिशामा सूर्यको ओरालो झरेको रातो टाटोले पाथीभरा लेकको थुम्को छुन खोज्दैथियो । ऊ अघिअघि घर आएकी थिई, गाईबस्तुलाई पछाडि छाडेर । घाँसको भारी आँगनको डिलमा बिसाउन खोजी तर ठाउँ पाइन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भ्रम

~राप्रउ पोखरेल~ ऊ चार-पाँच वर्षपछि जनकपुर जाँदै थियो। बसको यात्राभर अनेक राम्रा-नराम्रा कुराहरू उसको मनमा खेलिरहे। सँगै रहेकी उसकी स्वास्नी पनि अशान्त र चिन्तित थिई। मधेस आन्दोलनपछि तराईको जनजीवन आतंकित छ, कसैको जीउधनको सुरक्षा छैन। यस्तै कुरा ऊ बेलाबेलामा सम्झीन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मान्छेको छाउरो

~जगदीश घिमिरे~ निस्तब्ध रात कुनै स्वास्नीमान्छेको निर्जीव हृदय हो, जसलाई चिरेर एउटा तीतो स्वर, कुकुरको सानू छाउरोको प्रलाप, बाँसको लिङ्गोजस्तै ठडिन्छ आकाश छुने गरी – क्याइँ क्वँ वाँ वाँ वाँ ईं ईं ईं क्वाँ वाँ वाँ वाँ वाँ ईं ईं … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : न्याय

~जगदीश घिमिरे~ वनस्पतिसँग सोधेँ, “के चाहन्छौ  ?” वनस्पतिले भने, “न्याय ।” “त्यो भनेको के  ?” वनस्पतिले भने, “अरूको अधिकार हनन नगरीकन धरतीमा हामीले पाउने न्यायोचित भाग ।”

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : डढेलो

~विवश पोखरेल~ समयले यसरी घात गर्ला र आफूले गरेको सङ्घर्ष र प्राप्ति यति दुखद होला भन्ने सह-प्राध्यापक शिशिर शर्माले कहिल्यै सोचेकासम्म थिएनन् । आफूले तीस वर्ष बिताएको गाउँ छोड्न लाग्दा स्वाभाविक रूपमा नमिठो लागेको छ उनलाई । आज उनी गाउँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नजन्माएकी छोरी

~गीता केशरी~ मेरो हातमा विवाहको निम्ताको कार्ड परेको छ । नौलो र अनौठो प्रकारको भाखामा लेखिएको त्यो निम्तामा बेहुलीको आमाबाबुको नामसँग जोडिएको थर र बेहुलीको थर बेग्लाबेग्लै छन् । जुन साथीको मार्फत् मैले निम्ता पाएकी छु उनको नाम प्रार्थीमा छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रुपबजारकी नोरा

~सरोज शार्दूल~ “भो बुझनु प¥या छैन तिमीलाई । यसभन्दा अगाडि जान हामीलाई अनुमति छैन ।” पूर्णिमाले भनी । कुराकानी त्यत्तिकै सकिएको केही महिनासम्म दुई जनाको भेटघाट भएन । सिद्धार्थ सधैँ पूर्णिमाको पसलअगाडि चक्कर लगाउँथ्यो । “क्या हो बाबु ! हाम्रो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साइबर प्रेम

~पद्मावती सिंह~ जीवनमै पहिलोचोटि कुनै युवकले मलाई कतै गएर केही समय साथमा बिताउने प्रस्ताव राख्दै छ । यता केही महिनादेखि केटी सम्झी च्याट गर्दै आएको र मित्रता कायम भइसकेकोले मलाई खासै अप्ठेरो लागेन । उनी हिजोसम्म च्याट गर्दा केटी साथी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अघोरीहरू

~भाउपन्थी~ राति कतिबेला हो, त्यो थाहा भएन। तर, त्यो एउटा मुसो पानीको बाल्टीमा खसेर मरेछ। छप्ल्यांग आवाज आएको पनि सुनिएन। सायद पानी ‘साइलेन्ट किलर’ बनिदिएछ। पानीले भरएिको बाल्टी ढाक्नुपर्ने थियो। प्रचार पनि यही गरन्िछ अर्थात् स्वास्थ्यका लागि पानी ढाकेर राख्नुपर्छ। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Story : The Yellow Rose

~Prema Shah~ Translated by : Kumar Nagarkoti I’ve been unable to write for two months. As I turn the empty pages of this diary, I feel a great emptiness growing inside of me. What sort of emptiness this is, I … Continue reading

Posted in Translated Story | Tagged , | Leave a comment

कथा : गोबर्द्धनले बुझेको राष्ट्रवाद

~इस्माली ~ तालीको परर्र आवाजले एकसुरले पेटीमा हिँडिरहेको गोबर्द्धन यादव हठात् झस्क्यो र फर्केर हेर्‍यो । सडकमा किशोर र युवाहरूको हूल माहुरीको गोलो बनेर खनिइसकेको थियो र ब्योममा कानै खानेगरी साइँसाइँसुइँसुइँ सिटीको आवाज घन्कन थालेको थियो । ऊ झस्केझैँ सायद … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऐंजेरु

~डा. राजेन्द्र विमल~ शुभ्र हिमखण्डले निर्मित बाल-प्रतिभा सेतो परेवाजस्ती, स्वच्छ जलराशिमा फुलेको श्वेतकमल जस्ती, दुग्ध-धवल स्फटिकले बनेको बाल-आकृति जस्ती, अथवा भनुँ, पावस ऋतुको अविरल वर्षामा नुहाएको कुनै हरितिमामय निभृत कानुनमा बुर्कुसी मार्दै खेल्ने-रमाउने सानो, सेतो खरायो जस्ती-कल्पिता ! ऊ आँगनमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : काल्पनिक

~डा. ध्रुवचन्द्र गौतम~ यो कथामा केही पनि छैन । केवल एउटा पात्र छ । पात्र काल्पनिक हुनाले पात्रले के गर्छ त्यो पनि थाहा नभएकाले केही भएन । थालनी गर्दा कसरी गर्ने ? यतिका वर्ष लेखेपछि म लेखक जसले कयौं प्रमुख … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खजूर

~इद्रिस सायल~ म कमाउन अरब गएको छ महिना भइसकेको थियो । साउदी अरेबियाको एउटा कम्पनीले मोजरा (खजूरको बगैँचा) मा काम दिएको थियो । मैले खजूर टिप्ने काम गर्नुपथ्र्यो थुप्रै कामदारहरूसँगै । मेरो तलब ५०० साउदी रियाल थियो । अस्ति मात्र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डेथ मिर्‍याकल

~रोशन थापा ‘नीरव’~ बीभत्सरूपबाट प्रारम्भ अर्थात् एउटा मायिक यथार्थ त्यो मान्छे मेचमा बसेको थियो । बसेको पनि के भन्नु किनभने बसेको भन्नु बसाइँको सौन्दर्यशास्त्रीय अर्थमा आघात पुग्न सक्थ्यो । यसैले बरु सोध्न सकिन्थ्यो-किन बसेको थियो ? यद्यपि यो प्रश्न गर्नु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक दिनको सामान्यता

~इन्द्रबहादुर राई~ “मूलाको बीउ तिमीले पातलो छरेछौ, माया,” मैले भनेँ। कुटेमा टासिँएको माटो सुकेको बाँस सिन्काले कोट्याउँदै थिएँ मैले। “अस्तिको झर्को पानीले हुन त सबै भररर उम्रेछ।”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निरावृत्त

~भाउपन्थी~ ऊ मर्निङ वाकमा निस्केको छ र एक्लै छ । ऊ एक्लै मर्निङ वाकमा निस्केको छ भने पनि हुन्थ्यो । तर भनाइको यो एउटा छोटो शैली हुने थियो र त्यसले उसको मानसिक द्वन्द्वलाई प्रतिनिधित्व गर्ने थिएन । कारण थियो, आज … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दिग्भ्रम

~माधव सयपत्री~ नीरकलाले औँला भाँचेर लोग्ने भेट्ने दिन गनी। आफ्नै मनलाई भनी, “आज शनिबार। आइतबार एक, सोमबार दुई, मंगलबार तीन, बुधबार चार। आजसमेत चार रात। जाबो चार रात ! चा-चार वर्ष त बिताएँ। अब चारचोटिमा घाम उदाएर अस्ताए भने म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : दिग्भ्रम

~डा. रवीन्द्र समीर~ ऊ आफ्नो निद्रा सुत्दैन । स्लिपिङ ट्याबलेटमा निद्रा किनेर सुत्दछ अनि अलार्मको आदेश बमोजिम ब्यूँझिन्छ । उसले आहार मात्र होइन, खाना रुच्ने औषधिको नाममा भोक किन्छ र पाचक खाएर खाना पचाउँछ । उसले पालिस लगाएको चामल, रासायनिक … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मौन वियोगान्त

~सुबिसुधा आचार्य~ न्यूरोट गेटबाट भित्र पस्दैको ओम मेडिकल हलको छेवैमा उनी ढुङ्गाको मुर्तीझै उभिएकी थिइन् । परैबाट हाम्रो नजर एकैपटक हाम फालेर जुधे बिचैमा । उनी फिस्स अल्छीलाग्दो हाँसो हुत्याउँछिन् मतिर, म पनि के कम त्यस्तै बैरागलाग्दो मुस्कान बडो कन्जुसका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म पागल होइन डक्टर

~गोबिनद बराल~ “पेटिकोटमाथि साडी लाउ न हो मम । के पेटिकोट देखाको हो त्यसरी । लुगा लाउन पनि आउँदैन ।” रश्मीले भनी । दुई वर्ष सहरमा बसी बी. एड्. गरेर घर आएकी छोरीले यस्तो टिप्पणी गर्दा बूढा बुबा चन्द्रकान्त हलो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उज्यालो खस्नुअघि

~सीमा आभास~ विगत तीन महिनादेखि ऊ यो खाटमा सुतेकी थिई । ऊ यो कोठामा एक्लै भएको झण्डै चार महिना भयो । यस घरमा भित्रिएको दिन ऊ र उसको लोग्नेले पहिलोपल्ट यही खाटमा सिरानी बाँडेका थिए, सपना साटेका थिए । उनीहरू … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वप्न भङ्ग

~लक्ष्मी उप्रेती~ स्वप्न भङ्ग भएपछि जीवनमा देखिएका ससाना खुसीका कणहरू अनायासै मेटि“दा रहेछन् । विश्वास र भरोसाका पुञ्ज मेरा जीवन साथी विभाजित हुनाले, आस्थाका धरोहर मेरा मुटुका टुक्रा विचलित भएकाले यसबेला दुःख सहेर शून्य जीवन बा“च्नु सिवाय कुनै विकल्प रहेन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment