Tag Archives: nepali literature

कथा : वंश

~राम केसी ‘चौतारे’~ सावित्रीले नवजात शिशुलाई नुहाइधुवाई गरेर तेल मालिस गरी हिउँदको पहारिलो घाममा सुताएर त्रिकुटी राखेर कलिलो अनुहारमा राप छल्न कपडा राखी दिई । एक महिने शिशु चिम्सा आँखा खोल्ने प्रयास गर्दै हात चलाउँदै थियो । ‘कालु…. नाक त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साढे सातको दशा

~रामजी विष्ट~ मैलोले सजिएको झुत्रो रुमाल ओडेर झुन्डीएको रेडियोमा शुभकामना र दशै धुन बजिरहेको छ निरन्तर, रातो माटो लिन जाने र लिएर फर्कनेहरुको चहलपहल बाक्लो देखिन्छ, कोही घरमा रातोमाटो लिप्दैछन, कोही थरीथरीका रङ्गहरु डल्दै छन, दशै आएको जनाउ दिदैछन चराचुरुङ्गीहरु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बोक्सी

~राजेश रुम्बा लामा ‘अतृप्त’~ आफु जन्मी खेली हुर्किएको बाग झैं लाग्ने ति बस्ति आज जिवनको उत्तरार्द्धमा मसानघाटको आकृतिमा आफ्नै नजर सामु मुस्कुराई रहेको आभाष लाग्छ । खै कसरी व्यक्त गरौँ यी समाज र ढडेन झैं लाग्ने मेरो मनको कथा व्यथा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

खण्ड-काव्य : गौरी

~माधवप्रसाद घिमिरे~ केलेख्नुमैलेपर्‍यो धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिए मेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिए छाया आज पर्‍यो, छिप्यो छवि कहाँ, के देख्नु मैले पर्‍यो आँसूमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पर्‍यो !

Posted in शोक-काव्य | Tagged | Leave a comment

कथा : चम्पी

~महेशविक्रम शाह~ माघे सङ्क्रान्तिको दिनदेखि थारूबस्तीहरूमा माघीको रमझम सुरु भयो । वर्षभरि कामको बोझले ओइलाएका थकित अनुहारहरू मुस्कुराए । ‘माघी’ थारूहरूको वर्षभरिको प्रमुख तिहार हो । आजको दिन सबैले कामबाट फुर्सद पाउने दिन भनेर चिनिन्छ । गाउँगाउँमा सुँगुर–बङ्गुर काटिन्छन् र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनुभव

~किशोर सापकोटा~ छि तपाई त – शीलाले मेरो हातलाई हुत्याई । उसको अनुहार ढोडे खोलामाथिवाट अस्ताउन लागेको घाम भन्दा रातो भएको थियो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अक्वारियमभित्र गोल्डफिस

~महेशविक्रम शाह~ एउटा ठूलो अक्वारयिम। अक्वारयिमभित्र गोल्डफिससँगै हामी विभिन्न जातका माछाहरू पनि थियौँ। अक्वारयिमभित्रको न्यानो पानीमा हामीहरू आफ्ना पखेटा फिजाउँदै खेलिरहेका थियौँ। तर, गोल्डफिसको पखेटा फिँजाइ, जीउको ओर्काइफर्काइ र पुल्टुङबाजीमा विशेष आकर्षण थियो। सबैभन्दा विशिष्ट आकर्षण उसको सुनौलो रंगमा थियो। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

हाँस्य-गजल : बूडेसकालमा बैंश आयो, तन्नेरी झैं भईयो

बूडेसकालमा बैंश आयो, तन्नेरी झैं भईयो जेठी बुड़ी हुँदा हुँदै, कान्छी बुड़ी ल्याइयो | बुडेसकालमा कान्छी ल्याइयो, सम्झी आफुलाई ठिटो, कान्छी बुडी भने पछि, उस्को पादै मिठो |

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged | 1 Comment

कथा : हाँसे कान्छी

~सागर पराजुली~ हाँसे कान्छो हट्टाकट्टा छ । गाउँमा केहि परे धेरैले उसैलाई सम्झन्छन्। जसले बोलाए पनि उ गइहाल्छ। केहि मीठो खान पाए पुग्छ उसलाई। हाँसीरहन्छ, मुख सधैं तन्किएकै हुन्छ। उसको मुखमा मात्र हैन मनमा पनि खुशी छ। बीस हलको मेलो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक-अंश : सुकुमारी भोटिनी झ्याइँ पार

~रामकुमार एलन~ बिहानै स्याउलीबजार नजिकको नर्कटघारीमा चराहरू कल्याङकुलुङ गर्दै लाखापाखा हुन्छन्। नजिकैको भरेङ धारामा नुहाउन जाने पनि कम हुन्नन्। गाउँबाट बजार जानेको उस्तै हल्लीखल्ली हुन्छ। गाउँमा धारा सुकेको हल्लाखल्ला हुन्छ, यस्तै त छ स्याउलीबाङ दैनन्दिनी। कहाँ फेरिएको छ र गाउँ।

Posted in पुस्तक अंश | Tagged | Leave a comment

संस्मरण : जब विदेशबाट ‘मलामी’को फोन आउँछ

~गिरीश गिरी~ हिजो मध्यराततिर भाइको फोन आएको थियो। ऊ अष्ट्रेलियाको सबैभन्दा उच्च भूभागको यात्रामा रहेछ। भाइबरमा कुरा गर्दागर्दै घरको इन्टरनेट सम्पर्क तोडियो। एकछिनसम्मै राउटरको तेश्रो बत्ती बलेन। कुर्नु बेकार लाग्यो। सुत्ने तरखर गर्दै थिएँ, फेरि मोबाइलको घण्टी बज्यो। यसपाला चाहिँ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

ब्यङ्ग्य कविता : आजको मुख्य समाचार!

~चट्याङ मास्टर~ जनताको लागि आज बिहान यो नेता ऊ नेताकहाँ जानु भयो जनताको लागि ऊ नेताले यो नेताको स्वागत गर्नु भयो जनताको लागि यो नेताले ऊ नेताको नमस्कार फर्काउनु भयो जनताको लागि देश गम्भीर अवस्थामा पुगेको यो नेताले बताउनुभयो ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

अनूदित कथा : बाजी

~एन्टोन चेखोभ~ भावानुवादः दण्डपाणि जैसी (१) काजी गुमान सिंह बस्न्यात बुढा भइसकेका थिए र उनीसँग पहिलेको शान शौकत पनि बाँकी थिएन। पुस महिनाको एक रात। काजी आफ्नो कोठामा ओहोर दोहोर गर्दै ठिक पन्ध्र बर्ष अघि पुष महिनाको एउटा साँझमा आफुले … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

ब्यङ्ग्य कविता : भाग नेपाली भाग

~चट्याङ मास्टर~ नेपालमा परिवर्तन आयो, तन्त्र मन्त्रको किर्तन आयो तेरो जे थ्यो लगे सप्पै, रित्तो अर्को बर्तन आयो!

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : उद्योग नखोल, पार्टी खोल

~चट्याङ मास्टर~ तँ उद्योग खोल्लास्, ऊ पार्टी खोल्छ तँ बैंक ऋण लेलास्, ऊ चन्दा–फिरौती लिन्छ तँ मजदुर भर्ना गर्लास्, ऊ कार्यकर्ता भर्ना गर्छ तँ सामान बनाऊँ भन्लास्, ऊ देशै बनाऊँ भन्छ ए बाबु ! कुरो बुझ है, उद्योग नखोल, पार्टी … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

मनोवाद : कान्छा ! आजपनि गाउँ त रातै होला हगी !

~दीपशीखा~ कान्छा ! तिमी त आराम हौला पहाडहरुमा ! तिमी तकुशल हौला स्याउले झुपडीहरूमा । भर्खर भुल-भुले मुहान पानीमा तिम्रो आँत शितल होला । ठेला उठेका हातले उब्जेको श्रमको गाँसमा तिमी त पवित्र हौला । आज पनि देखिन्छ होला नसिङ्ग … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कथा : महानगर र म

~अमर त्यागी~ महानगर हिउँझै चिसो छ । चिसा छन् मनहरू । भावना र विचारहरू चिसा छन् । चिसा छन् चुल्हाहरू । चिसा छन् जीवनहरू पनि । धेरै दिनदेखि चिसोले कठ्याङ्गि्रएर आहतआहत बाँचिरहेको छु म । महानगर आगोझैँ तातो छ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : !! जिन्दगी जि !!

~प्रदीप सुबेदी~ आँकशमा कालो बादल पत्र – पत्र परेर फाटिरहेको थियो भने हामिहरुको मन त्यही बादल जस्तै भित्र भित्र फाटिरहेको थियो । “ऐ ! प्रदीपे, आज त पानि पर्ला जस्तो छ नि आकश त डम्मै कालो बादलले ढाकिसक्यो त” हवल्दार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भीडभित्रको एक्लो मान्छे

~टीका खरेल सुवेदी~ ठण्डीको मौसम । जहाँ गएपनि जसको मुखबाट पनि चिसो मौसमकै बारेमा चर्चा–परिचर्चा सुनिन्छ । कोहीसँग भेटघाट भयो कि कुराकानीको सुरुवातनै ओहो ! सारो जाडो भत्रे वाक्यबाट हुन्छ । जाडोको बिदा मनाउने क्रममा हामी रमाइलो गर्न भनी घरबाट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा मन

~मनोज शंकर~ दिन समाप्त भयो, रात; अचाल्की चिसोसंगै प्रगाढ़िन आतुर । रबुलाल बारम्बारको चिस्सिएको खोकीसंगै भित्तापट्टि फर्किएर निदाउने प्रयास गर्छ तर असफल ; उसकी स्वास्नी कालीगौरी १५ दिनको छोरीसंगै सुति सक्छिन । अचानक उनको मन भरि अतित पोखिन्छ ; सम्झिन्छ, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विचरा विनोद

~बिजु सुवेदी विजय’~ कुरो २० वर्ष अगाडिको हो । विनोदको बुबा र उनीहरुको बुबाको धेरै ठूलो झगडा भएको थियो । त्यसैले विनोदको परिवार र उनीहरुको परिवार बीच बोलचाल बन्द थियो । उनीहरुको घर र विनोदको घर आमुत्रे–सामुत्रे थियो । बीचमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भुमरी

~राजेश रुम्बा लामा ‘अत्रिप्त’~ एकाबिहानै शेरे कागजको कपमा कफि पिउँदै कल्पनाको सागरमा डुबुल्की मार्दैछ ।। वरिपरी गगनचुम्बी महलहरु (टावरहरु) बिचको ६५ तले टावरको ग्राउण्ड फ्लोरमा lllt gulf कम्पनीको एउटा क्यापेट एरियामा उ सोच मग्न छ। कहिले कफीको सुर्की लिन्छ कहिले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नेता

~बिजु सुवेदी ‘विजय’~ शीरध्वजले गाउँमै पढेरै पनि एस. एल. सी.मा बोर्डटप गरेको थियो । अनि ऊ काठमाण्डौं शहर आयो । शीरचन्द्रले पनि गाउँबाटै एस. एल. सी.मा राम्रो अङ्क ल्याएर पास गरेको थियो । अनि काठमाण्डौंमा पढ्नका लागि काठमाण्डौंको नजिक भक्तपुरमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म एक्लै बाँच्न सक्छु

~बिना तामाङ ‘सुनगाभा’~ तीनदिन देखि झरि परिरहेछ । एकहोरो त्यो प्रकृतिको रुवाई साँच्चै मेरो जीवन भन्दा फरक नभएरै होला कता कता मलाई आफ्नै रुवाई जस्तै लागिरहेछ । जीवनको २८ औं बसन्त तर्दासम्म मैले कहिल्यै त्यस्तो पीडा महशुस गरिन जति पछिल्लो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : युद्दभित्रको प्रेम

~बिना तामाङ ‘सुनगाभा’~ धेरै भएको थियो मैले रोहिनीलाई नभेटेको । यस्तै भयो होला ९ वर्ष जति।अन्तिम पटक मैले उनलाई डाँडा गाउँको पोस्टमा सर्चमा जाँदा भेटेको थिएं ।त्यसपछि बेपत्ता भएकी उनि अहिले उहि डाँडा गाउँनै जाने त्यहि आर्मी पोस्टमै भेटिएकी थिईन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र कथा : प्रेमिकालाई पत्र

~बिजु सुवेदी ‘विजय’~ धेरै किसिमका फूलहरु स्वर्गका थुप्रै बगैंचाहरुबाट लिइएको एउटा अत्यन्तै ठूलो फूलको गुच्छा सहित प्रिय तिमीलाई अत्यन्तै ठूलो धन्यवाद ! मेरी प्यारी स्याफ्रोन !!! म एकदमै हल्का महसूस गरिरहेको छु तिम्रो माया , समर्पण , आदर , सत्य … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मौन आवाज

~अल्पबिराम पोखरेली~ म समय हुँ । घडीको आविस्कार पछी मेरो जन्म भएको भ्रममा छन् , मान्छेहरु । होइन , म सूर्य भन्दा धेरै जेठो छु ।मैले धेरै कुरा देखेको छु , अनुभूतिका थुप्रै कथाहरु छन् , मसंग । धेरै कथाहरु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भत्किएको सपना

~जुनु क्षेत्री~ म हतारहतार विद्यालय पुग्छु । कक्षा सुरु भइसकेको हुन्छ । हाजिर गर्नलाग्दा लेखापाल सरले हठात् अङ्कति सरको नाममा मैले हाजिर गरेको देखाउँदै मलाई जिस्क्याउनुहुन्छ । म झसङ्ग हुन्छु । मैले त आफ्नै नाममा हाजिर गरेकी हुँ । मेरो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हाडखोडा र बृद्ध

~टिका खरेल सुवेदी~ नीलमणी झैं नीलो आकाश चँदुवाझैं टाँगिएको चारोको जोहोमा निस्किएका चराचुरुङ्गीहरु झूण्ड–झूण्ड भै रमाउँदै मीठो कलरवका साथ चिरबिराइरहेका थिए । सुनसान जमीन उदास अनुहार लगाएर बोझिलो निष्तब्धतामा बाँझै पल्टिएका थिए । तिनै फाँटिला जमिनमा चर्ने गाइहरु बेलाबेला टाउको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मायापुरले लगाएको मोहनी माया

~जुनु क्षेत्री~ आज के कोनो जायगा घुरते जाबो ? जाबो दादा जाबो ! मायापुर जाबो ? जाबो जाबो !! आज घर उदास छ । मनहरू उदास छन् । हिजोसम्मको चहलपहल आज उदासीमा परिणत भएको छ । कोठा, घर, आँगनमा एक

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मीठो भ्रम

~अल्पबिराम पोखरेली~ एक दिन एउटा चंखे मुसा जमिनमा दुलो पार्दै जाँदा सुंगुरको खोरमा पुगेछ ।त्यो खोरमा एउटी सुंगुरनी आफ्ना पाठापाठीहरुलाई दूध ख्वाउँदै थिई । सुंगुरनीलाई देखेर मुसाले भन्यो सुंगुरनी दिदी नमस्कार ! आरामै हुनुहुन्छ ! ए मुसा भाई पो ! … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : दोषी चश्मा

~विश्वेश्वरप्रसाद कोइराला~ केशवराजको चश्मा दोषी थियो । अलिक टाढाको मानिस तिनी चिन्न सक्तैनथे । किताब पढ्दा तिनको आँखालाई निकै बल पर्थ्यो । चश्माको पावर तिनका आँखाका लागि कम भएछ । धेरै दिनदेखि अर्को चश्मा लिनें विचारमा थिए, तर अझै अनुकूल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment