Tag Archives: nepali literature

कविता : बुख्याँचा र यात्रीहरु

~शोभाकर बुढाथोकी~ सबैतिर छ्वाप्पै छोपेको छ भय र त्रासको भकारीले थिचेको छ अदृष्य शक्तिको चक्रव्युहमा उनीहरु, म र हामी यात्रीहरुलाई बुख्याँचा निरन्तर तर्साईरहन्छ चपेटामा पारिरहन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेला

~यश लामा~ जब देखिन्छ रोटेपिङ गरीब बाउको टाउको घुमिरहन्छ स्कुले छोराछोरीको अघिपछि । मौतका कुवा पर्मबाट फर्किएकी आमाको घाँटी अठ्याउने अस्त्र जो अल्झीबस्छ गलगाँठझै ।

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : छोरी र बाबा

~माल्भिना मात्रोसोभा~ भावानुवाद : जुगल भुर्तेल छोरीको उमेर- पुग्यो तीन वर्ष बाबाको काँधमा बस्न मन पर्छ त्यहाँ माथिबाट आकाश भेटिन्छ तलभन्दा छुट्टै संसार देखिन्छ बाबालाई ऊ हुर्कने विश्वासै छैन पुल्पुलिएकी छ छोरी, अपूर्ण उसको कुनै इच्छा छैन

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : फाटेको दौरा-सुरुवाल र सङ्कल्पको झन्डा

~पुण्य गौतम ‘विश्वास’~ एकजोर र्टाईसुट पजेरोको हेडलाइटजस्तो आंखा बाल्दै टक्क रोकियो वर्षौ देखि अंध्यारोको समुद्रमा डुबेको क्षति ग्रस्त जहाजजस्तो हाम्रो बस्तीमा र मुलायम प्रश्नका हातहरूले सुम्सुम्याउंदै एउटा बूढो दौरा-सुरुवालसंग सोध्यो ठेला उठेको हत्केलाजस्तो स्वतन्त्रता र फाटेको पाइतालाजस्तो लोकतन्त्रको हालखबर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : धूवाँको जङ्गल

~इश्वर वल्लभ~ माथि आकास हेर्नु छ क्षितिज छुनु छ एक जनालाई फूलको थुँगा दिनु छ नजिकमा कोही छ कि छैन ! यदि छ भने उसलाई बोलाउनु छ

Posted in कविता | Tagged | Leave a comment

भलाकुसारी : बुँद राना, श्रवण मुकारुङ र रमेश श्रेष्ठसँग गरिएका कुराकानीहरू

~तुलसीहरि कोइराला~ नेपाली साहित्यका क्षेत्रमा सबैभन्दा प्राचीन भएर पनि पछिपरेको विधाका रुपमा हेरिन्छ काव्य क्षेत्रलाई । उपन्यासमा आधारित सिनेमाहरू बन्छन्, नाटकहरू मञ्चन हुन्छन्, कथाहरूमा पनि सिनेमा बन्छन्, टेलिभिजनका छोटा टेलिचलचित्रहरू बन्छन् तर काव्य विधाका क्षेत्रमा भने धार्मिक ग्रन्थहरूमा आधारित भन्दा … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , , , | Leave a comment

कविता : म तिम्रै हुँ

~शीतल शर्मा~ याद मेरो आयो भने धेरै तिम्लाई सतायो भने समझ म तिम्रै हुँ । तिमी धेरै खुशी हुँदा खुशी साट्न मन लाग्दा

Posted in कविता | Tagged | Leave a comment

कथा : कैदी नं चार सय एक्काईस

~जीतबहादुर कटुवाल~ जिल्ला कारागारको अघिल्तिरको पान पसलमा बजरङगीलाई भेटेँ । जाडोको मौसम भएकोले बाक्लो स्विटर लगाएर कानमा गलबन्दी बेरेको थियो । उसको पहिरनका कारण हत्तपत्ति चिनिन । उसैले बोलाएपछि म झसङ्ग भएँ । मलाई देखेर ऊ फिस्स हाँस्यो । मैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ईतिहासले तिमीलाई परिचय दिनेछ सिंहदरबार

~रमा दुलाल~ गगनचुम्बी पर्खाल भित्र सुरक्षा कवजको घेरा भित्र मेरो सिंहदरबार सुरक्षीत छ मेरो सिंहदरबार शीतल शान्त छ। तर, सिंहदरबार, तिमी दरबार मात्र होइनौं तिमीभित्र सिंह पनि त छ नि, तर, खै तिमी गर्जन सकेको ?

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : तकिया लडाईं

~शाश्वत पराजुली~ रिदमले विमललाई बोलायो अनि भन्यो, “आज तकिया लडाईं खेल्ने है ?” विमल पनि के कम, सिरानीको तकिया उठाएर रिदमको मुखमा फालिहाल्यो । रिदमले बायाँ हातले तकिया रोक्यो । उसले त्यही तकिया विमलको टाउकोतिर हुत्यायो । “ऐया ! कस्तो … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

गजल : उपहार छोडी गयौ

~रोसन कुमार भण्डारी~ थाहै नदिई अमूल्य यी उपहार छोडी गयौ । आफु दुखी बनी मलाई बहार छोडी गयौ ।। सँगै हुँदा तिमी सँगै बिताएका पलहरुले । सम्झनामा मुटु घोच्ने प्रहार छोडी गयौ ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : गासौँ म कसरी

~तिलाचन चापागाईं~ गासौँला माया टुटेर जाला, गासौँ म कसरी जोडेको मुटु फुटेर जाला, हासौँ म कसरी।। मन भरी माया वोकेर आऊँला,तिमीलाइ सम्झेर मन भित्रै माया अोइलाइ जाला,साचौँ म कसरी।।

Posted in गजल | Tagged | Leave a comment

कविता : महाबुद्ध यसोधरा

~सिन्धु रिजाल~ लाउँला र खाँउला बैसालु उमेरकी मलाई चटक्क छोडेर ज्ञानको खोजीमा भौतारिने घोर अज्ञानी युवक, तिमीलाई धेरै पछि ज्ञान प्राप्त भई बुध्द भयौ

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : थामौ न संङ्घीयता

~डा.मेघराज ढकाल~ छन्द : शार्दुलविक्रीडित मान्छे छन् अलमल्ल रे ! अझ यहाँ पाएर संङ्घीयता यस्को मर्म र धर्म शक्ति नबुझे बढ्दैन रे एकता खोज्दै छन् अझ झन् कतै मुलुकमा खाका त खण्डास्मित यस्तैको परिणामले त अहिले रोज्दै छ एकात्मक । … Continue reading

Posted in छन्द कविता | Tagged , | Leave a comment

गजल : भन्न सकिएन मजबुरिले

~धनबहादुर बिष्ट~ झुटलाइ झुट भन्न सकिएन मजबुरिले म तिमी जस्तो बन्न सकिएन मजबुरिले मेरो देशले दुई थरिको शिक्षा बनायको छ

Posted in गजल | Tagged | Leave a comment

कविता : गुनासो

~बिमल गिरी~ समय एकनास नहुदो रहेछ अन्तर बिरोधहरुको भिडमा आज कताकता स्वाभिमानमा अचानक बिना बर्षा

Posted in कविता | Tagged | Leave a comment

पुस्कर लोहनीका बत्तीस सेन्र्यू

~पुष्कर लोहनी~ १. भीडभाडमा च्यातिएकी रे तिमी बैंस गनायो । २. आँखा नै लाग्यो खतरा नै खतरा मज्जाकै पोका । ३. बोसो लागेछ। डरलाग्दो भैरव कालो पोखरी ।

Posted in सेन्र्यू | Tagged | Leave a comment

समालोचना : हायमनदास राई “किरात”का कथाहरूको कथ्य र शिल्प-विन्यास

~डा.राजकुमार छेत्री~ हायमनदास राई किरातका कथायात्रा कथाकार हाइमनदास राई ‘किरात’का सर्वप्रथम प्रकाशित कथा सुरवीर हो, जुन कथा काठमाण्डौबाट प्रकाशित शारदा पत्रिकामा प्रकाशित भएको थियो । हालसम्म किरातका जम्मा दसवटा कथाकृतिहरू १.चौकिदार(सन्१९५३), २.अभागिनीकोसाथी(सन्१९५५), ३.विनायो(सन्१९५६), ४.विजय(सन्१९६५), ५.बटुवा(सन्१९५७), ६.आँधीबेहरी(सन्१९६१), ७.पंखी(सन्२०००), ८.तह नमिलेका रेखाहरू(भाग-१, … Continue reading

Posted in समालोचना | Tagged , | Leave a comment

समीक्षा : भावनी भिक्षुको ‘मैया साहेव’

~अज्ञात~ मैया साहेब कथाको कथाबस्तु :- मैया साहेव कथाकार भावनी भिक्षुका उत्कृष्ट मनोवैग्यानिक कथा हो ! यस कथाको मुख्य नायिका मैया साहेव हुन् ! उनको नामकरणमा कथाको शीर्षक राखिएको छ ! यस कथामा राणा परिवारकी छोरी मैया साहेव र त्यसघरमा … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कथा : रातभरि हुरी चल्यो

~इन्द्रबहादुर राई~ छानामा ठोकेको मट्टीतेलका टिनहरूलाई हावाले फेरि ‘खल्टाङ खुल्टाङ खट् खट् खल्टाङ खल्टाङ गर्दै एकोहोरो तौरले हल्लाउन थालेको छ । छप्परै उडाएर लैजाला भन्ने मनभित्रबाट डर लागेर आउँछ । घरभित्र छिरेको हावाले हल्लाएको ढिब्रीको धमिलो उज्यालोमा कालेको बाबु र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सानो साथी

~डा. विष्णु सिम्खडा~ मेरो सानो साथी , समय को नियति नि रह्यो कस्तो। तिमी माथि बस्न गयो माया मेरो यस्तो।। तिम्रो हाँसो सुन्दाखेरी

Posted in कविता | Tagged | Leave a comment

कथा : बुख्याचाको प्रेम

~भूवन तामाङ~ सरोजले निकैबेर आँखा बिछ्यायो सुमतीको दर्शन पाउन । सुमती घरको अगाडिभन्दा पछाडि धेरै निस्कने गर्छे । घर अगाडि त ट्याक्टर धुलो उडाउँदै कर्कस आवाजमा दौडन्छ । त्यसैले ऊ घरपछाडिको एकान्त मन पराउँछे । घरपछाडि भाँडावर्तन माभ्mन, लुगाफाटो धुन, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आफ्नै छाती भएपछि

~जीतु खड्का गाउँले~ जवानीको दुश्मन आफ्नै छाती भएपछि किन हिँड्नु अँध्यारोमा राती भएपछि !! घाउ हुँदा मल्हम दल्ने यिनै मान्छेहरू कोट्याउँछन् उही घाऊ जाती भएपछि !!

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : उखेल्नुपर्ने उखानहरु

~नगेन्द्र शर्मा~ नेपाली संसारलाई एउटा विराट् अनि उदार परिवार बनाउनलाई जति पनि हाम्रो साहित्यिक भाषाको भण्डारमा अमूल्य रत्नहरु छन्, मणि र ढुङ्गाका टुक्राहरु छन्, तिनको उपयुक्त छानबिन गर्ने बेला आएको छ । राष्ट्रिय र जातीय एकीकरण प्रत्येक समाजको उद्देश्य हुनुपर्छ … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कोमल प्रसाद श्रेष्ठ मल्लका पाँच हाइकु

~कोमल प्रसाद श्रेष्ठ मल्ल~ मुहार खोल, आफैलाई हेरेर माया कोर्नुछ ।१। मन तराजुमा तिमी अट्न सके गार्‌हो हुन्न है ।२।

Posted in हाइकु | Tagged | Leave a comment

रामकुमार पाँडेका पाँच हाइकु

~रामकुमार पाँडे~ आनन्द होला पहाड चढेपछि समुद्र झर्दा मङ्गल ग्रह नजिक आयो कि क्या पृथ्बी हल्लियो

Posted in हाइकु | Tagged | Leave a comment

कविता : म ध्रुब तारा

~दयाकृष्ण राई~ निल आर्मस्ट्रङ्ग तिमीले चन्द्रमाबाट पृथ्बीतिर फर्केर हेर्दा ग्यालिलियोले भनेको गोलो पृथ्बी च्याप्टो नभएर गोलो नै देखेका थियौ तिमी पछि जानेहरु सबैले गोलो नै देख्ने गर्छन रे !

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : लयमा नेपाली गजल

~रवि प्राञ्जल~ फारसीबाट उर्दु र हिन्दी हुँदै नेपाली भाषामा गजलले प्रवेश गरेको एक सय वर्षपुगिसकेको छ । नेपाली गजल लेखनको आरम्भकालका गजलहरूमा संस्कृतको पिंगल छन्द तथा फारसी बहरको अत्यधिक प्रयोग भएको पाइन्छ । मोतीरामद्वारा आरम्भ भएको गजलको प्राथमिक कालको समाप्तिसँगै झन्डै … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : ध्यान होस् नेपालको

~शम्भुप्रसाद ढुङ्गेल~ हर्वखत हर्एक कुरामा ध्यान होस् नेपालको जुन् मुलुकमा जाउँ हामी मान होस् नेपालको जन्मभूमिदेखि बढ्ता छैन क्यै संसारमा

Posted in गजल | Tagged | Leave a comment

कविता : हिंसा

~सुनील पुरी~ उसले प्रेम गर्यो । एकछिन पछि उसको मन बदलियो र बन्यो हत्यारा । हत्याराले न कसैलाई माया गर्यो न कसैलाई दया गर्यो न गर्यो आफैलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : उल्टो सुल्टो

~विक्रम सुब्बा~ म दुनियाँलाई मैले चाहेजस्तो बदल्नेछु  त्यसपछि म मेरो मुलुक बदल्नेछु  अनि म मेरो समाज बदल्नेछु  लगत्तै म मेरो घर बदल्नेछु

Posted in कविता | Tagged | Leave a comment

कविता : रक्तरञ्जित फूलहरू

~सुमिना अभिलाषी~ चरम यातनामा चरम सन्तुष्टिको खोजी गरिरहेका , हृदय गुमाएका ए निर्दयी भीडहरू हो ! मान्छेभित्रै मानवता उदाङ्गै पारेका नङ्ग्न मानसिकताहरू हो ! सत्यलाई बहिस्कार गरी

Posted in कविता | Tagged | Leave a comment