Tag Archives: nepali literature

छन्द कविता : नयाँ भावना

~अनिता (ढकाल) गौतम~ छन्द : शार्दुलविक्रीडित जन्मेको घर खेल्न आँगन सबै छाडेर जानै छ यो कस्तो यो विधि हो परत्र घरको नासो भनेको छ यो भन्छन् लौ घरमा समस्त जनले कस्तो विभेदै भयो छोरीको मनमा त घाउ गहिरो चोटै परेको … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : मिठो गीत हुन्छ

~डा बच्चु कैलाश कैनी~ तिमीले केही लेखे मिठो गीत हुन्छ बोले झन् त्यो सुमधुर संगीत हुन्छ । मायामा समर्पण जोड्ने हो भने युगौंसम्म बाँच्ने अमर प्रित हुन्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : शत्रु मुसा

~देबेन्द्र बस्याल~ घना जंगलको मुनी मेरो सानो घर छ हरियो घाँसको बीचमा मेरो उजाड बास छ मेरो घरको पारीपट्टी माटोको थुप्रैथुप्रा छन् थुप्राको वरीपरी दुलैदुला छन्

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रो गजब भयो

~सुषमा मानन्धर~ सोच्दै थिएँ अचानकै आउनु तिम्रो गजब भयो । न पठाउँदै समाचार पाउनु तिम्रो गजब भयो । पग्लिन्न भन्थें अब म जत्ति जे गरे पनि तिमीले मुस्काउँदै उफ् आँखासन्काउनु तिम्रो गजब भयो ।

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य कविता : बोका हरायो – ४

~रामकुमार पाँडे~ बोका हरायो, बोका हरायो मेरो पार्टीको बोका हरायो । कतै बोकालाई बन्चरो प-यो कि (?) कतै बोका मातृसंस्था झ-यो कि (?)

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : शिशिरको एक साँझ बुबाको मृत्य समझेर

~मनप्रसाद सुब्बा~ धरतीको धमिलो र फुस्रो पानामा शिशिरले आफ्नै उपसंहारको अन्तिम अरफहरु लेखिरहेथ्यो । खचेरासरिका क्षितिजका आँखाहरू बुढ्याइँको तुवाँलोले धमिलिएका थिए । कुप्रिएका बुढा डाँडाहरू नाङ्गा रुखहरूका लौरो टेकेर दिनभरि मधुरो घाम तापिरहन्थे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ पनि त कोही

~अम्बर गुरुङ~ ऊ पनि त कोही पराई त होइन, रातै रगत बग्छ रङ्गको पानी होइन । ऊ पनि त मान्छे बेमुलुकको होइन, अँगालोमा लेऊ हामी भिन्न होइन । झोपडीको जीवन उसको सबकुछ होइन, भोको नाङ्गो बस्नु उसको भूल होइन ।

Posted in कविता | Tagged | Leave a comment

कथा : मातातीर्थ औंशी

~जीतबहादुर कटुवाल~ आज मातातीर्थ औंशीको दिन अर्थात आमाको मुख हेर्ने दिन । वैशाखको सुरम्य मौसमको मादकतामा डुबेर कोइली एकोहोरो कुहुकुहुको अविरल ध्वनि गुन्जाउँदै वसन्त उत्सव मनाउँदै थियो । बिहानको धन्दा सकेर समिरा बरण्डामा बसेर सुस्ताउँदै थिइन् । बिहानै उठेर घर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : आमा

~रमेश भट्टराई ‘सहृदयी’~ छन्द : शिखरिणी तिमी आमा मेरी हृदयतलकी मालिक धनी पिलायौ धारा दुग्ध समन गरी सङ्कट पनि गुथायौ जाडामा जब थरर काँप्दो तन हुँदा तिमी छोड्थ्यौ गाँसै मकन बबुरो बालक रुँदा । १ । अरे संसारैले भनन जननी … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : आमा

~पिपला ढुङ्गाना~ ‌अँधेरो मझेरीको जून हुन् उनी जसले सँधैभरि उदाइरहनु पर्छ झलमल्ल भएर बादलिने अधिकार छैन उनलाई किनकी उनी आकास होइनन् बादल लाग्ने अधिकार त केवल उचाई सँग हुन्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : अब कहाँ झुक्लान ?

~युवराज नयाँघरे~ उठेका छन् हातहरु अब कहाँ झुक्लान ? जुटेका छन् मुठ्ठीहरु अब कहाँ फुक्लान ? तातो रगत बगेर मुटु पनि तातेको छ चारैतिर दन्केका राँकाहरु अब कहाँ निभ्लान् ?

Posted in गजल | Tagged | Leave a comment

गजल : गजलको लगाव राखेर

~करण बुढा मगर ‘क्रेजी’~ मेहफिलमा ,गजलको लगाव राखेर पढ्दै छु दुईचार वटा किताब राखेर पिएर साहित्य लेख्न मुस्किल हुन्छ हुदै हुन्न मित्र गोजीमा सराब राखेर

Posted in गजल | Tagged | Leave a comment

कविता : सम्बोधन तिमीलाई

~रीता खत्री~ तिम्रो आँखामा आँसुको अथाह समुद्र बगेको हेरिरहें जब पोलेर आए आफ्नै मुटुलाई पीरको झरिलो अगेनामा शुष्क ओठहरू अझ शुष्क बने निस्तेज बने आवाजहरू तिमी बग्नु थियौ एउटा समय नदी बग्यौ, म अभागी बगर उभिरहें मौन….. जीवनको थकित किनारामा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरा बा

~सुनील बाबु श्रेष्ठ~ घुप्लुक्क घामका झुल्काहरु धर्तीमा पोखिन नपाउदै मेरा बा कामको लागि झिसमिसेमै घरदेखिको उकालो स्वाँ स्वाँ गर्दै माथि माथि डाँडाको थुम्कोमा पुग्थे । अनि त्यसरी नै हतार हतार उही बाटो ओरालो झर्दै झर्दै निथ्रुक्क पसिनाले भिज्दै घर पुग्थे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म श्रमजीवि मान्छे

~जनार्दन रिजाल~ म जन्मे पहाडको कन्दरामा तराईका हरिया फाँटहरुमा यायाबर झै घुम्दै उफ्रिदै विताएका मेरा थाकथलो छोडेर घरपरिवारलाई चटक्क छोडेर पापी पेटको लागि पर देश भासिएको कर्म गरी एक गाँसको जोहो गर्न

Posted in कविता | Tagged | Leave a comment

कविता : कहाँ गए काठमाण्डौंवासी

~सहदेव खड्का~ दिनमा सुनसान हुँदो हो मेरो शहर रातको चकमन्न शुन्यतामा कुकुरहरु धरती थर्कनेगरी घुक्दा हुन, छर्लङ्ग आकाशमा उदाईरहेको जुन अनि चम्किरहेका तारा हेरेर दङ्ग पर्दै सोच्दाहुन के भएछ काठमाण्डौंवासीलाई किन कोइ निस्कदैनन?

Posted in कविता | Tagged | Leave a comment

कविता : शहीद

~टि माया राइ~ शहीदको रगतले सिंचीत भूमि गर्वले चुम्नु भन्छ बलिदानको पाठ इतिहास साक्षी हिम्मत भर्नु भन्छ उद्देश्य उच्च चन्द्र र सूर्य जनहितको मन्त्र फुक्छ, क्रान्तिकारी पाइला रोकिन्न अगाडी बढी नै रहन्छ । विकल्प खोज्ने मस्तिष्क पनि शहीदकै बोल बोल्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अँध्यारो जीवन

~दीपकराज जोशी~ कहिलेकाहीँ नेपथ्यबाट आवाज सुन्छु निर्दयतापूर्वक मेरा भावनालाई कुल्चिएको एउटा सुरुङ जहाँबाट म बाहिर निक्लन सक्दिनँ एउटा यस्तो खाली ठाउँ जसलाई म भर्न सक्दिनँ मेरो त्यो रात जसको बिहानी छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तिम लडाइँ

~पिपला ढुङ्गाना~ जवानी भरीको माया भरेर बाटेको बिश्वास को डोरीमा धमिरा लागेपछि सपनाहरू बिर्सिएर भोगेको अमिलो जिन्दगीमा मिठास पस्दैगर्दा किरा लाग्न थाल्छ भन्ने जाने देखि प्यारी आमा

Posted in कविता | Tagged | Leave a comment

कविता : औंसीको रात

~प्रवेश वस्ती~ औंसीको रातमा चन्द्रमा देखेँ कसरी भनुँ तिमीलाई बिर्सीयर सारा पिडा भुलेँ कसरी घाटमा लगि तिम्रा सारा यादहरु जलाउँदै गर्दा जल्दै गरेको चिताबाट लाश उठ्यो कसरी भनुँ

Posted in कविता | Tagged | Leave a comment

कथा : फसादमा फुलेको फूल

~डा.मधु माधुर्य~ यात्रा कसलाई मन पर्दैन होला र ? चाहे त्यो स्वदेशभित्र होस् चाहे त्यो विदेशमा होस् । यो चोटिको घरदेश–यात्रा यस्तै भयो, चितवनको सौराहास्थित राष्ट्रिय निंकुजभित्रको जंगल–सफारी र मनकामना यात्रा भ्याएर पूर्वनिर्धारित योजनाअनुसार नेपालबाट हतार—हतार दुबई उड्नु प¥यो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

जीत सापकोटाको छ हाइकु

~जीत सापकोटा~ झमझम झरी बग्यो नी कठैबरी सपनाहरु । सगरमाथा छुन सक्दिन समुन्द्र बैभव टाढा छ ।

Posted in हाइकु | Tagged | Leave a comment

कविता : नपठाउ सखी शुभकामना सन्देशहरु स्वदेसबाट मेरी हितैषी यसरी

~कला कोयु मित्रले पत्र लेखिन भो नपठाउ सखी शुभकामना सन्देशहरु अर्थहिन बन्न सक्छन नेपाल आमाको अस्तित्व धरासयमा परेको यो दर्दनाक क्षणमा यो सोकाकुल घडीमा आफ्नै जन्मभुमिको कोखमा रहेको हामी नेपाली अहिले निस्सासी रहेका छौ

Posted in कविता | Tagged | Leave a comment

कविता : कथित गणतन्त्र

~झनक श्रेष्ठ ‘प्रज्वल’~ आयो भन्छन् गणतन्त्र खोइ कहाँ आयो गणतन्त्र ? आयो भन्छन् लोकतन्त्र खोइ कहाँ आयो लोकतन्त्र ? ए कठपुतलि हो कता लादैछौं देशला

Posted in कविता | Tagged | Leave a comment

गीत : हजार सपनाहरूको माया

~इश्वरवल्लभ~ हजार सपनाहरूको माया लागेर आउँछ बाँच्ने रहर जस्तो फेरि भएर आउँछ मैले बाँचेको परिवेश सानो त्यति थिएन परदेशी जस्तो कोही एक्लो पनि थिएन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बर्बरिकको बयान

~प्रदीप ज्ञवाली~ म शिरोच्छेदित बर्बरिक इतिहासको कठघराबाट सुनाउँदैछु आज आधुनिक महाभारतको एउटा ज्यूँदो कथा पन्छाएर आफ्नो सोझो भाइलाई गद्दीनसीन थियो सत्तामोह र चक्रवर्ती उन्मादमा अन्धो एउटा राजा धृतराष्ट्र साथमा थियो उपद्र्याहा राजकुमार दुर्योधन दिउँसै जो खेल्थ्यो मान्छेको शिकार

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : असम पूर्वाञ्चल भारतको नेपाली कविताको विकासक्रम

~देवब्रत घिमिरे~ भारतवर्षको प्राचीन कालको इतिहासमा आजको असम, कामरूप नामले प्रसिद्ध रहेको पाइन्छ । यसलाई कतै कतै आसाम पनि भनिएको पाइन्छ । अङ्ग्रेजहरूले भारतमा आफ्ना उपनिवेश सुरु गरेपछि असम ब्रिटिस शासनअन्तर्गत चल्न थालेको तथ्यहरू पनि पाइन्छ । सम्पूर्ण भारतको ७.७ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : अनन्तता:एक क्याच्ची जुलुस

~जय क्याक्टस~ हिडिरहेको जुलुस क्राइस्टका कॉंटीहरू हुन्। पराश्रव्य- अश्रव्य तरङ्गहरू हुन् जुलुस आ-आफ्नै फ्रिक्वेन्सीवाहक। मार्क्स-एङ्गेल्स हुन् जुलुस

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो लिम्बिवान फिर्ता देऊ

~रोशन यक्सो “मूलसुब्बा”~ तिमीलाई तिम्रो घरखेत माग्दिन तिम्रो धनसम्पती पनि मसग्दिन काठमाण्डौ, सिंहदरवार र नारायनहिटी पनि माग्दिन सिंहदरवारभित्रको कुर्सी जसको निम्ती तिमी र तिमीहरूजस्तैहरू लड्ने गर्छौ, बाझ्ने गर्छौ त्यो कुर्सी तिमिलाई माग्दिन

Posted in कविता | Tagged | Leave a comment

कविता : जित्छौं

~प्रकाश सापकोटा~ जितेर जित नकार्छ को ? हारेर हार स्वीकार्छ को ? सम्झौतामा मन मार्छ को ? चाहेर अन्तरआत्माले हार्छ को ? सीमा काटेर जित्छन् कोही पल-पल ढाँटेर जित्छन् कोही

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : भोजपुरी र नेपाली भाषाका सर्जक गोपाल अश्क

~मोहन दुवाल~ भोजपुरी भाषामा साहित्यका बिम्बहरू कोर्दै आएका सिद्धहस्त लेखक गोपाल अश्कले हिन्दी र नेपालीमा पनि तीखो कलममार्फत् आफ्नो साहित्यिक व्यक्तित्व देखाउन सफल छन् । गोपालप्रसाद सर्राफबाट गोपाल अश्कको नाम बोकेर साहित्यिक क्षेत्रमा देखापर्दै आएका यिनले भोजपुरी भाषामा धंधोर (५५) … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

कविता : प्यारा दुःखहरू

~राजेन्द्र तारकिणी~ अस्तु खरानीमा मिल्नुअघिको तर डिम्बाशयको म्याराथन जितेदेखिको बाँचिरहेको यो अन्तरिम कालखण्डमा मलाई त दुःखहरू सबैभन्दा प्यारा लाग्छन्। दुःखबिना संसारमा केही/कोही जन्मेको थिएन/छैन

Posted in कविता | Tagged | Leave a comment