Tag Archives: nepali literature

छन्द कविता : नदुखेको कपाल यो

~रिजाल किरण~ छन्द : अनुष्टुप नदुखेको कपाल यो किन आज दुखी गयो जिउँ ज्यान हजारौं को किन आज चुडी लग्यो उम्लेको यो प्रकोपैले जन जीवन अस्त छ मान्छे का बीच मान्छे मै कस्तो विधि त्रस्त छ ।। महगो महगो मुल्य … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

मनु लोहोरुङ राईका चार मुक्तकहरु

~मनु लोहोरूङ राई~ नयाँ साल आउँछ, नयाँ लहर पनि आउँछ हर कोही जिन्दगीमा फरक बहर पनि आउँछ समयको लिकमा अघि बढ्दै जाँदा खेरी चुनौती आउँछ यहाँ अवसर पनि आउँछ . खै कहाँ गयो ऊ, नजरसंग नजर मिलाएर गयो

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : मेरो जन्म ! बुद्ध जन्मिएको देशमा भएर मात्र । नत्र ….

~हेम जङ्ग कार्की~ त्यो गरिवको नाममा रकम असुल गरी खानेहरुलाई, ति कलिला बालिका कारुणीक तवरले वलत्कार गर्नेहरुलाई, चेलिवेटीहरु कोठिमा वेच्न लाने ति असली राक्षसहरुलाई, राज्यलाई निकास दिन्छु भन्दै, हिड्ने असली तस्करहरुलाई, मेरो जन्म ! बुद्ध जन्मिएको देशमा भएर मात्र । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : लघुकथा र नेपाली लघुकथा

~गोविन्द गिरी प्रेरणा~ लघुकथा आख्यानको लघुतम स्वरूप हो। तर लघुकथाको परिमाषा वा परिचय कृतिपय अवस्थामा कतिपय जिम्मेवार विद्वान्हरूले अङ्ग्रेजीको सर्ट स्टोरी (Short Story) माई नै भन्ने गरेर अद्यापि गर्ती गरिरहेको पाइन्छ । तर वास्तवमा सोझो अनुवादको हिसाबले हेर्दा ‘सर्ट स्टोरी’ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

आविष्कार कलाका एघार मुक्तकहरु

~आविष्कार कला~ सन्दर्भ : #कोरोना हिमालको फेददेखि सागरको पारि विश्वयुद्ध चलेको छ विना बमबारी कति महिने यात्रालाई हिडेकी तिमी अब हामी सहदैनौ तिम्रो महामारी ।। बढ्दो जनसंख्या धर्तीलाई भार बढिरहेको छ कोरोनाको मार घन्किरहेछ पृथ्वीले एक सुत्रिय नारा बन्द गर्नुपर्छ … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : बाटाहरू मिसिएपछि

~त्रिभुवनचन्द्र वाग्ले~ बाटाहरू मिसिएपछि बन्छ दोबाटो तर अल्ली भिन्न छ सत्य जहाँबाट हामी छुट्टिन्छौँ त्यही हो दोबाटो मिसिन कि छुट्टिन बनेको हो दोबाटो ? बाटाहरू,

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई तिम्रो हुने मन छ

~हिमाल सरोवर~ तिम्रो नजिकैको छिमेकी हुन सकिन ठिकै छ, तिमिसँग दोस्तियारी गर्न मन छ, तिम्रो गट्टा खेल्दाको साथी हुन सकिन त के भो, तिमिसँग लुकामारी खेल्ने मन छ, तिमी पल्लो गाउकी हौ,म वल्लो गाउँको हुँ ठिकै छ,

Posted in कविता | Tagged | Leave a comment

बिक्रम ज्ञवालीका चार हाइकु

~बिक्रम ज्ञवाली खुला आकाश उदाउदै छ सुर्य लिएर आशा ।। (१) रुदै छ बच्चा भोको पेट लिएर खोज्दो हो आमा ।। (२)

Posted in हाइकु | Tagged | Leave a comment

रुजन न्यौपानेका आठ हाइकु

~रुजन न्यौपाने~ कुलेसो बग्यो खालि पारेर पानी अजुँली रित्तै । चोखो भो जल चेपुवा बाट भेल पिएर लाग्ने । रातको माया नजर छेउ लाए रोपिन्न बिउ ।

Posted in हाइकु | Leave a comment

मनोन्यास : झ्याल खोल्दा

~अनिल किराती~ केहि लेख्नु छ ।र तिमीले भन्यौ केहि लेख । नमान्नु पनि कसरी तिम्रो कुरा । लेख्न बसेको एक घन्टा सात मिनेट भयो । झ्याल खोले । चिसो पस्यो । पानी परी रहेको छ निरन्तर बिहान देखी नै । … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

गजल : अधुरा भएछु

~ईशहाक हुसेन~ म त तस्वीर अधुरा भएछु काम नलाग्ने कुरा भएछु आमाकै काखमा लास जस्तो म अभागी टुहुरा भएछु

Posted in गजल | Tagged | Leave a comment

गजल : जब पात हल्लियो

~मनोज न्यौपाने~ हावा नै नचली जब पात हल्लियो लाग्यो नदेखिने कुनै हात हल्लियो खस्न थाले जब ताराहरु नभका अँध्यारोको मुटुसँगै रात हल्लियो

Posted in गजल | Tagged | Leave a comment

गजल : न्यानो सलाम आएकोछ

~धर्मोगत शर्मा तूफान~ जिन्दगीको आज न्यानो सलाम आएकोछ मेरो नाममा एउटा रातो खाम आएकोछ । अँध्यारोमा छामछुम गर्दै खोलेँ जब दैलो दैलोमा धेरैपछि मेरो घाम आएको छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : काटमार हेरेर रुन्छ पहाड

~दिव्य गिरी~ भाइ भाइको काटमार हेरेर रुन्छ पहाड बगेको त्यहि आँशुले आफनो घाउ धुन्छ पहाड । दिनभर गुराँस वनमा गोठालो जान्छ उ रातभर बम र बारुद पड्केको सुन्छ पहाड ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मात लाग्न सक्छ

~गोविन्दराज विनोदी~ समालेर राख यौवन मात लाग्न सक्छ भुलभए दु:खै द:ख खात लाग्न सक्छ । आजभोलि भुइँटेक्न छाडेकाछन् खुट्टा भयो भने अति यहाँ बात लाग्न सक्छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : पीडाको घार भएकोछु

~टिकाष्मा उदासी~ अचेल पीडाको घार भएकोछु फेरि मान्छेको शिकार भएकोछु बजाए धेरैले हुँदा सारङ्गी अहिले चुँडिएको तार भएकोछु

Posted in गजल | Tagged | Leave a comment

गजल : आज मेची र महाकाली

~बूंद राना~ सोधिरहेछन, आज मेची र महाकाली जागा बसेका छौ कि सुतेका छौ नेपाली । ओइलाई फूल सारा फूलबारी शोकमा छ, दुस्मन कुनै पस्यो कि गद्दार भयो माली ।

Posted in गजल | Tagged | Leave a comment

कविता : चक्रबहादुर

~दिल साहनी~ हाम्रा मित्र राष्ट्रहरुका मित्रहरु चक्रबहादुरले तपाइंको मुलुकमा आक्रमण गर्दा हामीले आक्रमण गरेको नठान्नु होला कृपया चक्रबहादुरले तपाइंको मुलुकमा मान्छे मार्दा हामीले मारेको नठान्नु होला कृपया हामी त बुद्धका चेला हौं हामी त शान्तिका पुजारी हौं हामी कहिले हतियार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : कतै आवास छैन

~सनतकुमार वस्ती~ बसुँ भन्दा कतै आवास छैन ऊडूँ भन्छु खुला आकाश छैन अँध्यारोमै कटाएँ रात सारा उषाको खै ! अझै आभास छैन वसन्ती फूलमै अल्झिन्छ ज्यादा जवानीको कुनै विश्वास छैन

Posted in गजल | Tagged | Leave a comment

गजल : विरुवा फल्छ जरुर

~डा‍. घनश्याम न्यौपाने परिश्रमी~ फल्दैनौ भन्दैछौ जुन विरुवा फल्छ जरुर तिम्रो विचारको पर्खाल एकदिन ढल्छ जरुर प्रतिक्षा त गर्नै पर्छ प्राप्तीका लागि ओथ्रा बसेको पोथीले चल्ला कोरल्छ जरुर

Posted in गजल | Tagged | Leave a comment

गजल : एकरात माँगेको हुँ

~कृसु क्षेत्री~ हुन त तिमीसँग एकरात माँगेको हुँ एकै रातमा जिन्दगीभरको साथ माँगेको हुँ एक्लै बिते धेरै दिनहरु स्वप्न सँगालेर कहिल्यै निको नहुने एक आधात मागेको हुँ

Posted in गजल | Tagged | Leave a comment

कविता : भोक कविता

~देव भण्डारी~ भोकाएपछी किलामा बाँधेको गाई पनि दाम्लो चुडाएर भाग्दो रहेछ भोकाएपछी जुवामा नारेको गोरू पनि जोतारो चुँड़ाएर भाग्दोरहेछ भोकाएपछी कसैले नीति-नियम केही नमान्दोरहेछ भोकाएपछी मान्छेले खोसेर पनि खाँदोरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : अम्बरधोज सुब्बा

~भुपेन्द्रा सुब्बा~ म तोते बोल्दै टुकूल-टुकूल हिँड्ने हुँदा जन्मेको हुनुपर्छ मेरो बाजे स्व. अम्बरधोज सुब्बा। त्यसपछि ऊ कथा जस्तै हुर्कँदै गयो। हेर्दा हेर्दै ऊ

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : शुभेच्छा

~दिपेन्द्र सिंखडा~ छन्द : शार्दुलविक्रीडित ती बितेका जुग सब देखेकै हुँ, थिए सबै मङ्गलै हुँन्छ यो साल पनि पक्का मङ्गलै, नहोस दु:ख कतै म जन्मदा पनि राम्रै थियो जगत्, थेनन् बेखुस कोही म हुर्कदा पनि सुखी थ्यो जगतै, हुन्थेन कहीँ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : बुख्याँचाको देशमा

~भानुराज अर्याल~ अलि अक्करे भिरमा कुनै आली मरेको लाशहरुले कुनै अधकल्चो लाशहरुले गह्राहरु छुट्टयाईएका एउटा सानो खेत, जहाँ, जताततै सिनो गन्हाइराऽछ, आलीहरुमा खुँखार देखिने

Posted in कविता | Tagged | Leave a comment

कविता : साला पहाडिया के भन्छ?

~कृष्ण प्रसाई~ किन ढिला गर्र्छौ राजेन्दर भैया ? ढिला गर्दै नगर ! मौकामा चौका चलाउनै पर्छ । कालापानीको जमिन सारे झै, सुस्तालाई कब्जामा पारे झै, वर्षोनी उत्तरतिर लम्किरहेको जंगे पिलर बढाएर रसुवा सम्मै पुर्याउनु पर्छ । त्यसो भयो भने काठमाण्डौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वृद्दावस्थाको गीत

~ध्रुबराज पौडेल~ म डाँडामाथिको त्यो घाम हूँ , म मानवताको त्यो धाम हूँ। यो जीवनचक्र पार गरी , अन्तिम क्षणको चार घडी । पाल मलाई र पूण्य कमाउ ,

Posted in कविता | Tagged | Leave a comment

गजल : काँडा भए पनि राम्रोे

~प्रकाश सायमी~ फूल भए पनि राम्रो काँडा भए पनि राम्रोे विना शर्त माया गरेँ टाढा भए पनि राम्रो तिम्रो नाउँ कहिले रगतले लेखेँ कहिले आँसुले नमेटिए त के भो मसी गाढा भए पनि राम्रो

Posted in गजल | Tagged | Leave a comment

कविता : पहाडका कुरा

~मुकुल दाहाल~ पहाडका यी कुराहरू मेरा मन नजिक छन् त्यसैले म पहाडका कुरा गरिरहेछु म यहाँका पुड्के थुम्काहरूलार्इ त्यहाँका गौरवशाली चुचुराहरूसँग जोडिरहेछु । यी थुम्काहरू जसलार्इ उनीहरू पहाड भन्छन् शायद ‘थुम्को’ भन्ने उनीहरूसँग शब्दको अभाव छ

Posted in कविता | Tagged | Leave a comment

कविता : सैतानी ब्वाँसाहरु

~हरि अज्ञात~ सानो अनि भुन्तुने बाखाको पाठो खान तम्तयार छन् यी ब्वाँसा हरु मिठो स्वाद हुन्छ भन्दै | झगडा गरेको झैँ गर्दै | ल्वांग चपाया झैँ गरि चपौछु भनेर तर तेती सजिलो होला जस्तो लाग्दैन मलाई |

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो साथी !

~यश घिमिरे~ तिमी बैचारिक आगो ओकल म गर्छु उर्जा ब्यबस्थापन किनकी यहाँ सल्काइन्छ निस्फिक्री ‘आगो’ हरु आफ्नै घर डढाएर बासुरी बजाईन्छ || देख्यौ तिमीले पनि देखें मैले पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : मौलिकता

~नदीश~ हामी चेतनशीलहरु चेतनाहरु छरपस्ट फुटपाथमा बिक्री गछौं अनि थोरै आधुनिक सपनाहरु खरिद गछौं सजाउँछौं सपनाहरु आखिर सपनै न हो जब बासी हुन्छन् सपनाहरु

Posted in कविता | Tagged | Leave a comment