Tag Archives: nepali literature

ऐतिहासिक तामाङ लोककथा : श्री ३ जङ्गे र जार प्रथा

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~ वि. सं. १९३३ मङ्सिरको कुरा हो । त्यतिबेला राणा प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणा ६० वर्ष पुगेका थिए । उनी पत्थरघट्टामा सिकार खेल्न गएका थिए । उनले त्यहाँ मनग्य सिकार खेले । कैयन् … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

भोजपुरी पौराणिक कथा : बसन्त पञ्चमी

~वीरेन्द्र कानु~ माघ शुक्ल पञ्चमीके दिनके बसन्त पञ्चमी कहलजाला । इ दिनके वाणीपूजा, वागीश्वरी पूजा तथा सरस्वती पूजनोत्सवके रूपमे मनावलजाला । इहे दिन रतिकाम महोत्सव, आम्रमञ्जरी भक्षण महोत्सव तथा लेखनी पूजन महोत्सव भि विभिन्न जगहमे मनावल गइल मिलेला । हमनीके … Continue reading

Posted in भोजपुरी कथा | Tagged , , | Leave a comment

कविता : बिझाउने आशा

~ममता मृगतृष्णा~ हाँस्दा हाँस्दै मुख छोपेर रुन मन लाग्छ | लाग्छ रोएर सारा चोट बगाई दिउँ| तर जति रुन्छु चोट माथी लागेका खिया मेटिदै जान्छन्, अनि

Posted in कविता | Tagged | Leave a comment

शोधपत्र : मारिनोसेलोको जून कथा सङ्ग्रहको कृतिपरक अध्ययन

~नीलकण्ठ पोखरेल~ मारिनोसेलोको जून कथा सङ्ग्रहको कृतिपरक अध्ययन त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय रत्नराज्यलक्ष्मी क्याम्पस नेपाली शिक्षण समितिको स्नातकोत्तर तह द्वितीय वर्षको दसौँ पत्रको प्रयोजनका लागि प्रस्तुत शोधपत्र शोधार्थी नीलकण्ठ पोखरेल रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग, काठमाडौँ २०६७ मन्तब्य त्रिभुवन विश्वविद्यालय … Continue reading

Posted in शोधपत्र | Tagged , | Leave a comment

कविता : मेरो अनुहार

~प्रकाश सायमी~ मेरो अनुहार मेरो भएर पनि मेरो होइन यो रगतको प्रतिविम्ब मात्र हो । मेरो गीत मेरो भएर पनि मेरो हुन सकेन ।

Posted in कविता | Tagged | Leave a comment

गीत : माया गयो झन पर पर

~रवीन्द्र शाह~ माया गयो झन पर पर नौ डाँडा काटेर कुन घर नौ डाँडा काटेर कुन घर माया गयो झन पर पर ृजाने गयो परदेश तिर माया साथै लिएर गएने…२ बाँचु भने खातिर कसको अब उनको भरोसै रहेन

Posted in नेपाली गीत | Tagged | Leave a comment

भेरी अञ्चलको लोककथा : भालु आइमाई

~संकलन: करुणाकर वैद्य~ एकादेशमा एउटा गाउँमा केही किसानहरू बस्थे । उनीहरूले खेतीपाती गरेर आफ्नो जीविका चलाउनुपर्थ्यो । त्यो गाउँ चारैतिरबाट भयंकर जङ्गलले घेरिएको थियो जसमा गाउँलेहरू बथान मिलेर सिकार खेल्न जान्थे र आफूले पारेको सिकार खाने गर्थे । त्यसै गाउँमा … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | 1 Comment

गीत : मागेर पाइन्न माया खोसेर पाइँदैन

~भीम विराग~ मागेर पाइन्न माया खोसेर पाइँदैन व्यापार हैन माया किनेर पाइँदैन छ मिल्ने प्रयत्न जारी उज्यालो अँध्यारोको अनायास पाइन्छ माया प्रयासले पाइँदैन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हृदयभरिको मेरो शुभकामना तिमीलाई

~किरण खरेल~ हृदयभरिको मेरो हृदयभरिको मेरो शुभकामना तिमीलाई मेरो उमेर लिएर तिमी धेरै बर्ष बाँच म तिम्रो आँशु लिन्छु तिमी सुखसँग हाँस हृदयभरिको मेरो हिजोको दिन बितिसक्यो हिजो त एक कहाँनी हो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : रूख माथि माथि जाँदा जाँदा

~वासु शशी~ रूख माथि माथि जाँदा जाँदा निहुरन्छ ! माथि गएर सब थोक हेर्ने उसको इच्छाका पातहरू फतफति मर्छन् ! जाँदा जाँदा ऊ जान्दछ कि जान सकिन्न !

Posted in कविता | Tagged | Leave a comment

कविता : रूख एकपल्ट निस्कन्छ धरतीबाट

~वासु शशी~ रूख एक पल्ट निस्कन्छ धरतीबाट र सदाका लागि बाहिर पर्छ ! पहिले पृथ्वीको भित्री तहलाई सकसक लाग्छ बाहिर के भइरहेछ हेर्न ! सँगसँगै आफूलाई पनि

Posted in कविता | Tagged | Leave a comment

कथा : भुलक्कड परिवेश

~कणाद महर्षि~ आज वर्षा ऋतुको कुनै एक महिनाको पहिलो शनिबार ।हरेक महिनाको पहिलो शनिबार प्रदर्शनीमार्गस्थित एक क्याम्पसमा साहित्य सन्ध्याले नियमित रूपमा कविता गोष्ठीको आयोजना गर्दै आइरहेको छ। सधैँ झैं आज पनि उसले कविता सुनायो । कार्यक्रम सकिएपछि बाहिर निस्कियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

तामाङ दन्त्यकथा : मोक्तान चङरी बोन र सगोत्री

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~ उहिलेको कुरा हो । परिश्रमी व्यक्तिहरूको देश थियो । जहाँ मोक्तान थरी चङरी बोन (झाँक्री) बस्दथे । जसका दुईवटी स्वास्नीहरूमध्ये एक थिङ थरी र अर्को ब्लोन थरी थिए । कान्छी गर्भवती हुँदाकै बखत … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , , | Leave a comment

कविता : क्रान्तिको मिमिरे उज्यालोमा

~विजय मल्ल~ यो कसको सपना फुरिरहेछ ? अन्यायले लुछ्तै हिँड्ने, बोक्सी दिउँसै डुल्ने, मानिस चुसिदै गल्ने, यस्तो भूमण्डलमा- आज निर्धक्क भई मुक्तकण्ठले यो कसको स्वर गुजिरहेछ ?

Posted in कविता | Tagged | Leave a comment

गजल : यो प्यार अनौठो

~ममता मृगतृष्णा~ दिएर गयौ तिमी ,यो प्यार अनौठो एक्लो छू यहाॅ लाग्छ संसार अनौठो।। छैन स्पर्श कतै तिम्रो बहने पवनमा तर पनि म जिउने छ आधार अनौठो।।

Posted in गजल | Tagged | Leave a comment

कविता : रूख आफ्नै छायामा

~वासु शशी~ रूख आफ्नै छायामा पनि गएर सुस्ताउन पाउँदैन ! उ त्यसलाई वर्षाको पनि छानेको पानीले धुन्छ ! घाममा सुकाएर

Posted in कविता | Tagged | Leave a comment

कविता : परिभाषा

~भुवन ढुङ्गाना~ चारपाटे सानो सुकुलमा देशको नक्सा खोजिरहेछु कतै परिभाषा खोजिरहेछु जिउनु पनि त एउटा कला हो म पनि यसमा पारङ्गत छु र, जिउँदै छु जिउने परिभाषा खोजिरहेछु

Posted in कविता | Tagged | Leave a comment

गजल : रुँदा थाहा पायौ कि नाई

~ममता मृगतृष्णा~ सिरानीले मुख छोपी रुँदा थाहा पायौ कि नाई ।। तिम्रो चिनो आँशुले धुँदा थाहा पायौ कि नाई ।। जहाँकही तिम्रो अस्थित्व मात्र भाग्य अपवाद भो यही पिरमा मा पागल हुँदा थाहा पायौ कि नाई ।।

Posted in गजल | Tagged | Leave a comment

अनुदित खण्डकाव्य : मेघदूत 

~कालिदास~ अनुवाद : विश्वराज अधिकारी पूर्व मेघ कश्र्चित् कान्ताविरह्गुरूणा स्वाधिकारत्प्रमत्त: शापेनास्तङ्गमितमहिमा वर्षभोग्येण भर्तु:। यक्षश्र्चक्रे जनकतनयास्नानपुण्योदकेषु स्निग्धच्छायातरुषु वसतिं रामगिर्याश्रमेषु।। १।। आफूले गर्नु पर्ने कार्य उचित किसिमले नगरेको दण्डस्वरुप कुनै सेवक यक्षले मालिक कुवेरले दिएको दण्ड  भोग्नु पर्ने हुन्छ। दण्ड बापत उसले … Continue reading

Posted in अनुदित खण्ड-काव्य, खण्ड-काव्य | Tagged , , | Leave a comment

कविता : परदेशमा

~प्रकाश सायमी~ धेरैबेरदेखि सङ्घारमा कसैको आहटले कसैको पदचापले ढोका ढक्ढकाइरहेजस्तो धेरै दिनदेखि आकाशमा कागले बादललाई जिस्काइरेहजस्तो कोही आउने सन्देश लिएर बिहानीमा सूर्यले पुलिन्दा ल्याएजस्तो हुलाकीले चिठी लुकाएर डाँडामाथिबाट चिहाएजस्तो वर्षौंवर्षदेखि दाहिने आँखा फर्फराइरहेको छ यो परदेशमा । दैलो खोली हेर्दा

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : लोककविज्यू, आकाशमा बादलु डम्मै छ !

~सरुभक्त~ लोककवि अली मियाँ (विसं १९७५ फागुन १५–२०६३ साउन १८) ले जीवनका दुःखहरुको गीत रचे, प्रकृतिको गीत रचे, संस्कृतिको गीत रचे, क्रान्तिको गीत रचे । अली मियाँसँग असल संगतमा रहेका कवि सरूभक्त भन्छन्, ‘उनका गीतहरु कविता थिए, कविताहरु गीत थिए … Continue reading

Posted in संस्मरण | Tagged , | Leave a comment

खोजपत्र : नेपाली नाटकमा संस्कृति र मिथकको प्रभाव

~पुरु लम्साल~ १. थालनी  साहित्यका विविध विधामा संस्कृतिको प्रभाव रहेजस्तै रङ्गमञ्चमा यसको अधिकता रहन्छ । नेपाली नाटकमा पनि मिथक र संस्कृतिको प्रयोग ज्यादा रहेको छ । नेपाली नृत्य, नाटक, कथा, सङ्गीत आदिमा संस्कृतिको प्रयोग भएको छ । वास्तवमा नाटक र … Continue reading

Posted in खोजपत्र | Tagged | Leave a comment

गीत : म फूलसँग भूलूँ कि

~रवीन्द्र शाह~ म फूलसँग भुलूँ कि म दिलसँग झुलूँ कि आफ्नोआफ्नो रङ्गमा आफ्नोआफ्नो ढङ्गमा म धर्तीमा एक्लै चलूँ कि मलाई उनको चाह छ, मुटुभित्र आह छ म एक्लै बाँच्न सक्दिनँ, म एक्लै हाँस्न सक्दिनँ म प्रीतको बोली बोलूँ कि, म … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : अर्द्धसत्य

~प्रकाश सायमी~ म कविता भएर तिम्रो ओठमा आउन चाहन्थेँ तिमीले मलाई शब्द शब्दमा उनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : कुराको खेती

~हेमन्त श्रेष्ठ~ कुरा कुरा कुरा कुरा कुरा कुरा कुरा कुरा कुरा कुरा कुरा कुरा कुरा कुरा कुरा ! राता, पहेला, हरिया, नीला लहलह अहा ! कति मजाले झुलेका छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँ र सहर

~राबत~ गाउँमा घाम करेसाबारीको शिरबाट उदाउँछ सहरमा घाम पक्की भवनको शिरमा टाँगिएको पेटिकोट वा कछाड मुनिबाट उदाउँछ यत्ति फरक छ! गाउँ र सहरको बिहानीमा । गाउँ दिनभरि- मुटुजस्ता पातहरूको हरियो झण्डा फर्फराउँदै दायाँबायाँ निर्बाध हिँड्छ/दौडन्छ पाखा-पर्वतको कानकानमा सुसुल्दै प्रीतको गीत, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : जब मोडिन्छ जिन्दगी

~भीम विराग~ गलत मोडमा जब मोडिन्छ जिन्दगी आफूदेखि आफ्नै तोडिन्छ जिन्दगी बाटो हो कि कुबाटो अन्धोलाई के मतलब आँखै हुनेको पनि ठोकिन्छ जिन्दगी

Posted in गजल | Tagged | Leave a comment

कविता : अनुनयावलि

~रुद्रराज पाँडे~ गगन्मा छ क्यै हेर नक्षत्र शेष लिई रात्रिले श्वेत वैधव्य भेष । भनूँ क्यै भने छैन फुर्सत् मलाई सलाम् गर्दछु तैपनी जानलाई ।।१।। मा जान्छू बसे साँझमा अउनेछू पछी फेरि यै काखमा राखनेछू । नमाने रती शोक दिनभर् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गद्य गीत : आकाश रोयो होला

~विजय मल्ल~ त्यो पर माथि आकाशमा, दिउसै दिन रोएको, छटपटाएको, आँसु-झारेको तिमीले देख्यौ ? यसरी विस्मयले सोधेको मलाई अहिले संझना छ । प्रिय ! उहिले वायुमा ओसारिएका सुस्केराहरुलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता: परिचय

~हेमन्त श्रेष्ठ~ आवेदनपत्र भर्दाभर्दै एक दिन मैले बाबुको नाम आकाश लेखेँ आमाको नाम धरती आफ्नो मान्छे मान्छे र ठेगाना लेखेँ सडक । कसको छोरो हुँ था’ छैन कसको नाति हुँ था’ छैन

Posted in कविता | Tagged | Leave a comment

किराँती दन्त्यकथा : न्याहुली चरी

~सङ्कलक: शिवकुमार श्रेष्ठ~ लाङ्सोदिङ भन्ने कुनै किरात देशमी एक दम्पति थिए । लोग्नेको नाम खेसेवा थियो भने स्वास्नूको नामचाहिँ मेन्दाङ्ना थियो । उनीहरू ओढारमी बस्दथे । उनीहरू जङ्गलबाट तरूल, भ्याकुर, गिठा ल्याई आफ्नो जीविका चलीउँथे । उनीहरू सिस्नको मुन्टी पनि … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कविता : एक दिन

~हेमन्त श्रेष्ठ~ त्यो एकदिन सम्पूर्ण कुराहरू हुनेछन् जो कहिल्यै हुँदैन आँखाले वरण गर्नेछन् यावत यथार्थहरू सदृश्य सूर्य हिमदह बन्नेछ र तप्कनेछन् हिमकिरणहरू फूलले

Posted in कविता | Tagged | Leave a comment