Tag Archives: nepali literature

समीक्षा : लिम्बू लोकपद्यमा केसामको अध्ययन

~मधुराज केरुङ~ १. विषयप्रवेश लिम्बू लोकपद्यमा विभिन्न प्रकारका छन्दहरू छन् । अहिलेसम्मको खोज अन्वेषणमा चौध पन्ध्र वटाभन्दा बढी लिम्बू लोकछन्दहरू पाइएका छन् । हाक्पारे, पालाम्, ख्याली, नुवाप्मा र ताम्के, तुवाहरूजस्तै केसाम पनि एक किसिमको लिम्बू लोक छन्द हो । लिम्बू … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गीत : टाढा टाढा जानु छ साथी

~बच्चुकैलाश~ टाढा टाढा जानु छ साथी एकफेर हाँसीदेऊ छुटिसकेको मायालाई फेरी एकफेर गाँसीदेऊ –२ यो फूलबारी उजाडिएला केहिछिन बसेथ्यौँ – २ बहानै सही आँखामा आँशु लिएर रोएथ्यौँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : ऐना नभए आफ्नो अनुहार

~किरण खरेल~ ऐना नभए आफ्नो अनुहार कहाँ हेर्थ्यौ तिमी ? तिम्रो नयनमा -२ मुटु नभए आफ्नो माया कहाँ राख्थ्यौ तिमी ? तिम्रो बदनमा -२ रातको आयु लम्बिएर बाह्र बर्षै भए हुन्थ्यो -२ तिमी सामु हौ घाम नलागे मलाई हर्षै कती … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यो दिन उज्यालो भएन

~राममान तृषित~ यो दिन उज्यालो भएन मेरो साथ हजुर नहुँदा आँखामा निद भएन दुइ रात हजुर नहुँदा –२ हजुरैको याद दिएर यहाँ फूल फूलेको हुन्छ -२ सन्ध्या खुलेको हुन्छ बत्ती बलेको हुन्छ आगोसरी भो बल्ने बर्षात हजुर नहुँदा आँखामा निद … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : म त्यही दिन पर्खीरहुँला

~कल्याण रिमाल~ हा हा हा हो ओ म त्यही दिन पर्खीरहुँला अनी यही गीत गाईरहुँला अनी यही गीत गाईरहुँला म त्यही दिन पर्खीरहुँला मेरो हृदयभित्र तिम्रै कथा छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : चाँडै आउ है

~किरण खरेल~ उल्ले अंगालो हालेर भनि चाँडै आउ है x2 आँखाको बत्ती बालेर भनि चाँडै आउ है x2 चाँडै आउ है [केहि छिन्न बाँकि नै छ केहि भन्न बाँकि नै छ को हुँ के हुँ कस्को हुँ म सायद चिन्न … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

जातक कथा : बुद्ध र नालागिरी हात्ती

बुद्धको मामाको छोरा भाई देवदत्त सँधै स्यानै देखि बुद्धलाई बेईज्जत गर्न मै लागिरहन्थ्यो, तर उ जहिले पनि तर्कले हार्थ्यो। एकपटक बुद्ध जब कपिलवस्तु पुग्नुभयो त अनेक कुलीन शाक्यवंशी राजकुमार उहाँको अनुयायी बने। देवदत्त पनि उनि मध्य एक थिए । केहि … Continue reading

Posted in जातक कथा | Tagged | Leave a comment

धर्मिक कथा : तिम्रो विचार नै तिम्रो कर्म हो

~ओशो~ शाक्यमुनी बुद्ध आफ्नो शिष्यहरुको साथमा बस्नुभएकोथियो । एक शिष्यले सोध्यो- भगवान “कर्म के हो ?” बुद्धले भन्नुभयो- “मैले तिमीलाई एक कथा सुनाउँछु ।” एक राजा हात्तीमा बसेर आफ्नो राज्यको भ्रमण गरिरहेकाथिए ।अचानक उ एक पसलकव अगाडी रोकीयो र आफ्नो … Continue reading

Posted in धर्मिक कथा | Tagged , | Leave a comment

समीक्षा : बौद्ध जातक कथा बारेमा

~जीवनकुमार शाक्य~ जातक या जातक पालि या जातक कथाहरु बौद्ध ग्रंथ त्रिपिटकको सुत्तपिटक अन्तर्गत खुद्दकनिकाय को १०औँ भाग हो । यि कथाहरुमा भगवान बुद्धको पूर्व जन्मको कथाहरु छन्। विश्वको प्राचीनतम लिखित कथाहरु जातक कथाहरु हो जस्मा लगभग ६०० कथाहरु संग्रह गरिएकोछ । यो ईस्वी संम्वत देखि से ३०० वर्ष पूर्वको घटना हुन । … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : पालि भाषाको साहित्य

~जीवनकुमार शाक्य~ पालि साहित्यको विकास यात्रा त्रिपिटकमा केहि यस्ता उल्लेख पाईन्छ जस्ले बुद्धको जीवनकालमा नै धर्म को केहि प्रकरणहरुको व्यवस्थित पाठ गरिने थाहा भएकोछ। उदाहरणार्थ, उदानमा वर्णन छ कि एक पटक सीण नामक भिक्षुबाट स्वयम् भगवानले सोध्नुभयो कि तिमीले धर्मलाई कसरी बुझ्यौ ? यस्को उत्तरमा त्यस भिक्षुले १६ अष्टक वर्गहरुलाई पूरै स्वरको साथ गाएर सुनायो । यस्को भगवानले प्रशम्सा पनि गर्नुभयो । विनयपिटक आदि ग्रन्थहरुमा बहुश्रुत, धर्मधर, विनयधर, मातृकाधर तथा पंचनेकायिक, भाणक, सुत्तंतिक जस्ता विशेषणहरुको प्रयोग पाईन्छ, जस्ले स्पष्ट छ कि बुद्धको उपदेशहरुको धारण, पारणको परम्परा उहाँको जीवनकाल देखि नै चलेको थियो । यस परम्पराको आधारमा बुद्धको उपदेशहरुलाई सुव्यवस्थित साहित्यिक रूप दिनको लागि तीन पटक संगीतिहरु … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : चैतको बतास

~भुवन ढुङ्गाना~ अनुभूतिले समातेकी छु हातहरूले छुँदैनन् यी वर्षहरू हुन् पछाडि छुटेका । वर्षको अन्तिम महिना चैत छुट्दैछ भारी बिसाएर पुच्छरमा छ वैशाख झुन्डिएको चैतको बतासले हल्लाउँछ बतासले भुँवरी घुमेको छ फनक्क बितेको यो वर्ष। अनुभूतिले समातेकी छु

Posted in कविता | Tagged | Leave a comment

गीत : यस्तो बाजी हारेँ मैले

~रवीन्द्र शाह~ यस्तो बाजी हारेँ मैले जीत सारा तिम्रै भो’ यस्तोसित गाएँ मैले गीत सारा तिम्रै भो’ सगरभरि ताराहरू आपसमा हाँस्दो रैछन् मुटुभरि जलन दिई मान्छे यहाँ बाँच्दो रैछन् यस्तो माया लाएँ मैले हित सारा तिम्रै नै भो’

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : सास चल्छ तिम्रै नामको

~ममता मृगतृष्णा~ शरीर भित्र अझै पनि सास चल्छ तिम्रै नामको फर्किन्छौ कि कतै तिमी आश चल्छ तिम्रै नामको हलुङ्गो हावा पनि गर्हौ याद बोकी आउछ पलपल तडपाउन बताश चल्छ तिम्रो नामको

Posted in गजल | Tagged | Leave a comment

कविता : बाटो टुङ्गिन्छ पाइलेपिच्छे

~वासु शशी~ जब मलाई यो बताइयो कि हिँड्नाले मात्रै पुगिँदैन तब मैले पुग्नुलाई छाडिदिए र हिँड्नुलाई वरण गरे त्यस दिनदेखि मेरा यात्रा र जीवन एउटै बने मलाई थकाई लाग्न छाड्यो मैले हतारिन छाडे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ अर्थात् म

~लोकेन्द्र शाह~ सबैले विश्वासघात गरे सडकमा ऊ एक्लै करायो उसको बोलीमा कसैले ‘हो’ भनेन जसले पहिलो ‘हो’ भन्ने गर्दथे आफ्ना घरका झ्यालहरूबाट लुकेर उसलाई हेर्न थाले ऊ फेरि एक्लै सडकमा थियो। तपाईंले उसलाई चिन्नुभएन ? ऊ भनेको मै हुँ म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नाटक/नाटक

~लोकेन्द्र शाह~ मन्दिर— म बनेको छु ऊ बनेको छ सबै बनेका छौँ । देउता— कोही हुन तयार छैन कसैले भन्छ— म् देउता बन्छु तर मन्दिरभित्र बस्दिनँ मूर्तिजस्तै भएर टाँसिएँ भने नि ?

Posted in कविता | Tagged | Leave a comment

गीत : यो हो गीत तिमीलाई यो हो प्रीत

~शान्ति शाह~ यो हो गीत तिमीलाई यो हो प्रीत तिमीलाई सपनामा कथे थेँ बिपनामा गाएछु संझीलेऊ फरर हृदयको पाना गनेर यो हो गीत तिमीलाई यो हो प्रीत तिमीलाई सपनामा कथे थेँ बिपनामा गाएछु संझीलेऊ फरर हृदयको पाना गनेर

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आऊ न आऊ तिम्रो खुशी

~चाँदनी शाह~ आऊ न आऊ तिम्रो खुशी म त सधैं पर्खि रहुँला आए पनि म हेरी रहुँला गए पनि हेरी रहुँला कहिलेकाहिं दृष्टि पनि मुवाई भन्दा मिठो हुन्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पलक झारी जमिन कोरी घुम्टोमा लुकेर

~म. बि. बि. शाह~ केटा- पलक झारी जमिन कोरी घुम्टोमा लुकेर दुलहीसरी मुसुक्क हाँस्ने त्यो मान्छे कस्तो छ ? केटी- झुल्केको घाम परेको सुनी सुन्दर प्रभात दुई डाँडा टेक्ने इन्द्रेणीसरी त्यै मान्छे जस्तो छ । केटा- उषाको बेला शीतको थोपा … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : प्रश्न

~प्रेमराजेश्वरी थापा~ सङिनी, कसले अनजानैमा आकर्षणको खोल्यो द्वार ? कुन पीडाको बीणामा यो बजीरहेछन् करुण पुकार ? यी बीणामा यसरी सङिनी निक्ल्यो यस्तो झंकार ? भावुक हृदय द्रवित भइ बग्दछ बेसुधजस्तो भइ उवसार ।

Posted in कविता | Tagged | Leave a comment

गीत : गरौँला हामी सिर्जना अर्को

~म. बि. बि. शाह~ गरौँला हामी सिर्जना अर्को प्रीतिको जगतमा सुन्दर मीठो भावना नयाँ भरेर दिलैमा पुगौँला हामी सगरमाथा, ताराको छायामा सम्झनाको झझल्को लिई, जुनेली रातमा गरौँला हामी सिर्जना अर्को प्रीतिको जगतमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

महाकाव्य : भानुभक्त रामायण : उत्तर काण्ड

~भानुभक्त आचार्य~ (१) बाल काण्ड (२) अयोध्या काण्ड (३) अरण्य काण्ड (४) किष्किन्धा काण्ड (५) सुन्दर काण्ड (६) युद्ध काण्ड (७) उत्तर काण्ड उत्तर काण्ड शम्भूका मुख देखि राज्य अभिषेक् राम्को सुनीथिन् जसै। सोधिन् पार्वतिले सदाशिवजि थ्यैं लीला पछीका तसै॥ … Continue reading

Posted in महाकाव्य | Tagged , | Leave a comment

महाकाव्य : भानुभक्त रामायण : युद्ध काण्ड

~भानुभक्त आचार्य~ (१) बाल काण्ड (२) अयोध्या काण्ड (३) अरण्य काण्ड (४) किष्किन्धा काण्ड (५) सुन्दर काण्ड (६) युद्ध काण्ड (७) उत्तर काण्ड युद्ध काण्ड लङ्कापुरी सकल खाग् गरि सैन्य मारी। फेरी समुद्र सहजै तरि आइ वारी॥ सीताजिको जब सबै … Continue reading

Posted in महाकाव्य | Tagged , | Leave a comment

महाकाव्य : भानुभक्त रामायण : सुन्दर काण्ड

~भानुभक्त आचार्य~ (१) बाल काण्ड (२) अयोध्या काण्ड (३) अरण्य काण्ड (४) किष्किन्धा काण्ड (५) सुन्दर काण्ड (६) युद्ध काण्ड (७) उत्तर काण्ड सुन्दर काण्ड तर्छू क्षार समुद्र आज सहजै भन्न्या इरादा धरी। श्रीराम्का चरणारविन्द मनले अत्यन्त चिन्तन् गरी॥ भन्छन् … Continue reading

Posted in महाकाव्य | Tagged , | Leave a comment

महाकाव्य : भानुभक्त रामायण : किष्किन्धा काण्ड

~भानुभक्त आचार्य~ (१) बाल काण्ड (२) अयोध्या काण्ड (३) अरण्य काण्ड (४) किष्किन्धा काण्ड (५) सुन्दर काण्ड (६) युद्ध काण्ड (७) उत्तर काण्ड किष्किन्धा काण्ड जस्सै मुक्त भई गइन् ति शबरी सब् बात् सुनी राम् पनी। जान्छू आज म ऋष्यमूक … Continue reading

Posted in महाकाव्य | Tagged , | Leave a comment

महाकाव्य : भानुभक्त रामायण : अरण्य काण्ड

~भानुभक्त आचार्य~ (१) बाल काण्ड (२) अयोध्या काण्ड (३) अरण्य काण्ड (४) किष्किन्धा काण्ड (५) सुन्दर काण्ड (६) युद्ध काण्ड (७) उत्तर काण्ड अरण्य काण्ड अत्रीका आश्रमैमा बसि रघुपतिले प्रेमले दिन् बिताई। दोस्रा दिन्मा सबेरै उठि कन वनमा जान मन्सुब् … Continue reading

Posted in महाकाव्य | Tagged , | Leave a comment

महाकाव्य : भानुभक्त रामायण : अयोध्या काण्ड

~भानुभक्त आचार्य~ (१) बाल काण्ड (२) अयोध्या काण्ड (३) अरण्य काण्ड (४) किष्किन्धा काण्ड (५) सुन्दर काण्ड (६) युद्ध काण्ड (७) उत्तर काण्ड अयोध्या काण्ड एकान्त स्थलमा सितापति थिया सीता हजुर्मा रही। हात्मा चामर ली प्रभू कन तहाँ हाँक्थिन् समीप्मा … Continue reading

Posted in महाकाव्य | Tagged , | Leave a comment

महाकाव्य : भानुभक्त रामायण : बाल काण्ड

~भानुभक्त आचार्य~ (१) बाल काण्ड (२) अयोध्या काण्ड (३) अरण्य काण्ड (४) किष्किन्धा काण्ड (५) सुन्दर काण्ड (६) युद्ध काण्ड (७) उत्तर काण्ड बाल काण्ड एक् दिन् नारद सत्यलोक् पुगि गया, लोक्को गरूँ हित् भनी। ब्रह्मा ताहिं थिया पर्या चरणमा, … Continue reading

Posted in महाकाव्य | Tagged , | Leave a comment

युगल गीत : आँखैमा कसैको तस्बिर बसेछ

~नीर शाह~ केटी : आँखैमा कसैको तस्बिर बसेछ x2 केटा तस्बिर बनेकोछ मायाको नमेटिने रङ्गले केटी यो मन त कसैको रूपमा फसेछ केटा यो मन त कसैको रूपमा फसेछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बिर्सूँ तर भन, बिर्सूँ कसरी ?

~प्रेमराजेश्वरी थापा~ बिर्सूँ तर भन, बिर्सूँ कसरी ? जीवन सानो नियम पुरानो लघु, महानका प्रतिनिधि मानो पाउनै निम्ति त पुग्न सकेन अनि यस लघुले छोडूँ कसरी? बिर्सूँ तर भन, बिर्सूँ कसरी ? छुनुमा पनि जब कोहि नआयो

Posted in नेपाली गीत | Tagged | Leave a comment

लेख : अनुसन्धान तथा प्रतिवेदन लेखन संक्षीप्तमा

अनुसन्धान, अनुसन्धाता र निर्देशक अनुसन्धान, गवेषणा, शोध, अन्वेषण, खोज, खोजी सबै शब्द उस्तै अर्थमा प्रयोग भइरहेका हुन्छन् । ज्ञान आर्जनका पाँच प्रक्रिया (अनुभव, आप्तवाक्य, निगमन,आगमन र अनुसन्धान) मा पछिल्लो चाहिँ सर्वोत्तम हो । अनुसन्धानलाई विषय (भाषा,साहित्य,दर्शन,विज्ञान,आदि) समय ऐतिहासिक,समसामयक), अनुसन्धाता (एकल, सामूहिक), … Continue reading

Posted in लेख | Tagged | Leave a comment

गीत : यसरी कोही रिसाउँदैन जसरी तिमी रिसाउँछौ

~मिलन शाह~ ओड्लेई युड्लेई युड्लेई युड्लेई ओड्लेई ओड्लेई युड्लेई युड्लेई युड्लेई ओड्लेई यसरी कोही रिसाउँदैन जसरी तिमी रिसाउँछौ बोल्दा पनि नबोल्ने के भो है मेरी मायालुलाई ।। ओड्लेई युड्लेई युड्लेई युड्लेई युड्लेई ल भै’गो दुई हात जोड्छु मेरो गल्ती भो

Posted in नेपाली गीत | Tagged | Leave a comment