Tag Archives: nepali literature

ईतिहास : किरातकालीन कला

~मुकेश मल्ल~ नेपालको किरातकालीन कला किंवदन्तीका आधारमा स्थापित भएको देखिन्छ। किरातकालीन भनिएको एउटै कलाको पनि कलाविद्ले झन्डै ५–६ सय वर्षको अन्तरमा विभाजित गरी व्याख्या विश्लेषण गरिदिँदा कहिलेकाहीँ यसले अन्योल पनि कायम गरेको छ। संस्कृतविद् सत्यमोहन जोशीले युनानी वा गान्धारको प्रभावको … Continue reading

Posted in ईतिहास | Tagged | Leave a comment

नाटक : लिभिङ टुगेदर

~प्रवीण पुमा~ रोहोमा र मुवाहाङले लिभिङटुगेदरमा बस्थ्यो । केही वर्षपछि मुवाहाङ बेखबर भयो । रोहोमाले मुवाहाङलाई खोज्यो, तर भेटिएन । रोहोमा एक्लै भइन । पछि रोहोमाले बच्चा जन्माइन् । रोहोमाले मुवाहाङसँगको नाता प्रमाणको लागि धेरै प्रयास गरिन् । तर सफल … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

गीत : कवि अली मियाँ

~हेमराज पहारी~ लेख्छन् गीत झुपडीमा पिउँदै कालो चिया विरह र वेदनाका कवि अलिमियाँ । सुन्छौं हामी जब उनको अश्रुपूर्ण गाथा धुरु–धुरु रुन थाल्छ मनको सगरमाथा यो मन हुन्छ आकुल–व्याकुल छाती छिया छिया मन फकाउन सिपालु छन् कवि अलिमियाँ ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : परिभाषा

~प्रकाश सायमी~ धेरै कुरा बद्लिएको छ यो मानवशालामा । नबद्लिएको एउटा कुरा छ यो त्यो हो परिभाषा । परिभाषा, सबैका दुइटा भएको छ । नयाँ र पुरानो । दरबार नयाँ सडक नयाँ

Posted in कविता | Tagged | Leave a comment

नेवारी कविता : छन्त लुमंका

~अलका मल्ल~ नुगःया दुघालय् छ वया सिचुका बिल हिउगु लनिला मखु, अयनं छ वया तिवः बिल छम्ह मतिनामी यल नुगःया नुगःया झ्यातु क्वबिया वनी गुबलें जुई वयंथें गुबलें मिखाँ ख्वबि लःल धाई

Posted in नेवारी कविता | Tagged | Leave a comment

कविता : मैनबत्ति

~नबिन कार्की~ चिरेर निष्पट्ट अँध्यारो, बोकेर छाँयाहरूको लस्कर पोखिन्छ एउटा आकृति, भित्ताभरी, भुइँभरी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : माया बैगुनी

~दीपक कुमार ज्ञवाली~ जतनले राखेको थिएँ पोल्टामा । हेर्दा हेर्दै खसेछ खाल्टोमा । माया बैगुनी साऊने माझेरीमा रुझ्दै रुझ्दै मर्‍यौ नि खोल्सिमा एकबारको जनममा

Posted in कविता | Tagged | Leave a comment

कविता : मात्र एक प्रश्नै “प्रश्न” आमा

~लक्ष्मी बिष्ट~ सुन्न सक्छौ भने सुन किन यति छिट्टै बनायौं छट्टुै संसार किन यो विरानो धर्तीमा अल्झिने बनाई गयौं किन के नै थियो र आखिर गल्ती मेरो भन दुई दिनको घाम छाँया

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो जन्मदिन

~रितिक दास~ मध्यरात थियो चारैतिर सुनसान थियो, आमाको आँखाभरी पिडाका आँसु अनि ओठमा मन्द मुस्कान थियो, किनकी हातमा ईश्वरको उपहार अनि परिवारभरी हर्षोंउल्लास थियो, त्यो रात! त्यो समय! मेरो जन्मदिन थियो ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाको तस्वीर

~प्रकाश सायमी~ झोलामा बोकेर आएका थिए उनीहरूले आफ्नो आँखाको तस्वीर । दरबार पस्नु अगि नै झोला खोसियो द्वारमै । के के थिए झोलामा के के हराए झोलाबाट उनीहरू आफैँ अल्मलिए । झोला खोज्दाखोज्दै बितेको रात

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्धको ज्ञान

~श्रेया चौधरी~ हत्या, हिंसा र अहिंसालाई त्यागेर सत्यको मार्गमा हिड्न सिकाउने हे बुद्ध तिमी नेपालमा जन्मेकोमा गर्व छ। तिम्रै काममा तिम्रो शिष्य हुन नपाएनि आज तिम्रो सामिप्यले मन रमाएको छ शान्त नेपालको पवित्र धर्तीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो बूढा र म

~दीपक लोहनी~ तिम्रो बूढा मेरो घर आउँदै थिए । मैले झट्पट तिमीलाई थाहा दिएँ । तिमीले भन्यौ – “मैले दिएका सम्पूर्ण उपहारहरू लुकाउ ।” मैले तिमीलाई अप्ठ्यारोमा पार्नु थिएन ।

Posted in कविता | Tagged | Leave a comment

स्रस्टा वैयक्तिक विवरण : पोषण पाण्डे

पोषण पाण्डे नाम – पोषणप्रसाद पाण्डे जन्म – वि.सं. १९८९, माघ १ गते, इन्द्रचोक, काठमाडौँ, निधन – वि.सं. २०४८, बैशाख ७ गते, काठमाडौँ, सेवा – बिद्युत प्राधिकरण, शिक्षा – स्नातक, विधा – कविता / कथा, अन्य संलग्नता –

Posted in स्रस्टा वैयक्तिक विवरण | Tagged , | Leave a comment

लघुकथा : स्वतन्त्रता

~धर्म सापकोटा राजु~ राती १० बजेसम्म पनि छोरा घर नफर्केपछि कमलालाई मनमा भित्र डर लाग्न थाल्यो । डराउदै लोग्नेलाई भनि -“हेर्नुस न दश बजिसक्यो छोरा अझै आएन । कहॉं गएहोला आज यतिबेलासम्म ?” “ह्या तिमी पनि के नचाहिने कुरा गर्या … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जुक्ति

~प्रभादेवी पौडेल~ समिर पढ्न भनी गाउँ छाडेर सहर गएको थियो। उसले बाबा आमाको काख नछाडेकोले एक्लो अनुभूत गरेको थियो। उ हेर्दा सुन्दर देखिन्थ्यो र चलाख पनि थियो। तर केटीहरू गाउँबाट झरेको भनेपछि उसलाई त्यती वास्ता गर्दैनथे। प्राय जसो साथीहरू जोडी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बुधनीको पसल

~गण्डकीपुत्र~ जीबनजस्तै भारि छ टाउकाको ढाकी निधारमा उम्रिएको छ सीम अनुहारमा देखिन्न पीडाका छायाँहरु मानौ बुद्धत्व प्राप्त गरेकी छ उसले ढाकी टाउकोमा लिए पछी | यहि ढाकीमा अटाएको छ चाडबाड आए जस्ता परिबारका खुशीहरु

Posted in कविता | Tagged | Leave a comment

कथा : नजन्मेको छोरो

~उपेन्द्र सुब्बा~ ‘काँठे हो ! मेरो छोरा त ठूलो भइसक्या रै‘छ रे ! बाह्र-तेह्र वर्षको । नाक मुख त ढ्याक्कै मेरै फोटोकपी ।‘ म सानो छदाँ यस्तै देखिन्थे हुँला । मुल खम्वानेर उभेको छोराले बोलायो- ‘बुवा आउनू । हातखुट्टा नकमाइ- … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

खोजपत्र : देउडा लोकगीत: एक विवेचना

~नारायणप्रसाद तिमिल्सेना~ देउडा लोकगीतको परिचय मूलत: मध्यपश्चिम तथा सुदूरपश्चिमका केही जिल्लाहरूमा प्रचलित लोकगीतको एउटा स्वरूपलाई देउडा लोकगीत भनिन्छ । नेपाली लोकगीतजगत्मा नेपाली भाषाको आदिकालदेखि होस या मानवले सामाजिक प्राणीको मान्यता पाएदेखि,अझै भन्नुपर्दा लेख्य साहित्यको बीजारोपणपूर्वदेखि नै आफ्नो अस्तित्व र वर्चस्व … Continue reading

Posted in खोजपत्र | Tagged | Leave a comment

कविता : जिन्दगीहरु

~मधुराज केरुङ~ अक्करे भिरमाथि मुस्किलले जीवनयात्रा खोजिरहेको बनलहराजस्तै या पत्थरहरू फुटाएर जर्बजस्त उम्रिरहेको पीपलको रुखजस्तै म त संघर्षको महामैदानमा निस्किएको छु । अझै अनवरत बगिदिन्छु अरुण, तमोरझैँ झन्

Posted in कविता | Tagged | Leave a comment

खोजपत्र : तमोर खोलाका मिथकहरू

~मधुराज केरुङ~ १. परिचय ताम्वा खोलाको खस नेपाली नाम तमोर खोला हो । लिम्बू भाषामा ताम्वा भनेको फराकिलो भनिएको हो । यसलाई मुन्धुमी भाषामा इम्बिरी याङधाङवा भनिन्छ । मुन्धुम अनुसार उहिले उहिले सर्वशक्तिमान इश्वरले यो पृथ्वी सुन्दर देखियोस् भनेर आकासमा … Continue reading

Posted in खोजपत्र | Tagged | Leave a comment

किराँती दन्त्यकथा : खे: सुङ

~सङ्कलक: शिवकुमार श्रेष्ठ~ सर्वप्रथम मानव जातिको सृष्टिका क्रममा स्त्री जातिको सृष्टि भयो भनी लिम्बू बूढापाकाहरूले भन्छन् । यस जातिलाई मुजिङ्ना खियोङ्ना भनिन्थ्यो र यस जातिका आइमाईहरू फट्याङ्ग्रा जत्रा थिए । तरूनी भएपछि कामदेवले उनीहरूलाई सताएका हुनाले उनीहरू लोग्ने खोज्न स्वर्गलोक … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

गजल : म एक भूल

~ममता मृगतृष्णा~ दुवै मिली चुडाँइदिए तिनैलाई जोड्ने पूल थिएँ काँडा सोचें छन् कि कुन्नी म त केवल फूल थिएँ । भन्ने थिए होलान् सब्ले कति सुन्दर उपहार यो उपहार नी फाल्छ कोही, धत् म त भूल थिएँ।

Posted in गजल | Tagged | Leave a comment

कविता : यो रूख यतिमात्रै होइन

~वासु शशी~ यो रूख यतिमात्रै होइन जति कि देखापरेको छ ! योसँग आफू सुकेर जाने अवस्था छ आगामी वसन्त पनि छ ! यसलाई उताबाट हेर यसको अर्कोर्को आकारलाई हेर !

Posted in कविता | Tagged | Leave a comment

कविता : सबभन्दा एक्लो जीव

~वासु शशी~ सबभन्दा एक्लो जीव रूख हो जो कसैसित भेटन जाँदैन ! के आफ्नो छायाको मान्द्रो विद्याउँछ जो उसकै हावाले च्यातिदिन्छ ! अरूहरू उसका कोही छैनन् ऊ आफूबाट उडेर जाने चरासित जतिकै निशंग छ !

Posted in कविता | Tagged | Leave a comment

कविता : पछि जति निहुरन परे पनि

~वासु शशी~ पछि जति निहुरन परे पनि रूख धरतीलाई छुदैनन ! ! कुतूहलले उठेका थिए यिनी प्रभात आउने बाटो हेर्न ! हाँगाहरू फैलिएका छन यिनका किरणहरू संगाल्न ! पात पात छन् प्यासा हेर आफूमा आकाशको रङ्ग उतार्न !

Posted in कविता | Tagged | Leave a comment

कविता : रूख उभिरहन्छ

~वासु शशी~ रूख उभिरहन्छ निरूपाय ऊ लाचारीग्रस्त छ ! संपूर्ण आकाश खुला छ उसका अगाड़ि किन्तु ऊ उड्न सक्तैन ! आफूजस्ताहरू धेरै भए पनि आसपासमा ऊ बहुत एक्लो छ !

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो भागको मेरो बिहान

~वासु शशी~ मेरो भागको मेरो बिहान मैले सित्तै फालिदिएँ । दुइजना तरुणीहरू दुइ-दुइ पल्ट मकहाँ आए मैले उनीहरूको वास्तै गरिनँ । यो मेरो मन मैले यसमा मनपरी कुरा खेलाएँ ! रूखबाट झरिरहेका थिए फतफती पातहरू मलाई त्यही हेरिरहन मनलाग्यो, हेरिरहे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यहाँ यस बस्तीमा

~वासु शशी~ यहाँ यस बस्तीमा श्री जो रूखहरू खड़ा छन् सो यही भन्छ कि धरती यहाँ पनि बाँकी छैन, कि प्रकृति यहाँ पनि निथ्रिसकेकी छैन ! र यहाँ पनि यी रूख रूख नै हुन् सो शायद यही सावित गर्छ कि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यौटा यस्तो फूल चाहिन्छ

~वासु शशी~ हाज त्याग्न सकोस वासु शशी वासु शशी वासु शशी वासु शशी देवतालाई चढ़ाइएर प्रसाद बन्ने भाग्यलाई जो त्याग्न सकोस् मालामा गुँथिने रहरलाई, म त्यस्को रातो सौन्दर्यलाई आँखाले उठाएर लगी रगतमा घोलिलिनेछु, मेरो मुटु र नसामा बगाएर मेरो उमेरभरको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

किराँती दन्त्यकथा : गहनाको सृष्टि

~सङ्कलक: शिवकुमार श्रेष्ठ~ गहनाको सृष्टि,मानव जातिको सृष्टि भएपछि सबैभन्दा पहिला राजा सावायुक्फुङकेम्बा भएका थिए भनी लिम्बू बूढापाकाहरू भन्छन् । उनी धनुर्विद्यामा निपुण थिए । उनी वाण हानेर आँधी, हुरी, बतास ल्याउन सक्थे र आकाशबाट पानी पनि पार्न सक्थे । उनी … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कथा : चैत हूरी

~मधुवन पौडेल~ हिजो रातभर र आज झन्डै बिहानसम्म हाहु गर्दै बसेकोले दिनभरि सुतेर घरबाट निस्कन पाएको थिइनँ― चैते हुरीको चपेटामा पो परें। फाटफुट एक–दुई थोपा पानी पनि झर्दै थियो तर धूलोको मुस्लो मडारिएको देखिने आकाशबाट त्यही एक–दुई थोपा पनि कताकता … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तन्द्रै तन्द्रा र एउटा उराठ लाग्दो दिन

~मधुवन पौडेल~ एक दिन दुई दिन भन्दाभन्दै फर्कने दिन पनि आइसक्यो । फर्कने अर्थात् उही आफ्नो संसार उही कोलाहलपूर्ण वातावरण र उही परिवेश र छरछिमेकमा फेरि आफुलाई निर्धक्क हराउने डुबाउने दिनका निमित्त फर्कने ! यसमा पनि त आनन्द छ अझ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment