Tag Archives: nepali literature

कथा : बाघमारेको लालसलाम

~प्रदीप नेपाल~ यो कथा हो राजारानी गाउँको। राजारानी गाउँ धनकुटामा पर्छ। यो कथा हो क्षेत्रजङ्ग आङबोहाङको। क्षेत्रजङ्ग एउटा ठूलो ज्यान र फराकिलो छाति भएको मान्छे हो। यो कथा हो क्षेत्रजङ्गको सौर्यको, उसको पौरखको। यो कथा हो कसैले कल्पना समेत नगरेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घामको राप

~प्रदीप नेपाल~ “नमस्कार, चिन्नु भो?” कंचनराज गिरीले आफ्नो अघिल्तिर उभिएका डेढ दर्जन केटाकेटीलाई पालैपालो नियालेर हेरे। अहं, उनले कुनै अनुहारलाई पनि चिनेका थिएनन्। कंचनराज गिरी भृकुटी माध्यमिक विद्यालयका प्रधानाध्यापक थिए। २०४१ सालमा भृकुटी स्कूल भनेर गाउँले पारामा बोलाइने भृकुटी प्राथमिक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम पत्र

~टङ्क भट्टराई~ प्रिय, प्रेम भन्ने वस्तु, कति अनौठो र अनन्त रहेछ । नचाहँदा(नचाहँदै पनि प्रेम अचानक भइदिन्छ । चाहँदा(चाहँदै पनि प्रेम अचानक टुटिदिन्छ । यो कस्तो संयोग हो म ठम्याउँदिन । दुई हृदयबीचको यो कस्तो मिलन बिन्दु हो म चाल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्झौता

~जलेश्वरी श्रेष्ठ~ आज मेरी छोरी अञ्जुलीको विवाहको कुरा छिन्ने दिन, हामी आमा छोरी बिहानदेखि नै उत्साहित भइरहेछौं । विवाह गर्ने विराटनगरतिरका केटा दीपक, उसका आमाबुबा र मामामाइजू आउने कुरा थियो । दीपक र अञ्जुली रुसमा सँगै इन्जिनियर पढ्थे र त्यतिबेलादेखि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विवशता

~लक्ष्मी पौडेल~ बगैंचा विछट्टको राम्रो छ । हरेक जातका फूलहरू छन् । फूलै फूलले बगैंचा ढकमक्क ढाकेको छ । म फूलबारीमा हराइरहेकी छु । चराहरू कराइरहेका छन् । भर्खर घामका रापिला किरणहरू बगैंचामा पर्दैछन् । म प्रफुल्लित छु । मलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : देउताको वरदान

~भक्त खपाङ्गी~ केही खस्¥याकखुसुक आवाज आएजस्तो लागेकाले जन्तरीको निद्रा भङ्ग भयो । झिमझिम पानी परिरहेको रहेछ । छानाबाट तपतप चुहेको पानीले खुट्टापट्टि एक छेउमा ओछ्यान भिजाइसकेको रहेछ । बत्ती बाल्न छामछामछुमछुम गरी, सलाई फेला पारी तर सलाई नमज्जाले ओस्सिएछ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : प्रजातन्त्र

~गोरखबहादुर सिंह~ गोष्ठीको उद्घाटन कार्यक्रमपछि चियापान कार्यक्रम सुरु भयो । चियापानका सहभागीहरू पङ्क्तिबद्ध भएर चियाका लागि अघि-अघि बढ्दै थिए । सहभागीहरू चिया राखिएको टेबुल अगाडि पुगेर आ-आफ्ना रुचि बताउँथे । “चिया, दूध भएको तर चिनी नभएको ।” “कागती राखेको कालो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

संस्कृति परिचय : लिम्बू संस्कृतिको द्योतक-धाननाच

~लेखनाथ ‘शिकारु’~ हाम्रा विभिन्न लोकसंस्कृति, परम्परा एवम् मौलिक पहिचानहरू छन्, जसले सिङ्गो राष्टू र राष्टिूयताको मौलिकतालाई सशक्त र समृद्ध पारेको छ । विभिन्न जातजातिको संस्कार र मौलिक संस्कृति नै त्यो जातिको पहिचान हो । त्यही अनुरूप संस्कार र संस्कृतिको विकास … Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

संस्मरण : दाइवोत्सुको आँगनमा नाराका मृगहरू

~विन्दु सुवेदी~ नाराका मृगहरू साँच्चै नै भाग्यमानी छन् अति पुल्पुलिएका पनि । नाराको प्रसिद्ध तोदाइजी मन्दिरमा रहेको दाइवोत्सु बुद्धको दर्शन गर्न जाने सबैले यो कुरा थाहा पाउन सक्छन् । निकै तल बजारदेखि नै सडक, हरिया चउर, घाँस भरिएका डाँडा, तोदाइजी … Continue reading

Posted in संस्मरण | Leave a comment

नियात्रा : जहाँ प्रेमदेखि यमराजलाई पनि ईष्र्या लाग्छ

~हरि थापा~ भोलि ताजमहल हेर्न लगिदिनुप¥यो मीनालाई । भाइ किरण पण्डितले कुरा निकाले । बाआमा आइराख्नु भएकाले समयानुकूल तीर्थस्थलहरू घुमाउनु नै थियो । मथुरा र बृन्दावनको दर्शन पनि हुने ताजमहल र आगरा किल्ला पनि हेरिने । टुटेफुटेको हिन्दीमा कुखुरामोलाइ गर्दै … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : बीरु

~प्रबोध देवकोटा~ सानै छँदा मैले एकपल्ट ज्योतिषीलाई हात हेराएको थिएँ । ज्योतिषीले भनेका थिए– म एकदिन ठूलो मान्छे बन्ने छु रे । सबैले मान्ने ज्योतिषी भएकाले म पनि आफ्नो भविष्यप्रति साह्रै आशान्वित थिएँ । एवंरीतले म पढ्दै गएँ र बढ्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वाइओके

~इस्माली~ अचानक नेपथ्यबाट रोबिलो स्वरमा कोही करायो । तर बोलेको कुरो केही बुझिएन । चारैतिरबाट मलाई घेरेर मेरा वरिपरि बसेका उभिएका उनीहरू सावधान सतर्क मुद्रामा देखिए । उनीहरूमध्ये अधिकांशका अनुहारमा डरको हलुका छाया सलबलायो । किञ्चित डराएको भावभङ्गीसहित परस्परमा हेराहेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : बूढो रूख र जराहरू

~खडकराज गिरी~ बूढो रूख गजक्क–गमक्क परेको छ । अग्लो, मोटो, हाँगा–बिंगा विकासिएकाले डम्म परेको गतिशील छ बूढो रूख । उसका हाँगा–बिंगा त झन् आफूलाई सक्षम अभिव्यक्ति दिन तत्पर भइरहेजस्ता देखिन्छन् । ‘मै हूँ’ को अभिव्यक्ति छ डालाहरूमा र छ अहम्को … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : प्राप्ति

~बाबुराम लामिछाने~ पैंसठ्ठी हिउँद खाइसकेका बूढा–बूढीले एकदिन सोचे– ‘अब उनीहरूको काल नजिक–नजिक आउँदैछ ।’ यही सोचाइको वशीभूत भएर तिनले आफ्ना नाममा रहेको जाय–जेथा आफ्ना सन्तानहरूबीच बाँड–फाँड गरिदिने निधो गरे । ‘केही दिनका पाहुना न हौं हामी । जसोतसो गुजारा भइहाल्ला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तुहिएका सपनाहरू

~आशासिंह शाह~ प्रत्येक कालिमाले आपतहरू अनि पछि प्रभातले शीतबिन्दुहरू क्रमशः पग्लँदै‘ पग्लँदै जान्छन् । यसरी दिवसहरूले ताराहरूको गर्भपात गरिदिने गर्छन् । यसरी जन्मनु र तुहाइनुमा नै विश्वक्रम चलिरहेछ । त्यसबेला झिसमिसेमा सधैंझैं कुखुराहरू बासिदिन्छन् । ऊ दैलोबाट फुत्त बाहिर निस्कन्छे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनियन्त्रित मन

~शोभा के.सी.~ टेलिफोनको घण्टी एकतमासले बजिरहेको छ, ट्रिङ्ग, ट्रिङ्ग । मन नलागी नलागी रिसिभर उठाउँछु । हेलो‘ “हेलो यो कहाँ प¥यो ? चिरपरिचित आवाज वषौँपछि सुन्दा ढुकढुकी बढिहाल्यो । बल्लतल्ल मनलाई थामेर सोधेँ– “यो विशालनगरमा प¥यो, यहाँले कसलाई खोज्नु भएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मानव अधिकार

~दिव्य गिरी~ अदालतको इजलास श्रोताहरूले खचाखच भरिएको थियो । कोहीकोही एक–आपसमा खासखुस गरिरहेका थिए । फाँटवाला मिसिल अघिल्तिर राखेर बसिरहेथ्यो भने पक्ष–विपक्षका दुईजना वकिल आ–आफ्नो वहस प्रस्तुत गर्न तयारी गरिरहेका थिए । उनीहरू न्यायमूर्ति अर्थात् न्यायाधीशको आगमन पर्खिरहेका थिए । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : काका र बूढो सपना

~दीपक लोहनी~ “आज पनि तिमीले घरको खोजी गर्न सकेनौ ?” काकीले काकालाई भात थप्दै पुरानो प्रश्न राखिन् । बिचरा काका ! अवाक भई कुपुकुपु गिलो भात निलिरहे । उनीसँग जवाफ थिएन । आश्वासन र भरोसा दिंदादिंदा काकाको मुख नै गलिसकेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

एकाङ्की : परिचय : संवेदनाहीन युगको

~किशन थापा “अधीर”~ समय ः अहिले स्थान ः यही(एउटा व्यक्तिलाई बीचको कुर्सीमा बसाइएको छ । त्यसका वरिपरि चारवटा कुर्सीमा नेताहरू बसेका छन् । अर्को एउटा कुर्सी खाली छ ।) नेता – १ ः (बीचको कुर्सीमा बसेको व्यक्तिलाई सड्ढेत गर्दै) को … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

कविता : मृत्यु सत्ताको यथार्थ

~भीम विराग~ अस्थिर, आक्रान्त मस्तिष्कको संस्कार, आचार र सिद्धान्त बलात्कृत भइरहेछन् अहोरात्र बाँच्ने बाध्यताको उपक्रमले लखेटिरहेछ मान्छेलाई । आडम्बरको खोक्रो खोलभित्र जत्तिकै अट्टाहास गरे पनि त्रासको अव्यक्त आहालमा डुबेका छन् मान्छेहरू । अरूलाई छेकबार लाएर दुनो सोझ्याउने खेलाडी भइरहेछ मान्छे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो वर्ष पनि

~उपेन्द्र श्रेष्ठ~ यो देशमा यो वर्ष पनि सडक कति भैरहने म ? मेरोलागि छैन यहाँ च्यातेको एक टुक्रा सुख मेरोलागि छैन यहाँ फाटेको एक टुक्रा शान्ति, यो वर्ष पनि यो देशमा मर्नेहरू मरेकै छन् मार्नेहरूले मारेकै छन्,

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्वतसँग संवाद

~श्यामल~ त्यसै फेदीबाट लागेको थिएँ उकालो त्यसै फेदीमा आइसकेंछु पर्वत उक्लनु भनेको त झर्नु हो शिखरमै, अल्झनु भनेको त मर्नु हो । मूसाहरूले खनेर सगरमाथा ढलेको छैन अहिलेसम्म फेदीमा नपुगी शिखर कसैले चुमेको छैन अहिलेसम्म तिम्रो उचाइ भनेको महासागरको अतल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

हरिभक्त सिग्देल ‘महेश’का पाँच मुक्तक

~हरिभक्त सिग्देल “महेश”~ १ डोको तिमी बोकी हिँड नाच्न सिकाई दिउँला घाँस काटी डोकोभरि हाँस्न सिकाई दिउँला । चौतारीमा भारी बिसाई काखमा सुस्ताएर जोरीपारी आखा छल्दै बाँच्न सिकाई दिउँला ।। **************** २ मेरो माया लाग्छ भने रुवाएर नजाऊ मन्दिरमा पुजेको … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : पश्चातापको भुमरी

~कृषा के. सी~ सुरज र अस्मिता एउटै स्कुलको एउटै क्लासमा पढ्ने क्लासमेट हुन। ऊनीहरु प्रत्येक दिन एक घण्टा हिडेर स्कुल पढ्न आउने र फर्किने गर्दथे। उनीहरू स्कुलको क्लासका साथी मात्र नभई आउदा जादा बाटोका पनि साथी थिए। उनीहरुको घर २०/२५ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ओइलाएको रहर

~कृषा के. सी~ सामान्य परिवारमा जन्मिएको एक्लो छोरा म। त्यसो त म एक्लो होइन बहिनी पनि छ। हामी दाजु बहिनी हाम्रो बाल्यकाल हास खेल दुख सुखको बिच बित्यो। गाउँको स्कुलबाट +२ सकिएपछि उच्च शिक्षाको लागि काठमाडौ झरेको म पढाई सङगसङगै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कठपुतलीको मन

~कृषा के. सी~ म तिम्रो हरेक कुराहरुलाई मायालु नजरले एक प्रेमिकाको नजरले हेरे किनकी तिम्रो भनाइ सुन्दा र छोटो समयको व्यबहार हेर्दा तिम्रो हरेक ब्यहहारले मलाई प्रेमिका ठानेको छ। तिम्रो म प्रतिको व्यबहार सकारात्मक छ। अहिलेको जमानामा सहि गलत आफुले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नाटक : स्वप्नसंवाद

~रविकिरण निर्जीव~ (सङ्ग्रामपुरका पूर्वअध्यापक, वर्तमान लेखक, शिलादीप पलङमा सुतिरहेको छन्, कलापूर्ण मस्त निन्द्रामा । मत्र्यमण्डल साप्ताहिक, शिवघाटका प्रधानसम्पादक गगनदीप आफूलाई भुसुनोमा परिणत गरी सुटुक्क ढोकोको चरबाट छिरेर उनको सयनकक्षमा आइपुग्छन् र शिलादीपसँग सम्वादमा जुट्छन् ।) दृश्य–१ गगनदीप : कविजी ! … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : धनले बिर्साएको बुढ्यौली

~रविकिरण निर्जीव~ दृश्य–१ (बूढा बूढी बात–रुममा) बूढी– वडा कार्यालयमा गयौ हिजो ? बूढा– अहँ ! बूढी– कहिले जाने हो त ? बूढा– भोलि जाम्ला ! बूढी– भोलि भोलि भन्दैमा सव घर बिती गो ! बूढा– भोलि ल्याइदिउँला । 

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : मातृभूमि

~रामसुन्दर देउजा~ (बिहानको समय घाम डाँडामाथिबाट चिहाइसकेको छ । भीमनाथ मुख धुन करुवा लिएर आँगनको डिलमा आइसकेका छन् । पातली बाख्रा सार्दैछिन् । ) पात्रहरू भीमनाथ : बलेका बा पातली  : बलेकी आमा बले : ३८ वर्षको अधबैँसे युवक चम्पा … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

कथा : मेरो प्यारी स्टेल्ला

~ध्रुव थापा~ मेरो फोनको मेसेज बक्समा “मेरी प्यारी स्टेल्ला सिकिस्त छे, आज अफिस आउन सक्दिन” लेखेको पड्दा मलाइ अचनाक पिडा भयो र मानवताको नाताले उसलाई भेट्न र यस दुखको घडीमा उसलाई हौसला दिन जान उचित लागेर आफ्नो गाडी स्टार्ट गर्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पानीको कुनै रंग हुदैन

~ध्रुव थापा~ समुन्द्र देखि धेरै टाडाबाट आएकोले होला अमेरिका आएदेखिनै समुद्रको छालले जीवनलाई लोभ्याउने गरेको छ। उसले समुन्द्रको रंग निलो हुन्छ भनेको सुनेक थियो। तर यहाँ आएर हेर्दा कहिले निलो कहिले कालो देखि लालिमा युक्त रातो र पएलो सम्म देख्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्युलाई जितेको त्यो पल !

~ध्रुव थापा~ रातको एघार बजी सकेको थियो, र ११.५ मा अन्तिम ट्रेन थियो उसको रुटको, नत्र फेरी दुइवटा ट्रेन फेरेर जानुपर्ने बाध्यता थियो। एकै स्वासमा उ स्टेसन पुगेर ट्रेन चड्ने लाइनमा खडा भयो, हतार हतार मा उ झन्डै एकजना केटिसित … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment