Tag Archives: nepali literature

कथा : कसरि भनौ अमेरिकामा दशैँ रमाइलै हुन्छ भनेर?

~ध्रुव थापा~ कृष्णहरि सर अमेरिकाको सन् फ्रान्सिको सहर आएको पनि अब त छ महिना बित्नैलागेछ । उ एक्लै अतितमा रुमालिदै कफीको चुस्की लिदै आफनै गाउ घरको सम्झनामा हराउछन । दिनभरी एक्लै कोठामा बसेर कफी पिउनु, ल्यापटपमा नेपालको समाचार पड्नु र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डलरले कमाएको स्टाटस्

~ध्रुव थापा~ “साथी म त बरबाद भए”, अचानाक सेल फोन उठाउन भ्याएको थिईन उताबाट आवाज आयो, मैले सोधे, “हैन के भो एति विहानै ? तिमी कसरी वरवाद भयो मित्र, हिज मात्र हामी फोनमा कुरा गरेको हैन तिमी त धेरै खुशी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कन्चनजङ्गा मुस्कुराई रहेको थियो !

~ध्रुव थापा~ “हाय फ्रेन्ड, हाउ यु डूयिंग ? तिमीलाई मन पर्ने बिषय न्यु योर्क टाइम्समा प्रकाशित भाको रहेछ र तिमीलाई दिन भनेर फोटो कपि गरेर ल्याएको छु, आशा छ तिमि यसलाई पढ़न मन पराउने छौ।” जर्जले आज फेरि न्यु योर्क … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कति ताप्छौ बलेको आगो मात्रै ?

~ध्रुव थापा~ कति ताप्छौ बलेको आगो मात्रै कहिले काहिँ आफै सल्काएर त हेर बर्खामा भिजेको दाउरालाई कालो मुस्लो धुवाको रापमा एक फेर स्वास फेरेर त हेर अनि थाहा पाउछौ कस्तो हुन्छ बाल्न दाउरालाई ! कति सजिलो छ यहाँ अरूले बालेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : .. फेरि बैँस फर्की आउने छ !

~ध्रुव थापा~ वसन्त ऋतु सँगै फेरि हासेको छ जीवन ऋतुहरु संगै फेरि बाचेको छ जीवन लाचार र विवश भई झरेका पातहरू मक्किएर ,गलेर फेरि उर्बर मल बनेर फेरि त्यहाँ नयाँ जीवन यौवन बनेकोछ मेरो घर नजिकको एउटा मेपलको रुख। हरेक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा अनुतरित प्रश्न

~ध्रुव थापा~ अहिले म प्रशान्त महासागरको किनारमा उभिएर आस्ताउनै लागेको लालिमय घामलाई हेरी रहेछु दिनभरी सबैलाई भत भति पोलेको यो घाम निरिह र उदाश भएर प्रशान्त महासागरको गर्वमा लुक्दैछ पारि छितिजमा माझीहरु आफ्नो डुंगा किनारा लाउदैछन चरा चुरुंगी गुडमा फर्कने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हो बा तिमीले रोकेर अब रोकिन्न

~ध्रुव थापा~ जनताको अधिकार अब खोसिन्न् जनता आफै बुझ्ने र जान्ने भइसके कसलाई काखा र कसलाई पाखा लाउने यसको ज्ञान अब जनतामा पलाई सके त्यसैले तिम्रो बमको प्रहारले पनि रोकिन्न तिम्रो आतंक र बिद्रोहले पनि रोकिन्न चक्का जाम र टायरको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : के सबै भत्किएकै हो त

~तारानाथ शर्मा~ के लेख्नु? मनको घाउ कोट्ट्याऊँ अति दुख्तछ नलेखूँ? मनको घाउ भित्रैदेखि चिलाउँछ समस्या भित्र मनमा गाँठा पर्दै उदाउँछन् समाधान कहाँ खोज्नु? रिँगटा नै छुटाउँछन् (१) नेपाली भई जन्मेँ म ठूलो गौरव मान्दछु इतिहास उज्यालो छ वीरताको म ठान्दछु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : शान्तिरामका दुइ अध्याय

~प्रदीप नेपाल~ समय : २०६२ जेठ १२–१९ पोहोर साल, अर्थात २०६१ साल जेठ महिनाको कुरो हुनुपर्छ। होला त्यस्तै अठार बीस गतेको। बिहानै मन्दिरको घटी बजे जसरी टेलिफोनको घटी बजिरह्यो। पाँच बजे सहजरुपमा ब्युँझने मेरो आँखालाई त्यो घटीले खलबल्याएको थियो। मलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आकाशमा राहुको चलखेल

~प्रदीप नेपाल~ दुइ हजार उनान्साठी सालदेखि मैले दशैँ मान्न पाएको थिइन परिवारसँग रमाएर। त्यो साल आमाले चिठी पठाउनु भएको थियो, “तिमीहरु यसपालि दशैँ मान्न नआउनु। बुहारीलाई माइत पठाइदे, तँ त्यतै पशुपतिमा गएर निधारमा टिको थाप। हाम्रातिर दशैँ नमान्ने उर्दी जारी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रुपान्तरण

~प्रदीप नेपाल~ सेल्मेको टाउकामा घाम बास बस्नै आँटेको थियो। त्यो रातो भैसकेको थिएन, तर त्यसको रङ्गलाई पहेँलो मात्र भन्न पनि सकिँदैनथ्यो। अब बाटो तेर्सो थियो। त्यसैले भञ्ज्याङ्ग घर माथिको चौतारोमा एकछिन बसौँ भनेर मैले आफ्नो ज्यानको भारलाई चौतारोको ढुङ्गा माथि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : तिम्लाई रजाएर लगे

~ममता मृगतृष्णा~ मैले राजी खुशी गरे तिम्लाई रजाएर लगे ।। तिमी सजिएर गयौ मलाई सजाएर लगे ।। म माल्किन झैँ बसिरहेँ लाटी अनी बहिरी भै तिम्लाई भने स-साना काम कजाएर लगे ।।

Posted in गजल | Tagged | Leave a comment

Poem : My ethics

~Grishma Poudyal~ If you love me, I love you double. And if you hate me, I hate you double. These are my ethics, you don’t need anything to say, I will double the things and return you in the same … Continue reading

Posted in Poem | Tagged | Leave a comment

गीत : नौडाँडा नाघ्दै बेउला आयो

~लक्ष्मण लोहनी~ नौडाँडा नाघ्दै बेउला आयो लैजान तिमीलाई पञ्चै बाजा अघिलाई आयो लैजान तिमीलाई छातीमा पिरती लुकाइ ल्यायो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : सोचे जस्तो छैन अमेरिका

~ध्रुव थापा~ केबी, हो यहि हो उसलाई चिन्ने नाम, सायद थोरैलाई थाहा होला उसको असली नाम, केशब बहादुर भनेर तर अमेरिका आएको केहि दिनदेखिनै उसका साथिहरु र उ पदने कलेजका प्रोफेसर समेतले उसलाई केबिनै भनेर बोलाए र यहि नामले उ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

एकाङ्की : मैले भुल गरें

~राधिका राया~ (दार्जीलिङको सानु रेल मन्दगतिमा दुगुरिरहेछ । घरिघरि सिटी बजेको चर्को आवाज सुनिन्छ । घरमा विदा बिताएर फौजमा फर्किरहेका आनन्द रेलको डब्बाभित्र लामो सीटको एक छेउमा बसेको छ । भर्खरै भर्ती भएर फौजमा गइरहेको कमल त्यही सिटको एक छेउमा … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

कविता : कविको निमित्त एउटा कविता

~मनप्रसाद सुब्बा~ ऊ कवि हो । त्यसैले उसलाई उसका कविताहरूमा कहिल्यै नखोज्नू । त्यहाँ हुँदैन ऊ । बरू तिमी हुन्छौ, म हुन्छु र हामीजस्तै थुप्रै अरूहरू हुन्छन् । ऊ त आफूलाई आफ्नो कोठाभित्रै छोडिराखेर निस्कन्छ कवितामा – तिमी-हरू अनि म-हरू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यस धर्तीको पानीमा

~विजय मल्ल~ एक अँजुली पानी उठाएर ओठसम्मन् जब जब लान्छु बागमतीको अकस्मात् बज्र गिरेझैँ आकाशबाट या नजिकैबाट कसैले फू गरेर मन्त्र फुकेझैँ, या छली रामले बालीलाई हानेझैँ वाण या शकुन्तलालाई दिएझैँ श्राप दुर्वासाले परिवर्तित हुन्छ त्यो पानी रातो बाफिलो रक्तमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले जीवन देखेकी छु

~कृषा के. सी~ कथा सबैको हुन्छ भोगाइ आफ्ना आफ्नै ब्यथा सबैको हुन्छ कोहि बोल्छ भन्छ सुनाउँछ कोहि चुपचाप रहन्छ!! म भन्छु आफ्नै कथा सपना सजाएको आरती गर्छु जीवनको साम्राज्यमा रमाएको परिवर्तनै परिपर्तनको!! कयौँ भोटाहरु च्यातिएर गए कयौँ हन्डर भित्र हराइयो

Posted in कविता | Tagged | Leave a comment

नेपाली लघु-उपन्यास : टुटेको सपना

~कृषा के. सी~ जन्म ठाउँ सुगम होस वा दुर्गम सुबिधासम्पन्न होस वा बिपन्न किन नहोस तराईको समथर भुभाग होस वा पहाडको अनाकन्टार किन नहोस बिजुलीबत्ती पुगी उज्यालोले धपक्क बलेको होस वा टुकी मुनिको उज्यालो नै किन नहोस् सुबिधाको लागि गाडी … Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

कविता : जीवन यो वरदान हो

~हरिभक्त सिग्देल “महेश”~ मुक्तिकाे धाम हाे काँशी आफैँ समाधिमा कठै सद्गतार्थ छ यो पानी शवयात्रा जताततै ।। टाेलमा छन् अझै डुङ्गा शहर जलले भरी स्रष्टा छन् हर बन्ने यी मृदङ्ग ठाेक्दछन् हरि ।। उत्तराखण्ड त्यस्तै छ पाकिस्तानतिरै पनि इन्दु नद … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मतदान

~हरिभक्त सिग्देल “महेश”~ मतदान छ यो देश दान नै आत्मा ठान्दछु सधैँ झुठ सधैँ ढाँट कत्ति खप्नु म जान्दछु । बाँडेर सपना सारा देश स्वर्ग बनाउने जनताका सधैँ चिन्ता नेता दुस्ख बढाउने ।। हौँ अमर म मर्दिन लान सक्छु सबै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

चिन्तन/खोजपत्र : बुद्धको बाटो

~हरिभक्त सिग्देल “महेश”~ महामानव बुद्धको जन्म ई.पू. ५६३ मा वैशाख पूर्णिमाको दिन लुम्बिनीको बनमा एउटा शाल वृक्षको मुनि भएको थियो । शाक्य क्षेत्री सूर्य वंशमा उनी जन्मेका थिए । उनका हजुरबुवाको नाम सिंह र हजुरआमाको नाम कञ्चना हो । राजा … Continue reading

Posted in खोजपत्र, विचार मन्थन|चिन्तन | Tagged | Leave a comment

निबन्ध : सारै जेठा–जेठीहरू

~श्यामप्रसाद~ एकजना साथीकहाँ नब्बे वर्ष नाघ्नुभएका बासँग भेट भयो । उहाँको स्वास्थ्य राम्रै रहेछ । हिंडडुल–कुराकानी आदि आवश्यक काम जति जम्मैजसो गर्न सक्नुहुँदोरहेछ । मलाई निकै खुसी लाग्यो । सारै बूढो भैसक्ता पनि मानिसले यस्तै निरोगी र हँसिलो–रसिलो रहिरहन सक्ने … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : राप

~पुरुषोत्तम सुवेदी~ टेलिफोनको तारमाथि नाचे भँगेरा, काग र धोबिचरा अनि बगे आवाजहरू भित्रभित्र प्रेम, करुणा र कोमलताका सहअस्तित्वको सद्भावसाथ अर्कातिर बगे पूरै दम्भसाथ दलाली, व्यभिचार र पतनका विषालु झुसिला डकारहरू पनि । भोका मान्छेको पेटभित्र

Posted in कविता | Tagged | Leave a comment

खोजपत्र : कर्णाली साहित्यमा चराचुरुङ्गी र कीट पतङ्गको स्थान

~रत्नाकर देवकोटा~ नेपालको भाषिक, ऐतिहासिक, सांस्कृतिक क्षेत्रमा कर्णाली प्रदेशको महत्वपूर्ण स्थान हुनुका साथै प्राकृतिक र भौगर्भिक क्षेत्रमा पनि यस प्रदेशको उत्तिकै गहकिलो स्थान छ भन्ने कुरामा कर्णाली प्रदेशमा पाइने विभिन्न जीवजन्तु, चरा–चुरुङ्गी र कीट–पतङ्गसम्बन्धी उखान, गाउँखाने कथा, लोककथा, लोकोक्ति र … Continue reading

Posted in खोजपत्र | Tagged | Leave a comment

संस्मरण : पशुपति दर्शन, जुत्ता चोर र खाली खुट्टा

~फणीन्द्रराज खेताला~ म सधैंजसो, बिहान चार(साढे चारको बीच उठेर आफ्नो नित्य क्रिया स्नानबाहेक सबै सकेर केवल दश मिनेट धूप बालेर गुरुले दिएको मन्त्र जप्छु र आफ्नो कोठामा राखेको तस्विरमा घुमाउँछु, नमस्कार गर्छु अनि लुगा लगाई पशुपति दर्शनको लागि घरबाट निस्कन्छु … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : च्यान्टीको अधिकार

~मञ्जु काँचुली~ फागुनको बेहद शीतल र शान्त रात थियो त्यो । पोखरा शहरको माझ बस्तीको एउटा आधुनिक बङ्गलामा उसकी स्वास्नी च्यान्टी मगर्नी गहिरो निद्रामा मस्त निदाइरहेकी थिई । यो बङ्गला उसको लोग्नेको हवल्दार काका (उमेरमा ऊभन्दा निक्कै कान्छो) ले किनेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : लमजुङ्ग, ठाडो भाखा र द्यौबहादुर !

~बद्रीनाथ भट्ट~ नेपाल अधिराज्यभित्र केवल लमजुङ्ग जिल्लामा परम्परागतरूपमा रहँदै आएका दुरा जनजातिको बारेमा थोरै मात्र अध्ययन अनुसन्धान भएको छ । जसले गर्दा दुरा संस्कृतिभित्र लुकेका महत्वपूर्ण प्रतिभाहरू ओझलमा परेका छन् । हुन त नेपालको शाहवंशीय राजाहरूको पुर्खाहरूमध्ये यसोव्रह्मा शाहलाई कास्कीबाट … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

चिन्तन : ज्ञानीहरू संभव भएसम्म अर्काको उपकार गर्छन्

~रत्नबहादुर बस्नेत कुरूपी~ भनिएको छ, ‘जसरी अन्धाका लागि यो जगत् अन्धकारमय छ, स्वस्थ आँखा हुनेका लागि प्रकाशमय छ ।’ त्यसरी नै अज्ञानीका लागि यो जगत् दुःखको समूहमय छ र ज्ञानीका लागि सुखमय छ । यसबाट ज्ञान नै सुखको कारण हो … Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged | Leave a comment

अनुभूति : प्रेमको हत्या

~श्री कृष्ण श्रेष्ठ ‘साँखु’~ कुरा थियो ०५४ साल मंसिरकोः– म साथीहरुसित एकदिन चाँगुनारायणमा घुम्न गएको थिएँ । घुम्ने क्रममा कत्तिको नजर ममा र मेरो नजर कत्ति मानिसमा यसको केहि लेखाजोखा नै छैन । तर यत्तिकैमा मेरो नजर एउटी युवतीको नजरमा … Continue reading

Posted in अनुभूति | Tagged | Leave a comment

कविता : जीवन

~श्री कृष्ण श्रेष्ठ ‘साँखु’~ बरदान हो हाम्रो जीवन जसरी पनि जिउनुपर्छ । मुस्कान मात्र होइन जीवन आँशु पनि पिउनु पर्छ ।। ढुंगा, माटो हो जीवन

Posted in कविता | Tagged | Leave a comment