Tag Archives: nepali literature

कथा : रातो ओढारको फूल

~प्रदीप नेपाल~ साँझभर गज्याङगुजुङ भैरह्यो। त्यसैले पनि पासाङ रामरी निदाउन सकेन। मनको दुखाइले उसको निद्रालाई त्यसै पर पर भगाइरहेको थियो, त्यसमाथि दुर्वासा गड्याङ गुडुङ गरेर वर्षिन थालेपछि उसलाई निदाउनै मन लागेन। पल्लो खाटमा दुर्वासा सुतेको थियो। पासाङलाई डाहा लाग्यो दुर्वासाको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आधुनिक नेताको अवतरण

~प्रदीप नेपाल~ २०६० सालको वैशाखको कुरो हो यो। मौसम नराम्ररी बिग्रिएको थियो। चैतमा पनि नचलेको हावा हुडरीले धर्तीलाई तहसनहस पारेको थियो। मडारिएको बतासले मान्छेलाई फनफनी घुमाएर मार्ने, ठिङ्ग उभिएको रूखलाई मर्याक मुरूक पारेर लडाइदिने अनि ओतमा बसेको बेसहारालाई कच्याक किचिक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माओवादीको लस्कर

~प्रदीप नेपाल~ टाँकिचौरको ओरालोमा घामले बेस्सरी हानेको छ। रूखहरू पनि प्याक्प्याक् परिरहेका छन्। अहं, एक पित्को हावा चलेको छैन। उहिले केटाकेटीमा पढेको एउटा कथालाई ओरालो झरिरहेकाहरूले पालैपालो सम्भि्कए। घाम र बतासको कथा … एकादेशमा एउटा घाम थियो र अर्को एउटा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : झुसिल्किरे ताराहरू चबाइरहेछन्

~वासु शशी~ झुसिल्किरे ताराहरू चबाइरहेछन रातका तिमिरे पातहरू ! म अनुभव गरिरहेछु मलाई भोली बिहानको कुनै जरूरत छैन ! यो धमिलो चन्द्रमा केही बेर मेरो जुत्ता लगाएर जानेछ ! वर्तमान सिध्दिँदै जानेछ मेरो मुटुबाट

Posted in कविता | Tagged | Leave a comment

जातक कथा : घमण्डी बँदेल

एउटा सिंह हिमालयको गुफामा बस्थ्यो । गुफा नजिकैको वनमा बँदेलको बथान पनि बस्थ्यो । एक दिन सिंह जानवर मारेर पेट भरिएपछि नजिकैको पोखरीमा पानी खान गयो । पोखरीको नजिकै एउटा मोटो बँदेल चरिरहेको उसले देख्यो । पेट भरिएको हुनाले सिंहलाई … Continue reading

Posted in जातक कथा | Tagged , | Leave a comment

कविता : उदास जिन्दगी

~राजेन्द्रप्रसाद अर्याल~ आगोमा फ्याकिएको रवरझैँ खुम्चिएको नीमको मन्जनभन्दा तीतो पिठ लागेको खच्चरझै अरर्रिएको ऐनासरी झर्लम्म फुटेको हुरीले उँडाएको पत्कर बनी कोलमा निबुवा झैँ निचोरिन बिवस दु:खी र उदास जिन्दगीमा पनि जीजीविषा पलाउँदो रहेछ। दमको रोगिलेझैं हर पल सुसाउँदै

Posted in कविता | Tagged | Leave a comment

गजल : दाउ चाल्यौ तिमीले

~ममता मृगतृष्णा~ आफ्नै बाजी जित्ने दाउ चाल्यौ तिमीले प्रेमको आगो झोसी झोसी गाल्यौ तिमीले सपना सारा मिठा थिए बुनिएका सजिएका इच्छा माथी वासनाको दिप बाल्यौ तिमीले

Posted in गजल | Tagged | Leave a comment

कविता : धन्य शहर

~नेकी धनेन्द्र~ धन्य शहर वर्षौ देखिको मेरो रहर आज पुरा हुँदैछ चितुुवा जस्तै सिकारका लागि निर्दोष मान्छेलाई दोवेर बसेका अपराधिहरु पालेको रैछस धन्य शहर वर्षौ देखिको मेरो रहर आज पुरा हुँदैछ बकुल्ला जस्तै माछा मार्ने

Posted in कविता | Tagged | Leave a comment

कथा : चिताको ज्वाला

~गुरुप्रसाद मैनाली~ “शशी ! बिहे गछ्र्यौ ?” “अनुहार नपरेको मुख !” शशीले चोसो पसारेर भृकुटी खुम्च्याएर आँखा तर्दै भनिन् । “भन्दिनौ पोक्ची ! ल्याऊँ गँगटो ? “सानुदाइ ! बिन्ती छ, भन्छु ।”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चन्द्रवदन

~विश्‍वेश्‍वर प्रसाद कोइराला~ चन्द्रवदनलाई आजकालका त्यस्ता गुण्डादेखि रिस उठ्यो । कात्दाकात्दै छोडी, “हरे हरे, के गरेको, पशु !”, भन्दै छोरीलाई तान्दै कोठाभित्र लगी । “कति चाँडै लेगा मैलाउँछेस्, जानु पर्छनी धुलामा !” भन्दै छोरीको लुगा फेरिदिन थाली । लुगा लगाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दोधार

~माधव सयपत्री~ म आफ्नो काममा तल्लीन थिएँ । उसले कुन बेला यो पत्र मेरो ब्युटिपार्लरअगाडि छाडेर गयो, मैले पत्तो पाइन् । पत्र मेरी बैनी प्रतिभालाई सम्बोधन गरी लेखिएको छ । यो चिठी भेटेपछि म एकदमै दोधारको स्थितिमा छु । के … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जालन्धरी प्रेमी

~अप्सरा लावती लिम्बू~ हप्तादिन अघिदेखि उपहार बेच्ने पसलहरू रातो रंगले सजीसजाउ भएकाछन्। फुल बेच्ने दोकान अंगालो भरीभरीका गुलाबका गुच्छाहरूले भरीभराउ छ। मुटुका आकारमा फुलाइएका बडेमानका राता बलुनहरू हावामा झुलीरहेका छन्। व्यस्त सडकमा तछाडमछाड गर्दै हुँइकिरहेको एउटा बसको झ्यालबाट कार्यालय ओहोरदोहोर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भार

~सुविन भट्टराई~ एक अर्धपठित ग्राम युवक, आफ्नो सपनाको दौड गाउँको सुष्कता र सुस्ततामा पूरा नहुने देखेपछि अन्ततः सहरको रेलोपेलोमा अवतरित हुन आइपुग्छ । भर्खर थामिएको बर्षा पश्चात् देखिएको स्‍निग्ध आकाशमुन्तिर हिलैहिलो बाटो छ । बाटोबाट हिलोका केही छिटाहरुलाई एक जोडी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : कालो चस्मा

~विजय मल्ल~ सिमसिमे पानी परिरहेको छ । मैले स्वास्नीलाई आज राति घर फर्कन्नँ भनेर साँझपखै बाहिर निस्केको थिएँ । तर निशिचत समयभन्दा अगाडि नै काम सिद्धियो । म रातको दुई बजेतिर घर फर्केँ । मलाई थाहा थियो, घरको सामुन्नेको ढोका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

याैनकथा : रतेली

~दौलतविक्रम विष्ट~ त्यो मान्छेको जब्बर अँगालो खुकुलो भयो । कान्ति मानौँ बिउँझिई । ऊ लरखराउँदै भुइँबाट उठी र भयले त्रस्तझैँ छिनभर जहाँको त्यहीँ उभिरही । त्यो मान्छेको घरमा रतेलीलाई रमाइलो तुल्याउन बसेकी उसकी आमा र भाउजुको थगीतको स्वरले उसको कानमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : थोरे

~चोपनारायण बन्जाडे~ दिनानाथ साहूको पछिसम्म पनि बच्चा भएनन् । देवी भाके, देउरालीमा पाठी चढाए, जान्नेलाई हेराए । हरिवंश यज्ञ लगाए तर पनि बच्चा भएनन् । चिना हेर्नेले तिम्रो त तीन बिहा लेखेको छ भन्यो । तेस्रोबाट मात्रै बच्चा हुन्छ भन्यो, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घाम

~डा. रामदयाल राकेश~ मधेशको घाम कति चर्को हुन्छ त्यो सबैलाई थाहा भएको कुरा हो । त्यसमा पनि मध्य जेठको घाम कति उखरमाइलो हुन्छ कुरा गरेर साध्य छैन । सम्पूर्ण मधेशको धरती धप धप बलि राखेको हुन्छ । चराहरू पनि आकाशमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नैकापे सर्किनी

~पारिजात~ यो तीन महिनाभरिमा मैले अध्ययन गरेको उसको जीवनमा- कति नीरस, कति पट्याइलाग्दो ? ऊ त्यो त्यही नैकापे सर्किनीको जीवन मरूभूमिको दुस्कर यात्रा जस्तो जीवन, अझ त्यो भन्दा कठिन । मरूभूमिमा त कम भन्दा कम कतै ‘ओएसिस’ हुन्छ भन्ने आशा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिहार

~हरि कंडेल~ घर-अगाडि आँगनमा सयपत्री र मखमलीका फूलहरु फुलेका थिए। आकाशबाट कालो बादल हराएर आकाश कंचन र सुन्दर निलो देखिन्थ्यो । हिलो बाटो सुकेर सुख्खा र सफा भएको थियो । खेतमा धानका बालाहरु सुन जस्तै पहेँलो भएर लहलह झुलेको थियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : यस्तै

~गोपाल पराजुली~ – यो ऐँठेको कति ? – एक सुका । – यो तितौराको नि? – पाँच पैसा । – यसको नि? – त्यसको पनि पाँच पैसा । – अनि त्यसको नि? – कसको ? – त्यसैको त हो नि। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

तामाङ लोक कथा : उँधौली, उँभौली र तामाङ सेलो

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~ उहिले उहिले बुद्व भगवान् मधेस (ग्यागर)मा बुद्व धर्मको प्रचार गर्दै हिँडेको थिए । यस्तैमा उनलाई अत्यन्त गर्मी लाग्यो । त्यो गर्मी हटाउन हिमाल (भोइगर)मा डुल्न मन लागेछ । अनि उनी गुरू रिम्पोर्छे भएर … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कथा : उपरा

~खेमराज पोखरेल~ केही घण्टा पहिलेको त कुरा हो, म चावेलको एउटा उच्चस्तरीय यौनअड्डामा शान्त भएर चोकैको चिया दोकानमा सुस्ताउँदै थिएँ । अर्को टेबुलमा चिया कुरिरहेकी एउटी चिनेचिनेझैं लाग्ने महिलालाई मैले अनायासै सोधेको थिएँ ‘तिमी ठाइँली हौ ?’ ऊ त खुसी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रूख

~केशवराज ज्ञवाली~ डंग्रंग ढल्यो एउटा रूख। जराहरू पनि उखेलिए। हागाहरू भाँचिए। रूख ढल्नु कुनै नौलो कुरा होइन। यसै पनि बूढो भइसकेकै हो। ढल्नु जीवनको अन्तिम सत्य। आज उसको पालो आएको रैछ। रूख ढलेको खबरले यो सहरलाई कहिल्यै छुँदैन। सहर र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सुशासनको चाहना

~डिल्लीराज आचार्य~ सुकिला मान्छेहरुको वस्ती बन्न सक्दछ जंहा शानले जब बस्दछन् रमाउदै सम्बृद्धिका साथमा सबैको जीवन फुल्ने बाटीका बन्दछ जुन पवन नभई अभाव कंही कतै, सदा शान्ति र अमनचयन ।१। त्यही हो सुशासन भूमि यही हो चाहना सबको नलागेर कर्ममा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : राजधानीप्रतिको मोहभङ्गता

~डिल्लीराज आचार्य~ बत्ती आएन न तातो पानीले नुहाउन पाइयो न कम्प्युटर चलाउन पाइयो धत् ! कस्तोवेला राजधानी आइयो ।१। बत्ती थियो तर गयो सबै काम ठप्प भयो न्यायका उपभोक्ताहरु रन्कीन थाले असक्षमताका पित्ले माँखांहरु आप्mनै नाक अगाडि भन्किन थाले राजधानी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : धिक्कार छ !

~कृष्ण बाउसे~ भत्कुन पर्ने धराप भत्किसक्यो फेरी पनि भत्काउने कुरा गर्नु बेकार छ चर खनेर नयाँ घरको जग राम्ररी उठाउनु पर्ने दिन आइसक्यो अझ पनि मात्र टोल्हाएर समय बिताउनु बेकार छ ।

Posted in कविता | Tagged | Leave a comment

कथा : पानीको फोका

~नेकी धनेन्द्र~ डुब्नै लागेको डाँडामाथिको जुनलाई सम्झेर उसको आँखाबाट आँशु तरुक्क चुइयो । आँशुको मुर्दापना देखेर सगरमाथा जस्तै सलक्क परेको नाकको डारी शोकमा डुब्यो । दश वर्षे जनयुद्धको बेला नेपाल आमाले पाएको दुखदायी पीडा भन्दा पनि बढ्दा देखिन्थ्यो उसको जिन्दगी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : किसानको चेहेरा

~नेकी धनेन्द्र~ सधै बदल्ने गर्दछ किसानको चेहेरा कहिले काही उसैले मार्छ हालेर घेरा लेखेको हुँदैन कसैको निधारमा पनि घरमा यत्ति आम्दानी हुनेछ भनी तेरा

Posted in गजल | Tagged | Leave a comment

कविता : अट्टहास

~नेकी धनेन्द्र~ हामी सगरमाथा पुग्न लागेकालाई खुट्टा तान्ने मुलुकका मान्छे तर सगरमाथाबाट झरेका विचारहरुलाई महान मान्छौ आधार मान्छौ त्यो त पानीको थोपा हो

Posted in कविता | Tagged | Leave a comment

गजल : जीत ठानेको छु

~नेकी धनेन्द्र~ धेरै चोटी हारेरै बाँचे, जीत ठानेको छु ।। संघर्ष नै जिन्दगीको मित ठानेको छु ।। छेपारा झै रङ्ग फेर्ने आफन्तको चाला जति जालमा पारेपनि हित ठानेको छु ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रश्न

~दोभान राई~ प्रविधिको झ्यालबाट म हेर्दछु, आफ्नो भविष्यलाई, आकाशलाई, गन्तव्यलाई अनि देख्दछु आफ्नो अतितलाई, धर्तिलाई अनि परिवेशलाई । एक्काइसौ शताब्दि कतै म आफै हो कि भन्दै, प्रविधिको उन्मादमा म उड्दछु चंगाझै। तर, यथार्थको कच्चा धागो चुडिएर, फ्यात्त भुइमा खस्दछु, केहि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

यौनकथा : आत्माश्लाघा

~इन्द्रकुमार श्रेष्ठ “सरित”~ हुन त यो सडकलाई मैले एकोहोरो हेरिरहनुको कुनै अर्थ छैन, तैपनि मलाई यो हिस्सी नपरेको अँध्यारमुखे सडकलाई किन-किन, त्यसै-त्यसै एकोहोरो हेरिरहन मन लाग्छ । तर बिहानै सैनिकहरूको एक हलले जब यसको एकाग्रतालाई भङ्ग गरिदिन्छ, मलाई धारेहात लगाएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment