Tag Archives: nepali literature

कथा : राधेश्यामको साइकल

~पोषण पाण्डे~ राधेश्यामको मन यसै यसै हडबडाउँछ – आज उसलाई  ट्युसनमा जान अबेर भैरहेछ । छिन–छिनमा हातको नाडीघडी हेर्छ र त्यसपछि ऊ पाउदानलाई जोर–जोरसँग चाल्छ । साइकल छिटो छिटो गतिले दगुर्न थाल्छ आवाज बगाउँदै – चुई, चुई, चुई, चुई… । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निषेधका फूलहरू

~पोषण पाण्डे~ आरूको रूखबाट फूलहरू झर्छन्‌ । भुईंमा रंगीन फूलहरूका छाप अंकित हुँदै जान्छन्‌ । चेतको हावा लागेर त्यो रूखबाट फूलहरू वर्षा तुल्य झर्छन्‌ । रंगीन फूलहरूको बर्सात हुन्छ । गर्मीको त्यस प्रारंभिक तापमा शारदादेवी आफ्नु ज्यूभरि सेतो वस्त्र धारण … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्रिकोणा

~पोषण पाण्डे~ मुकुन्द भित्तामा थरीथरीका चित्रहरू कोरिरहेछ — कुनै घोडाको, कुनै साँढेको, कुनै कुकुरको — जस्तो कुनै युवक युवतीप्रति आकृष्ट हुन्छ, त्यस्तै मुकुन्दलाई पनि भित्ताप्रति आशक्ति छ । भित्ता मानो उसको प्रेयसी हो । भित्तामा चित्र कोर्नाले उसलाई आन्तरिक तृप्ति … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्युवत्

~पोषण पाण्डे~ निद्रा फाट्छ र कमला ब्युँझिन्छे । उसलाई लाग्छ, बिहान भइसकेको छ । तर रातको गाढा सूनसान् देखेर उसलाई थाहा हुन्छ – शायद दुई बजेको होला । बिनासित्ती ऊ ब्यूँझेकी- उसलाई एक किसिमको पश्चात्ताप हुन्छ र साथै कुनै स्थूल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : औँलाहरू

~पोषण पाण्डे~ टुकुचामा साउनको भेल आइरहेछ । भेलमा मैलो फोहोर छाल बटारिँदै आउँछ । तिनमा ससाना बोट र असङ्ख्य पातपतिजङ्रहरु बग्दै आइरहेछन् । आकाशमा बादल ओहोरदोहोर गरी नै रहेछ । पानी कहिले जोरसँग दर्किन्छ, कहिले सिमसिम र कहिलेचाहिँ त टप्प … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चोर

~पोषण पाण्डे~ चीसो बतास चल्यो । अलि अलि गरेर संसार अँध्यारो देखिन थाल्यो । रामे निरुद्देश्य मालिकको ढोकामा उभिइरहेको थियो । कता जाने, के गर्ने भन्ने समस्याले उसको मन र मस्तिष्कलाई गोलमाल गर्न थाल्यो । आज उसको मालिकले उसलाई चोर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : के ईश्वरै छैन र ?

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ छन्द : शार्दूलविक्रीडित हेर्ने सुन्दर नेत्र औ बिच दिए राखेर यो नासिका सुन्ने कान दिए र दाँत मुख औ जिब्रो दिए भाषिका । हिँड्ने पाउ दिए र टेक्न धरती पाएर हिँड्दै छ जो “छैनन् ईश्वर” भन्छ त्यो … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : नयाँ वर्षको शुभकामना

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ छन्द : स्रग्विणी होस् नयाँ वर्ष यो शान्तिको हर्षको सभ्यता फैलियोस् पूर्वीयाऽदर्शको । दुःख दारिद्र्य पीडा हटुन् दूरमा बस्न कोही कतै नपरोस् कष्टमा ।।१।। राष्ट्रको होस् विकासै नहोस् भ्रष्टता न्याय पाउन् सदा होस् सदाचारता । दण्ड कोही … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

यौनकथा : हेल्लुस

~डा. धुवचन्द्र गौतम~ चितुवा एक्कासी बुर्लुक्क उफ्रयो र केटीबाट उछिट्टिएर अलग्ग भयो । चितुवा स्वाँस्वाँ गरिरहेको थियो । केटी पनि । त्यो विज्ञापनको अथवा डिजिटल थिएन । केटी चितुवासित पहिले डराउँदिन थिई, तर उछिट्टिएर पर गएपछि उसमा एउटा भय र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : यात्रासम्बाद र जर्मन साथीको सन्देश

~डिल्लीराज आचार्य~ “ल है ड्याड यसपाली त गाडी लिएरै जानु पर्दछ” बैंग्लोरबाट फर्कने क्रममा पाल्पाको एकजना कार्यालय प्रमुखले आफ्नी छोरीलाई लिन सरकारी गाडी लिएर सुनौली पुगेको र करिब मध्यरातको समयको कारणले तत्काल अन्य सवारी साधन नपाएकोले आफूहरुपनि त्यही पिकअफ गाडीको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

यौनकथा : फुस्केको इजार

~मदनदेव भट्टराई~ जाडोको मौसम भएकाले दुई मित्र विनोद र चीलबहादुर एक दिन कौसीको पर्खालमा बसेर रापिलो घाम ताप्दै आधुनिक समाज र नारी मनोविज्ञानको बारेमा गफ गरिरहेका थिए । यत्तिकैमा उनीहरुलको आँखा पल्ला घरकी युवतीका आँखासँग जोडिन पुगे । हृष्टपुष्ट शरीरमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथाः बेग्लै म

~उषा शेरचन~ मेरो अप्रेसन सफल भयो । मैले नयाँ जीवन पाए । बाबा भने पुनः बैदेसिक रोजगारीमा फर्किनु भयो । तर आमा र म त छाया सरी सधैँ सँगै भयौँ । उहाँको खुसीको सिमा थिएन मैले पाएको नयाँ जीवनमा । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : मनका विषाणु

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ छन्द : उपजाति‌ बसी घरैमा म त लड्न सक्छु यो बाह्यको कोरन जित्न सक्छु । मभित्रकै कोरनले सतायो क्वारेनटाईन भए म बस्छु ।।१।। म सेनिटाईजर नै घसूँ कि । वा आइसोलेसनमा बसूँ कि ए वैद्य बा साबन … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : खालि हात गए

~नेकी धनेन्द्र~ लोभ गर्ने अनकनाए खालि हात गए ।। कोही आफैलाई खनाए खालि हात गए ।। कति आए बास बस्न यो बाटोम यात्री सुनकै दरबार बनाए खालि हात गए ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : दशरथको व्यथा

~पोषण पाण्डे~ तिमीले हान्यौ हात्ती ठानेर तर पर्‍यो ठहरै श्रवणकुमार प्यासले छटपटाउँदै, छटपटाउँदै उसका अन्धा बाबु र आमा एउटै चितामा जले त्यो चिताको लपलपाउँदो ज्वाला त्यो त्यस्तै थ्यो

Posted in कविता | Tagged | Leave a comment

कथा : क्रूर मौन

~राजव~ अब उसको दृष्टिको भविष्य राता पुलिसको हातमा छ  । यो वाक्य ‘ऊ कुन चीज हो ?’ शीर्षकको मेरो कथाको अन्तिम वाक्य थियो । राजधानीको एक प्रतिष्ठित त्रैमासिकमा निकै पहिले यो कथा छापिएको थियो । प्रतिक्रियामा पाठकहरूले प्रयोग गरेको शब्दमा भन्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : “नटुङ्गिएका कथा” का दृश्यहरु र थप कथाहरु

~डिल्लीराज आचार्य~ जलेका झुप्राहरु देखें ढलेका लासहरु देखें रुँदारुदै मैले रुकुमको कविता लेखें (कवि नदीराम के.सी. कलम अङ्क ३०) शैली मन प¥यो । त्यसैले मैले पनि द्धन्द्धकालमा यही शैलीलाई पछ्याउदै “जे देखें त्यही लेखें” शिर्षकमा कविता लेखेर दाङ्गमा सञ्चालित हुने … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कथा : त्यो रात पनि यस्तै थियो

~शंकर लामिछाने~ एउटा कालो ओढ्ने ओढे झैं यो मीठो रात बादलको घुम्टोमा लुकेको छ । चिसो-चिसो बतास आएर जिउलाई अँगालिरहेछ । एकतमासको सिरिङ्ग गर्छ मेरो शरीर । कसैले सुम्सुम्याए झैं प्यारले ! … … कसैले ? यो ‘कसैले’ भन्दा मेरो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लेख : सात्त्विक आहार

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ आहार भनेको सम्पूर्ण प्राणीहरूलाई जिउनका लागि नभइनहुने तŒव हो । आहारबाट नै प्राणीहरूले शक्ति वा कुनै पनि कार्य गर्ने क्षमता प्राप्त गर्दछन् । संसारमा विभिन्न प्राणीहरूका लागि विभिन्न प्रकारका आहार्य वस्तुको निर्माण भएको छ । एउटै वस्तु … Continue reading

Posted in लेख | Tagged | Leave a comment

कविता : फूलहरु

~नेकी धनेन्द्र~ हिमालका फेदीहरुमा, पहाडका टुप्पामा तराइका फाँटहरुमा फुलेका फूलहरु एकै वर्णका हुदैनन् तर, भिरपाखामा फूलेका फूलहरु सजिलो ठाउँमा फूलेका फूलहरु जुनसुकै ठाउँमा फूलुन फूलहरु एउटै लक्ष बोकेर फूल्छन् तराइमा फूलेका फूलहरुले तराइको शोभा बढाइदिएका हुन्छन्

Posted in कविता | Tagged | Leave a comment

यौनकथा : पिशाचिनी

~माया ठकुरी~ आजभन्दा झन्डै चौवालीस पैँतालीस वर्षअघिको कुरो हो, त्यसबेला म एघार वर्षकी बालिका थिएँ। म आमाको गर्भमा छँदै मेरो बुबाको मृत्यु भएको कुरो मैले आमाको मुखबाट सुनेकी थिएँ। हाम्रो तीनओटा स-साना कोठा भएको एउटा घर थियो जसमा म, मेरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आकार बनाउनु पर्छ

~नेकी धनेन्द्र~ यो जिन्दगीको आकार बनाउनु पर्छ समय अनुसार बनाउनु पर्छ इच्छा आकांक्षा असिमित भएपनि

Posted in गजल | Tagged | Leave a comment

कविता : हाम्रो संघर्ष

~नेकी धनेन्द्र~ चट्टानहरु फोरेर उदाउँदैन घाम चिलगारी जस्तै माथी माथी आउँछ माथी माथी जान्छ यो घामले पनि संघर्ष गर्न पटक्कै सिकाएन !! बरु,

Posted in कविता | Tagged | Leave a comment

यौनकथा : विराग

~मोहनराज शर्मा~ यो कथा मिश्रीलाल र चिनीमायाको हो । त्यस बखत मिश्रीलाल झ्यालमा बसेर टाढाटाढासम्म पसारिएको बेवारिसे चौरमा आँखा दौडाउँदै थियो । चौरभरि निर्धक्क उम्रेका दूबाका टुप्पाटुप्पाले शीतका सग्लासग्ला थोपा उचालेका थिए । बिहानीको कलिलो घाममा पनि टलक्कै टल्केका तिनै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : भग्नकुण्ड र माछो

~विवश पोख्रेल~ उफ्‌ । फेरि अस्पताल । उही फोहर ओछ्यान, उही दुर्गधित कोठा । ऐया, आत्थाको आर्तनाद । कहिले मुक्ति पाइने हो यो सिलसिलाबाट । कृतिका ओछ्यानमाथि पल्टिएकी छे र सम्झिरहेकी छे आफ्नो जीवन, दुःख-सास्ती । सुस्त घुमिरहेछ उसको कष्टप्रद … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : यो कस्तो व्यथा हो

~इश्वरवल्लभ~ यो कस्तो व्यथा हो, लिएर मनमा हिँडिरहेछु हिँडिरहेछु यी भत्किरहेका पाइलालाई सोधेँ के भो भनेर, केही हैन भन्छन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

यौनकथा : हेल्लुस

~डा. धुवचन्द्र गौतम~ चितुवा एक्कासी बुर्लुक्क उफ्रयो र केटीबाट उछिट्टिएर अलग्ग भयो । चितुवा स्वाँस्वाँ गरिरहेको थियो । केटी पनि । त्यो विज्ञापनको अथवा डिजिटल थिएन । केटी चितुवासित पहिले डराउँदिन थिई, तर उछिट्टिएर पर गएपछि उसमा एउटा भय र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कथा लेख्न गाह्रो छ

~पारिजात~ एउटा फुच्चे धेरैबेर मेरो अघि बसेर गुलेली बनाउँने प्रयास गरिरहन्छ । अनि म झल्याँस्स संझन्छु-बर्ष७, पूर्णकैँ २२ उत्साहको एउटा कथा पढ्न बाँकीछ -मोहनराज शर्माको गुलेलीघर । हत्तपत्त पत्रिका निकालेर कथा पढ्न थाल्छु । यसै पनि नाउँ चलेको लेखक । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शुक्रराज शास्त्रीको चस्मा

~राजेन्द्र पराजुली~ अचानक खस्यो सहिद शुक्रराज शास्त्रीको चस्मा उनको सालिकबाट । चस्माहीन उनको आँखा अनौठो देखिन थाल्यो । नाकको डाँडीमा अडिएको चस्मा अकस्मात गायब हुँदा उनको नाक पनि असामान्य देखिएको थियो । उनको आँखा कहिले चिम्सा देखिन्थे त कहिले विस्फारित … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : शुभ-कामना

~नेकी धनेन्द्र~ यतिखेर सोचिरहेछु सौर्यले पृथ्वीलाई पृथ्वीले सौर्यलाई आज सम्म कति फन्का लगाए होलान् ? अनुमान बाहेक यसको उत्तर को सँग छ होला ? पृथ्वीले तिनसय पैंसट्ठी

Posted in कविता | Tagged | Leave a comment

कथाः रामेछापको श्रवणकुमार

~राजेन्द्र विमल~ म पुराणकालीन श्रवणकुमारको कथा होइन, आधुनिक सरबनको कथा भन्दै छु । हुन त पञ्चायतको मतदातासूचीमा यिनको नाउँ पनि श्रवणकुमार नै हो । श्रवणकुमार नं. १ को काल म भन्न सक्दिनँ, नं. २ को चाहिँ जन्मतिमि हो – २००७ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनि… ?

~भवानी भिक्षु~ हो, कथा भन्ने त म, तर तपाईँ सुन्ने, पढ्ने–कथाको मजा, स्वाद वा य यस्तै अरू जुनसुकै कुरा पनि पाउनेले अलि मलाई सहायता दिनुभो, कहानी भन्दा भन्दै थाकेको वा कतै रिक्त स्थानमा भन्न नसकिने अक्षमताले कथाप्रवाह थामिन जाला कि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment