Tag Archives: kabita

हास्य-कविता : बा’ म अहिले बिहे गर्दिन

~बादल सुरेश~ कहिले कसको कुरा ल्याउनुहुन्छ कहिले कसको कुरा ल्याउनुहुन्छ कहिले नर्सको कुरा ल्याउनुहुन्छ कहिले भर्खरकि भुरा ल्याउनुहुन्छ बा’ जहिल्यै कर गरिरहनुहुन्छ मलाई बिहे गर भनिरहनुहुन्छ मलाई भने उमेर पुगेजस्तो नि लाग्दैन आफ्नै खुट्टामा उभिएजस्तो नि लाग्दैन त्यसैले बा’ म … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

अनूदित कविता : कवितासहर

~मेहराब रहमान~ अनुवाद : कुमुद अधिकारी निर्माण होस् कविता सहर, कविता अड्डा, कविता गोष्ठी र कविहरूको फूलशय्याको बास नाना वर्णका कविहरू आउँन्, आउँन् नाना जातका र उमेरका कविहरू।

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : छोरीलाई….

~सुरक्षा श्रेष्ठ~ पोहोर परार जस्तो लाग्छ मेरो फरियाको टुप्पोमै संसार देख्ने त्यों कलिलो बच्ची ताराबाजी लै लै अनि चीं मुसी चीं खेल्दा मेरो हातमा काउकुती लाग्ने  त्यों सुकोमल औंला आज अति महत्वपूर्ण सम्बन्धको औंठी लगाउन जाँदैछ रे!

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीमात्र सत्य होइनौ

~शशी लुमुम्बू~ यस पृथ्वीमा — तिमीजस्ता धेरै मानिसहरू बस्दछन् तिमी जे सोच्दछौ त्यो तिनीहरू पनि सोच्न सक्दछन् तिमी जे बोल्दछौ त्यो तिनीहरू पनि बोल्न सक्दछन् देख्दछन् तिमीले झैँ उनीहरूले पनि सुन्दर सपना

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्ध र शान्ति

~सरुभक्त~ यथावत संक्रमण लामखुट्टे तुफान चलेको वेला रोल्वालङतिरका च्छो रोल्पाहरुमा आइपुगेका छन् उड्ने प्याउराका अन्तहीन वथानहरु हत्याको फरमान जारी छ यसर्थ गंगटाहरुको जुलुश निस्केको छ जिन्दगीको मृत्यु शडकहरुमा

Posted in कविता | Tagged | Leave a comment

कथा: त्यो पूर्ण चन्द्रको रात

~प्रकाश चन्द्र लोहनी~ पूणिर्माको दिन। दिनभरि गाउँमा जजमानी काम गरेर म थकित भएर घर र्फकंे। सामान्यतया यसरी साँझपख घर फर्किदा मेरी श्रीमती निर्मला गोठमा भएका तीनवटा गाईको स्याहार सुसारमा व्यस्त रहन्थिन्। तर त्यो दिनको दृश्य त्यस्तो थिएन। निर्मला गोठमा थिइनन्। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एक साँझ चोरबाटोमा

~यम बाँस्तोला~ भाग्न सकिन कोशीको रफ्तारमा सकिन लुक्न हाम फालेर असला झै कुरभित्र साँझ: धमिल्याउँदै थियो बाटो अस्ताउँदै थियो आँखाको ज्योति घामको बाटो हुँदै―

Posted in कविता | Tagged | Leave a comment

कविता : माटोमाथि उभिएर

~नरेन्द्रकुमार नगरकोटी~ जून नउदाएको रात कसरी हेर्नु माटोको परिचयपत्र ! वर्षौं भयो बिर्सिएर आफूलाई समेत खोजिरहेछौं हिउँमा कुँदिएका पाइतालाका डोबहरू हामीले नै टेकेका हौं पहिलो पाइला लेख्नेहरूले लेखिदिएछन् – ‘दोस्रो पाइला टेकेका हौ तिमीहरूले’

Posted in कविता | Tagged | Leave a comment

कविता : काठमान्डू प्रति

~सीमा आभास~ काठमान्डू छिरेपछि स्वयम् काठमान्डू बन्न खोज्छ मान्छे । चोभार थुनेर पौडिन खोज्छ, सक्तैन महाराज बन्न खोज्छ, बन्दैन आफूले थेगेको आकाश हेर्छ, जमिन हेर्दैन विक्षिप्त हुन्छ र काठमान्डूको नाकैमा उभिएर गर्छ सत्तोसराप । आफ्नो उचाइ नाप्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : तोरी लाहुरे

~प्रवीण भट्टराई ‘विप्लव’~ तिमी तोरी लाहुरे म डोरी लाहुरे अनि बले साच्चिकै लाहुरे मसिने सिंगापुर पुलिस द्रोणे बु्रनाईमा शुल्तानी गार्ड रामे भारतीय लाहुरे श्यामे कर्नाट प्यालेसमा क्याप्टेन फरक एति हो तिमी टाउकोमा लेवल सम्म नखोलेको चश्मा अड्काउदै चप्पल पड्कादै ओल्लो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अस्तिव

~बिक्रम श्रेष्ठ “सागर”~ **अस्तिव** जीवन अस्तिव अमर बनाऔ। घडीको पला संगै आत्मसात गरौ ।। शैशवावास्था देखि झेल्दै परिवर्तन। अङ्कुरित बिज गर्दछ स्वरुप धारण। । नियम हो यो परिवर्तन प्रकृतिको।

Posted in कविता | Tagged | Leave a comment

कविता : पत्थर जस्तो म

~दशु राई~ प्रभु! प्रणाम हे ब्रहमाण्डका पिता हजुरको हुकुम बक्स भए म आफ्नो अस्तित्व पत्थर मा खोज्न चाहन्छु । चौरासि हजार जुनि छैन किन पत्थर?प्रश्न उठ्छ भने प्रभु हजुरको अपार् सृस्टि यो जन्म मृत्यु,मिलन बिछोड सानो ठुलो ,धनि गरिब एकको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु, जीवन र विम्वहरु

~राम प्रसाद प्रसाईं~ विम्वहरु कति बाँच्छन् र? विम्वहरु किन बाँच्छन्? विम्वहरुको मृत्यु घोषणा गरे के हुन्छ? हाम्रो बचाइ नै विम्वात्मक छैन र? विम्वहरुको मृत्यु घोषणाले बचाइ राख्छ त हाम्रो अस्तित्व? यौनकुण्ठाले होस् वा चिन्तनकुण्ठाले मगजमा हाइड्रोसिल र अण्डकोष ट्युमरग्रस्त मकर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : चारैतिर तिमीलाई खोजे

~योगेन्द्र गिरी ‘संघर्ष’~ चारैतिर तिमीलाई खोजे तिम्रो माया पाउन सकिन कतै मलाई एक्लै छोड़ी पराइसग भुल्दै छौकि कतै सोचेको थिइन तिमीले मलाई धोका दिन्छौ भनेर भुल भएछ तिमिसग माया गास्न नि कतै

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरी बहिनी देवी

~विक्रम सुब्बा ~ उसले बतासलाई धक्का दिँदै नाच्दा रोटे पिङ रमाएर घुमे जस्तो लाग्थ्यो ऊ फूलझैँ मुस्कुराउँदा नजिकैबाट सयपत्रीको वास्ना चलेजस्तो लाग्थ्यो उसलाई कतै गइरहेको कतैबाट आइरहेको देख्दा लिङ्गे पिङमा मच्चिएको जस्तो लाग्थ्यो उसको प्रफुल्ल अनुहार देख्दा झिलिमिली बत्तीहरु बले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : चम्किलो प्रतिबिम्ब

~नवीन लामा `सुरेश`~ पहराको आँशु छहरा बनी झर्ने मेरो देशको बयान म के गरुँ ? आशु सबै समेटेर आफ्नै काखमा राख्ने तालको बयान म के गरुँ ? नाताबाद र कृपाबादको खास्टो ओढाएर ढकमक्क फूल फूलाउने मालीको बयान म के गरुँ … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : आमा

~रवीन्द्र मिश्र~ आमा तिमीले पत्कर बालेरे जगाइदिएको मेरो ज्योतिमा म आज सुर्य खोजिरहेछु ता कि भोलि कुनै आमालाई पत्कर सोहोर्नु नपरोस् आमा तिमीले फोक्सै सुकुन्जेल फुकेर बालेको दाउरामा म आज उर्जा खोजिरहेछु ता कि भोलि कुनै आमालाई ढुँग्रो फुक्न नपरोस् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : …र पनि माफ गर

~स्वप्निल नीरव~ प्रिय सक्छौ माफ गर सक्दैनौर पनि माफ गर! हुन सक्छौ तिमी कोमल मैन हौ सुवासित फूल हौ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : घामदेखी डराएन सत्य

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ चौतारीमा साईकल अड्याउँछ र एकैछिन सियाँलले जिउ भिजाउँछ । जुवाडेहरुको छेउ बसेर आखाँ तन्काई तन्काई सत्यले हेर्दैन; खेल्नु त परै जाओस् । ‘कुन रङ बोल्ने ?’ वास्तवमै सत्यले तासको रङ चिन्दैन, सत्य बेकम्मा भएर बस्दैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म आत्महत्या गर्दिनँ

~जयन्ता पोखरेल~ बोक्न मन छ ! छातीमा आकाश अड्याउनु कसरी ? खस्दै छ मुट्ठीबाट हतास बगिरहन्छ आँखाबाट सम्झनाको मीठो तरेली मुर्दा बनाउनु कसरी ? थोरै प्राप्तिको चहकिलो आभास । लतपतिएर माटोसँग हुर्कंदै छन् मुटुका टुक्राहरु नाबालक अनुहारको भाग्यमा टुहुरोपनाको आफ्नै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : के हो त कविता ?

~पेशल आचार्य~ वकिल साहेब फिराद, प्रतिउत्तर वा मिलापत्रमध्ये के हो त कविता ? इन्स्पेक्टर साहेब अभियुक्त तहकिकात र अभियोगमध्ये के हो त कविता ?

Posted in कविता | Tagged | Leave a comment

कविता : म कस्तो मान्छे

~सत्य नारायण रावत~ मान्छेहरु को भिड बाट एक्लिएको मान्छे ! दैब ले भाग्य लेख्दा ठगिए को मान्छे !! हेमन्त को फुलहरुले सजिएको मान्छे !!! म त अर्कै दुनिया को मान्छे !!! आगो को ताप संग चिसाएको मान्छे ! बरफ को … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : भन त मोदी दाइ

~प्रेम वली~ हेर त मोदी दाइ बिग्रिएका तिम्रा भाइ कोही सिल्ली जस्ता कोही बिल्ली जस्ता कोही चुसी फाल्ने चुरोटका खिल्ली जस्ता न लेख्छन्् न लेख्न दिन्छन््

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : एउटी चेलीको आत्म व्यथा

~गजेन्द्र गजुर~ * एउटी चेलीको आत्म व्यथा * सोचेको थिए आराम र विलासी, यहाँ कोठामा बसेछु, चढन पाए हुन्थो फासी, घृणा र देह व्यापार, म माथी नै सबै अत्याचार, जर्बजस्ती गर्छ छन मै माथी, बाध्य छु काट्न दिन र राति, … Continue reading

Posted in कविता | Tagged | 1 Comment

कविता : पहेँलो रंग

~सरस्वती प्रतीक्षा~ ओ, सुलतान हसनल ! हामी दुवै एउटै रंगको सपना देख्दा रहेछौँ पहेँलो रंगको । तिम्रो ग्यारेजमा राखिएका सात हजार कारहरुमध्ये कतिवटा कारहरु सुनले बनेका छन् ?

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय छिमेकी

~दीपेन्द्र श्रेष्ठ~ के गरुँ छिमेकी ? म नियति बदल्न सक्छु छिमेकी बदल्न सक्दिनँ ! बरु रगत बगाउन सक्छु सिमाना खुम्च्याउन सक्दिनँ ! गर्व लाग्छ मलाई मेरा छिमेकी शक्तिशाली छन् परिवार उनको ठूलो छ सन्तान उनका सिपालु छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : आँधी र स्मृति

~गीता त्रिपाठी~ स्मृतिको आँधी रोकेर उभिएकी छु तीन दशकअघिको गोरेटोमा । टिफिन बक्सको आकारमा आफ्नै खाली हत्केला काखीमुनि बालकजस्तै च्यापिएको किताब र स्कुल ब्यागको अनौठो कल्पनामा दोबि्रसकेका छन् पुस्तकका छेउकुनाहरु अझै पनि रित्तै छ पानीको बोतल तर भरिएको छ वरिपरिका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कम्प्युटरमा ईश्वर

~भूपिन ब्याकुल~ कम्प्युटरमा नभएको स्वर्गबाट देवीले पठाएको इ-मेल पढिरहेका छन् – ईश्वरहरु ! इन्टरनेटमा देवीहरुसंग कामुक लयमा साइबर सेक्सका कुराहरु गरिरहेका छन् – ईश्वरहरु !

Posted in कविता | Tagged | Leave a comment

कविता : घरबाट आमाको चिठी आएको छ

~प्रकाश सायमी~ मैले सम्झे त्यो मेरो घर । जो एक्लो छैन यो मुलुक जस्तै । त्यो घर म खूब सम्झिन्छु, घरको कोठा सम्झिन्छु कोठाका कुना कुना सम्झिन्छु तर बिर्सिन्छु आफैंलाई आमाको पत्रमा वज्यैको चर्चा छ वज्यै एक्लै सुसाईरहन्छिन् र कोठाको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रजत जयन्ती

~गोपालप्रसाद रिमाल~ आज रजत जयन्ती । आँखा, तँ बन्द हो- तेरो नक्कलझक्कलको आज के काम ? कान तँ टालिई- तेरो सुँघ्ने शक्तिलाई आज बिर्सिदे यो उत्ताउलो फूलले लटरम्म वसन्त त होइन ? दशै इन्द्रियहरू, आफ्ना आफ्ना थान्का लाग । तिमीहरूको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पहिले मानव अहिले अर्थोक

~भिम प्रसाद घिमिरे~ मलाइ पनि त्यस्तै लाग्यो झुट्टा बोल्दा रहेछन् डार्बिन बाँदर थियो रे मान्छे होमोस्यापिन्स, रामापिथेकस के के हो के के विकास हुँदै आएको रे उस ! ताक्दै प्रहारका मौका गरेजस्तो आदर कंक्रीटका जंगल कहाँ बनाउँछ बादर पत्याउदिन लौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : म तिम्रो

~मेहराब रहमान~ अनुवाद : कुमुद अधिकारी के चाहन्छ्यौ तिमी ? दीर्घ समय चाहन्छ्यौ कि तिमी देहको वार्तालाप, चौथो प्रहरमा चारवटा रक्तिम ओठहरूको दुष्ट कम्पन रगतमा तिम्रो आँधीको उष्ण नशा, र सुखको जीवनयापन ?

Posted in अनूदित कविता | Tagged , | Leave a comment