Tag Archives: kabita

कविता : गहुँगोरो अफ्रिका

~आहुति~ मेरो रातो रगत मानिसको पवित्र रातो रगत नीलो पसिनाको बुँद बनेर जब झर्दछ तिमी आफ्ना नरम अञ्जुलीहरूमा आली लगाएर थाप्दछौ जब म त्यो श्रमको सुवासयुक्त पसिना सुघ्न खोज्छु तिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्छौ आँखा जुधाउने आँट … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटी बादी आइमाईका पेटीकोटका टुक्राहरु च्यातिएर

~अनिल श्रेष्ठ~ एउटी बादी आइमाईका पेटीकोटका टुक्राहरु च्यातिएर जब यो मुलुकको राष्ट्रिय झण्डा बन्छ र सिंहदरबारका पर्खालहरु पेटीकोटका झण्डाहरु फर्फराउँछन् जब भर्खरै सङ्गीतबद्ध गरिएका नयाँ राष्ट्रिय धुनहरु सिंहदरबारको ग्यालरीभित्र बज्छ र यो मुलुकका केही उत्साहित सांसदहरु कुर्सीबाट उठेर नयाँ धुनलाई … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कुरुप देश

~नाकिमा~ साकेला छ साकेलामा सिली छ सिलीमा जीवन छ सिलीमा गाइने रिसियाहरु छन् रिसिया गाउने नछुङहरु छन् सिली सिकाउने तयामा-खियामाहरु छन् ढोल-झ्याम्टा बजाउने हेत्छाकुप्पाहरु छन् अर्थात् एउटा देश छ सेलो छ सेलोमा बज्ने डम्फू छ डम्फू बजाउने ज्योज्यो-आलेहरु छन् डम्फूको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मदनको पाइला

~तिब्वत दर्लामी~ आमा! म पनि जाउँ कि क्या हो ? खाडीतिर उँट चराउन । याहाँ लोडसेडिङमा जीवनको अँधेरो पालेर बस्नुभन्दा याहाँ महँगीमा मनको चाहनाहरु मारेर बाँच्नुभन्दा सामान खोज्ने भीडमा सामान कम भएको अनुभूतीले आफ्नै आफन्तहरुबाट अपहेलित हुनु भन्दा लुसुक्कै छिरुँ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कालरात्रीहरु

~अपराजिता प्रभास~ कालरात्रीहरुले जगड्नु जगडिसके अब बिहानीलाई जगडबन्दी गर्न नखोज नत्र भयानक हुनेछ जहाँ उज्यालोको ठाउँ छैन त्यहाँ नै क्रान्ति छाउने छ जहाँ समानता छैन त्यहाँ नै भोकाको शासन आउने छ जहाँ सम्मानको पाठ सिकाइदैन त्यहाँ संघर्षको मू्ल फुट्नेछ । … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बस्तिहरुमा..

~तेजविक्रम कार्की~ चोरेर एक टुक्रा घामको उज्यालो तिमी छिरे पछि बाँच्नेछन् कयौले जिवन व्युझिएर एउटा विहानी बस्तिहरुमा हिड्दा हिड्दै खिईएका बाटोहरु कुरीरहेछन् पदचापहरु अझै पाली मुनी पानी पर्दाको बास

Posted in कविता | Tagged | Leave a comment

कविता : उल्टो रुख

~भूपिन ब्याकुल~ बालककालमा बालसाथीहरुले भन्थे- “फलफुल खाँदा बियाँहरु ननिल्नू निलेपछि पेटमा उम्रिन्छन बियाँहरु पेटमा नै बिरुवा लाग्छ पेटमा नै बिरुवा पलाउँछ रुख बन्छ र मानिसको मृत्यु हुन्छ | ”

Posted in कविता | Tagged | Leave a comment

कविता : रेमिट्यान्सको कथा

~गोविन्द वर्तमान~ आमाको आँखामा खुसी किन अडिदैन ? साहुका केही हजारहरू तिरेर किन सकिदैन ? बालिग अनुभूतिको दोसाँधमा विभेदको वर्गीय किताब पढ्दै गर्दा एकदिन पँधेरीबाट झरिला सपनाहरू झर्दै गर्दा एकदिन सुकिलो मुस्कानले भन्यो–

Posted in कविता | Tagged | Leave a comment

कविता : शरणार्थीलाई अमेरिका

~भोजराज न्यौपाने~ ढल्यो सर्वश्व ढल्यो । त्यसैले दिग्भ्रमित छन् मेरा आँखाहरु र खोज्दैछु म त्यस्तै नोष्टाल्जिक आँखाका सुन्दर सपना ओहो कसरी भयो एकाएक यस्तो ?

Posted in कविता | Tagged | Leave a comment

कविता : माता म फर्कन्छु

~बिलोल पोख्रेल~ म दुख्छु अश्रुमा तिम्रो, भारी सही बिडम्बना, म रुन्छु या म हास्दैछु के छ भित्र यथार्थमा, के लुक्थ्यो दृष्टिमा तिम्रो, पुत्र हुं म दया गर, फर्कन्छु पाऊमा तिम्रो, तरेर भवसागर । । *** म खान्छु अन्नमिष्टान्न यो बाहु … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भङ्जाहा भुइँचालो

~गणेश खड्का~ यो कुन कम्पनशास्त्र हो, सम्झी-सम्झी,झम्टी-झम्टी काँप्नु पर्ने…? धामी,झाँक्री र बिजुवाहरु रातभरी काँप्छन् र भुत-प्रेत भगाएर,सियाशिकारी मन्छाएर मत्थर हुन्छन् अनि जान्छन् आफ्नो बाटो लिएर आफ्नै कामकाजमा भोलिपल्ट बिहानै तर यो,… एउटा भयङ्कर सन्त्रास र अज्ञात भय बर्षाएर काँपिरहन्छ पीडा-वेदनाले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : “सपना …”

~मिना थापा~ उकालीका गोरेटाहरुमा हजुरको हात समाऊँदै शितल शान्त्त वातावरणमा प्रफुल हुँदै-रमाऊँदै हामी अगाडी बढीरहेका थियौ, हाम्रो आफ्नै संसारमा हामी अझै डुबिरहेका थियौ हाम्रो आफ्नै भावनाहरुमा हामी धेरै नजिकिदै थियौ, हाम्रो चोखो मायामा हजुर अनि म ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कान्लो मिचियो

~पुस्कर बन्जाडे~ बारीको कान्लो मिचियो केहि बोलीन सोचेँ छिमेकी हो गार्हो सार्हो पर्दा काम लागेको छ खेतको आली मिचियो

Posted in कविता | Tagged | Leave a comment

कविता : यौवनका फौबन्जारहरू

~शिव प्रकाश~ अभावको भोको भन्दा रहरको भोको छ आधुनिकता, अवस्थाको विवशता भन्दा आधुनिकतासँग विवश छ अवस्था ! मौलिकता विहीन आधुनितकताभित्र मौलाइहरेछ नूतन सभ्यता मान्छेभित्र कुमान्छे जस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : शहीद

~सुजता ढुंगेल~ शिरैमा आमाको आशिष आँखैमा प्रिया को झलक कर्तब्य मोहित एक सिपाही फर्की आउने बाचा राखी सर्दै अघि युद्ध भूमीमा खेल्दै, छेल्दै बारुदे धुंवा आत्मास्वाभिमान राख्दा राख्दै ढलिगए रे बङ्लंग त्यतै

Posted in कविता | Tagged | Leave a comment

कविता : रोई राछ हिमाल

~भीमसेन सापकोटा~ डाँफे रोयो , गुराँस रोयो , रोई राछ , हिमाल। पाइला तिमीले, मेटी हिँड्दा दुःखिरा छ नेपाल । । बाटाहरू पैताला लाई, आँगन फर्काइ देउन । देउराली र चौतारीको , दुःख सुनाइ देउन ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : म अझै मरेको छैन

~तेजविक्रम कार्की~ हरेक दिन मेरो छाँया यो घर भित्र पस्छ र बाहिरिन्छ सधै जसो मेरो फोटो हेर्छिन् आमा सुकसुकाउदै रून्छिन् एकछिन् टोलाउँछिन् अनि कसैले नदेख्ने गरी सारीको सप्कोले आँशु पुस्छिन् बा मैले रोपेको क्याकटसमा सधैजसो पानी हाल्छन् थाहा छ जो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति लिएर आऊ

~निर्मला अवस्थी~ यसपाली त तिमी आउंदा प्रेम र मायाका लहरहरु लिएर आऊ सुरीला मीठा धुनहरु सुसेल्दै सबैको अनुहारमा हांसो र खुशि लिएर आऊ पर्दैन भो अरु कोसेली तिमी स्वस्थ्य भएर आऊ नयां वर्ष तिमी शान्ति लिएर आऊ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा बिरामी परेकि छन्

~निर्मला अवस्थी~ तिमी गएदेखि आमा बिरामी परेकि छन् तिमीलाई नै सम्झदै सहस्रधारा आँशु बगाइरहेकी छन् तिमी गएदेखि आमा विरामी परेकी छन्। गाउमा हजुरबुबा बित्नुहुदा लास उठाउने कोही भएनन् रे

Posted in कविता | Tagged | Leave a comment

कविता : जुनकिरीको गीत

~गिरिराज बाँस्कोटा~ निर्मम भएपनि प्यारा छन् यादहरु उहि सपना गुमाएर उहि विपना भुलाएर फोका न हुन पानीका फुटे के भो ? झोक्का न हुन हावाका झुके के भो ? सम्झनलाई न पानी चाहिन्छ न हावानै चाहिन्छ फगत मुटु हुनुपर्छ प्यार … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ए आमा सुनाई देऊ संसारलाई ।

~कृष्ण दुवाडी~ ए आमा प्रकृतीले नेपाल र नेपालीको कुभलो ? यो के सुन्दैछु म । यो हुनै सक्दैन । आत्मा परमात्मा र प्रकृति सबै निर्दोश छन । परिवर्तन संसारको नियम हो । भईरहन्छ । बगेन भने लेउ लाग्छ । चलेन … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटोको आत्मकथा ।

~अशोक पार्थिव तामाङ~ उ कुनै विन्दुबाट जन्मिएर फैलिंदै मूलबाटो , दोबाटो , गोरेटो घोडेटो , चौबाटो बन्यो रे यूग छोएर उसका छात्ती चिराचिरा पारिए रे ! पटक – पटक …………………………………। पदयात्रीहरूका जुत्ता-चप्पलका डोब युगौं छातीमा दसी टाँसेको छरे उसले ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बिहानीको शीत

~किरण टि लिम्बु~ बिहानीको किरण ओडि मोती बन्छे शित। शित उडी बादलुको लुक्छे घुम्टो भित्र।। शित जस्तै उडी जाने सास हाम्रो एक् दिन्। ‘जिवन’ हाम्रो के हो आखिर्? सोची हेरौँ एक छिन्।।

Posted in कविता | Tagged | Leave a comment

कविता : सौन्दर्य–चिन्ता

~शशी लुमुम्बू~ यस पृथिवीमा— कहाँबाट आयौ तिमी ? कहाँबाट आएँ हूँला म ? …. पहिला— तिमी आयौ कि म ? कुन नदी पछ्याउँदै कुन बतासको वेग समातेर आयौँ होला हामी ? …. आएपछि पृथिवीमा सबभन्दा पहिले—

Posted in कविता | Tagged | Leave a comment

कविता : भैगो म कविता लेख्तिन

~भिम प्रसाद घिमिरे~ कर नगर्नुस् कविज्यु भाषा खेलाउनु विरह चलाउनु हँसाउनु अनि शब्दजालले रुवाउनु त्यो कला पटक्कै जान्दिन मलाइ क्यामेरा भए पुग्छ अलि बढि फोटा अटाउने मेमोरी कार्ड र, अलि परका विषय टिप्ने लेन्स भए पुग्छ कसरी भ्याउला कवितामा बर्कत … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गुनगुन

~स्वप्निल नीरव~ कति हुँ हुँ गर्छस हँ ? अगेनुमा हात सेक न हैन अझै कति हुँ हुँ गर्छस ? तेरा बा कम्बल लिन गा’का छन् पुसको छानोले यस पालिको शीत लहर छेक्ला नछेक्ला तँ सानै छस तेरा निलिएका ओंठ कठ्याँग्रिएका … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : निरङ्कश आँधीहुरी कथा

~बलिराज खम्बू~ हजारौं बर्षदेखि नै संघीयताको कथा बाकेर त्यो अरुण नदी बग्थ्यो रे छोरा ढाकार चौतारोमाथि बिसाउँदै काहानीको पोका खोलेर केलाउनु थाल्नुहुन्छ- मेरो बा कोपाको कथालाई । यो क्षितिज अनि उ परऽऽऽपर चारैतिर देखिने ठाउँसम्म निलो आकासमा पूर्णिमाको मधुर मुस्कान … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पृथकता र प्रेमरेमिलता

~गिरिराज बाँस्कोटा~ मेरी आमा तिमि भन्दा राम्रि हुनुहुन्छ तर उहालाई तिम्रो जस्तो सिगारिने फुर्सद छैन उहालाई रमितेमा घाँस काट्न जानु छ चुलो रङगाउनु छ अनि बेला बेला मलाई सम्झिएर बिरत्तिनु छ तिमि जस्तो मेरी आमालाई फुर्सद छैन दिन भर काममा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : धतुरेहरु र मेरो स्वकीय अडान

~गणेश खड्का~ मेरो समाजका सबै खाले स्वघोषित वरिष्ठहरु र मेरो दैलो-जस्केलो वरिपरी रोप्तै नरोपी उम्रेको उम्रेयै गरेर हैरान पार्ने धतुराहरु उस्तै-उस्तै लाग्न थालेकोछ मलाई अचेल धतुरे अस्तित्वहरु हुर्के भने तुलसी पवित्रता जिङ्लाउँदोरहेछ करेसामा मनहरु सकरात्मक मौलाएको जाती मान्छु म नकरात्मक … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चाहना

~समा श्री~ र पनि यो कस्तो शून्यता ! कतै कुनै कुनामा चुपचाप आफैमा खुम्चिएर तिम्रा यादहरू बसेका छन् हावाको मन्द वेगसँगै तिम्रा पाइलाका ध्वनी गुञ्जित हुन्छन् तिम्रो शरीरबाट बहने मन्द सुवास छरिएका छन् र पनि यो कस्तो शून्यता !

Posted in कविता | Tagged | Leave a comment

कविता : आधा भोगाइः आधा बगाइ

~तारा पराजुली~ तिमी बगेपछि म अनायास जम्न थालेको छु। यो निस्पट्ट तलाउ निर्वेग प्रवाह सिसाजस्तै चर्किएको मन अनि अपमानको हिउँले छोपिएर म अनायास जम्न थालेको छु तिमी बगेपछि

Posted in कविता | Tagged | Leave a comment

कविता : अब म आँशुको कविता लेख्दिन

~हेमन्त परदेशी~ जीवनका अनेक मोडहरुमा अक्षरको खेती गर्दै जाँदा मैले थुप्रै मृत्युका कथाहरु लेखिसकेको छु भोको पेट र नाङ्गो आङ्गको पीडाबोधमा दन्दनी आक्रोशका ज्वालाहरु ओकलिसकेको छु र, प्रतिफलमा असङ्ख्य बधाई तथा शुभकामनाका परि परिका दोसल्लाहरु पनि ओढिसकेको छु । हो, … Continue reading →

Posted in कविता | Tagged | Leave a comment