Tag Archives: kabita

व्यङ्ग्य-कविता : आउ हामी सबै मिलेर बन्द गरौँ

~बादल सुरेश~ जब उदांग भएर खुल्छ विदेशी हस्तक्षेपमा देशको निरिहता, जब सर्वांग नांगिन्छ बलात्कार र हत्यामा मानवीयता, जब छ्यांगै खुलिदिन्छ लाजको पर्दा शासकहरूको, तब लाग्छ कसैले बन्द गरिदेओस् मेरो समाजको आवरणलाई, कसैले छोपिदेओस् हाम्रो हिन मुहारलाई।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मेरो जन्मदिन

~ओम अज्ञानी~ ‘उडि छुनु चन्द्र एक’ उदेश्य त यहि भयो, ट्रायलमै जन्मदिन बिहानै आयो र गयो ! पोहोर जस्तै प्रगतिको सुभकामना आयो, हेर्दा हेर्दै बाला उमेर दुई बीस पो लायो !

Posted in कविता | Tagged | Leave a comment

कविता : कुमारी गाउँ

~भूपिन ब्याकुल~ दिनदिनै निस्किरहने भूइंचालोका लहरहरु जो जन्मिन्छन युरोपको गिर्जाघरहरु र राष्ट्रपति भवनबाट पररास्ट्र नीति र सभ्य पापी आँखाहरुबाट छिन्छिनै आइरहने आतंकका तरंगहरु जो जन्मिन्छन् एसियाका मस्जिदहरुबाट / मन्दिरहरुबाट आन्ध्यारोका चिन्तनहरुबाट र दमित बिस्फोटहरुबाट अफ्रिकाका भोकमरी र युद्धहरुबाट अमेरिकाकोकुरूप दादागिरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ट्रक ड्राइवर

~भूपिन ब्याकुल~ खतरनाक हुन्छ बाक्लो हुस्सु लागेको मनमा सवारी चलाउनु । दिलमाया, म ट्रक चलाइरहेछु । बैंसको भीर कोतरेर बनाएको सपनाहरूको कच्ची बाटो, जाडोका अल्पिनहरूले घोचिरहेका नाङ्गा औंला, र यो बाटै नदेखिने गरी हुस्सु लागेको मनको घुम्ती ! दिलमाया, म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जय होस

~शेखर ढुङ्गेल~ जय होस जय होस जय होस मेरो जन्म भुमी नेपालको अमर रहोस वीर शहीदका गाथा नमेटिउन देशका सिमा रेखा उठोस हात घर घरबाट बनाउन नेपाललाई संसारकै खास्सा जय होस जय होस जय होस

Posted in कविता | Tagged | Leave a comment

कविता : देश मृत्यु शैयामा छ

~सरुभक्त~ माफ गर, यो कुनै समाचार होइन सुनाखरी नफुल्ने देश धतुरीमैयाहरु बेचिएका छन् भ्याकुमक्लिनर जिन्दगीका हलसाराहरुमा बाबुहरु भैंसीसित छोरी साट्दैछन् मुहनोचवा – आतङ्ककारी कीराहरु एन्थ्राक्स आतङ्क ग्रस्त छन् ए हिमालका जुनकीरीहरु ! के हामी डाइमिथाइल मर्करीका ताण्डवपूर्ण मिनामाता रोगका खाडीमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तेस्रो नजर

~बिबश बिप्र~ समुल नतर्कीहरु मयूरका प्वाँख सापटी माग्दै खोल्सा खोल्सामा नाचगान गरिरहेछन राँके भुतहरु राँको बाल्दै तालमा ताल मिलाउदैछन सतीसाल र बयरहरु मधुर मनोकांक्षा बोकी रंगनाच चिहाँउदाछन पिशाचहरुको गाँउमा खुशीको जगजगी देखिन्छ l

Posted in कविता | Tagged , | Leave a comment

कविता : म त्यही लोप्साङ हूँ

~प्रथा~ ओहो ! कस्तरी फुलेछ यो वन मा¥साङको जोवन फुले जस्तै ! साच्चै ! सपना लहराएका यी फुलहरू यो वनको बाटो भएर कुन गाउँको आँगनमा पुग्दा हुन् ?

Posted in कविता | Tagged | Leave a comment

कविता : जबर्जस्त साझा नियती

~गणेश खड्का~ माझीको घरमा माछाको कोशेली बोकेर भि. भि. आई. पी. आतिथ्यको अपेक्षामा ग्वारग्वारती लश्किने लवस्तराहरु हास्यास्पद ! भट्टिमा रक्सीको सगुन भित्र्याएर रिपिटेड मोस्ट ईम्पोर्टेन्ट गेस्ट को दर्जामा बेशरम ओईरिरहने गतिछाडाहरु लज्जास्पद !

Posted in कविता | Tagged | Leave a comment

कविता : घोडा दौड

~सीमा आभास~ सडकमाझ् नग्न उभिएर सुस्केरा छोडें भने ब्यूँझ्नेछ इतिहासको चौघेरामुनि निदाएको बूढो पाले तर्सिएर उड्नेछन् मलाई डर देखाउने बाजहरू थर्किएर लड्नेछन् आकाशतिर बढ्दै गरेका टावरहरू घोडेजात्राको दिन टुँडिखेलका घोडा छाँदेर जानु छ महाराजका ढोकासम्म देखाउनु छ लट्टा परेको कपालको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एक अनुरोध

~चन्द्र गुरुङ~ आफ्ना कलिला कलिला औँलाहरू दोब्रयाउँदै जीवनलाई एक एक हिसाब लाउँदा मेरो सानो मुठ्ठीमा पर्न आएका छन् मात्र दुर्भाग्यपूर्ण दिनरातहरू । मेरा यी दुई हातहरू छन् उनकै सेवामा व्यस्त कि, आँैलाहरूले स्पर्श गर्न पाएका छैनन् जीवनलाई । खुट्टाहरू खटेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : कोट

~विलियम बटलर यिट्स~ अनुवादः कुमुद अधिकारी मैले मेरो गीतको एउटा कोट बनाएँ एम्ब्रोइडरीले भरिएको पुराना मिथकहरूबाट कुर्कुच्चादेखि घाँटीसम्मको; तर मूर्खहरूले यसलाई पक्रिए

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : आह्वान

~केशर थुलुङ~ खनिनुपर्छ/जोतिनुपर्छ- माटो फोडिनुपर्छ/तोडिनुपर्छ- पहाड पुरिनुपर्छ/भरिनुपर्छ- खोँचहरू अनि सम्मिएर रोपिनुपर्छ- बीउहरू युगान्तकारी क्रान्तिका आह्वान हो यो- युवाहरूका/बृद्धाहरूका कलिला नानीहरूका जो चाहन्छन् बन्न यो देसको असल नागरिक जो चाहन्छन् गर्न यो देसलाई माया जो चाहन्छन् बाँड्न यो देसभरि खुसी जो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : अतृप्त आशा

~रविन खतिवडा~ अतृप्त ती वटुक नयनमाझ बिझ्ने ती बैँशका हरफहरु रुझ्दा रुझ्दै फाटेका पन्नामाझ लतपतिएका जीवनका आलेखहरु छरपष्ट भत्किएका शब्द भित्रका मर्मले थिचिएका विलिन संवेदन ती आशहरु मेट्न आत्माका द्धेषहरुलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : साइला बाहुन

~मनोज बोगटी~ साइला बाहुनले बाजेलाई पछ्याएनन्‌ बाबुलाई पछ्याएनन्‌। उसले भने- म म भएर बॉंच्छु म आफै बनाउँछु बाटो। धेरै दाजुभाईबीच कुन्नि किन साइला मिल्नै सकेनन्‌ भने- बरू कोइलाखानी जान्छु पढ़्न जॉंदिनँ।

Posted in कविता | Tagged | Leave a comment

कविता : रोष,अभिब्यक्ती !!!

~नवीन लामा `सुरेश`~ यस्तो लाग्छ उँधो बग्ने खोलाहरु उँभो बग्दैछ, जूनकिरीको शहरमा पनि अन्धकारले घेरा हालिसकेछ, अँधेरोमा लम्किएको आफ्नै पाइलाहरु पनि उजेलीको साथ नपाउँदै थाकेको महसुस हुन्छ, किन किन यस्तो लाग्दैछ अचेल समय आफुलाई ठग्दैछ !!

Posted in कविता | Tagged | Leave a comment

कविता : धराप

~सरुभक्त~ कुमारी घर तलेजुका रक्तिम अनुष्ठानहरुमा सर्वकालीन नम्छरा राष्ट्रगानहरु घटस्थापित छन् ज्याम्वुरी हामी परापूर्वकालदेखि खड्गजात्रा मनाइरहेछौ भीर भूगोलमा

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाली हेड् न्युज

~ओम अज्ञानी~ अस्ति, बालिका ‘अपहरण’ भाथ्यो, हिजो सामुहिक ‘बलत्कार’ भएछ, आज मिर्मिरेमै निर्मम ‘हत्या’ भो रे, भोलि, अपराधी ‘फरार’ हैन, हत्कडीको शीर्षक बनाउ । अस्ति, सम्सदमा बिपक्षिको ‘बिरोध’ भो, हिजो देशै ‘बन्द’को ‘आन्दोलन’ भएछ , आज सरकारसित रिसोर्ट्मा ‘बार्ता’ छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अलिअलि सुभकामना दिनु है

~गिरिराज बाँस्कोटा~ छोएर रक्त मस्त धमिनी चुमेर आखाँका नानी भौहरु मखमलि ,सयपत्रि यादहरु फुलाउछन् त्यहि भएर सायद तिम्रा तस्विरे आँखाहरुमा छल्किरहेका अञ्जुलीमा प्यारका निशानी देख्न थालेको छु छोएर के हुन्छ ? डामेर के हुन्छ ? आखिर मायात मनवाट हुन्छ आँखावाट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देश मृत्यु

~सुनिता राई सुब्बा~ बर्षौं भैसक्यो देशलाई निमोनिया भएको मृत्यु घोषित सैयामा कहिले पुर्याउछौं ? (सुन ए असफल अस्थिपन्जर हो !)२ तिमीहरुले नै असफल बनाएको देशको मृत्यु अब कुनैपनि बेला हुनेछ चेतनाहरु जगाई राख, तिमीहरुकै (सग्ला)२ करङ्ग बालि दहन हुनेछ अनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~सुन्दर अल्पभाषी~ जन्डिसले खाएको पहेँलो घाम तिनजुरे देउरालीमा आत्महत्या गरेपछि कति खुशी गुम्यो होला कति दु:ख लुक्यो होला कति हर्ष मौलायो होला त्यो अन्धकारमा

Posted in कविता | Tagged | Leave a comment

कविता : काठमाडौं

~बिरेन्द्र नेपाल~ मन्दिरको भण्डारण भनेर चिनिने काठमाडौं फोहोरको डङ्गुर बनिसकेको छ, सभ्यताको केन्द्र भनेर मानिने काठमाडौं अश्लीलताको प्रदर्शन गर्ने थलो बनिसकेको छ । संस्कृतिको धरोहर मानिने काठमाडौं विदेशीहरुको ट्वाइलेट बनेको छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : माटो फुल्यो

~हर्क राज गुरुङ ‘भुटानि’~ पढेको थिएँ इतिहास। सुनेको थिएँ किंवदन्ती। रचेका अनेक कथाहरू, जाहाँ माटो जोडेर, गोडेर अनि सिन्चेर साम्राज्य स्थापित गरेका थिए। हो त्यही साम्राज्य बनेको माटो फूल्यो। पुर्खाको नासो हो त्यो पश्चिम फाँटहरू। कुनै इतिहासमा समेट्नु अगावै टुक्रेका … Continue reading

Posted in कविता, मुक्तक | Tagged | Leave a comment

कविता : साँल्दीज्यू ! एक ट्वाँक चढाऊँ कि

~उपेन्द्र सुब्बा~ कसो बाटो भुलेर म फेरि यहाँ, भट्टीछेउ आइपुगेँ । अब, सिधा वा बाङ्गो गरी जसो-जस्तो गरी भएर यहाँ आइपुगेपछि नआउनुथ्यो, आइसकेर भित्रै आइसकेपछि साँल्दीज्यू ! एक ट्वाँक चढाऊँ कि ? अस्ति पोरैदेखिन् छोडूँ त भनेको खोई परार पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य छन्द कविता : ज्ञानुको बिलाप

~डा. सन्देश राज आचार्य~ (शिखरिणी छन्दमा) नेपालीको झंटा, तन बिच परेथ्यो जब अनि। ज्ञानु बोल्यो क्वाँ क्वाँ ,गरिकन कठै ब्याकुल बनि ॥ म मर्ने बेला भो, तर मेरो पुतर अधम ता । कता भाग्यो तेस्को, भर सक बुझे है तिमी … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छन्द कविता : मेरो स्याङजा: मेरो सम्झना

~डा. सन्देश राज आचार्य~ (शिखरिणी छन्दमा) छुदै माताजीका, चरणतलमा, जान्छु म भनी रुदै आज्ञा दिन्छिन्, दुखित मनले, पुज्य जननी । म आएँ पाताल्मा, तर मन उतै, बाल्-हठ गरी सयर् मै स्याङ्जाका, एक एक गरी, स्वर्ग नगरी॥ (१) कुभिण्डे, नौडाँडा, सकल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : माटोको सम्झना

~मनु लोहोरुङ राई~ बुकी फूलेका ढिस्का र गुराँसे जंगलहरु स्मृतिबाट कसरी टाढा हुन्छन् र…? आधाउधी रहरका उच्छ्वांसहरु- जिन्दगी बाच्ने बहानामा सिमाना काटेर समुन्द्र छिचोलिंदैमा- सिमाना नाघ्नुभित्र अनेकमा एक र एकमा अनेक जीवन कथाहरु गाँसिदो छन् |

Posted in कविता | Tagged | Leave a comment

कविता : पहाड

~तेजविक्रम कार्की~ म भन्दा पहिले उसैले छुन्छ अग्लिएर जुन र घाम फेरि पनि किन अझै उदास छ पहाड? नापेर जिवनको गहिराई उसैको आङ्मा परेको खोल्सि भित्र चन्द्रमा कैद गरेर पानीमा बनेकै हो ऊ एक जिवन्त प्रेमी फेरी पनि किन ऊ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सहयात्रा…

~रहन राई~ मेरो सहगामी! थाहा छ…….? यो कठिन यात्रामा हामी हुनुले स्वच्छन्दता चुम्ने कुरामा म ढुक्क छु, बसन्तसंगै हिमपात अनी खडेरी त छदैछ, साथमा शारदी फल नभुल्नु है। आए…अवसादपूर्ण पलहरु खैर, नरोकी यी वेगवान पाइला,

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्तिकारी

~सत्य नारायण रावत~ तिमि पनि क्रान्तिकारी म पनि क्रान्तिकारी तिमि विचार को क्रान्तिकारी म मन को क्रान्तिकारी तिमि तडक को क्रान्तिकारी म सदा को क्रान्तिकारी तिमि सडक म उत्रिनु लाई क्रान्ति भन्छौ म घर मै बस्नु पनि क्रान्ति भन्छु तिमि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म को हुँ ?

~नविन लोचन मगर~ कसलाई सोधुँ ? चुड्कीको भरमा हिड्नु पर्ने इशारामा चल्नु पर्ने आदेश अर्कैको÷काम अर्कैको आफ्नो बैस अर्कैको÷दिनरात अर्कैको माम पाउन हात थाप्नुपर्ने चेत अचेत नाम आए ढल्नैपर्ने साँच्ची, म को हुँ ?

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : लाखौँ मानिसहरूलाई सडकमा उत्रन आह्वान

~माया एन्जेलु~ अनुवाद : कुमार लिङदेन ‘मिराक’ रात अझ लम्बिँदै गइरहेको छ अन्यायको पीडाहरू झन दुख्दै गइरहेका छन् खाडलहरू झन कालो हुँदै गहिरिँदै गएको छ असमानताको पर्खालहरू अझ अग्लिइरहेका छन् पर नीलो आकाश टुङ्गिने क्षितिजमा कुनै साधारण मानिस पुग्न नसक्ने … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment