Tag Archives: kabita

कविता : क्रान्तिको पाठशाला

~चंकी श्रेष्ठ ‘अभय’~ त्यो युवतीलाई भेटेपछि मलाई बोध भयो – धोकापूर्ण राजनीतिविरूद्ध वेश्यावृत्ति पनि यो देशमा सशक्त कारबाही हो । जोन हब्सको पुस्तकभित्र अलंकार पहिरेर सजिएको छ संविधानको आदर्श भाषाको सुन्दर जलप लगाएर संविधानको पुस्तकभित्र थुनिएको छ मौलिक हक प्रजातन्त्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विदेश बस्ने छोरालाई चिट्ठी

~बुद्धि प्रसाद उपाध्याय~ पहिले तिमि थियेउ शान थियो छोरी चेली बुढा पाका सबको ठुलो मान थियो गाउँको धे………रै नाम थियो साथि संगी सबै जुटथेउ चाड-पर्ब रसिला हुन्थे सबका मुहार हँसिला हुन्थे जिउ डाल कसिला हुन्थे हात्ती बोक्ने बल जुटथ्यो बाँसका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आँशुहरु त त्यसै-त्यसै झर्छन

~सन्तोष स्पन्दन~ आँशुहरु त त्यसै-त्यसै झर्छन बोलाउननै पर्दैन दु:ख परेपनि झर्छन , सुख परेपनि झर्छन नझरिकन बस्न सक्दैनन् आँशुहरु आफु रित्तिने पिर गर्दैनन् कसैले पुछोस नपुछोस बस्ता गर्दैनन् कसैलाई रुवाउन वा हसाउन झर्दैनन मृत्युको शोकमा झरोस या हर्षको आनन्दमा

Posted in कविता | Tagged | Leave a comment

कविता : भनभनाउने यक्षप्रश्न ।

~भक्ति प्रसाद पौडेल~ हिउँदको पहारिलो घाममा लामखुट्टेको भनभनले झै घेरिएको छु म एउटा जिज्ञाषाले नजिकै वनस्पतिको अनिकाल देख्छु टाढा एकदुई ठुटा देख्छु वनस्पतिका गमलाको बोनसाई उदास देख्दै छु उसले सकिनसकी बच्चा जन्माएको छ खिनौटे तिम्रो अनुहारमा चमक छ वर्णनमा उल्लास … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो युद्ध आफ्नै ईश्वरको विरुद्धमा

~उपेन्द्र सुब्बा~ १. आऊ साथी सुरुवाल सुर्केर घुँडामाथि घुङ्रिङ् बनाऔं र बाँधौं चार किल्ला यसरी कि. टेकेर दह्रो चार पाइला -धर्ती. आकाश. हावा. पानी…. बस्. नूनको ढिक्का चाट्दै मिथक उगाई साँढेको त्यागेर होङ्ग्रायोको भोक पालेर चेतनामा युद्धघोष गरौं- बुडुङ्…बुडुङ्… रक्तिले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो छोरो पनि ठूलो मान्छे भएछ

~किशोर पहाडी~ वर्ष चौबीसको, गहुँ गोरो, च्यूँडोमा सानो खत भएको, दुब्लो दुब्लो, चुरोट नखाने, रक्सी नखाने, अविवाहित, घण्टाघर नजिकैको कलेजमा आई.ए. बी. ए. कुन्नि के जाति पढ्ने अग्लो अग्लो एक जना मेरो छोरो — धेरै बाठो, यो काठमाडौंमा कहाँ बस्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आकाशमाथिको देवता

~भोजराज न्यौपाने~ घरिघरि आकाशमा हेर्दा हेर्दै मैले सोचें मेरो देवता शुन्यमा बिलाएको छ चिसो सिरेटोसंगै अविरल बर्षासंगै र, अनगिन्ती हिउँका थुप्रासंगै झर्दै झर्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : यि आँखाको लयमा…

~तेजविक्रम कार्की~ यी आँखाको लयमा युद्ध खोज या शान्ति यति बेला म भने लय हरायर बत्तिको शिखा मुनी आफैलाइ खोजिरहेछु भित्ता भरि नाराहरुमा बाँचेको जिन्दगी घाम पानीले खुइलिएर सहरका चम्किला घरहरुको ऐनामा चम्किरहेछु कसैसँग उधारो लिएर समय सडकमा बालिएका टायरहरुको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : त्रासदी भुकम्प

~मदन मुस्कान खत्री~ असीमित भुकम्प ले हानेको यो मन अझै थामिएको छैन काप्न, थाहा छैन भुकम्प रोकियो कि रोकिएन अहँ रोकिएको छैन मनको भुकम्प, त्राशको भुकम्प, शोकको, अनि भयभित को भुकम्प ! भत्काइदिएको छ यो भुकम्पले धरहरा जस्तै मेरो मन, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कमरेडलाई स्वेत सलाम

~लक्ष्मी राई ‘लारा’~ अनिंदो कैयन् रातहरूसँगै छिचोलेर लासहरूको पहाड टेकेर सिन्दूर पोखिएको जमीन कमरेडको आरोहण ! शहरकी चर्चित नायिकासँगै समयान्तरका होर्डिङ्-बोर्डहरूमा ठिङ्ग एक्लै विस्थापित एउटा मन इ….! हेरिरहेछु- रक्तिम क्रान्तिको विजय मरणासन्न राजधानीको ब्यस्त चौकमा

Posted in कविता | Tagged | Leave a comment

कविता : पैयुँ फुल्ने गाउँ

~रमेश पौडेल~ लाली गुराँस फुल्यो ओइलियो झर्यो पैयुँ फुल्यो ओइलियो झर्यो सयपत्री, मखमली फुले ओइलिए झरे, फुल्नु प्रकृति ओइलिनु, झर्नु नियति !

Posted in कविता | Tagged | Leave a comment

कविता : यस्तो कविता लेखूँ, जो कसैले नबुझोस्

~हरिहर शर्मा~ सोचेँ- यस्तो कविता लेखूँ जो कसैले नबुझोस् लेखिएका, अक्षर हुन् कि भन्ने परोस् देखिएका, शब्द हुन् कि भन्ने लागोस् तर अक्षरको अनुहार शब्दको सार कसैले नबुझोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : किताब

~भूपिन ब्याकुल~ मेरो हृदयको पुरानो दराजमा मलाई मनपर्ने प्रिय किताब छ ! प्रत्येक दिन त्यसका पानाहरु खोल्छु पाउँछु हिजोका शब्दहरु फेरिएर नयाँ शब्दहरु टाँसीएका छन् मानौँ त्यसको पातलो आवरणभित्र अटाएको छ सिङ्गो समुद्र जहाँ शब्दका नयाँनयाँ छालहरु आउँछन् त्यही एउटा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : धमिलो नियति

~नविन लोचन मगर~ पहिले जस्तो निश्चल, निस्कपट, निस्वार्थ छैन, आजकाल माडी पटक्कै छैन सिनोको गन्ध मिसिएको छ त्यहाँ सुसाहतमा गति चिसिएको छ त्यहाँ पुरानो छैन बनावट न पुरानो छ नियति बग्दोछ त केवल नाम मात्रको माडी,

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना,घडीफूल अनि चाँदनी

~बिबश बिप्र~ ब्युँझिएर, आफ्नै आँखाले वयस्क सपनाहरुको अतिक्रमण गर्दा दिमागभरि उम्रिएका घडीफुलको छटपटी लाग्छ- क्रोध पिइरहेछ l कच्चा नक्षेत्रको संयोजनमा पन्ध्रौ सताब्दीतिरकी एउटी सुत्केरी

Posted in कविता | Tagged , | Leave a comment

कविता : चिलहरु यावत कथा पढ्दैनन

~बलदेव भट्ट “बिहानी”~ आँखाको नानी लाई मटेङ्रा बनाए हुन्छ बर्बादीमा हस्तिनापुर फेरी पनि उजेलोको अनुहार हेर्छ, नगरबधुका मन्मथी बस्तुकलामा खोपिएको रापको चित्त मेरै मटेङ्राले फुटालेको ढुकुरको छातीमा आदर योग्य बैंशको युग कोर्दैछ ।। परालको कुर्कुच्चा लिएर हल्काराहरु मजुर को प्युठानी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विश्वासघात

~सुरेश रानाभाट~ माझीहरूले माया गरे गुलाफ जामुनका फूल हुन् भनेर त्यही फूल जलकुम्भी भएर छालसरि ताललाई नै ढाकिदियो । घँसिनीहरूले जतन गरे दूधिलाका फूल हुन् भनेर त्यही फूल बनमारा भएर सारा जङ्गलभरि फैलियो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : रंगिन पल

~सुष्मा थापा ‘अनुप्राश’~ त्यो दिन रंगिन साँच्चै त्यो क्षण जहाँ तिमी अनि म प्लावित थियौ एक अर्कामा निर्भिकता र आशुतोश थियो,

Posted in कविता | Tagged | Leave a comment

कविता : नागरिकता

~अनिता लामा~ तिमीले नागरिकता लियौ बाबुको नाम, थर पायौ तिमी नागरिक हुनसक्यौं । तिमीले फेरि नागरिकता लियौ तर थर फेरिएर पायौ नागरिकको दर्ज्यानी बढेर कुनै बहादुरको बहादुर्नी कुनै डाक्टरको डाक्टर्नी कुनै पुलिसको पुलिस्नी वाजसको बन्यौ उसकै नामको लिङ्गी पायौ

Posted in कविता | Tagged | Leave a comment

कविता : लोक धुन

~सुदीप पाख्रिन~ घुयेंत्रो हाने भोनाथे हुस्सू जित्न नसक्ने यो फुच्चे सूर्यलाई अडेस लाइरहेको छानोबाट झिकेर ब्रह्माण्डको ब्ल्याक होलतिर कतै। बेला न कुबेला काला बादलहरुमा तुर्लुङ्ग.. झुण्डिरहने

Posted in कविता | Tagged | Leave a comment

कविता : एक थुँगा वनफूल

~शशी लुमुम्बू~ करोडौँ बोट-वृक्षहरुको सेपमा कहिल्यै तंगि्रन नसकेको वनमाराले झन्डै-झन्डै खाइसिध्याएको म एक थुँगा वनफूल कसो-कसो बौरिएछु मूच्र्छाबाट !

Posted in कविता | Tagged | Leave a comment

कविता : यस पटक पनि समय संत्रस्त छ

~प्रशान्त खरेल~ सर्सराउँदो हावाको झोक्का एकैपटक सोहोरिएर कसिंगर बढार्न खोज्दैछ भित्र बसेर महलको ढोकामा छेस्किनि लगाउन खोज्दैछ समयको त्रासदीमा बाँचेको अजिङ्गर ए मानवहरू हो जुरूक्क उठ अब यस पटक पनि समय संत्रस्त छ समयको बन्धकि राख्नेहरू देखि साबधान ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘तिमी हराय पछी’

~तेजविक्रम कार्की~ सम्झनाका धेरै धेरै पलहरू जोडिएर एउटा नदी बगीदिन्छ हृदयमा एकै छिन छाडेर जिन्दगीको सबै हिसाबहरू म बेगले उर्लिदिन्छु बेहिसाब तिम्रो मनको डोबै डोब भन म के जवाफ दिउँ ? घुम्ती मोडहरुमा भेटीनेहरूलाई सोध्लान ? यो आधा जिवन लिएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : गधा र हामी

~भिम प्रसाद घिमिरे~ सिर्कना नलाएसम्म भारी नबोकाएसम्म गधा मैमत्ता लाग्छ थाहा छैन हो लागेको कि भएको स्वर सुन्यौ ? हो है ! उसका आवाज न सुर नत ताल प्रिय धोबी, श्रम लिन्छौ भने सिर्कना लाउ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : यो जिरिङ्ग रात

~पुष्प आचार्य~ चीसो टलक्क कालो सलल्ल अए, यो जिरिङ्ग रात ! छेवैबाट झस्काइदिन्छ फिसिक्क जम्काभेटमा मुस्काए झैं के ओठ तन्काओस् थरर्र हल्लिएको मुटु

Posted in कविता | Tagged | Leave a comment

कविता : अंश

~सीमा आभास~ अंश लैजानु, दुम्सीले माडेको फापरबारी बाँदर लागेको मकैबारी पछ्यौरीले छोपेको सोलीको कोदाको बीउ आँगनको कुखुराको खोर बुन्दाबुन्दै छोडेको डोको एकमुठी सुकेका चोया खेतमाथि बगेको बाढी घरपर्तिरको खहरे रित्ता किला-दाम्ला

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : स्वास्नीमान्छेको जीउ

~पाब्लो नेरुदा~ अनुवाद : मल्लिका शाक्य स्वास्नीमान्छेको शरीर – सेता हिमाल, गोरा तिघ्राहरु हातखुट्टा छाडी लम्पसार परेको धर्तीजस्तो देखिन्छ्यौ तिमी मेरो खस्रो ज्यापू शरीर खोस्रन्छ तिमीलाई, धर्तीको गर्भबाट छोरो फाल हाल्ने गरी । म सुरुङ्गजस्तै एक्लो थिएँ, चराहरु तितरवितर हुन्थे … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : प्रेमीहरु

~भूपिन ब्याकुल~ प्रेमीहरु सिर्फ सम्मोहीत पुतलीहरु हुन् जो प्रत्येक रात आफ्नै सपनाहरुको मलामी जान्छन् र प्रेमास्थाको उज्यालो बत्ती वरीपरी मृत्युको तयारी गरिरहन्छन् बारम्बार आगोको समुन्द्र माथी पौडीरहन्छन् दु:खाईका चरम आनन्दहरु लिन्छन् सपनासगै डढ्छन् र अन्तत :मृत्युवरण गर्छन !

Posted in कविता | Tagged | Leave a comment

कविता : म समय

~रमेश कंडेल~ मान्छे उत्तरार्द्द खोज्न निस्कदा हिमशिखर कालो मुख लाउदैछ हरियो ड़ाडा फुस्रो हुदैछ नदीहरु यात्रा छोट्याउदै छन् उत्तरी दक्षिणी गोलार्द रुदैछ्न तर मान्छे घपक्क अहमताले गाँज्दा एटम बमको चुरी फुरी लाउछ र निर्दोष आत्माहरु माथि गोलि बर्षाउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : उद्घोष

~सीमा आभास~ तपाईंले लेखेको किताब तपाईंको विद्वत्ता, दर्शन र अध्यात्म मै हुँ मै हुँ यो सभ्यताको धरोहर तपाईंको सभ्य शैली मन्त्र जस्ता तपाईंका पवित्र वाणी पनि मै हुँ । तपाईंको निन्द्रा र सपना ध्यान, जप, तप मै हुँ म नै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : इश्वर बल्लवका आमाहरुले आत्महत्या गर्छन्

~सरुभक्त~ सुकुटीभेडाः चिलाएका गर्दनहरु घिन्टीका माला उनेर हिड्छन् जीवन सम्वेदना – त्यो राक्षसहरुको वस्तीमा कहाँ हुन्छ ? वन्द असिलेशनः टुकुचामा डुवेका धरहराहरु तेत्सिमोकाई – स्वः ममीकरण वाँचेका छन् शान्त जलका अशान्त गैंडाहरु कर्मापाहरुको सिकार खेल्दैछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘साँच्चै ऊ मेरो असल साथी थियो !’

~तेजविक्रम कार्की~ सधै जसो म हिड्ने बाटो आज मै सम्म हिडेर आइपुगेको छ र सोध्दै छ – कहाँ लैजान्छौ भनेर गोरेटै गोरेटो जिवनको पतझड जङ्गल हुँदै घिस्रिदै लछारिदै सपनाहरु हरायर आफ्नै सहरमा मै सम्म आइपुगेर सोध्दैछ मैले झुन्ड्याएर हिडे पछी … Continue reading

Posted in कविता | Tagged | Leave a comment