Tag Archives: kabita

कविता : रगत जस्तो रातो देखिन्न !

~मीरा मन थापा~ हटियाको बीचमा.. एउटा बृद्ध मालिंगोको चोया काडेर डोको बुन्ने तर्खरमा छ , छरपष्टिएका चोया बटुल्दै पत्रैपत्र उक्किएका हत्केलाले कुशलता पूर्वक आकार दिँदैछ , कमजोर पाखुरा , धमिला आँखा , तर मुहारमा गज्जबको तेज छ , खुम्चिएका निधार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समय-नासिया

~भूपिन ब्याकुल~ आधी जून मन पराउने अहुनार सम्झिन्छु कर्कलाको पातबाट चिप्लिएको पानीको थोपाजस्तै पुरै रात चिप्लिएर जान्छ र नयाँ बिहान गहिरो निद्राबाट ब्युँझन्छ मा बिर्सन्छु समय !

Posted in कविता | Tagged | Leave a comment

कविता : पुनरावृत्त सिसिफसका पुराकथाहरु

~सरुभक्त~ खप्पडहरुको पहाड चढेर साइवरेश्वर इन्टरनेटका दानवहरु खेलाउँछ शालिग्रामछाप चिसो मरुभूमिका ताता सपनाहरु गलैचाका फुलहरु फुलेर आह ! म जिन्दगीका हिउँदहरुद्वारा लखेटिन्छु चिप्लेकिरो ब्रह्माण्डभरि लाजवन्ती झारका सम्वेदनाहरु कहाँ छन् ? अक्सीजन खोसाखोस लामकाने वाँदरहरु छक्क छन् किन हावा

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : सभासदका दुखेसाहरु

~बम बानिया प्रभात~ घिन लाग्दा समाचारहरु नछाप ए पत्रकारहरु, सवैका हिलो हाल्ने खाडी हामी नै भयौ हगि ? हाम्रो चै समस्या खै छापेको ? पार्टीले आधा लेवी कटाएर लान्छ कार्यकर्ताले गोजिवाटै थुतेर लान्छन् सहयोग रसिद विहानै पिच्छे आउछन् परिवार पाल्नै … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : हिजो-आज

~कृष्ण वस्ती~ हिजो भित्री हिर्दयमा दुखेपनि कतै हाँसेर सन्चै थिएँ । छातीभित्र म रोकिएपनि कतै बोलेर ज्यूँदै थिएँ ।। आफैंभित्र झरी सुकेपनि यहाँ फक्रें सँधै बाहिर । सोची खिन्न रह्यो सँधै हृदय यो मान्छे बिरानो छ र ।। आज

Posted in कविता | Tagged | Leave a comment

कविता : हल्लीयौ

~राकेश कार्की~ साथी तिमी हल्लीयौ म हल्लीएं जनता हल्लीए देश हल्लीयो दरबारले हल्लायो पार्टर्ीी नेताले हल्लाए पेट आन्द्रा हल्लिए बांच्ने सास हल्लिए

Posted in कविता | Tagged | Leave a comment

कविता : उठ्नुस् न बा

~बादल सुरेश~ तपाईं किन यसरी सुतिरहनु भएको बा? उ हेर्नुस त तपाईंभन्दा ढिलो उठ्ने घाम अघिनै उठिसक्यो तपाईंको हातगोडा किन चिसो बा, किन दर्हो भएको यो शरीर? यी मानिसहरु किन आँसु झार्दै उभिएका बा, उठ्नुस् न।

Posted in कविता | Tagged | Leave a comment

कविता : माला लगाउँदैछु

~जे पि दाहाल~ तिम्रा पैसाले माला लगाउँदैछु क्यामराको लेन्समा चमत्कार छाँउदैछु भोलि हेर जनता तिम्रै छाती माथि टेकेर आकाश छाम्ने छु अनि अविर र मालाले ढाकिएर गड्गडाहट तालिमा

Posted in कविता | Tagged | 1 Comment

कविता : छोडेर जानेहरू

~सीमा आभास~ बग्ने पानीमुनिको ढुङ्गोझैँ लेउ लागेर छोडिएपछि पिँधमा कहाँ चिसो भन्न पाए र ? इन्द्रेणी ओराल्ने गरेका उपत्यका कहाँ बिलाए ? माझीले चलाउन छोडेको डुङ्गा किनारमा छोडी जलकुम्भीझैँ तैरदै कुन बाटो रोजे सेता हाँस बनेर,

Posted in कविता | Tagged | Leave a comment

कविता : मैच्याङहरुको वस्तीमा

~तिब्वत दर्लामी~ गुराँशे सपनाका गोरेटो हुँदै धुपी सल्लाका पाखाहरुमा सुसेली हाल्दै एक दिन तिमी फर्केर आउनेछौ मैच्याङहरुको वस्तीमा यही ग्रामिण थुम्कीहरुमा । मनको खुल्ला आकाशमा लुकामारी खेल्दैछन् विश्वासको घाम–जून टल्किदैछन् चम्किदैछन् आस्थाका ताराहरु विछ्याएको छु यि नजरहरु पारी क्षितिजमा

Posted in कविता | Tagged | Leave a comment

कविता : परिवेश

~जे पि दाहाल~ पाउलो बनी फक्रिने शित बनी लत्रिने, बैंश हो मेरो खाली पेट फल लाउने शिशिरमा कोपिला बन्ने वशन्त हो, बैश मेरो लालुपाते फूल छ भने सरद मैं आउछु खेतबारीमा सुन फल छ भने हलो बनी जोत्छु

Posted in कविता | Tagged | 1 Comment

कविता : गणित, मन अनि तथ्य

~बिबश बिप्र~ संघर्षको लालकिल्ला भत्किएर छरिएका बन्दुकका नाल र कुन्दाहरु स्यालको भाका कुर्लिएर अन्धकारको खेति गर्छन l ** ”मानिसका आँखाहरु बल्न सक्दैनन्”

Posted in कविता | Tagged , | Leave a comment

कविता : ऊ मेरी जीवन

~उमेश चापागाईं~ तिमी जन्मेकै रहिनछ्यौ तर सर्बत्र थियौ मन,मुटु र मस्तिष्कमा एक रोशनी अनेक चाँदनी धड्कन, हेराइ र आवाजहरुमा तिम्रो अटल बिश्वास, साहस र स्वाभिमान् शिखर तर्फ लाग्दै गर्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी व्युँझेको बिहान

~कला अनुरगी~ हामी ब्युँझेपछि लाग्नेछ पारिलो घाम ओभाउनेछ शीत र सुनिनेछ चराहरूको गीत । रमाउँदै बालकहरू पोल्न थाल्नेछन् बारीमा जिलौटा आकाशतिर उडिरहेको जिलौटाको धुवाँ हेर्दै हजुरआमाले

Posted in कविता | Tagged | Leave a comment

कविता : यो समय हाम्रो निम्ति घातक छ

~पूर्ण विराम~ धूवाँका मुस्लाहरूले छोपेका छन् आगोलाई र बजाउन सकेको छैन आगोले नगरा यदाकदा बज्ने आगोको सुसेलीलाई बहिरहेको हावाले उडाएर लग्छ यो समय हाम्रो निम्ति घातक छ अहिले पोलियोको थोपा चाटिरहेछ शिशु मुसोलोनीले भोलि मस्तिष्कमा नित्से र जेन्टाइल च्याप्छ फासीवादको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : गरौ नयाँ थालनी

~बिक्रम श्रेष्ठ “सागर”~ लोक छन्द : बालोरी / बालौरी आऊ आऊ भाई हो। आऊ आऊ बहिनी।। साथी भाई मिलेर । गरौ नयाँ थालनी।। जात पात भनेर। छुवा छुट गरेर।। हित हुन्न देशको । आमा लाई रुवाई ।।

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : आँधीखोलाको किनारै-किनार

~सन्तोष स्पन्दन~ आँधीखोलाको किनारै -किनार अनि बालुवाको कण-कणसंग मितेरी गास्दै कहिले गहिराईमा कहिले समतलमा अनि कहिले खोंच र कन्दराहरुमा अन्धा-अन्धिको आँशुको प्रवाहित बनेर त्यो बहावले घिसार्दै-घिसार्दै एक अनेकौ जीबात्माहरु खोलाको बाडबनेर , बाडखोलाबाट त कतै सिरुबारिका मुहान अर्घौदिको छहरा बनेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिथोलिएका दिनचर्या

~भिम प्रसाद घिमिरे~ घर-अफिस अफिस अनि घर साँघुरा दिनचर्याभित्र यन्त्रवत मान्छे अनपेक्षित पुनरागमन अनपेक्षित अभिलाषा दसकपछि फर्किएको खोलो निर्मल , कञ्चन, शान्त, शीतल अर्थहीन नाता भयावह परिणाम लापरवाह मन बाटो विराएरै हिड्न खोज्छ उनलाई सुनिरहुँ झै लागिरहन्छ दिउँ दिउँ नै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : म गरिब हैन

~उमेश लुइटेल~ जीर्ण ति वदनबाट स्नेहका रहस्यमय आभा चम्काउँदै हातका भूवाजस्ता स्पर्शले कपाल चलाएर आफ्नै मुटुमा स्पन्दित गराउँदै मलाई तृणजडित हाम्रो प्यारो घरमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मूक्तिका सपनाहरू

~कृष्ण धराबासी~ मूक्तिका सपनाहरू सब बेकार हुन मानिसहरू एक–एकवटा आस्थाको किलोमा कैद छन् एउटै रामलाई म¥यादा पुरुष बनाउनका निम्ति भक्तहरू राम भित्रको हरामा देख्न असमर्थ छन् । ओ ! सिद्धार्थ गौतम ! ओ ! एडोलफ हिटलर ओ ! जड भरत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तराष्ट्रिय अदालतमा रामको अग्नी परीक्षा

~दिपा एवाई राई~ न्यायधीस (प्रवेश) ! ठक ! ठक ! ठक ! सम्पुर्ण महानुभावलाई यस अन्तराष्ट्रिय अदालतमा बैठक ग्रहणसँगै ‘आदर्श पुरुष राम’ को सुनवाइ अगाडि बढाउन अनुरोध छ वादी- ‘श्रीमान् !’ आज युग बदलिएर आकाश उज्यालो भएको बेला म ‘सीता’

Posted in कविता | Tagged | Leave a comment

कविता : अनिकाल र भुस

~मिलन बगाले~ अनिकालमा, काम लाग्ला भनेर कसैले ल्याइदिएको एकथैलो अन्न साँचेका थियौ । स्यानोतिनो पिडा त्यसैलाई हेरेर बाँचेका थियौ । पिढिको डिलनेर । भोकले , अचाक्ली अत्याएपछि कुटेर खाने रहर गर्‍यौ । उचाल्दा मेसो पाईएन।

Posted in कविता | Tagged | Leave a comment

कविता : मलामी

~महेश पौड्याल~ हामीले, नदेखेको पनि देख्नेगरी जब आँखा खोल्यौँ हाम्रो विरान परिवारको साथी उनै थिइन् । आफ्ना लागि कहिल्यै दुख्न नभ्याएकी उनी हाम्रा शिशिर र हाम्रा बर्खाहरूमा निरन्त हाम्रा लागि दुखिरहिन्

Posted in कविता | Tagged | Leave a comment

कविता : म मानव कस्तो ?

~जे पि दाहाल~ ढुङ्गा भएर पूजिने म मानव कस्तो ? पत्थर माथि पलाएको पिपलको बोट जस्तो । रङ्गि विरङ्गी अत्तरले सजाइने म मानव कस्तो दोबाटोमा उभ्याएको शहिदको मुर्ति जस्तो ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : मैच्याङ

~बिना तामाङ ‘सुनगाभा’~ लाम्टा चुस्दा चुस्दैको दूधे बालक मोहि पार्दा पार्दैको मदानी रोप्दा रोप्दैको पाखो बारी अनि बग्दा बग्दैको एक ढिको आँशु फ्ल्यासब्याकमा राखेर मैच्याङले दक्षिण बेग मारेको एक दशक वितेछ

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : कब्जियतमा छ देश !

~बिम्मी शर्मा~ हरेकदिन बिहान जब देश शौचालय जान्छ र घण्टौंसम्म कन्दै बस्न बिवश हुन्छ देश छट्पटाउंदछ, उसलाई नेताहरुले कति पीडा दिएकाछन्……….. कमोडमा निक्कै बेर थचारिएपछि देश निखारिन्छ र सिंहदरवार पुग्दछ देश झस्किदै आएको छ जबदेखि उसले थाहा पाएको छ नेताहरु … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : ‘आनन्दित’ हुँदैछु म !

~देवशंकर पौडेल~ नीति सिद्धान्त हेरेर, जहाँ जीवन अर्पिएँ, भद्दा आचार देखेर झल्यास्स भर्इ तर्सिएँ । भुनेको मही छाडेर, बजारे स्वादमा भुली, बुकुरा बासका साथी, छाडी पल्क्यो कतै मुली ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कुङ्वालाई पत्र

~मेदिनी पाइअस्~ कुङ्वा हजुर र म बीच धेरै पटकको चोरी दाउ हानथाप र छिर्के लगाई मुछिवुङेको ख्यावा र म्यङ्वा जस्तै भो । मैले बिझाएका कांडाहरु हजुरले प्रहार गरेका बाँणहरु चटक्कै भुलेर जन्मभूमीको माटो समाई हाम्रो नातामा सौहार्दता कायम रहनुपर्छ आवो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आनन्द

~भिम प्रसाद घिमिरे~ एक घण्टाको यात्रा दुई पाङ्ग्रेका सीट रीसै उठेर आउँछ पोल्न थाल्छन् जब पिँध टक्क अडिन्छु चिया घुम्तीमा आराम दिन्छु टायरलाई सम्झन्छु, पसले कति संयमित विहानदेखि बेलुकी उभिएकै छन् उभिनुपर्ने बसेकै छन् बस्नुपर्ने संसार झेलेका छन् खै कसरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनका रङहरु

~यशोदा अधिकारी~ हरेक साल निस्कन्छ एउटा मान्छे मेरो विश्वासको ढोकाबाट र, हल्लाउँछ आफै बसेको घर म भरिरहेको हुन्छु जिन्दगीको रङ त्यही घरको झ्यालमा उभिएर । जव काँप्छन् मेरा कुची र ब्रसहरु छताछुल्ला पोखिन्छन् रङ छरिएर समगर सागरसरी मेरो आगानमा जिन्दगीको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तामागी देशको मानचित्रबाट मेटिदैं थियो !

~भूपिन ब्याकुल~ शहरले अपहरण गरेको छ, तिम्रो आत्मा र अचानो माथि राखेको छ, तिम्रो ढुकढुकी देश, म त्यही आस्था र ढुकढुकी खोज्दै यस्तो गाउंमा आईपुगेको छुं जहां मान्छेहरु भन्दा बढी घरहरु छन् जहां सुरक्षाहरु भन्दा बढी डरहरु छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : जब जब म प्रेमकविता लेखूँ भन्छु

~विनोदविक्रम केसी~ जब जब म प्रेमकविता लेखूँ भन्छु छाकसंग्राममा हर भाँचिएको बुढो भात समयको जीर्ण फलैंचामा बसेर फलाक्न थाल्छ जिन्दगीका ह्यान र त्यान भयावहता कोही खोरन्डो तक्मावालले आफ्ना लाहुरेकालका त्राशद युद्धकथाहरु हालेजसरी

Posted in कविता | Tagged | Leave a comment