Tag Archives: kabita

कविता : एउटा भयानक सपना

~गोपीकृष्ण प्रसाई~ कालरात्रीको त्यो शृंखला एउटा आतेस अनि घात बनेर आयो डर अनि मनको अस्थिर पन मुटु दुखिरहेथ्यो जिजीविषा झुकिरहेथ्यो सर्पले खेदिरहेछ डस्ने मनसाय बोकेर फंडा फुलाउदै नजर चारै तिर डुलाउँदै मलाईनै लक्ष्य गरेर अघि बढिरहेछ सर्प

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्द र चेतावनी

~इश्वर मानन्धर~ गणतन्त्र नेपालको पहिलो उपलब्धि बान्द र चेतावनी तिमी अति महान छौ प्रस्तावित नयाँ नेपाल आगमनको बेला नियमित झैं तिमी देखा परेका हुन्छौं जन चाहाना र अधिकार भन्दै चुनौंति दिन्छौ सजिलै पूरा गराउँन पनि सक्षम हुन्छौ कति वाध्यता छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मधेससँग नजिस्क

~केवल किरण~ मधेससँग नजिस्क ओ मेरा देशका मान्छेहरू मधेसलाई संधै छिमेक नभन ओ जागिरका हाकिमहरू मधेसलाई संधै पराई नठान ओ सदरका नीति नेताहरू नहेर भूगोलका भेदहरू मानचित्रमा अन्यत्र पनि थुप्रै पहाड मधेस छन् कोरेर विभाजन रेखाहरू रङ्गहरुका आफू बेरङ्गी नबन

Posted in कविता | Tagged | Leave a comment

कविता : भानूदय प्रती

~युद्धप्रसाद मिश्र~ होऊ दुर्दिनका अतिक्रमणमा उत्पन्न भानूदय धोऊ कल्मष द्वन्द्वता, दुरुहता, दुर्भावना संशय छोऊ निर्मलता प्रदान गर्दै साहित्यका प्राणमा भत्केको युग भारले हृदयको प्रासाद निर्माणमा

Posted in कविता | Tagged | Leave a comment

कविता : खेमा

~नवीन लामा `सुरेश`~ छरपष्ट आशाका किरणहरु सौन्दर्य बनेको क्याक्टस त्यो मरुभुमिको हेर्दै लोभ लाग्दो हावाको बेग सँग छचल्किएको त्यो मरुभुमीय मोती रेतहरु! आहा! जिउनुको मजा यहाँ जस्तो कहाँ होला ?

Posted in कविता | Tagged | Leave a comment

कविता : भो ! काजी म अछूतै सही

~केवल बिनाबी~ पवनसँग बतासिँदै मेरा पुर्खाले फेरेको सास यहीँ कतै फूलका तरेलीहरुमा सायद डुल्दै होला आकाशसँगै फैलिएर मैले फेरेको सास तिम्रा रक्तकोषिकाहरुमा कहीँ घुल्दै होला पवनसँग लुट्पुटिँदै मेरा सन्तानले फेरेको सास तिम्रा वायुकोषिकाहरुमा निःसन्देह झुल्दै होला तथापि मैले छोएको तिमीलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पिंडा

~राकेश कार्की~ सक्ने विदेशीए पिंडा बोकेर नसक्ने छुटे पिंडामा डुबेर पिंडाको प्रत्याक्षपण गर्ने हाउंगुजी नबुझे झैं गर्छन् सप्पै बुझीबुझी देशभरी बासमा पिंडा ओछ्ाए भोको गांसमा पिंडा कोच्याए

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे – सगरमाथाको परिधि भित्र – ३

~बिबश बिप्र~ मन र मान्छे मन–एक जीवन्त अन्तरंग !! मान्छे–धारिलो औजार कर्म-आरनको !! सगरमाथा—–एक आस्था आस्था–गगनचुम्बी नक्षेत्रहरु

Posted in कविता | Tagged , | Leave a comment

कविता : बाँदर आतङ्क

~विवश पोखरेल~ आफ्नै घर भत्काएर एक हुल बाँदरहरू शहर पसेका छन् खबरदार मान्छेहरू घर बाहिर ननिस्कनु फेरि कफ्र्यु लाग्नसक्छ अनाहक बाँदर आतङ्कले एउटा शान्त बस्ती तहसनहस हुनसक्छ पुनःअसङख्य छोराहरू– अनायास हराउन सक्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : गन्ती मात्रको मान्छेहरु

~मणि बाङ्देल ‘सागर’~ लाली गुराँस र चाँपहरुको बस्ती त्यो चुचुरा मुस्काएका छन लालुपाते पाखाभरी कुमारी बक्षस्थल झै चुरे पहाड चिरेर बगेका छन झरनाहरु इन्द्रेनी पारेर । फर्सी कान्क्रा अनी सर्सिउ फुलेर अन्तिम प्रहरको किरण जस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : आयो आयो, भुईचालो आयो

~रम्भा पौडेल~ आयो आयो, भुइचालो आयो मन त यसले सबैको तर्सायो २०७२ साल बैशाख १२ गते नेपालले भोग्यो फेरी प्रकृतिको सत्ते बुढापाका भन्ने गर्र्थै९० सालको कथा अहिले फेरी फर्की आयो त्यै कथाको ब्यथा मरे बरै नेपालीजन ऐया भन्न नपाई

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमयुद्ध

~कृष्ण कट्टेल~ खुल्ला आकाशको बीचमा देखिएका दुई चम्किला नक्षत्र, मन्दिरको गजुर नजिकै बसेका एक जोडी परेवा, अनि, एकान्तको चौतारीमा बसेका तिमी र म ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्थहीन यात्रा

~चन्द्र रानोहँछा~ जब पुगिन्न भने– रहन्छ र हिँड्नुको अर्थ ? त्यै पनि रेलको डिब्बाजस्तो निरन्तर … किन हिँडिरहेछन् मानिस ? छोडेर– टाकटुक गिदी अस्थायी निवासको कुनै रोगी प्रस्तरमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नभन न झर्किएर …

~यादव देवकोटा~ तिमी बन्नु कुम खाँबो म बनुला धुरी खाँबो नभन न तिमी मलाई तिम्रो माया यत्ति जाबो । म हिडुला खोलिखोलि तिमी हिड्नु तिरबाट नभन न रिसको झोँकमा खसिदिन्छु भिरबाट ।

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा रहर-उज्यालो बाँच्नुको

~तेजविक्रम कार्की~ निस्तब्ध ! अध्यारै अध्यारो यो साँघुरो गल्लि हुँदै रात ओढेर मसँगसँगै हराएको छ मेरो देश ! मैले ब्युझने एउटा सुन्दर बिहानी क्षितिजबाट निस्कनै बिर्सिएको छ र सधैंजसो मलाई भेट्न आउने घाम रात ओढेरै म जस्तै कतै बिलाएको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी विश्वस्त छौं

~कृष्ण सेन ‘इच्छुक’ ~ बदलिंदै गरेको मलीन दिनजस्तै उदास–उदास र सन्तप्त मन भएको क्षणिक बेला भलै तिमी जीवनलाई निस्सारमय ठान तर संसार चिनेर बाँच्नुको अर्थ बुझ्न सकेको दिन तिमी पनि धर्तीलाई स्वर्णिम पार्न कम्मर कसौंला भनेर हामी विश्वस्त छौं ग्रहले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : जिन्दगी

~डा. सन्देश राज आचार्य~ आशै आशमा नै सधैँ घर्किन्छे जिन्दगी यात्रा उहीँ, अमूर्त मै, फर्किन्छे जिन्दगी कहिले चुप-चाप् आफै घुम्टो उठाउँछे कहिले बिना-बादलै दर्किन्छे जिन्दगी

Posted in गजल | Tagged | Leave a comment

कविता : घर

~उमेश लुइटेल~ जीर्ण मेरो घरको सापेक्षमा किन पर्याय झैँ मान्छेहरु मलाई नै ठिङ्ग समकोण ठड्याइरहन्छन् । म सोचिरहन्छु आफूमा रावण मस्तिष्क प्रत्यारोपण गर्ने मान्छेहरु भत्किएका भित्ताभन्दा कमजोर छन् उध्रिएरै भए पनि झरी रोक्न प्रयासरत

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : आफ्नो भाग्य आफैं कोरौं

~चट्याङ मास्टर~ स्कुलले परीक्षाफल प्रकाशित गर्‍यो महान विद्यार्थीको सिङ्गै समूहलाई फेल गर्‍यो बाध्य भएर महान विद्यार्थीको सशक्त समूहले खबरदारी शभाको आयोजना गर्‍यो स्कुल चौरमा शक्ति प्रदर्शन गर्‍यो सबै जाति, जनजाति, लिङ्ग, बर्ग र समुदायका विद्यार्थी जांच नदिएका, दिन नसकेका र … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मैले युद्ध जितेको छैनँ

~नन्दलाल आचार्य~ (१) शान्ति र सुव्यवस्थालाई अस्त्र बनाइस् गरिस्, थुप्रै गरिस् मन मनमा ढ्याङ्ग्रो ठोकिस् जीवनमा पटक पटक भूकम्प ल्याइस् सडक तताइस्, निद्रा खोसिस् सपना बाँडिस्, अस्थिर भविष्य दिइस् थोरै चेतना दिएर ललिपप चटाउँदै तन, मन, धन लिइस्, कुना कन्दराबाट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ वेग लिएर आउँछ

~शैलेश आचार्य~ ऊ वेग लिएर आउँछ, हामी पर्खाल भएर उभौं। ऊ विध्वंश छाडेर जान्छ, हामी त्यहीं निर्माण थालौं। एक हातमा मल्हम, अर्को हातमा ज्यावल, हामी हाम्रै खातिर एकजुट भएर उठौं ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : अधरो कहानी

~तिब्वत दर्लामी~ म चुपचाप फिर्ता भएँ तिम्रो जिन्दगीबाट तिम्रो बस्तिबाट सुख र सम्पन्नताले सजिएको तिम्रो सुन्दर दुनियाँबाट हो, म चुपचाप फिर्किएँ । तिमीले, धेरै अपमानहरु सह्यौ धेरै चोटहरु सह्यौ कैंयौ घाउहरु लुकायौ आँशु लुकायौ दुःखेर पनि नदुःखे झैं गर्यौ सबै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नांगो छ !

~विक्रम सुब्बा~ मुलुकका अनेक दलमा मेरा साथीहरू थिए एउटा दलको साथीले मेरो शिरको टोपी माग्यो मैले दिइनँ उसले अरु दलसँग मिलेर मेरो विरुद्ध जुलुस गर्‍यो मेरो टोपी खोस्यो र लगायो दोस्रो दलको साथीले कोट माग्यो तेस्रो दलको साथीले सर्ट माग्यो … Continue reading

Posted in कविता | Tagged | 1 Comment

कविता : झरी – १

~उमेश लुइटेल~ छाना चुहाओस् चुटाइले भित्ता गलाओस् बाछिटाले चाहे रुझाओस् पानीले या त कँपाओस् आर्द्रताले मेनियाग्रस्त लाग्छ यो झरी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आशा

~राजेश्वर देवकोटा ~ आज म पचासी लागेँ उकालो चढ्दै छु पहिरो चलिरहेको छ त्यसको पाखोमा म उक्लिरहेको छु जति हिँड्दैछु उद्देश्यको शिखर टाढा हुँदैछ । म हिँडिरहन्छु अनि के हुन्छ ? मेरो वजनले पहिरो थामिन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भित्तो

~सरुभक्त~ सम्प्रति यातनालय खुम्बू हिमनदीका खरपसजाल हुडिनीजात्राहरुमा हामीले पाएका छौ आखेटोपहार – मुक्त कमैयाका वन्धनहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : आगोको भावुक यात्रा

~नविन लोचन मगर~ कुनै क्षण उत्साहले उर्लिएको ज्वाला सल्काउँदै एक–एक राँको छर्दै, छरिँदै निर्वस्त्र खण्डहरहरुमा कोही कान्लापारि/कोही साउने झरी कोही तारेभीरको पखेरामा/कोही बिलासिताको माधुर्यमा लाग्थ्यो– उनीहरु सत्यको विस्तारमा छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मलार्इ माफ गर आमा

~अनुषा न्यौपाने~ मलार्इ माफ गर आमा आउन सकिन म तिम्रो आँसु पुछ्न भत्किएको घर बनाउन हो आमा यहाँ कैयौं तिमिजस्तै आमाहरु छोरा को पर्खाइमा छन् म उनीहरुको आशा बन्दै छु उठाउँदै छु भत्केका संचनाहरु जोड्दैछु टुक्रीएका खुशीहरु तर मलार्इ माफ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पीडागीत

~दीपज्योति थापा~ हामीलाई नसोध्नुहोस आफन्त गुमाउँदाको पीडा कस्तो हुन्छ ? आँखाबाट चस्मा उतार्नुहोस । यतिबेला– हामी मरे–मरेजस्तो देखिन्छौं हजुरको एसएलआर क्यामेराले कैद गर्नुहोस हाम्रा मोटा मोटा आँसुहरू सुन्नुहोस… ! रुँदारुँदै थाकेका आँखाले के भन्छन ? तपाईंहरू–

Posted in कविता | Tagged | Leave a comment

कविता : नआएको भुइँचालो

~राजेन्द्र तारकिणी~ कहाँ आयो र भुइँचालो ? तिमी भन्छौ– आयो, आयो भुइँचालो आयो ! खाटमा/निद्रामा बाथरुममा/भान्सामा अफिसमा/क्यान्टिनमा तिमी निकै ठूलो भ्रम चिच्याइरहेछौ– भुइँचालो आयो, भुइँचालो… ! ए ! बेवकुफ हल्लाहरू कहाँ आयो र ! खोइ भुइँचालो ?

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : एउटा जन्मजात बाहुनको विज्ञप्ति

~प्रोल्लास सिन्धुलीय~ नाकै थेप्चिने गरी कसैले चोरऔँलाले ठेलेदेखिन् दिमाग रन्थन्याएर सोचिरहेछु– एउटै ब्रेन्चमा राखेर मास्टरले मलाईमात्र बाठो बनाउने गरी कुन पुस्तक पढाए होलान् त्यतिबेला ? मैले पुख्र्यौली छाला बेचेर हालेको होइन यो चुच्चो नाक कसैले जन्मदिनको उपहारस्वरूप दिएका होइनन् यी … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : दशनीको लेहंगा

~श्यामल~ तातो हावाको झोक्काले फर्फराउँछ पराजित मुलुकको झन्डा जस्तो दशनीको लेहंगा । धेरै चोट सहिसक्यो धेरै रगत बगाइसक्यो धेरै बलात्कार खपिसक्यो जमिनदारको बाँझो खेतमा

Posted in कविता | Tagged | Leave a comment