Tag Archives: kabita

कविता : पिरो आचार नचाट्नु है

~तारा प्रसाद अधिकारी~ नर होस् या नारी जाती,पिरो आचार नचाट्नु है बिना सम्झें बिना बुझें ,मनको बह नसाट्नु है संच आराम दु:ख सुख, साचो बोल्नु नढाट्नु है अपरिचित स्वार्थीसंग ,मनको बह नसाट्नु है

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो रोजाई

~गणेश पुर्बछाने मगर~ कालो त्यो सन्नाट रातलाई उछिन्दै सुनौलो यो बिहानीलाई नै रोजे अतित का ति सबै कुरालाई बिर्सन्दै बर्तमानको नया जीवन लाइ नै रोजे

Posted in कविता | Tagged | Leave a comment

कविता : सकारात्मक सोँच

~बिकास सुबेदी~ देशनै पुरा जल ,खनिज ले भरिएका, साधन अनि जडिबुटी जताततै छरिएका | हिमाल पहाड अनि तराई मिलिकन बनेको, सम्भावना को आवरण ले छ देश ढाकेको |

Posted in कविता | Tagged | Leave a comment

कविता : समय

~नवराज योन्जन~ त्यो एक पल थियो | ५१ करोड वर्गकिलो मिटर ओगट्ने दिन र रातलाई एकनास मापन गर्दै दौडिरहेको विश्वको कयौ घन्टाघरको सुईहरुलाई संसारको अग्लो आफ्नै देशको सगरमाथा चढेर चिच्याउँदै कराउन मन लागेको थियो | ए पर्खन पर्ख समय म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अभागी नामक पुस्तक छापियोस्

~अभागी मिनम घायल असफल~ आशै आसमा निराश भैजान्छ भने जिन्दगी कसैको आशाको कल्पना बनी दियोस् आशुनै-आशुमा डुबी जान्छ भने जिन्दगी बगी जाने खहरेको भेल बनी दियोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : विक्षिप्त घोडचढी

~आभास~ घोडचढी घोडामाथि छ र ऊ आफैंलाई थाहा छैन ऊ केमाथि चढिरहेछ अहिले चर्को घाम छ या बादल यो पनि उसलाई थाहा छैन सडकमा कालो लम्पसार सडकमा केको लस्कर लम्किरहेछ जुलुस, मलामी या जन्ती आकाशमा नीलो आकाशमा चमचम के चम्किरहेछ

Posted in कविता | Tagged | Leave a comment

छोक : आकृति

~नकुल सिलवाल~ अरे ! म त व्याप्त छु आफुले ठाने जति, थाहा भएजति हावाको झोक्कामा आफ्नै नाम प्रतिध्वनित भैरहेको

Posted in कविता | Tagged | Leave a comment

कविता : खबरदार

~सागर कार्की~ भर्खरै हिड्न सिकेको बच्चा जस्तै ताते-ताते गर्दै हिजो गर्भबाट निस्केको सपना आज जनसंग्रामको चट्टि लगाएर क्रान्ति भूमीमा लडीबुडी खेलिरहेको छ । बोली फुटेको छैन र पनि चर्का-चर्का नारा निकाल्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्खि बसे

~रामु गैरे~ साझपख तिमी आउछौ भनी टोलाई रहे चारै तिर आईनिउ तिमी गल्ली -गल्ली गोरेटो बाटो जताततै एकोहोरो हेरी रहे अझैपनी आईनौ तिमी कोइली चरी पनि आ- आपसमा माया प्रिती साटा साट गरी रहेका थिए दुई चरिका जोडीहरु अटुट

Posted in कविता | Tagged | Leave a comment

कविता : जनआवाज

~रसिक रमण~ जहाँ स्वेच्छाचारी छ , भ्रष्टाचार कालोबजारी छ , शोषण र अन्याय छ त्यहा हर युगमा साक्षात हरि गोविन्द जन्मने गर्दछन ; शोषण र कुपोषणले जर्जर बनाएको अनकन्टार ग्रामीण परिवेशको

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : लोकतन्त्र कि भोकतन्त्र ?

~डिल्लीराज अर्याल~ बिरामी, ओखती खोज्छु खती भोग्छु सधैं अति नसप्रे मति मान्छेको सप्रला कसरी गति? उपती छैन, गर्दैन, पोयो प्रगतिको छिन्यो हार खाएर मान्छे यो संहारक बनी हिँड्यो सँभार गर्नुपर्ने हो संहार खोज्छ, रोज्दछ विचार गर्नुपर्ने हो प्रचार मात्र खोज्दछ … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : स्खलित विचारहरुको बजार

~बासु शर्मा~ उल्टो सरेको हो कि समय ? फेरि धकेल्दैछ भिमसेन थापाहरुलाई जीवन र मृत्युको आँखमिचौलीमा र, नन्द प्रसाद र गंगामायाहरुको नियति लेखिंदैछ । अनगिन्ति आँखाहरु डुवेकैछन् आँसुमा विचारान्तरको शिकार बनेकाहरु कहाँ जाउन् न्याय खोज्न जवकि ‘न्याय’ आफै न्याय मागिरहेछ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्न

~शिरिष लामिछाने~ आफ्नो कुरा ब्यक्त गर्न पर्खिरहेको एक मानिस जब न्याकिन्छ समाजबाट जब उसको भावनालाई नाली सरह तुल्याइन्छ र, जब उसको बेदनालाई चर्पीमा “फ्लश” गरिन्छ तब जन्मिन्छ एक आक्रोश जसले रोप्छ क्रान्तिको बिउ अनि निकाल्छ ज्वाला निक्लेको ज्वालासँगै उन्नत कहलिएको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कलमको तोक्मा

~काप्पोबा चुम~ कालो कोट लाउने आशमा ढाकर बोके झै किताबका भारीहरू बोकेर खाली खुट्टा हिडियो तर कलमले कतै तोक्माको काम गरेन । हो, जब कलमले तोक्मा जति पनि उपयोगी भएन तब कालो कोटको बाटोले खोटै खोट दियो, चोटै चोट दियो,

Posted in कविता | Tagged | Leave a comment

कविता : म किनार 

~दीपा लिम्बु राई~ गोधुली साँझ… चराहरुको बटालियन गुडतिर फर्किरहेछन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बिचरा सन्ते बौलायो

~जयन्त शर्मा~ सबैले सन्ते जाँड खाएर बौलायो भनेपनि सन्ते किन बौलाएको हो गुदी थाहा छैन । गाउँमा ढुङ्गा कुटेर परिवार पाल्ने सन्ते काठ्माडौं आएर एक्कासी कसरी बौलाएछ? आफूले खाएको थालमा लात हान्न नसक्नु टेडो आँगनमा छमछमी नाच्न नजान्नु बिचरा सन्तेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी

~काजिमान याक्सो~ जिन्दगीका रहर र आसा अनि अभिलाषाहरु संघर्स संगै बहक्किएर होला त्यसैले सधैं अभस्त्य देख्छु म यो जिबन यात्रा शायद खाउं लाउं र सधै केहि गरुं भन्ने रहर र चाहानाले कहिल्यै नछोडेर पनी होला

Posted in कविता | Tagged | Leave a comment

कविता : देशको पुनर्घोषणा !

~मधु माधुर्य~ “मोराले मन्दिरै भत्काउने पो हो कि” भगवान थरर काम्दै हिंडीरहेछ मेरो सामु पशुपतिनाथको देशमा म उसको छाडा बसाहाभन्दा पनि उद्दण्ड भैरहेछु मृत्यु नै मेरो देह-रक्षक भई सकेपछि मैले कुन मूल्यमा अब कोसंग डराउनु पर्यो ? प्राकृतिक रेफ्रिजेरेटर खोलेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सार्की

~लक्ष्मी प्रसाद देवकोटा~ कनिका–टीप, सडल चम्र्ममा राख्छन् सीप, थामन प्राण, विष्णुमतीमुनि अनगिन जल गो करवीर चिताले पुस्तौँ दाबी समाज, व्यक्ति कुन हो पापी ? मलको थुप्रो सडक किनार ज्ञानी गुनीको चल्दछ धार दृगमा दिल खै ? मानवता गीत हजार !

Posted in कविता | Tagged | Leave a comment

कविता : नेलसन तिमी यो धर्तिमा

~भावना परिष्किृत सुनुवार~ हार्दिक श्रदान्जली !! नेलसन तिमी यो धर्तिमा आउनुको खास कारण थियो बिधाताको योजनामा तिम्रो जन्मको उद्देस्य महान थियो सबै जन्मन्छन धर्तिमा घुमेर जानलाई तिम्रो त अबतरण भएको थियो युगको परिवर्तन गर्नलाई तिमीले सिकाएको पाठ घोक्दै घोक्दै तिमीले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : टुँडिखेल भित्रको ङिच्च हाँसो

~समाश्री राउत~ ऊ ङिच्च हाँस्यो म पनि ङिच्च हाँसे हामी ङिच्च हाँस्यौ थाहा छ हामीलाई यो आवरण हो बिवसता लुकाउँने हामी बुझ्दछौं अरूको परिबन्द आफ्नो कमजोरी र त

Posted in कविता | Tagged | Leave a comment

कविता : देश छाड्दै गर्दा

~गौतम सागर राई~ देश छोड्नुको पिडा त मलाई पो थाहा छ जसरि समयले मान्छेलाई छोड्छ बचेराहरु गुडमै माउले छोड्छ अनी एक्लिन्छ मन अभाब , पिडामा हो देश छोड्नुको पिडा त मलाई पो थाहा छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो स्वदेशमा

~तुलसी राम पाण्डे~ राजनीतिलाई चलाउने हरु ब्यस्त छन् खानलाई अगाडी बढी आउनु पर्यों युवाहरु देश बचाउनलाई गरि खान पनि दिने छैनन् कोहि हाम्रो नेपाललाई देशको रक्षा गरौ हामी युवाहरु भविस्य को पिढीलाई ल्याउनु पर्यों नेपाललाई राम्रो बनाउने योजना हरु निकाली … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : राजनीतिक पार्टीहरु

~मधु गुरुङ~ राजनीतिक पार्टीहरु तानातान गर्छन् महँगीले जनताहरु भोकभोकै मर्छन् अराजकता बढ्यो देशमा शान्ति नहुनाले बेरोजगारी बढ्यो उद्योगधन्दा नखुल्नाले सबै मिली उठाउँ एक स्वर शान्ति विकास समृद्धि रोजगार लोकतन्त्र ल्यायौँ हाम्ले ज्यानको बाजी लगाई

Posted in कविता | Tagged | Leave a comment

कविता : सिक्सीको

~अतित मुखिया~ खै किन किन साथी ? कहिल्यै परेन घामको ओभानो पैतला मेरो आगनको हिलोमाटो माथी । करेसाका कोपिलाहरु परदेश फुल्न बाध्यछन अंकुरण पहेंलिएको छ केवल बनमारा झप्केका छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : भावनाको बगैँचामा…

~अनुभव मञ्जरी~ भावनाको बगैँचामा एकै क्षण टहल्न मन लाग्यो प्रकृतिको सबै रङ्ग टिपी जीवनको पानाभरि पोत्न मन लाग्यो गराहरू बाँझै छन् घारीहरू बुटृयानले भरिएका छन् कता कति सतहीरूपमा बाँझो फुटाउन सुरु भएको छ भस्मे फाँडिने योजनामा छ

Posted in कविता | Tagged | Leave a comment

कविता : वीर अधिकारी जिन्दावाद !

~दीपेन्द्र केसी~ हिजो एकसाथ पढें मैले धेरै समाचारहरु । न्यायका भिखारी नन्दप्रसादले कालो पोतेर गणतन्त्रलाई सुकेको डाँठजस्तो भोको र हलुको शरीर जिम्मा लगाए यमराजलाई । लोकतन्त्रको सबैभन्दा शक्तिशाली हतियार “अनसन” जसले, झुकायो सिँगो व्रिटिश सरकारलाई गोर्खासामु कुनैबेला झुकेथ्यो गान्धी सामु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो मृत्यु कविता

~नरेश शाक्य~ मेरो मृत्यु साधारण हुनेछ घटित हुनेछ सामान्य घटनासरह कसैलाई थाहा पनि हुने छैन न कुनै रोदन न कुनै क्रन्दन मेरो पार्थिव शरीरलाई स्वजनहरूद्वारा छिटोभन्दा छिटो उठाएर लगिने छ र दफनाइनेछ माटोमा एकपटक माटोमा मिलेपछि त्यो सदाको लागि विस्मृत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बालुवाको मरूभूमिबाट

~जीवन खत्री~ बाध्यताको आँधी घरभित्र छिरेर नबगाएको भए बाको अनुहारबाट घाम नचोरेको भए आमाको आँखामा चम्कने जून फूलजस्तो मुस्कान प्रियाको ओठबाट नखोसेको भए नानीबाबुको स्कुल पुग्ने बाटो नभत्काएको भए पुर्खाले उपहार छाडीगएको जिउँदो घर र ताराहरूले गुच्चा खेल्ने आकाशजस्तो आँगनसँग … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कालीगण्डकी

~जीवन क्षेत्री~ कालीगण्डकी सुस्याइरह्यो यो युगको व्याथा बोकेर मधुर गतिमा बगिरह्यो मानव रगतका आहालहरू अमानवीयताका पराकाण्ठाहरू चुपचाप हेर्दै कालीगण्डकी ओरालो झरिरह्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : विदेशिएको मन

~लिल बहादुर खत्री ‘ललित’~ देशको सक्षम जनशक्ति गै सक्यो खेर माृतिभुमी सुन्यपारी कहीँ नजानु हेर। आजभोली गर्दा गर्दै गाउनै शून्य भय विदेशिदा कोही कोहीले त देशनै भुल्ने भय।। गरे पछि आफ्नै देशमा के छैन र हेर सच्चा मनले कार्य गरे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बेमौसमी बर्षात्

~रसिक रमण~ चुहिन आतुर भएका निसा ओढेर अकल्पनीय प्रहार गर्न तम्सिएका पहाड र जङ्गलका फेद तथा बिचतिर उछिट्टिएर उत्रिएका मेघका धब्बाहरुसङ्ग ठोकिएर कोमल नयनबाट पिडाका अश्रुधारा बगाइरहेकी प्रकृति ,

Posted in कविता | Tagged | Leave a comment