Tag Archives: kabita

कविता : खोज

~शिरिष लामिछाने~ सत्यको खोजीमा म आइपुगेँ एक नयाँ ठाउँमा ठाउँको नवीनता नियाल्दै सत्य सम्झिरहेछु किञ्चित आशावादी हुँदै अघी बढीरहेछु आशा बढ्दै छ र आकांक्षा पनि तर फेरी त्यही “नोस्टाल्जिया”ले

Posted in कविता | Tagged | Leave a comment

कविता : उडाइ लग्यो सानो संसारको छानो

~आचार्य प्रभा~ रहेन अस्तित्व तिम्रो अब खै!तिम्रो रूपको महत्व अनी खै तिम्रो मीठो अभिनयको औचित्य ? सब छताछुल्ल भए तिम्रा भावनाहरु , अनी धमिला बागमतीमा अनुवाद भयो तिम्रो त्यो निस्कलंक कुमारीत्व ।

Posted in कविता | Tagged | Leave a comment

छोक : म

~ज्ञानेन्द्र स्थापित~ म कसलाई भनुं मेरो मुखको हाँसो मात्र छिया छिया परेको मुटु को रोदन माथि को

Posted in कविता | Tagged | Leave a comment

कविता : थाहै भएन

~बिकास सुबेदी~ थाहै भएन मलाई कब म सुगा भएछु ? आफ्नै नाम पनि म भित्तामा लेख्न थालेछु | आफ्नै मातापिताको पनि नामै भुलेछु , थाहै भएन मलाई कब म सुगा भएछु ? छंगछंग ति किनारका आवाज म सुन्न छाडेछु ,

Posted in कविता | Tagged | Leave a comment

कविता : कसलाई दिउ दोष यहाँ ??

~गणेश पुर्बछाने मगर~ कति दिन बिते यहाँ कति रात हरु म त सधै तिम्रै सम्झनामा रोइरहेछु मन भरि अनगिन्ति पिर ब्यथा संगाली थाहै नपाइ रस्यो नयन तिम्रै यादमा भिज्यो सिरानी

Posted in कविता | Tagged | Leave a comment

कविता : समय

~अतित मुखिया~ समय जव सृजनशील हातहरुमा अनि पौरखी पाखुरीमा सल्बलाउछ बिकाश सगरमाथा भएर अग्लन्छ ज्ञान ढुङ्गामा पनि तेल भएर पग्लन्छ । कर्तव्यबाट पलायन भएर कहिल्यै बिपरित मोडिन जान्दैन समय झिनोमसिनो निजांग्रे भएर

Posted in कविता | Tagged | Leave a comment

कविता : खै कहिले म ….?

~सजना गुरुङ~ उफ ! दुर्भाग्य नै दुर्भाग्यको यो काँडेदार बाटो कहिले पार गरेर ? निराशाको पच्छ्यौरीले छोपेर पराजित बनाइ समस्या नै समस्याको कारागारमा कैदी बनाइ राखेको मेरो प्यारो ,

Posted in कविता | Tagged | Leave a comment

कविता : भानु बाजेलाई प्रश्न

~प्रेम निशाम निङ्लेकु~ बाजेले लेखेका रे नीति शिक्षा धेरैले पढेका छन् धेरैले सुनेका छन् धेरैले वुझेका छन् नैतिकवान भएका छन् । र त तिनै नैतिकवानहरुले वाजेलाई चौरस्ताको विचमा उभ्याएका छन् । सादय वाजे चौवाटोमा पुगेपछी आफु जाने वाटो भुलेर उभिने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म परदेशिनुको आशय

~आचार्य प्रभा~ करुण चित्कार मनमा लिएर आँशुका थोपाहरुलाई मुटुको घडामा समेट्दै बन्धकी हाँसो उकास्न म परदेशिएको मान्छे । बिवसता मेरो नजिक थियो त्यो क्षण , अनी पीडा आफन्त थियो त्यो पल, शायद समस्याले जकडिएको

Posted in कविता | Tagged | Leave a comment

कविता : माटोमा सपनाहरू

~रामकृष्ण पौडेल ‘अनयास’~ टाँसिएको भित्तामा त्यो तस्विर म निकालेर नियालि रहेछु रहरलाइ कुल्चिएर बाध्यताले झिनो आशा र सपनाका खातहरू झोलामा त्यो तस्विर सँगै यादहरू कैद गरि म खाडिको तातो मरूभुमिमा आफ्ना सपनाहरू खोज्न एउटा यस्तो यात्रा तय गरिरहेको छु । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी बुढो भएछ

~कृष्ण पहारी~ कापिका पानाहरू च्यातिए झैं जिन्दगीका पानाहरू पनि पत्र(पत्र च्यातिएर फेरि जिन्दगीले जिन्दगी बुढो भएको अनुभव गर्दैछ । कहिले काहीँ त जिन्दगी इतिहासका पाना पल्टाएर आमाको न्यानो काखमा रमाउँदै हाँसिरहन खोज्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : वर्जित मेरा आवाजहरु

~खेम राई~ एउटा ठूलो जमातमा उपस्थित म अभिमन्यू शोककाव्य बाचन गर्न उभिएको । विमन्युहरुको हुलमा कसले पो सुनिदेला ? दु:ख र पीँडाले भरिएको शोकले आह्लादित बनेर आँशुले लेखेको लेखोटलाई शोककाव्य हो या मनोविलाप आफैँ दोसाँधमा उभिएकोछु । सालिन मुद्रामा दु:खित … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भोका आँखा

~रसिक रमण~ कमरेड ! मेरा आँखा भोकाएका छन् , अनकन्टार , दूर दराज , कन्दराबाट गाइएका स्वाभिमान र राष्ट्रियताको भाका सुन्दै विकास , प्रगतिका पथमा किन्चित विचलित नभई बढ्दै गरेको म एक्कासि लागेको ठेसले भक्कानिएको छु । यहाँ सगरमाथाको उचाइ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यिनलाई ठटाउनलाई

~शारदा पुडासैनी~ नेताहरु गुण्डा पाल्छन् सडक तताउनलाई बन्द अनि तोडफोड जनता सताउनलाई कुन शव्द कहाँ भेटौँ पीडा बताउनलाई छैन कतै कुनै लौरी यिनलाई ठटाउनलाई ? काम छैन दाम छैन वाल्ल पर्छ ठिटो घरमा बुढी आमा रुन्छिन् खान छैन पिठो मन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मजदुर

~कमन देवान~ उसको निधारको डिल भएर बगेको श्रमको खोला त्यो खोलामै किन नबगेको होला ? उसका सबै दुःख र पीडाहरू । अक्टोबर क्रान्तिका कथा उसले थाप्लोमा बोकेर डुलाई हिँडेको सताब्दी अघिदेखि कै व्याथा हो, क्रान्ति सफलताको उन्माद

Posted in कविता | Tagged | Leave a comment

कविता : तर हिमाल सकिन्दैन

~डी. वी. पालुङ्वा~ म अविश्वासको पृष्ठपोषक किमार्थ बन्न सक्दिन तर मलाई हिमाल हिंडेको थाहा छैन पहाड सरेको थाहा छैन त्यसैले तरार्इ पनि हिड्दैन र सर्दैन पनि अत : म हिमाल पहाड तरार्इका फांटहरुमा आदीम् सभ्यता संगसंगै आजको यस घडी र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लाखेनाच

~दिव्य गिरी~ न चाडपर्व न उत्सव नत कुनै जात्रा बेला-कूबेला बाटो, दोबाटो र चौबाटोमा झयाली र ढोलकको तालमा मान्छेहरूको भीडभित्र मुकुण्डो लगाएर नक्कली जगल्टा हल्लाउँदै लाखे नाचिरहेछ छम्छम्… छम्छम्…

Posted in कविता | Tagged | Leave a comment

कविता : अवैध मान्छे

~दिलदुःखी जन्तरे~ यो धर्तिमा पशुपंक्षी, किराफट्याङ्ग्रा वनस्पति , जीवजन्तू भन्दा अवैध रहेछ मान्छे । चरा जत्ति नि स्वतन्त्र उड्न नसक्ने रुख जत्ति नि निर्धक्क उभिन नस्क्ने खोला जत्ति नि सलल बग्न नसक्ने जनावर जत्ती नि मान्यता नभएको एक नम्बरको अवैध … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गुहार गुहार

~युद्धप्रसाद मिश्र~ लाशमाथि लाश भयो डढाउँदा गाउँ धरतीमा कतै छैन हाम्रो बस्ने ठाउँ स्त्री जातिका गुप्तांगमा संगीनका घोचा बदलाको भावनामा छौं कि हामी होचा ?

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तिम युद्ध

~अनुपम रोशी~ यहिनेर, समयको एउटा भित्तामा लेखिदेउ शताब्दीको यो अन्तिम युद्ध किनकी तिम्रो मुठ्ठीमा पनि टिक्ने छैन यो बलवान समय एउटा साँझ सकिएर अर्को सूर्य उदाएको दिन तिमीलाई पछार्दै तिम्रो मुठ्ठीबाट फुस्केर समय आफै मुस्कुराउने छ रगतले तिर्खा मेटिन्न भने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : कसम

~उपेन्द्र सुब्बा~ वैश ढल्यो तर मन ढलेन कि कसोकसो यी आँखा तिमीलाई नै खोजिरहन्छन् त्यो दिन– सप्पै याद छ घामको उचाइ नापेर जुवामा–पाँच जुव

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो लागी

~कर्मठ सुवेदी~ रात नहुँदो हो त, तारा नचम्किंदो हो त, जून पनि नलाग्दो हो त, दिन पछि फेरी दिन आँउदो हो त, सायद, तिम्रो याद पनि आउँदैन थियो तिम्रो मुहारले त्यसै त्यसै मार्दैन थियो । पानीका बाछिटा कति साना हुन्छन् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सावन

~लक्ष्मी प्रसाद देवकोटा~ क. आज सावन पावन दिवस, धूमिल, शीतल प्रातः कलिला, नीला, सलिल–ललित अचल, सगर–स्नात चुलीकी मोहनी, शोभा सचेत, तानेर जलको जाली एकान्त स्वर्गमा मुस्किरहिछन्, नरम–शरम–निठुर मोहिनी, बढाउँदी तृष्णालाई, टाली तिमिरबाट किरणी–कदम अनिल लहर भरी भावुक हृदय घण्टध्वनिमा पछयाउँछ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जगेडा

~अतित मुखिया~ अवमुल्यन हुदाहुदा आफ्नै व्यक्तित्व जिन्दगीको विनिमय बजारमा तिप्कोभर इज्यत सांचेको छु सम्वोधनका तिम्रा शव्दार्थमा जगेडा भएर बांचेको छु । थाहाछैन कांहानेर कसलाई कुनबेला चाहिने हो

Posted in कविता | Tagged | Leave a comment

कविता : शिक्षा

~अस्मिता चौधरी~ अन्धकारको पर्दा खोल्ने उज्यालो हो शिक्षा विकासको मूल बाटो खनि दिने शिक्षा रूपान्तरण, परिवर्तन ल्याइ दिने शिक्षा अन्तरमनमा चेतनाको दियो बाल्ने शिक्षा । नयाँ युगको निर्माण गर्ने सम्बाहक हो शिक्षा मनको दियो जलाइ दिने दियालो हो शिक्षा पत्थर्को … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँद

~देव नारायण शर्मा~ बिहानी पख * परेवा जोडी * कुर्लिन्छन के राम्रा । टिस्टा र रङगीत कोशी र भेरी उर्लिन्छन है हाम्रा । सुर्यको आशमा * बसेका बासमा * पुर्वनै हेर्दैछन । घमको किरण * धर्तीमा पर्दा * ठुलोसास फेर्दैछन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो प्यारो गाउँ

~डा. हेमनाथ घिमिरे~ स्वच्छ हिमालको पंति, देखिएको सिरानमा । हरियाली सबै तर्फ, बसेको हिमकाखमा ।। स्वच्छ निर्मल ती खोला, बगेका कल्कलाउँदै । हिमाली सिर्सिरे हावा, बगेको बहलाउँदै ।। १ ।। पहाड ती रमाईला, सेतो हिमालको मुनि । बगेका छन् नदी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलहरुलाई विन्ति

~दीलिप सागर राई~ ए सुन्दर फूल ! मान्छेका जस्ता अनुहारदेखि  होसियार ! घाम पानी, खडेरी, आँधी हुरी, तुषारो, असिना त केही हैन मान्छे रुपी जनावारदेखि सतर्क ! जसले तिमीलाई एकै छाक पार्न सक्छ । मान्छेले आफ्नो मर्जीमा चल्ने बनाए ईश्वर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देउरालीमा उमेरहरु

~बिष्णु सुवेदी ‘दोलखे’~ देउरालीमा उमेरहरू थपिरहेछन् पिपिरीपात ! पिपिरीपातको थुप्रोबाटै उठिरहेछ पहाड प्रेमजस्तै महान् भएर ! बैंसालु मनहरू सपनाको उडान भरेर मनको यात्रामा निमग्न छन् देउरालीका उमेरहरू बालुवा पेलेर तेल निकाल्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : छेउको मान्छे

~बालमुकुन्द कार्की~ मेरो छेउमा एउटा मान्छे छ ऊ मेरो आँगनमा घाम नउदास् भन्छ मेरा परेवाहरू नघुर्घुराउन् भन्छ मेरो बगैँचामा वसन्त नआस् भन्छ मेरा फूलहरू नमग्मगाउन् भन्छ। ऊ यतिसम्म भन्छ मेरो घरमा हावा नछिरोस् मेरो घरमा खोला पसोस्।

Posted in कविता | Tagged | Leave a comment

कविता : घण्ट

~द्वारिका नेपाल~ पटक पटक आफ्ना गालाहरूमा रालोको थप्पड खाएर वर्षौँदेखि चिच्याइरहेछ मन्दिरको एउटा घण्ट । हरेक दिन एकाबिहानै पुजारी आउँछन् र राति पूरा हुन नसकेका सपनाहरूलाई साक्षी राखेर मन्दिरभित्र र मन्दिरबाहिरका

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभकामना

~निर्मला अवस्थी~ “पूर्ण होस मनका चाहना हरपल सुखदायी बनोस सबको जीवनमा यही छ मेरो कामना विजया दशमीको शुभकामना” नेपाली मात्रको महान पर्व विजया दशमीको शुभ उपलक्षमा सबैलाई हार्दिक मंगलमय शुभकामना

Posted in कविता | Tagged | Leave a comment