Tag Archives: कथा

कथा : न्यायको खोजीमा

~सिमा भुजेल~ चरक्क चर्केको भदौरे घाम, त्यो पनि तराइको, पुरै सहर गर्मीले बाफिएको थियो। उभिएको ठाँउमा हेरेँ- आफुभन्दा धेरै लघु आकारको आफ्नै श्यामश्वेत प्रतिलिपी लम्बिन खोजिरहेको। भित्री लुगाहरू भिजेर बाहिरी लुगासमेत भिज्दै थियो पसिनाले। गोजिबाट रुमाल निकालेर अनुहार पुछेँ। नाडिको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रिभल्भर

~पुरूषोत्तम ढुङ्गेल~ म एउटा गीतकार प्लस कवि हुँ । हैन यसो भनूँ साथीहरूले कभि कभि कवि कवि पुकार्दा पुकार्दा गरेर साँच्चिकै कवि भएँ कि भन्ने भ्रमात्मक अनुभूतिको अनुभवी हुँ । जे होस् सामाजिक् संजालमा म यहि कारण यस्सो कविताजस्तै केहि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खोल

~खेमराज पोखरेल~ म सम्झिरहेको छु, उनी मेरी गर्ल फ्रेण्ड थिइन् त्यो ताका । त्यो दिनको सम्झना आइरहेछ । हामी दुवै यस्तै गधा पच्चीसे हुँदा हौं । हामी दुवै नगरकोटको  होटल सनराइजमा थियौं । त्यो दिन म उनीसँग बेस्सरी पग्लेको थिएँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मासग्रेभ

~राजव~ हामी एकसाथ सत्र जना मरेका थियौं । सत्रै जना आइसियुमा थियौं । सबैको नाक, मुख, घाँटीमा भेन्टिलेटरबाट निस्किएको स्वास नली र पाइपहरू जोडिएको थियो । दस दिन हामी आइसियुमा संघर्षरत रहृयौं । र, हिजो एघारौं दिनमा हाम्रो संघर्ष सफल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो घुम्तीपछि

~मिङ लिवाङ~ बाघपुल नाघेर सेवकेश्वरी काली मन्दिरमा गाडी पुग्दा मनभित्र कतै कटक्क बिझायो। सडकमा जाम लागेर गाडीको ताँत लागेको छ। आज आइतवार……दर्शनको निम्ति सिलगडीबाट आएका श्रद्धालुहरुको गाडी र घुइँचोले सडक जाम भएकोरहेछ। “सिलगडीकाहरुले यो ठाउँ पनि बिस्तार-बिस्तार आफ्नो बनाईछाड्यो… मन्दिरको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अपूर्व रमाइलो एउटा तिहार

~जीवन क्षेत्री~ औंशी हिजै थियो तर अन्धकार आज पनि उत्तिकै थियो । ब्यारेकमा आज महिनौंपछि पहिलो पटक स्यालको रक्सी आइपुगेको थियो । बाहिरबाटै झिकाएको मृगको सुकुटीसित त्यो रक्सी खाएर मेजर रणसिंह शमशेर जबरा सुतेको थियो तर निद्रा आउने नामै लिइरहेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गुरुङ लोककथा : वोम्लु

~सङ्कलन : छम गुरुङ~ उहिले शिकार जुगमा, यो संसारमा मरेको र जिम्दो मान्छे सँगै एकै बाटो हिँड्थे, शिकार खेल्थे, सुत्थे पनि सँगै। को मरेको को जिम्दो फरक छुटिँदैनथे, मृत्युको खासै अर्थ थिएन। साप्ता र सिप्ताबीच ङेँनढुक (बिहेकुटुम्ब) हुन्थ्यो। साप्ता ढुङ्गाबाट … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : मध्यरातको कथा

~सुरञ्जन घिमिरे~ उसको शरीरमा बेग्लै कामुकता थियो र ओठमा अर्कै मादकता । लाग्छ, ऊ कुनै अर्कै ग्रहकी युवती हो । तर उसबारे यस्तो कल्पनातीत विचार राख्नु आफैंमा मुर्खता हुन जाला । यस्तो विचारले उसको श्रृङ्गारीक प्रभावबाट म प्रभावित हुन नसकुँला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

किराँती दन्त्यकथा : लाप्चा पुरोहित

~सङ्कलक: इमानसिंह चेम्जोङ~ भगवानकाे काम सृष्टिमा मात्रै सीमित हुन सकेन । उनलाई सृष्टि गर्नुका साथै आफ्नो सृष्टिको सुरक्षाका लागि अरुअरु काम काम गर्ने गरुरत पनि पर्यो । यसका सम्बन्धमा रुचिकर कथा पाइन्छ । सुरुमा आकाश, पृथ्वी, समुद्र, सूर्य, चन्द्रमा, तारा, … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

किराँती दन्त्यकथा : आगो र पानी

~सङ्कलक: शिवकुमार श्रेष्ठ~ सृष्टिको प्रारम्भिक कालमा सर्वव्यापी परमात्मा तागेरा निङ्वाफुमाङले पृथ्वीका सम्पूर्ण प्राणीहरूका भलाइका लागि आगो र पानीको सृष्टि गरे । एक दिन आगो र पानीका बातचितमा तँ ठूलो कि म ठूलो भन्ने कुरामा ठूलो झगडा भयो । आगोले पानीलाई … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

किराँती दन्त्यकथा : धाननाचको उत्पत्ति

~सङ्कलक: शिवकुमार श्रेष्ठ~ प्राचीनकालमा लिम्बू किरातीहरू जङ्गलमा फलफूल तथा कन्दमूल खोजेर पशुपन्छीको सिकार गरेर आफ्नो जीविका चलाउने गर्दथे । खेतीपाती गर्न नजानेको हुनाले उनीहरूलाई अन्नका बारेमा केही पनि थाहा थिएन । सधैँ जङ्गलमा फलफूल तथा कन्दमूल खोज्न जानुपर्ने र सिकार … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कथा : साइनो

~दुर्गा कार्की~ लमजुङ तुर्लुङकोट ….. सररर हावा चल्यो लाँकुरीको बोट ….. पिंढीको थाममा झुण्डिएको रेडियोमा बीमाकुमारी दुराको सुरिलो स्वर बाटोसम्मै सुनियो । तगारो खुल्लै थियो । घाम तापिरहेका बाख्राका पाठा मदेखि तर्सिएर बुर्कुसी मार्दै आमा भएतिर गए । गोठको माउ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिक्रीमा एउटा खाट

~महेन्द्र महक~ तपाइँ विवाहित हो वा अविवाहित? विवाहित हो भने यस कथाको मार्मिक अन्त्य अन्तर्बोध गर्न सहज हुनेछ। खैर, पूँजीवादले बजारमा उपलब्ध गराएका ‘विवाह’का विकल्पहरुको स्वर्गीय अनुभव गर्नुभएको छ भने यो कथाको गहिराई नाप्न सक्नुहुन्छ। पाठक महोदय! तपाइँ विवाहित हो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बार्दलीको एउटा अनुहार

~महेश पौड्याल~ अरु बिसौनीमा दुई मिनेट रोक्ने बस ओखारपौवामा दस मिनटभन्दा पनि बढी रोकिन्थ्यो । यात्रुहरू ओर्लने र चढ्ने काम सकिएपछि पनि चालक गाडी कुदाउने सुर नै गर्दैनथ्यो । नयाँ नयाँ भएको हुनाले सहचालक चालकसँग खासै कुरा गर्दैनथ्यो । ऊ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ओसिस

~नव सापकोटा~ कला गोष्टीमा रमेशले केही दिनअघि आफूले पढेको अङ्ग्रेजी लेखकको एउटा मरुभूमिको निकै राम्रो कथा राम्ररी वर्णन गऱ्यो। श्रोताहरूमध्ये मनोजले साह्रै चाख लिएर सुनेको थियो। अन्तमा उसले त्यस कला वर्णनमाथि केही जिज्ञासा पनि राखेको थियो। यथार्थमा त्यस कथाले उसलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आडम्बर

~आन्विका गिरी~ पात्र परिचय: १. लिंग – महिला उमेर – पच्चिस वर्ष शिक्षा – स्नातकोत्तर पेशा – विध्यार्थी पहिरन – साधारण आधुनिक पहिरन पाइन्ट र टि-सर्ट कपाल छोटो, रंग गोरो, स्वाभिमानी विचारधारा नाम थाहा नभएपनि हुन्छ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मसानघाट

~सन्जु बजगाईं~ समयमै हरेक काम गर्न सकियोस् भनेर कोठैपिच्छे घडी राखेकी छु घरमा। संसारलाई समय तोकिदिने गि्रनविचसँग खेलवाड गर्न मनाही छ, यो बेलायती सहरमा। त्यसैले हतारिँदै तयार भएर बस चढ्यौँ, आमाछोरी। बस उही पुरानै बाटो भएर गुड्न थाल्यो। जुलाई र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रधानमन्त्रीले जुँगा ट्रिम गर्नुभयो

~कुमार नगरकोटी~ वसन्तपुर दरबार स्क्वायर । प्रातः बेला थियो । घाम उदाइसकेको थिएन । दरबारक्षेत्रको एक भागमा एउटा पलङ थियो । पलङछेवै कमोड थियो । कमोड छेवै बाथ–टब थियो । बाथ–टब छेवै यामानको पित्तले गाग्री थियो । गाग्रीछेवै ड्रेसिङ टेबल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गने यसरी गणबहादुर बन्यो

~लक्ष्मीप्रसाद देवकोटा~ यस बर्ष खडेरी परेको थियो । आकाश दाता छ । धार्मिक जनता स्वर्गको भरमा अडेको छ । माथि देवताको महफिलमा कुन्नि के खित्रिक्क पर्न गयो । शायद कुनै क्रान्तिकारी दानवले खरो वचन बोल्यो होला । देवताहरूले नागहरूलाई इशारा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गुराँस

~सुरेन उप्रेती~ आज गुराँसको जन्म दिन । गुराँसले पच्चिसौं वसन्त पूरा गरेर छविसौ वसन्तमा प्रवेश गरेको दिन । उनी नामजस्तै सुन्दर छिन् । उनलाई कुनै कृत्रिम लालीको जरुरत पर्दैन । उनका गालामा गुराँसको रंग फक्रिएको छ। उनका निर्दोष आँखाहरूले हरिणका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रणमाया

~प्रयास लामा~ “आज साझँपख सडकै सडक पर सम्म हिडेर पनि आउनु पर्यो र यसो ठुलो छोरालाई पनि फोन गर्नु पर्यो।” त्यस दिन रणमायाले बाहिर बरण्डामा घाम तापि रहेको प्रणयलाई चिया दिदै भनेको थियो। शहरमा किराया घर लिएर बसेको रणमायाको कान्छा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भोक

~हरिप्रसाद भण्डारी~ उसको खाली पेटमा दुईचार घुट्की रक्सी परेपछि माथि टाउकादेखि नै उसको शरीर झम्झमाउन सुरु ग¥यो । रक्सीको नसासँगै उसको मन पनि तरङ्गिदै गइरहेको थियो र ऊ भावुक हुँदै गइरहेकी थिई । उसको अगाडि रहेको गिलासबाहेक अर्को साथी कोही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गङ्गाराम

~आन्विका गिरी~ बाराको बुधिया गाउँमा गङ्गारामको माटोले बनेको एउटा सानो घर छ । चैतको मध्य घाममा मुसाले दुःख दिएपछि मालिकको घरबाट एकछिन छुट्टी लिएर आएकी गङ्गारामकी स्वास्नी घरभित्र मुसाको प्वाल टाल्दै थिई । टाल्न त ऊ घरको छाना पनि टाल्न … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

कथा : चिकित्सकको बाबु

~भीम राई~ ‘मम्मी ! बाई बाइ !’ थरथर काप्दै उसको मुखबाट निस्केको एउटा अस्पष्ट शब्द हावाको गतिसँगै उडिरहेको थियो । शब्दले राम्ररि पुर्णबिराम लिन नपाउदै आफ्नो प्यारी मम्मीलाई गर्ल्याम्मै अङ्गालो हाल्यो । पाँचसेकेण्ड जति अङ्गालोमा बाँधियो, त्यसपछि छुट्टि हाल्यो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सानुमाया

~दिलिप पौड्याल~ “दैबको लिला हो भाई। कसैले टारेर टर्दैन। यस्तो होला भन्ने कल्ले जानो र ! जानी यहि बसे पनि गएकै छन्। सबैले आ-आफ्नो पिठो खानी हैच। धेरै सुर्ता नलिनुस”, धनेले लालबहादुरको हात समाउदै भन्यो। दुबैजना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको बाहिर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : किष्णे

~प्रयास लामा~ किष्णे त्यसको सबैले बोलाउने डाक नाम । शीतकालीन बिदा सकेर बिध्यालयहरू पुनः खोलिने तरखरमा छ। त्यसलाई भने बिध्यालय चाडोँ खोलियोस र नयाँ कक्षामा जाउँ जस्तो भईसकेको हो। पुरानो सेकेण्ड हेण्ड किताबमा नयाँ खोल हाल्यो त्यसले र डोरेमोनको नक्शा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यो जात्रा, अनि त्यो जात्रा

~बिक्रम भक्त जोशी म बस्ती बाहिर बस्थेँ । तर केही समय भो, बसाईँ सरेको । अहिले म शहर भित्रको पुरानो बस्तीमा बस्न आएको छु । इन्द्रचोकबाट आकाश भैरव मन्दिरलाई देब्रे पारेर उत्तरतिर लागे भेडासिङ पुगिन्छ । त्यहाँबाट देब्रे मोडेर पश्चिमतिर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समुद्र, अरक् र अरूणी

~मधुवन पौडेल~ समुद्र ! मलाई समुद्र भन्नासाथ केटाकेटीदेखि नै निकै मन पथ्र्यो र समुद्रका कुरा चाखले सुन्न मन लाग्थ्यो । त्यो समयमा आफुले समुद्र देख्न पाउने कुरा पनि भएन ! एकाध पल्ट आमाले कान पाक्दा समुद्रको फीँज भनेर एउटा केही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सेरे ढक

~छेवाङ योञ्जन~ ‘‘जानेहरू बितेर गई त हाले, अब सरापेर के नै पो हुन्छ र?” बुद्धिमानकी श्रीमतीले तनाउपूर्ण भावमा भन्दै थिइन्, ‘‘भए पो भेटिन्थ्यो। हुँदै नभएको चिज कसरी भेट्ने?” बुद्धिमानले भएभरको सामानहरू खोतलेर घरै भताभुङ्ग बनाइसकेका थिए। ताकमा भएका नानीहरूका खाता-किताब … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यसपछि फुलेन गोदावरी

~महेश पौड्याल~ हाम्रा घरमा कुनै पनि चाड विषेशमा अनिवार्यतः उपस्थित रहने पाहुनामध्ये एक थियो पुङ्गिन । हामीले दिवङ्गत भतिजाको स्मृतिमा गोदावरीको एक बगैंचा बनाउँदैगरेका बखत पनि ऊ हामीसँगै थियो । जब त्यो सम्पूर्ण बगैंचा पहिलोपल्ट फुलर आफ्नो कुमारी वैंशको वसन्तमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नयाँ आयाम

~मधुश्री~ “आमा मेरो जरुरी वैठकमा जानु छ । महिला अधिकारबादी र हाम्रो महिला संगठनको सहकार्यमा धेरै काम गर्नु छ । त्यसैको सुरुवात हो आज । बेलुका अलि ढिलो हुन्छ कि घर आईपुग्न । उहँलाई पनि मैँले भनेको छु ।” दिब्या … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सनक

~मनीषा गौचन~ हो, म उसको हत्या गर्ने निर्णयमा पुगेको छु । यसका कारणहरू निम्न छन्,  उसका आँखा उसका आँखाले आक्रमण गरेको पहिलो दिन, पूर्वमा घाम पहेँलो पहेँलो भएर उदाउँदै थियो । अस्पतालको क्याबिन नम्बर २०८ मा म मेरी बिरामी आमाको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment