Tag Archives: नेपाली कविता

कविता : रगत, आगो र संवेदना

~राजेन्द्र शलभ~ अखबारका पानाहरूबाट उछिट्टिएर रगत मनभित्र जमेछ रगत पखाल्नलाई पानी मनसम्म पुग्दैन र आँसुले रगत पखालिँदैन । हजुरआमाले भात पकाउँदै गरेको आगो कसरी हो उछिट्टिएर देशभरि सल्किएछ

Posted in कविता | Tagged | Leave a comment

कविता : पहाडहरू जलिरहेछन्

~राधेश्याम लेकाली~ प्रकृतिको विशिष्ट सङ्गीतमा आह्रलादित शान्त र सुन्दर पहाडहरू आज ज्वालामुखी बनेर घृणा, आक्रोश र वेदना पोखिरहेछन् हो, यतिबेला खरानी, आँसुर टाटा रगतमा अनूदित

Posted in कविता | Tagged | Leave a comment

कविता : बलेसीमा भिजेको पुतली

~मदन राई ‘लामाखुले’~ बच्चाहरूको मन मष्तिस्कमा असाध्यनै भिजेको कसैको पनि आँखामा प्यारो लाग्ने दिनभरि खेल्यो रमायो भाँडाकुटी खेल्यो सँगसँगै मिठो मिठो परिकार सजायो

Posted in कविता | Tagged | Leave a comment

कविता : बौलाहा कवि

~नारायण पोखरेल~ हो म बौलाहा कवि हुँ , मेरा नशाना मा डौडिरहेका छन् बौलाहारुपी रगतहरु , आफै भित्र रमाउने मान्छे , अरुका ईच्छाहरु नबुझ्ने , हो म अन्तरमुखी बौलाहा हुँ !

Posted in कविता | Tagged | Leave a comment

कविता : म बोक्सी होइन

~लेखनाथ काफ्ले ‘राजन’~ मेरो उजाडिएको सिउदोले मलाइ गिज्याउदैछ सिथिल बन्दै गएका हातगोडाले मलाइ धिक्कारदैछ रित्तिसकेको आफ्नै आसु पिएर,दिनहरु कटाइरहेछु तर , समाजनै म तिर फर्किएर,मलाई दिनदिनै सराप्दैछ …………………. मन भक्कानिन्छ, बिरह पोख्ने ठाँउ छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : स्प्रीङ

~रुमानी राई~ स्प्रीङ्लाई, तिमी जती सक्छौ दबाउ दबिएसम्म दबाउ तिम्रो सक्तिले भ्याएसम्म दबाउ तर,एउटा कुरा याद राख, तिम्रो एकात्मक सत्ता तिम्रो शक्तिको पराकाष्ठा

Posted in कविता | Tagged | Leave a comment

कविता : बेपत्ता खोज्दै बेपत्ता

~लक्ष्मण नेवटिया~ बुबा तपाईंले म बेपत्ता छोरालाई खोज्दै इन्तु न किन्तु भएको कति भयो? मृतकको पीडा एकबारी- बेपत्ताको पीडा आजीवन मर्मान्तकारी” एकछिन सुत्न नपाइ रातभरि आँसु बगाएको कति भयो? ढोकाबाट आवाज आएको सुन्दै खोल्न दगुरेको कति भयो? आँखा भएर पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दशै तिहार

~लब्ली राजन श्रेष्ठ~ शहर भन्दा गाउँ घरै घमाइलो । दशै भन्दा तिहारै रमाइलो । हिजो सम्म कलिला बढेछन ति मखमलि । औंसीको रातमा पनि जतासुकै बत्तीको झलमलि ।

Posted in कविता | Tagged | Leave a comment

कविता : धोकाको मायाजाल

~दीपक कुमार ज्ञवाली~ नहान पत्थरले यो कोमल हृदयमा अधरको मुस्कान थाम्न नसक्ने हृदयले पत्थरको प्रहारले झन् गराऊँनेछ आहात लोभ्याउएन मलाई अधरको मुस्कानले म घाइते भएको छु प्रेमवन्धन टुट्नाले भएन पे्रम अमर नियतीले बिछोडायो

Posted in कविता | Tagged | Leave a comment

कविता : अवतरित उत्कर्ष

~शारदा शर्मा~ एकक्षणका लागि जाज्वल्यमान् भयो समय लाग्यो बाँकी रहेन कतै अपूर्णता अभाव बाँकी रहेन सपना देख्न आकाश बाँकी रहेन यसभन्दा माथि पाइला राख्न उचाइ बाँकी रहेन उत्कर्षको यो स्वर्णबिन्दु कल्पनाको अर्को शिखर निर्माण नहुँदासम्म त, स्वर्ग हुनुपर्ने थियो किन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म पृथ्वीनारायण शाह

~विश्वविमोहन श्रेष्ठ~ जोडेर धेरै मनहरु फोडेर धेरै किल्लाहरु यो देश बनाउने अपराधी मै हुँ गुमनाम तिमीलाई नाम दिएर स्वाभिमान तुल्याउने अपराधी पनि मै हुँ जजस्ले आँखा लगाए यो माटोमाथि

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई तिमी आफूजस्तै बनाऊ

~विनय रावल~ विसङ्गति हेरेर बस्नु यहाँको नियति भइसक्यो नराम्रो खबर सुनेर बस्नु यहाँको परम्परा नै भइसक्यो छातीभित्र आक्रोश थिचेर बस्नु यहाँको बाध्यता भइसक्यो।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेमसाहब सुइटर बुन्दैछ

~श्यामल~ म देखिरहेको छु धेरैलाई जाडोले खाइरहेछ र मेमसाहब सुइटर बुन्दैछ । मेमसाहब बुन्दैछ संविधानजस्तो सुइटर प्रत्येक पटक संशोधन हुने कानुन जस्तो सुइटर कलात्मक र मिहीन माकुराको जालोजस्तो सुइटरु माझीको कम्मरमा झुण्डिने

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमपत्र

~विक्रम सुब्बा~ मानिसलाई कैद गर्ने फैसला लेखिरहेछ न्यायधीश चाकडीका पर्दाहरु थिचेर हार्मोनियमका संगीतकार कुनै नवाबको गीतमा संगीत भरिरहेछ गीतकार भ्यात्ते कुर्सी बकस दिनेको नाममा गीत लेखिदिँदैछ बिलमा मन्त्रीको दाम लिखिरहेछ व्यापारी गायक ठूलो जागिर दिनेको गीत गाइरहेछ प्रोफेसर विषालु शोधपत्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मुक्त आवाज

~हिरा आकाश~ जति–जति बर्साऊ सहर–बस्ती छाना–छानाभरि बमहरू जति–जति पड्काऊ छाती–छातीभरि बन्दुकहरू या कुल्च दाब्रैदाब्रा हुनेगरी

Posted in कविता | Tagged | Leave a comment

कविता : सर्पहरू गीत सुन्दैनन्

~सैलेन्द्र साकार~ तिमी जतिसुकै पीडाले चिच्याऊ ईश्वरका विरुद्ध उभिएर सडकमा अथवा आनन्दले विभोर भएर जीवनको प्रशंसामा जतिसुकै गीतहरू गाऊ त्यसको केही मूल्य छैन तिमी कसैकहाँ सम्प्रेषित हुन सक्दैनौ कसैलाई ब्युँझाएर केही भन्न सक्दैनौ सर्पझैँ आत्मरतिमा निमग्न भएकाहरू गीत सुन्दैनन्— तिम्रो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो माग्ने

~सानुमति राई~ “बाजे ! कहाँ बस्छौ तिमी ! ” यही थियो जिज्ञासा मेरो बृद्ध मागने प्रति, जसका दुःखी निधार र अनुहारमा दुःखै-दुखैका अगणित रेखांकनले दिइरहेथे सूचना निकट-भावी मृत्युको ! “भिखारीको पनि” भन्न थाल्यो त्यो, “घर हुन्छ, नानी ! जसका आँगनमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जलन

~गोमा~ जब यो भवमा जन्म लिएथें, दुःखले छायो जीवन भर मैले रत्तिभर गर्न सकिन, सुखमय यो संसार कसरी छाडूँ मेरो प्राण, चीर निद्रामा सुताई माफ राख भगवान् तिमी, दीन-दुखीको दुःखदायी

Posted in कविता | Tagged | Leave a comment

छोक : कवि

~राजव~ म तिमीलाई कलाका लागि हैन इमानका लागि पढ्छु कवि कलाका लागि पढ्नेहरू अरू नै पढुँन् म तिमीलाई पढ्छु कवि कलाका लागि पढ्न बजारमा थुप्रै आत्मलीन नामहरू छन्

Posted in कविता | Tagged | Leave a comment

छोक : मोहोडमा

~लक्ष्मी प्रसाद देवकोटा~ या अफीमको लठ बनाइद्यौ, या प्रणाम ली अब बिदाइ द्यौ, सुत्न खोज्छ जो मुद्छ लोचन, समय स्थानको दूर गैकन । या बनाइद्यौ अब सचेतन,

Posted in कविता | Tagged | Leave a comment

कविता : गन्तब्य बर्ष ..

~दिलिप योन्जन~ नँया अभिलाषा र उमंग कल्पनामा रमाउंदै…….. हराउंदै………. बिश्वको अग्लो सगरमाथा भगवान बुद जन्मेको देश सुन्दर सपना स्वच्छ हावापानी नदिनालाले सजिएको झर्ना र पहराले सिगारीएको चाँदी झै टल्किदै पग्लने हिमाल भाबनामा डुब्दै …………. उत्रदै…………….

Posted in कविता | Tagged | Leave a comment

कविता : बल्ने देश किन निभेको

~दीपक कुमार ज्ञवाली~ लम्क लम्क युवा हो देश बनाऊन । नयाँ नयाँ सिर्जनाले देश चिनाऊन । धप्प धप्प बल्ने देश किन निभेको । चन्द्रसूर्य अंकित झण्डा किन झुकेको । आ आफ्ना दलकाझण्डा लागे उठाऊन । चन्द्र सूर्य अंकीत झण्डा राखे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

यौन कविता : प्रेमको पहिलो स्वाद

~हरि अधिकारी~ तिम्रो उत्तप्त निधारमा मैले मेरो चिसो ओठलाई बिसाएँ तिमी अलिकति चल्मलायौ तिम्रा आँखाको ढकनीलाई मैले विस्तारै बन्द गरिदिएँ तिमीले मभित्र बलिरहेको उन्मादको डढेलोलाई प्रस्टसँग देख्यौ

Posted in कविता | Tagged | Leave a comment

कविता : खै नेपाली ?

~कुन्दन काफ्ले~ जतपात भनी नेता गर्छन् हातपात यहाँ । लुक्ने छैन ठाउँ कुनै जाऔं कता कुन्नी कहाँ । मधेसमा मधेसीले अधिकार खोजेका छन् । जनजातिले बन्द नेपाल सदालाई रोजेका छन् । स्वाभिमान नेपालीको बचाउने गाउँ छैन । नेपालमा नेपालीकै कहिं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खरानी निफन्ने हातहरु

~चित्र लक्ष्मी~ ऊ आयो आगो बनेर आयो बल्यो दन्दनी जलायो झारपात तर,खरानी नहुँदै वनमारा दर्कियो झरी थेग्न सकेन आगोले झरीको प्रहार।

Posted in कविता | Tagged | Leave a comment

कविता : नजाती ईतिहास

~भिमसेन थापा मगर~ तिम्रै अस्तित्तोको लागि अरे भन्छन ” सम्झौता गरे ” म अध्यारो भित्र उज्यालो खोजिरहेछु उज्यालो भित्र पनि अध्यारो म कसरी मानौ ? आमा ईतिहास कती नजाती है ?

Posted in कविता | Tagged | Leave a comment

कविता : किन हो ?

~ध्रुव दवाडी~ किन हो यसरी हर हर तृष्णा लागिरहेको होला ? प्रतिपल मनले मरि मेट्दै के खोजिरहेको होला ? थोपा थोपी पिउँदा पिउँदै झन् झन् बढ्ने तिर्खा – मैले कल कल पिउने केही जगतीतलमा होला । यसले शीतल स्वाद् चखाइ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम : त्यसको बहुआयामिक रूप

~केदारमान व्यथित~ कहिल्यै पनि धमिरा नलाग्ने, जरामा पनि प्राप्त नहुने, निरन्तर मानसिक पुष्प भने फक्रिरहने कल्पद्रुम हो प्रेम । एक शब्द पनि नबोली मौनबाटै नरनारीका मनमा आफ्नो अस्तित्वको आभास उत्पन्न गर्न सक्नु प्रेमको विशेषता हो । प्रेमलाई विश्व-जीवनदर्शनकै रूपमा प्रतिष्ठा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शून्य समय ,मान्छेहरू र बस्ती

~सुवास खनाल~ भयले चड्कन हानेको अनुहार बोकेर जब ओरालो झर्न लागे मान्छेहरू सपनातिरको बस्तीहरूबाट र हिँडिरहे चुपचाप अँध्यारो फैलिरहेको निर्जन जङ्गलको मुख ताकेर त्यसपछि किनकिन मेरो बोली नै रोक्किएजस्तो भैरहेछ किनकिन मेरो सास तलको तल हुन खोजेजस्तो लाग्दैछ

Posted in कविता | Tagged | Leave a comment

कविता : हेब्बी बड्डे

~नवराज पराजुली~ छोरा! सिमेन्टको सेतो खाली बोरा बोकेर धानको सिला खोज्न जाँदा तिमी पाइलैपिच्छे भेट्थ्यौ नरुवाको घाँटीमा सुनको सिक्री बनेर निदाइरहेका धानका पहेँला बालाहरु त्यसरी नै पाइलैपिच्छे भेटिरहनु तिमीले जिन्दगीको खेतमा खोजेका सपनाका सिलाहरु हेब्बी बड्डे मेरो छोरा! बिहेको भोलिपल्टै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : असार १५

~प्रकाश सुनुवार ‘निराकार’~ असारे गीत गाउनु पर्ने हो खेतका आलीहरुसंग खेल्नुपर्ने हो हलो जोत्नुपर्ने हो खेतका आलीहरु सम्याउनु पर्ने हो अनि खेतालाहरु हिलाम्मे हुनुपर्ने हो आज असार १५ । खेतहरुमा अहिले खेतीपाती गरिंदैन खेतमा अन्नबाली रोपिंदैन

Posted in कविता | Tagged | Leave a comment

कविता : वसन्त

~शम्भुप्रसाद ढुङ्गेल~ आंधीलाई चलाई अलि अलि अहिले आउँदो भो वसन्त झोंका ख्वाई उठायो घन गगनमहाँ गर्जिगर्जी अनन्त । सारा भो बन्द खिडकी चमचम विजुली चम्किचम्की करायो प्यारी टाढा हुनाले चररर मन भै आज मेरा डरायो ।।१।। कालो आकाश सेतो विजुलि … Continue reading

Posted in कविता | Tagged | Leave a comment