Tag Archives: कथा

कथा : मैतिदेवीको मुस्कान

~रमेश क्षितिज~ कथा एकदमै सानो घटनाबाट सुरु हुन्छ, मानौँ यो कुनै घटनानै होइन । मैतिदेवीको विश्रान्ती चियापसलअगाडि ऊ दुई वटै हात पैन्टको गोजीमा घुसारेर उभिएको थियो । एक हुल कलेजका विद्यार्थीजस्ता देखिने केटीहरू उसको अगाडिबाट गए र जाँदाजाँदै एक जना … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिम्री छोरी

~मिङ लिवाङ~ ’’ बाबा , भगवानको घरबाट आमा कहिले फर्किन्छ ?’’ आफ्नी चार वर्षीया अबोध छोरीको प्रश्न सुनेर पहिले त मलाई कुनै जवाफ् सुझेन….हुन त गत पाँच महीनादेखि मैले आफ्नी छोरीलाई ढाँट्दै आएको छु। उसको आमाको मृत्यु भइसकेको कठोर सत्य … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दुःस्वप्न

~सुमन रौरभ~ निस्पष्ट अँध्यारो बगैंचामा फुलेका दुर्घन्धित काला फूलहरू, फूलहरूमा झुम्मिरहेका घीनलाग्दा पुतलीहरू । बगैंचाको बीचमा उभिएको हतास, एक्लो ऊ । भित्र डरले उसको रगत बरफजस्तै चीसो हुँदै थियो, बाहिर ऊ पसिनाले निथ्रुक्क भिजेको थियो । दुःस्वप्नको बीचमा ऊ झल्याँस्स … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आत्महत्याका श्रृङ्खला

~सन्जु बजगाईं~ आज फेरि सरुले एक महान् साहित्यकारकी श्रीमतीले आत्महत्या गरेको खबर अखवारमा पढी । लेखिएको थियो – “बर्षौदेखि मानसिक अस्थिरताको व्यथाले च्याप्दै ल्याएको थियो ।” दुइ हप्ता पनि बितेको थिएन छिमेकी अतिशोधकी श्रीमती अर्चनाले आफ्नै भान्सा कोठामा झुण्डिएर देहत्याग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : हरिचरण

~शरत् चन्द्र चट्टोपाध्याय~ अनुवाद : कुमुद अधिकारी यो धेरै दिन पहिलेको कुरा हो । प्रायः दश-बाह्र वर्षघिको कुरा । त्यतिबेला दुर्गादास बाबू वकील हुनुभएको थिएन । दुर्गादास बन्धोपाध्यायलाई सायद तिमी राम्ररी चिन्दिनौ होला, म राम्ररी चिन्छु । आऊ, आज उनको … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : क्याण्टोनमेण्टको घेरामा

~प्रकाश सायमी~ कन्टोमैन्टमा उदास धुन बजिरहेको थियो, कुनै पुरानो रसियन गीतजस्तो लाग्ने त्यो धुनको पछिल्लो आलापमा एघार वर्षभित्र मारिएका ती मृतकहरूको आवाज समाहित थियो । सानो अन्तरालपछि कन्टोमैन्टमा विश्रामजस्तो छायो । नजिकै रहेका एकजना पर्यवेक्षकसित म यो कन्टोमैन्टसम्म कतिजना महिला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्ततः

~गीता त्रिपाठी~ एउटा प्रतीक्षालय छ मनभित्र निरास निरास र अर्को छ आँखासामु केही आशप्रद । फराकिलो भित्तामा साइबाबाको सकरुण तस्वीर छ आशीर्वादात्मक शैलीमा । रेणुलाई डाक्टरको अन्तिम वाक्यले झस्काइरहन्छ बारम्बार- “तपाईंहरुको सहयोगले हामी पूरा कोसिस गरिरहेका छौँ बाँकी भगवानमा विश्वास … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वियोग

~मित्थु चौधरी~ दउँसोको समय थियो । प्रचण्ड गर्मी थियो । खेतको आलीमा बकुलाहरुको ताँती थियो । फरूवा खेलाउँदाखेलाउँदै थाकेका जुगरा र उसको छोरा फगुना रूखको छहारीमा सुस्ताउँदै थिए । कसैको आगमनले आत्तिएका बकुलाहरु तर्सिएर एकाएक पखेटा फट्फटाउँदै उड्न थाले । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नितु दिदि

~लक्ष्मी राई~ “नितु दि ! फोटो दामी लाग्यो । भिनाजु हो ?” “हैन मेरो बोय फ्रेन !” रिसाएर, चिम्से आखाका गेडा बाहिरै निक्लेला झैँ गरि मतिर हेर्दै उतरको झटारो बर्साईन । उनलाई पनि मेरो प्रस्न झटारो भन्दा कम थिएन रहेछ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डल्लो

~लेनिन बन्जाडे~ पहिलो दिन : ब्लड बैंकको गेट छिरिनसक्दै ऊ अत्तालियो। छपक्कै छरिएका बाइक देखेर अन्दाज लगायो– कम्तीमा २ घन्टा उसको पालो आउँदैन। कीर्तिपुरबाट बाइक चढेदेखि अहिलेसम्म लगभग १० पटक घन्टी बजिसकेको थियो मोबाइलमा। हतारोले गोजीसम्म हात पुर्याटउन पाएन। पार्किङको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रमुख अतिथी

~शेखर ढुंगेल~ नयाँ दलका नेता बर्सौ देखीको आफ्नो बिदेस भ्रमणको सपना पुरा हुन लागेकोमा मख्ख परि खुशी सुनाउदै थिए श्रीमती लाई । एउटा भब्य सम्मेलनको प्रमुख अतिथी बन्न बोलाउने बचन पाएका थिए उन्ले । श्रीमतीको ब्यस्तता पनि त्यस्तै छ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आत्मग्लानि

~आयुष्मान रेग्मी~ डाॅ भीमलाललाई नचिन्ने शायद नै कोहि होला । सभ्य समाजका बहुप्रतिष्ठित व्यक्तित्व…साइन्स पढेका भए तापनि धर्म र संस्कारमा निकै विश्वास थियो । उनका बुबा पंडित लक्ष्मीनारायणले उनको सानै उमेरमा व्रतबन्ध गरिदिएका थिए । उनका बुबालाई ‘काँचो माटोलाई यथेच्छा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बहिर्गमन

~कुमुद अधिकारी~ टङ्कप्रसादलाई आज पश्चिमतिरको साइकलको यात्रा औधि रमाइलो लागिरहेको थियो। साइकलको क्यारियरमा आफ्नी धर्मपत्‍नी कोमल बसेकी थिइन्। साइकलका पेडलमा खुट्टाहरू घुमाउँदा टङ्कप्रसादलाई दन्त्यकथाहरूमा सुनेको वायुपङ्खी घोडाका पखेटाहरू फटफटाइरहेको भान भइरहेको थियो। खुसीहरू छचल्किएर पोखिइरहेका थिए। उसलाई

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोक कथा : कपूर्नीघाट

~दिपक खनाल~ नारानथान भन्ने गाउ“मा एउटी दुष्ट आइमाई बस्थी । उसको नाम कपूर्नी थियो । उछिट्टिएका दा“त, भित्र पसेका गाला र भक्कासिएको स्वरका कारण ऊ अजीव देखिन्थी । गाउ“घरका सबै मानिसहरु कपूर्नीदेखि पर–पर हुन्थे किनभने ऊ अघोरी थिई । मुर्दाघाटमा … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : बाहुन बस्ती

~बिक्रम ज्ञवाली~ आज बिहानै पात्रिका पढिरहेको थिए । टक्क आखाँ एउटा समाचारमा पुगेर अड्कियो । “ चुलो छोएको निहुमा एक जना दलितको हत्या । “ समाचारको मुल बिषय यहि नै थियो । दुःख लाग्यो । मन पनि रोयो । अनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भाउजू लडेको भीर

~चन्द्र रानोहँछा~ ‘उँधोलाई हे-यो त्यो कोसी बगर उँभोलाई तारेभीर, मरने सबै बैकुन्ठै पुगे बाँच्नेलाई पर्‍यो पीर’ घरैछेउको बाटो भएर उँधै–उँभै गर्ने घाँसे–दाउरेले यो विरही ताना अलापेर जाँदा वीरमानको छातीमा सोला हान्छ । हृदयमा तुफान उठ्छ, बिर्सन खोजेका वियोगका बादलहरू भित्रभित्रै … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : महाभारत युद्धपछिका कृष्ण

~डा. अरुणा उप्रेती~ ओहो ! जुन युद्धलाई टार्न मैले त्यति कोसीस गरेको थिएँ, त्यो युद्ध शुरू भयो १८ दिनपछि समाप्त पनि भयो । तर, म अहिले युद्धपछि खुसी कुनै पनि पाण्डवपुत्रको अनुहारमा देखिरहेको छैन । देखुँ पनि कसरी ! महाभारतको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मसाज सेन्टरमा कथाकार

~माधव सयपत्री~ घाम अस्ताइसकेको थियो । साँझले सहर ढाक्न लागेको थियो । दीपमालाले आफ्नो टेम्पू कोटेश्रमा रोकेकी थिई । टेम्पू भरिएको थिएन । ऊ भन्दै थिई, ‘लगनखेल, लगनखेल । सिट खाली । अब हिँड्नै लाग्यो ।’ ट्राफिकप्रहरीले कर्कश सिट्ठी बजायो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : थाहा

~नारायण तिवारी~   ‘‘भोलि म घर जाँदैछु– अति प्रिय विराटनगर…!’’ साथीभाइसित भनेँ । अफिसमा त बिदा मिलाइसकेको थिएँ । दुई वर्ष भइसकेको थियो विराटनगर नगएको – आफ्नो जन्म ठाउँसित टाढिएको । यो चौबीस महिनादेखिको ‘ग्याप’ ले मलाई चिमोटिरहेको थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा वालेट

~स्वयम्वरिसंह लामा~ देशमा संकटकालको अवस्था थियो । तत्कालीन सरकार र विद्रोही पक्ष बीच तकडा टकराव परि रहेको अवस्था । सदरमुकामको विद्यालयहरु घटस्थापनाको दिन देखि बन्द भयो । म मेरो छोरा उपदेश दाईको ठुलो छोरा रेन्जेन र उनको सानो भाई ग्याल्बोलाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बैराग

~शेखर ढुङेल~ दसकौं भयो किरण बेखबर भएको । इष्टमित्र, गाउ , शहर , स्कुल , कलेज का साथी सबै बाट …. अरु त अरु, आफ्नै जोडी बच्चाकी आमा जीवन संगीनी , जन्म दिने आमा सित बिछोडको पिडाले समेत छोयो कि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वास्तविकता

~शर्मिला खड्का दाहाल~ “हेलो ग्रायण्ड मदर” “के रे ग्रायण्ड मदर रे ? हिजो हाई स्वीटी भनेको होइन ?” “कहिलेकाहीँ टेस्ट फेर्न मन लाग्छ नि ।” “ए तरकारीको स्वाद फेरेजस्तो ।” “हो यु आर फ्लावर” “थैक यु ।” “नो नो काउलीफ्लावर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ब्लाकबोर्ड, चक र डस्टर

~सरण राई~ लेख्नु, मेट्नु, चकको धुलोले पुरिनु । ब्लाकबोर्डमा लेख्दालेख्दै औलाहरू चक भइसक्छ । हिउँ परेझैँ चकको धुलो कपालमा खस्तै जान्छ । चैतको हुरीले उडाएको धुलोझैँ चेहरामा चक टाँसिदै जान्छ । चकको धुलोले पुरिएको चेहराभित्र एक जोर आँखा श्रेणीको चारैतिर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चिमचिमे घडी

~वसन्त विवश आचार्य~ प्रशान्ते नेवारका बा (ड्याड) ले कोरियाबाट चिमचिमे घडी ल्याइदिएपछि टोलभरिको हिरो ‘ऊ’ नै भएको थियो। सर्टका बाहुला माथिसम्म सारेर प्रशान्तेले हातमा चिमचिमे घडी टिलिक्क टल्काउँदा सबैको मुखभरि पानीको ताल पथ्र्याे। अरुले के के सोच्थे कुन्नी? मैले भने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मल्ल राजासँग

~संजय अधिकारी~ गृष्म ऋतुको आगमनलाई सहरवासीहरूले पटक्कै रुचाएका थिएनन्। सहर बेस्सरी पिल्सिएको थियो प्रचण्ड सूर्यको रापमा। साँझपख हुन्डरीसँग फाट्टफुट्ट आउने मसिनो बर्सात पनि हराएको कैयौं दिन भइसकेको थियो। भूकम्पले भत्किएका मन र तिनका सपनाहरू रुँदै थिए आफ्नै चिहानमाथि। यस्तो प्रतीत … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उसको मृत्यु

~सङ्गीत आयाम~ कुनै कारणबिना नै उसको मृत्यु भयो । मलाई विश्वास नै लाग्दैन कि भर्खरै उसको दाहसँस्कार सकेर म घर फर्किएको छु । खुट्टाहरु फतक्क गलेका छन् । हातहरु मानौं अपाङ्ग भएका छन् । संवाद हराएर ओठहरुमा मात्र मौनता फैलिएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित निती कथा : दाडिम

~खलील गिब्रान~ अनु : डा. दीपक कुमार खड्का एक जना सज्जन मानिसको बगैंचामा थुप्रै दाडिमका रुखहरू थिए । हरेक वर्ष दाडिमको याममा उनी आफ्नो घर अगाडि एउटा किस्तीमा दाडिम राख्थे र त्यसमाथि एउटा पर्चा पनि राखिदिन्थे जसमा लेखिएको हुन्थ्यो, “यी … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : काठको बाकस

~बिक्रम ज्ञवाली~ बुवा बितेको भर्खर एक बर्षको बर्खी सकेको एक महिना जति भएको थियो होला। एक दिन आमाले मलाई र दाईलाई बोलाएर आचम्मको कुरा गर्नु भयो । आमाले दाईसंग “अब म पनि धेरै बाच्दिन होला त्यसैले बिनोद तैंले बिहे गर् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भेट

~सुबोध कोइराला~ मन बोझिलो र एकभारी भएको थियो । धेरै दिनदेखि उनलाई भेट्ने चाहना तिव्रत्तर हुदैथियो । तर म निरुपाय मौन थिएँ । कसरी भेटौँ उनलाई प्रश्न यहि थियो मनमा र पीडा पनि । सम्झना… बिर्सना…. तिर्सना….यस्तै यस्तै केके… केके… … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डायरीका पानाहरु

~कृष्ण प्रसाई~ १३ अप्रील, १९८९ ४००३ मिटर अग्लो चुचुरोमा हिजो छोडी अस्ति हामीहरुले आफ्नो बेसक्याम्पखडा गरेका थियौँ । चालीस जवान भरियाहरु १ जना सम्पर्क अधिकृत र ५ जना हामी पर्वतारोही पर्यटक गरी जम्मा छयालिस पुरुष जवान भएको हाम्रो टोली पाँच … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम विदाई

~बिटु के.सी. बराल~ जीवनमा कहिल्यै नसोचेको नचिताएको दिन पनि देख्नु र भोग्नु पर्छ मानिसले । जेठो छोरा अशोक बितेको बाहौदिनको दिन आज दिउँसो बाह्र बजे यशोदालाई एयरपोर्ट पुग्नु छ छोराको लाश लिन । परदेशमा पढ्न गएको छोरा वित्यो रे, कसैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिद्रोह

~लक्ष्मी राई~ माघको कठ्यांग्रिने जाडोको रात छिपिदै जादा घण्टाघरले १० बजेको सूचना दियो । स्वास्नी धन्दा सकेर सुत्ने बेला भैसक्दा पनि अलंग टलङ्ग गर्दै छे आज । लोग्ने अगीदेखि ओच्छ्यानमा उस्लाई पर्खिरहेको थियो । “कति बेर लगाकी छिटो आइज ।” … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment