~सिजन नयन~
कहिल्यै हल्लिन नरुचाउने
पातका मुटुहरू समेत
हल्लिएर गए
यो दिन
यहीँबाट
कसैले भन्यो-
“पक्कै पनि
गएको हुनुपर्छ
प्रेमको भुइँचालो
यतैकतै” Continue reading
~सिजन नयन~
कहिल्यै हल्लिन नरुचाउने
पातका मुटुहरू समेत
हल्लिएर गए
यो दिन
यहीँबाट
कसैले भन्यो-
“पक्कै पनि
गएको हुनुपर्छ
प्रेमको भुइँचालो
यतैकतै” Continue reading
~बसन्त श्रेष्ठ~
म भित्र आक्रोशको
ज्वालामूखी फुटेको छ
म भित्र धैर्यको
बाँध फुटेको छ
त्यसैले म अब
भीषण युद्धको तयारीमा छुँ ।
सुतेको ठानेर थिच्दा थिच्दै
लाटो सम्झेर मिच्दा मिच्दै
सोझो भनेर हेप्दा हेप्दै
सह्यको सीमा नाघेपछि
म अब
पुनर्जीवनकोलागी
एउटा भीषण युद्धको
घोषणा गर्छु । Continue reading
~माया शर्मा~
नबिर्सौं आज हामीले नारी म को हुँ भनेर
नबिताउँ हाम्रो यो सिङ्गो जिवन दासिनी बनेर
यो पुरुष प्रधान समाजमा हामी जन्मेर हुर्केर
नबिर्सौं हामीले अस्तित्व आफ्नै छ केहि भनेर
भृकुटी, सीता, पासाङ्गपनि के नारी होईन र?
नारीको शक्ति आँट र बल ईतिहासमा छैन र?
पुरुषलाई जन्म ति दिने आमा के नारी होईनन् र?
मायाकि खानी अथाह सागर महान छैनन् र? Continue reading
~सानु शर्मा~
कहाँ गयौ कता गयौ माता जननी?
खोजुँ म तिमीलाई कसोरी कुन देशमा पुग्यौ
कुन देशमा जाऊँ म , कुन देशमा खोजुँ म?
जता जान्छु म, तिमीलाई नै खोज्छु म। Continue reading
~किथ शर्मा~
मलाई पुरस्कार र सम्मानपत्र चाहिएको छ ।
त्यो पुरस्कार र सम्मानपत्र मैले पाउनुपर्छ ।
नत्र म कार्यक्रम नै बहिस्कार गर्छु
यसैले अहिल्यै नै भनेको छु त्यो सम्मान मलाई चाहिन्छ ।
मैले यतिका समयसम्म नेपाली भाषा साहित्यको सेवा गरेको छु
त्यसैले मेरो आफ्नो संस्थाले पनि मलाई पुरस्कृति गरेन भने Continue reading
एउटा नाटक अर्को नाटक कति धेरै नाटक
दलहरु हानाथापमै को चाहि होला घातक ?
एउटा भन्छ ठीक छु म त अर्को भन्छ त्यस्तै
जनतालाई झुक्याएर पाउ मोल्न व्यस्तै ।
दिनैपिच्छे बल्झिरहन्छ जनताको घाउ
नेतादेखि मन्त्रीसम्म कुर्सी पाउने दाउ
कहिले यता कहिले उता नेताहरुको चाला
बरु अब खोली देउन सच्चाइको ताला । Continue reading
फेरी एकपल्ट एकान्ततिर आमूख भएँ ।
घण्टौसम्म आफैँमा हराउन फेरि लालायित हुन लागेँ ।
कलमसँग आसक्ति बढ्यो ।
कलमहरु फेरी रसाउन लागे ।
कुनै पनि सुगन्धित मिठो खानाले अब लोभ्याउन छाड्यो ।
सडकमा लुढ्किएर हिँड्ने गह्रौँ नितम्बले आकार्षित गर्न छाड्यो ।
ती स्वच्छन्द आँखाहरु अब सडकका पेटीहरुमा दौडन छाडे ।
आफैँ आफैँमा हराएर आफ्ना गन्तव्यतिर त्यो यन्त्रवत साचालित हुन लाग्यो । Continue reading
दिदी बहिनीको घरमा जान पाईयोस
उनीहरूले पकाएका सेल रोटी खान पाईयोस
मखमली र सयेपत्रीको माला लाइयोस
हरेक घरमा रुवावासी होइन देउसी भैलो गाईयोस Continue reading
~हेमन्त श्रेष्ठ~
धेरै जीवन फेर्यो
रङ्गहरुले
राता नीला हरिया
सेता काला पहेँला
निरन्तर उत्साहित भईरहे
सेलोफेनहरु स्पटलाईटमा
उज्याला क्षणहरु कति भए
कति क्षणहरु अँध्यारोमा डुबे
रंङ्गमाचको त्यो कुना
अझै जीवन्त छ
प्रचण्डको सास जस्तै Continue reading
आयो नयाँ वर्ष पुरानोलाई बाईबाई
नयाँ पाए ग्रह नक्षत्रमा प्लाटोलाई बाईबाई
सत्तामा आए माओवादी जंगललाई बाईबाई
नेपाल सरकार भयो अब श्री५कोलाई बाईबाई Continue reading
तिम्रो मुश्कान हेर्दा लाग्छ फूलहरुको हाँसो फिका
जून तारा भन्दा राम्रो त्यो निधारको रातो टिका ।
ओठ राम्रो आँखा राम्रो अनि नाकको फूली राम्रो
कालो-कालो बादलु झैं कपालको चुल्ठी राम्रो
कुहुकुहु कोइली भन्दा लाग्छ तिम्रै बोली मीठा Continue reading
~इन्द्रेणी शर्मा ‘जलद’~
´´ हो कबिता जीवनका हरेक पल संघर्षमा बिते, तिमी जस्ति जीवन साथी पाएको छु मैले यो मेरो अहो भाग्य हो भन्नु पर्छ / जीवनका तनाव र यातनामा सुमधुर बोलीले मेरो लागी सहारा बन्न पुगेकोछ बिस्वासले जीवनका हरेक मोड़हरु सहज हुदा रहेछन जसमा तिम्रो संलग्नता निरंतर छ ´´
´´यो मेरो कर्तब्य पनि त हो नि होइन र हजूर ?´´
´´आज याद गर्दैछु हाम्रा जीवनका बिगतका आरोह अबरोह दुःख सुखमा तिमीले जे साथ दियौ त्यसको बरण कसरी गरुं प्रिया ? भूमिगत जीवनमा बिताएका ति तीता अतीतले आजसम्म पनि प्रभाबित पारी रहेको छ तर जे जस्तो राजनितिधारमा पुगे पनि सामाजिक सेवा जस्तो मानवीय काममा तिमीले दिएको योगदानको कदर गर्नैपर्छ ´´ Continue reading
हुन्छ क्यारे ठुलै काम ,तिम्रो शहरमा।
तिमी आँफै बदनाम, तिम्रो शहरमा।
कलियुगमा लौ,सिताको अग्निपरिक्ष्या,
कती धेरै रामैराम, तिम्रो शहरमा।
प्यारो मलाई आफ्नै,पापीहरुको गाउँ,
सुनेको छु ठुलै धाम, तिम्रो शहरमा। Continue reading
भन्लान ‘दीपक’ बल्दैछ आज ।
नगद् भै हात्हातै चल्दैछ आज ।
मलिलो त्यो मनको खेतैभरी ,
फूल्दैछ ए ! अझ फल्दैछ आज ।
दाईने उसैको चन्द्रमा परे ,
दुई हातै लड्डु , मल्दैछ आज । Continue reading
कुहेको काठमा भार उठाउन थाले !
जे पायो त्यसैमा बुट्टा कुढाउन थाले !
कालु बिचरा पसीना चुहाउन थाले
मकै खान हुल भालु आउन थाले ! Continue reading
~विनित ‘सानु’~
एक्लै बसी तिम्ले रुँदा मलाई कस्तो भा’को होला ?
आँसुले ति नयन धुँदा मलाई कस्तो भा’को होला ?
हिंजो मात्र संगै जिउने संगै मर्ने वाचागरी ,
आजफेरी टाढा हुँदा मलाई कस्तो भा’को होला ? Continue reading
नेपाल पर्यटन वर्ष २०११ को शुरुवातमै आन्तरिक पर्यटन सँगसँगै साहित्य उत्थानको लागि पनौती साहित्य समाज (पसास) ले मेलम्ची जाने निर्णय ग¥यो । आप्mनो स्थापनाकाल देखि नै पटक पटक नौलो तथा पृथक खालको साहित्यिक गतिविधिहरु गर्दै आएको पसासले यो पटक ‘काभ्रे सिन्धु साहित्यिक स्रष्टा भेटघाट’ तथा ‘पुस्तक लोकार्पण’ कार्यक्रम राखेको थियो । कार्यक्रमका लागि पनौतीबाट ८ बजे मेलम्ची प्रस्थान गरेको थियो भने बनेपाबाट वरिष्ठ साहित्यकार मोहन दुवाल थपिए पछि थप रौनकता छाएको थियो । Continue reading
जति लेखुँ सँधै सरल लेखुँ म क्लिष्टता नआवोस ।
देखेको लेख्दा मर्यादा हुन्नभने शिष्टता नआवोस ।
छोपेर सत्य औ माथीबाट पोतेर झुटको रंगले ,
भ्रम फैलाउन कुनै कलममा धृष्टता नआवोस । Continue reading
~श्याम लामा~
उराठ यो मरुभुमिमा आशु पिइ बांचे हजुर
मुटु पोली खादा पर्साद सम्झी नाचे हजुर
भरोशाका पर्खालाहरु आफसे आफ भात्किदिदा
आशाका मुनाहरु नफक्रिदै भांचे हजुर Continue reading
नहोला कि मिठो ,लय लाग्न थाल्यो।
गजल कस्तो भयो,भय लाग्न थाल्यो।
एउटा थिएँ म, बाँकी उनान्सय के ?
गजलमै भेटेँ आँफै,सय लाग्न थाल्यो। Continue reading
~डा. टीकाराम भण्डारी~
रातमा आकाशमा जून हुन्छ
यस्तोमा धर्तीलाई गुन हुन्छ
कतै महल छ कतै झुपडी
ढुङ्गा कुट्नेको ढुङ्गा सुन हुन्छ Continue reading
बाँचेथ्यौ संसारलाई प्रतिभाले हँसाएर
रुँदैछौ आज तिमी आफ्नै आँखा रसाएर ।
जीवन सँगिनीको बिछोड त असह्य भो
त्यसैले हिक्का छाड्यौ अश्रुधारा खसाएर । Continue reading
~श्रीरामसिंह बस्नेत~
त्यसो त उसलाई पनि बिहे गर्न रहर नलागेको कहाँ हो र ? तर रहर लागेर मात्र हुँदो रहेनछ । भाईको विवाह धुमधामसँग हुँदा ऊ खुसीले राम्ररी रुमाउन नसके पनि रमाएको अभिनय गर्न भने उसले बाँकी राखेन ।
उमेरले ऊ भाईभन्दा चार बर्ष जेठो छ । तर उसको शारीरिक अपाङ्गताले गर्दा विवाहको लागि ऊ योग्य मानिएन, उसको पालो आएन र तन्दुरुस्त भाईको विवाह भयो । जन्मेको केही समय देखिनै उसका खुटटाले धोका दिए । ऊ राम्ररी हिंडन सक्दैन । मुस्किलले घरको तल माथि गर्छ । एक ठाँउबाट अर्को ठाँउमा जाँदा उसले हातबाटै खुट्टाको समेत काम लिनु पर्ने हुन्छ । त्यसै Continue reading
~जगदीश घिमिरे~
कहीँ त जानै पर्छ, अँध्यारो कुनामा हामी निर्णय गथ्र्यौं । कहाँ जानु ? थाहा थिएन । वैद्य भन्थ्यो, कि मुस्ताङ कि नाम्चे । म भन्थेँ, त्यो कहीँ होस् पर्याप्त टाढा । चाहे जुम्ला होस् चाहे एक दिनको बाटो पर मात्र । तर त्यहाँ एक थोक नहोस् के भने ‘पुँजी’ को गन्ध । र, त्यहाँ त्यस ठाउँदेखि वाक्क नभएसम्म बस्न पाइयोस् । Continue reading
~निलम कार्की ‘निहारिका’~
“तँ आज कोसँग हिँडेकी ?”
“साथी हो ।”
“त्यो बूढी कसरी साथी भई ?” Continue reading
नेपाल भित्र बाहिरै विश्वका सारा नेपाली
पहिचान दिगो राख्न जुटौं हे! हामी नेपाली ।
पश्चिम पुगी युएस्ए पूर्वमा पुगी जापान
चन्द्रसूर्यको सारैमा गाउँछौं हामी नेपाली । Continue reading
बुद्धको हाम्रो देसमा युद्ध चर्कदै६ आमा
भाला रोपी मार्दै ६न हाम्रो शान्ति दुत आमा |
बग्लान कती अश्रु धारा अनाहक्मा तिम्रा
रगतको खोलले धर्ती नै डुबाउने भो आमा | Continue reading
स्रिस्टी बिज हुरकाउने सम्रक्षयक मेरी आमा
प्रसब पछीको पिडाले अजाख पल्तिएकी मेरी आमा |
राम कृष्ण जन्म दिने यिनै मेरी आमा
पासँग र पारीजात लाई विश्वमा चाइनाउने मेरी आमा | Continue reading
मलाई मन छ
म मरेको थाहा नहोस् मेरो पतिलाई
म जलेको पनि थाहै नहोस् मेरो उनीलाई
औधी माया गर्छन् उनी मलाई |
मलाई थाहा छ
भक्कानिने छन मेरो बिछोडमा उनी
पिताम्बर बिच मेरो चिता जल्दा सँग सगै जल्ने छन Continue reading
दुःख र सुख खहरे खोला
आउने र जाने तिनेरको काम
न आयो सुख न गयो दुःख
सुखले बाटो नै देखेन दुःखले बाटो नै भेटेन
विगत वर्ष पात्रो फेरियोमनस्थिति फेरिएन
वसन्त आयो पालुवा लागेन ।
नेतानेतृ मात्र जन्मिए जनता जन्मिएनन
समस्या जन्म्यो समाधान जन्मिएन
बोलीमा अहङ्कार देखियो व्यवहारमा दृष्टिकोण हरायो
चेत खुल्यो मन खुलेन Continue reading
~बखतबहादुर थापा~
‘डेडी–डेडी, तपाईंलाई थाहा छ, आजभोलि त टिभी कम्प्युटरमै चल्छ नि ! कम्प्युटरमा इन्टरनेट पनि चल्छ; त्यसबाट विदेशमा फोन गर्न पनि सकिन्छ, एकअर्कालाई हेर्दै । संसारमा कहाँ के भइरहेको छ र कसरी भइरहेको छ भन्ने जान्न सकिन्छ । अर्को कुरा थाहा छ ? यो सबै गर्दा पैसा पनि लाग्दैन ।’
राम्रो रिजल्ट ल्याएकामा स्याबासी दिन पाइएको हुँदैन, बच्चाहरूले अघि मुख खोलिसकेका हुन्छन्– ‘यो त के नै हो र ? घरमा कम्प्युटर भएको भए सबैलाई जितिदिन्थेँ । साथीहरू घरमा प्राक्टिकल गर्छन्, अनि स्कुलमा गएर फुर्ती देखाउँछन् । आजभोलि त कम्प्युटर जानेको छैन भने जोकरै भइन्छ नि डेडी ।’ बाँकी पढ्नुहोस्