कविता : नदेखिन्जेल अमेरिकाको शौन्दर्य

~होमनाथ सुवेदी~Homnath Subedi2

नदेखिन्जेल अमेरिकाको शौन्दर्य सजिएर आयो,
पुगेपछि अमेरिका त्यो अनौठो भूत बनेर आयो ।

नजिकको तीर्थ हेला पाएपछि सस्तो के विधान हो!
हुनुभन्दा न हुनुमै त्यो हिमाल काल चढेर आयो । बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो चन्द्रमा…… मेरो मंगल ग्रह

~सुदर्शन गौतम~

२१औँ शताब्दी,
युग परिबर्तन को शताब्दी
मेरो देशमा श्रृङखलाबद्ध परिबर्तन
आर्थिक परिबर्तन – लुट
राजनैतिक परिबर्तन – फुट
न्यायिक परिबर्तन – छुुट
जनसाँखिक परिबर्तन – शुट
देशमा अनेक परिबर्तनका संकेत बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

गजल : म वारी तिमी

~सुदर्शन गौतम~

म वारी तिमी सधै पारी
मेरो फिर्ती तिम्रो चैं सवारी

म एक्लो तिम्रो पछि धेरेै छ्न
म नितान्त व्यक्तिगत, तिमी सरकारी बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

कविता : मुर्दा हुँ या जिउँदो

~चन्द्र राइ ‘आकाश’~Chandra Rai 'Akash'

म ढुङ्गा भएको छु
सकेसम्म र भनेसम्म
सस्तोमा किनिएको छु
न रुन सकेको छु
न हाँस्न सकेको छु
मुर्दा हुँ या जीउँदो
चौबाटोमा याँकिएको छु । बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : यो देह सेलाई

~चन्द्र राइ ‘आकाश’~Chandra Rai 'Akash'

कसलाई श्रद्धा गरें
पत्थरलाई फूल चढाइ
ख्वै मैले के पाएँ
आत्मा यो बलि चढाइ ।

ख्वै मैले के मागे
आफैला ई नाङ्गंो बनाइ
केवल पाएँ एउटै नाम
आफूलाई पागल बनाइ । बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : मनचरी

~चन्द्र राइ ‘आकाश’~Chandra Rai 'Akash'

पौडिएको देख्छु मनचरीलाई कञ्चन तलाउमा
पौडिएरै छुन पुग्छु मनचरी लाई मुलायन नितम्बमा
भोक या क्रोध हो यो सेलाइ दिउँ “मनचरी” शान्त तलाउमा । बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : म मुर्ती हुँ

~चन्द्र राइ ‘आकाश’~Chandra Rai 'Akash'

कानले नसुन्ने
आँखाले नदेख्ने
केवल स्तम्भ झैं उभिएको
म मूर्ति हुँ ।

मेरा कानले सुन्ने
ओठका हाँसो अभिशाप हुन्
मेरा आँखा अगाडि नाच्ने
मारुनी प्रतिरोध हुन्। बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : जुनको सितलतामा

~चन्द्र राइ ‘आकाश’~Chandra Rai 'Akash'

जूनको शीतलतामा भुल्दा जिन्दगी बिचल्ली बन्छ
फूलको मोहमा रम्दा यहाँ जिन्दगी आशुमा डुब्छ ।

जिन्दगीका सारा कथा सुम्पी दिएँ एक जुनलाई
हजूर, भुल्नै सकिएन केही क्षण रामछायाँ बनिदिनेलाई बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : बुकी र बिनायो

~चन्द्र राइ ‘आकाश’~Chandra Rai 'Akash'

प्रभातको सूर्यौदयमा
बुकी मुस्कुराउँथ्यो
पाखा र चौरभरि सेताम्मे
मधुमासको सन्ध्यामा
बिनायो गाउँथ्यो
चखेवा र भञ्याङ्गमा माधुर्य ।
बुकी, सगरमाथादेखि
माछापुछ्छ्रे सम्म सौन्दर्य भर्थिन
बिनायो, धूपी र सल्लाघारीभरि गीत गाउँथ्यो
चौर बुकी छात्तीमा सजाइ हाँसि रहन्थ्यो
बुकी बिनायोको संगीतमा रमाइ रहन्थिन ।
बुकी बिनायोको धुनमा भुल् छे
बिनायो बुकीको रुपमा रम्छ
बुकी र बिनायो मायाप्रीतिको कथा शुरु गर्छन्
बुकी उनको हृदय बिनायोलाई दिन्छे
सधैँ सधैँ को लागि…
लेख, बेंसी, झरना र नदी रमाउँछन्
‘‘दुईको मायाप्रीतिमा’’ । बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : समिर

~चन्द्र राइ ‘आकाश’~Chandra Rai 'Akash'

किन कुन्नी आज
मन्द अनि शीतल ।

कहीँ गुलावी, कहीँ केसरी
कहीँ वावरी, कहीँ चुवारीको
सुगन्ध छर्छु भन्ने समीर
यात्राहरुमा सुस्ताए
आकाश कुहिरोले छोपिए
प्रभात किरण को प्रतिक्षामा मौन छ । बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे

~चन्द्र राइ ‘आकाश’~Chandra Rai 'Akash'

पिए मात अवश्य लाग्छ
नपिई पनि यहाँ मात लाग्छ
नशा र विष नपिउनेलाई
मान्छे किन पिउन लाउँछ । बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति

~चन्द्र राइ ‘आकाश’~Chandra Rai 'Akash'

हामी सारा नेपालीलाई
लाग्नु खुशी लागेको छ
स्पन्दनभरि,
आशाको छाल छल्किएको छ
ओहो !
पुनः देशमा शान्ती छाएको छ
बुद्ध अब हामी माझ आएको छ
गाउँदेखि शहरसम्म
ओठहरूमा मुस्कान पलाएको छ । बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

रुबाई : कहाँ रुएँको हुँ र

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai

दुखेर मुटु, कहाँ रुएँको हुँ र ?
सरणमा पाउ,कहाँ छोएँको हुँ र ?
मिलनमा थोरै दाग लागेर केवल Continue reading

Posted in रुबाई | Tagged | Leave a comment

मनु लोहोरुङ राईका २ सेन्र्युहरु

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai

१.
जेल गएर
मर्छु अब म पनि
देशकै लागि |
Continue reading

Posted in सेन्र्यू | Tagged | Leave a comment

गीत : हाँगै भाँची फाल्यौ

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai

हाँगै भाँची फाल्यौ र पो भुईंमै झरी फुलें
छातीमाथि कुल्चिएको हजार चोट भुलें

म माथि शीत-घाम, रमाई डुल्दा पनि
दुख्दो होला तिमीलाई भुईंमा फुल्दा पनि
प्रकृतिको नियमै हो, झरें र नि फुलें Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : एकताको अविरल ईन्द्रवती

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai

एक अध्याँरो वस्तीका
असंख्या बासिन्दाहरु हो,
मै जस्तो थुप्रै प्रतिनिधी हो,
दीनहरुको भोकको निमित्त
रातहरुसंग उज्यालो माग्नू !
मान्छे हुनुको कर्तव्य-
जिम्मेवारी=समातामूल चेत
सम्भावको अमूर्त चिन्तन-
नरक कुण्डबाट मुक्ति मार्ग खोज्न Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : ओभाएनन् आँखाहरु……..

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai

ओभाएनन् आँखाहरु,हजार कल्पनाले
पग्लिएर पोखी गएँ,घरको सम्झनाले

चाडबाड लाग्यो भन्छन्,सबै साथीभाइ
कहाँ रम्न पाउनु छ र ?यो जिन्दगीलाई
सिमा नाघी पर्देश आएँ, केको तिर्सनाले
पग्लिएर पोखी गएँ,घरको सम्झनाले Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गेडी : अधुरो

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai

छोडी आएँ जन्म घर् आकाश त्यो नाघेर
छिया छिया मुटु भो, आमालाई सम्झेर
भा’छु, अधुरो
मेरो लागि दिनै मधुरो

मनु लोहोरुङ
सितलपाटी – ६, संखुवासभा
हाल :- न्युयोर्क

(स्रोत : Manu Lohorang Rai’s Blog)

Posted in गेडी | Tagged | Leave a comment

गेडी : देश सम्झेर

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai

सपनीमा हुँदा नि,आफ्नै गाउँ देख्छु म
बिपनीमा उठेर, उन्कै गीत लेख्छु म
देश सम्झेर,
पानी जस्तै आँशु गो’खेर

मनु लोहोरुङ
सितलपाटी – ६, संखुवासभा
हाल :- न्युयोर्क

(स्रोत : Manu Lohorang Rai’s Blog)

Posted in गेडी | Tagged | Leave a comment

समालोचना : सन्दर्भ समकालीन कथालेखनको चर्चा ‘वेदना’ (कथाविशेष) का कथाको

~गोपीन्द्र पौडेल~

१. थालनी

सिरानमा उल्लिखित शीर्षकले मूलतः दुईवटा पक्षतर्फ सङ्केत गरेको हुँदा त्यसैअनुरूप सर्वप्रथम समकालीन कथालेखनका बारेमा सान्दर्भिक टिप्पणी गर्दै विशेषतः ‘वेदना’ (कथाविशेष–२०५६) का कथाको छोटोमोटो विश्लेषण गर्नु प्रस्तुत आलेखको मुख्य उद्देश्य हो । कथारचनाको आधारभूमि यही वस्तुजगत् हो, त्यसैले समकालीन कथालेखनका बारेमा चर्चा गर्दा समकालीन नेपाली समाज र जीवनपरिवेशको अलिकति छेड्खान नगरिकन झ्वाम्मै कथासागरमा हामफाल्नु त्यति मुनासिव हुने देखिएन । वस्तुतः समकालीन नेपाली जीवनपरिवेशको छिपछिपे निरीक्षण गरिसकेपछि मात्रै सोहीबमोजिम समकालीन कथालेखनका बारेमा एकसरो चियोचर्चो गर्नु ठीकै होला भन्ने लाग्यो । यसै सन्दर्भमा समकालीन कथालेखनको साक्षका रूपमा ‘वेदना’ (कथाविशेष) का कथालाई Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

निबन्ध : ‘निठूरी’ नयाँघरेका नाममा

~वसन्तकुमार बस्नेत~Basanta Kumar Basnet

इलाम मेरी स्वप्नसुन्दरी विपनीमा तिमीलाई देखेको छैन
मन टेकिएको त उहिल्यै हो दाग लाग्ला भनेर पाउ टेकेका्े छैन बाँकी पढ्नुहोस्

Posted in निबन्ध | Tagged | Leave a comment

गेडी : कस्ती भईन् होला नि

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai

छोडी आएँ मायालु,कस्ती भईन् होला नि
रुँदो हो की मलाई, सम्झी डाँडा-खोला नि
बल्झेर
दुख्छ छाती एतै अल्झेर Continue reading

Posted in गेडी | Tagged | Leave a comment

गीत : आफ्नो छायाँ भन्दा नजिक……

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai

आफ्नो छायाँ भन्दा नजिक,भै’छौ तिमी साथी
तिमीलाई चोटलाग्दा, दुख्छ मेरो छाती

थाहै नपाई तिमीभित्र आफैलाई हराएछु
सपनीमा तिम्लाई देख्दा बिपनीमै कराएछु
थाहा पाएँ मुटुले नि, खोज्यो क्यारे साथी Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : धड्कनलाई बचाई राख्ने मेरा दुई हात….

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai

धड्कनलाई बचाई राख्ने मेरा दुई हात
पौरख र पाखुरी नै मेरो जीवन साथ

कहाँ हो र मेरो पनि,ढुङ्गो कुट्ने रहर
मलाई पनि मन्त थियो, घुम्नलाई सहर Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : इज्जतको रिहाई

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai

आमा !
म आज तिमीसंग
एउटा कुरा मन खोलेर भन्छु
कि इज्जतको रिहाई माँग्छु |

तिम्रो छाती चिथोर्ने
तिम्रै छोराहरुसंग
म घोर विरोध जनाउँछु |
धेरै संघर्ष गर्दै आएँ
र फेरि गरिरहन्छु | Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सोल्टीलाई प्रेमिलो सम्बोधन

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai

सोल्टी !
यो मनको खोपीमा
कुन सम्साँझ देखि आरती जगायौ ?
थाहै भएन |
खै कुन बिहान देखि हो ?
प्रेमिलो सूर्य उदाएछौ
मेरै हृदयको श्रीअन्तु डाँडामा-
रातो गुलाफ बोकेर
अनुरागका चिमल थुंगाहरु
यै सिक्रे रुखको थाप्लोमा देख्दा पो
म त्यसै त्यसै दुबोको शित—-हाँसेछु |
मुसुक्क ओठ टोक्दै – माछापुछ्रे शिर
र डुबेछु, तिम्रै रारा-फेवामा !!! Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : हामी सबै टेकबहादुरहरू

~रुद्र खरेल ~

हाम्रो व्यक्तित्वलाई थरीथरीका जुइना र टेकाहरूले थेगेको छ । गम्दै जा“दा कहिले–कहिले मलाई एउटा एकदमै नया“ पुराण लेख्न मन लाग्छ, टेको पुराण । टेको पुराण कुनै काल्पनिक पात्र र घटनाको टेकोमा थाङ्राको चिचिन्डोझैं लिन्ठिड्ड झुन्डिएको पुराण हुनेछैन । यसका पात्र, घटना र परिवेश ठ्याकका ठ्याक्क जिउ“दा र यथार्थ हुनेछन् । यो आधुनिक युगमा लेखिएको उन्नाइसौं पुराण हुनेछ । Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

संस्मरण : वास्तविकता

~ध्रुब थापा~

आज आइतावार विश्व विद्यालय गई रहन पर्ने वँध्यता थिएन वल्ल लगतार एक सप्ताहा प५ि पानी पर्न थमिएको ५, धेरै दिन धून नपाइएका मैला लूगाहरु झिकेर वाल्६ी भरि फिजा¤ई राखे । साथी आज विहानै ३र गएको ५ खर्च सकिए५ म पनि पिउनको प्रतिक्षा गर्दा हिजो मात्रै एउ६ा चिठ्ठी लेखी प७ाएको ५ू ३रमा ।
Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

लेक फुल्यो लाली गुराँस

~शिबराज उप्रेती~

लेक फुल्यो लाली गुराँस बेसी फुल्यो टाँकी
हित्त चित्त मिलिसक्यो केमा रह्यो बाँकी
माया डोरीको Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : कल्पनाको सम्झना मायालुलाई

~रवि कुमार गौतम~

हजारौ हजार तिता मिठा शब्दहरु यो मन मस्तिकको अन्तर कन्दराबाट प्रकट भईदिदा यो निर्जिव रुपी कलमको माध्यमबाट अर्थ पुर्ण जिन्दगीको भावपुर्ण परिकल्पनामा कुशलताको कामना गर्दै उज्जवल भविष्यको मिठो सपना बुन्दै लामो जिवनको छोटो यात्रामा मायालुको यादमा प्रदेशी जिवन विताउने चेस्टा गरिरहेको छु । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

डल्ली मगर्नी

~जंगबहादुर गन्धर्व~

डल्ली मगर्नी हो सुन माया
बोल्न मन लाग्दैन हो पीर पर्या सि
पीर पर्या सि हो सुन माया Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सुमेरु, तिम्रो नाम

~समाश्री राउत~Sama Shree Raut

हृदयमा जब भुल्काहरु उठछन्
यसमा संचारित तरंगहरु
मधुरता लिएर
अधरभरि फिंजिइदिन्छन्
अपरिमीत मायाको सागरका लहरहरुमा
लहराउँदै माथि उठेर आउँछ
एक नाम
तिम्रो नाम
शिशिरको कोपभाजनमा परेर
नाङ्गिएका रुखमा
बसन्त बनेर फैलिएसरी
अतुलनिय तरंग
मिठास बनेर
मनलाई काउकुती लगाउँछ Continue reading

Posted in कविता | Tagged | Leave a comment