Category Archives: संस्मरण

संस्मरण / Memoirs

संस्मरण : पहिलो मम:

~वरुण पोख्रेल~ सधैंको यौटै रुटिन । ब्यान उठ, आँखा मिच्दै धारामा जाउ, पालो बस, पानी ल्याउ चार पाँच खेप दनादन । चाकामा बाँसा’ सुपिलो (खोइलो) लगाउ, चुइने गाग्री पछाडि धारा लाउँदै । चप्पल भिजेर माटो मिसिएर चिप्लेर उस्तै आपत । … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : म्याडम वुको पाककला

~ऋचा भट्टराई~ किताब भेट्दा अमूल्य सम्पत्ति हात परेझैँ हुन्थ्यो मलाई । किताब नयाँ, आकर्षक, चिल्लो पनि हुनु पर्थेन, आफूले पहिला नदेखेको भए भयो । अझ सेकेन्ड ह्याण्ड मार्केटको मोलमोलाइपछि घरमा शरण लिन आइपुगेका पुराना, घाममा सुकेर खुइलिइएका र घुर्मिएका किताब … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : म्याटिनी सो

~बुद्धिसागर~ रिले दौडको अन्तिम खेलाडीझैँ बेस्मारी दगुरेर रात टीकापुर आइसकेको थियो । घरघरमा बत्ती बलिसकेका थिए । अँध्यारो देख्नेबित्तिकै मेरो सातो गयो । दर्शकहरू फिलिम हल देब्रेतिर बनेको ट्वाइलेटतिर दगुरिरहेका थिए । मानिसको पिसाब फिलिम हलको देब्रेतिरबाट सहर पसिरहेको थियो … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : एउटै किनारमा बिर्जु

~रमण घिमिरे~ जतिखेर शङ्कर लामिछाने ‘मृत्युको गीत वाल्जको धुन’ मा लेखिरहेका थिए। सायद म त्यस बखत बिर्जुको मादलको तालमा नाचिरहेको हुँदो हुँ। नाङ्लो जत्रो रक्तिम सूर्य तराईको अनन्त फाँट हिँडेर गोधूलिको क्षितिजपारिबाट बाईबाई गर्दागर्दै म कुनै डगरमा बिर्जुलाई पछ्याउँदै घर … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : त्यो आँशु अनि म….

~टि. समीर लामा~ हुन त जीन्दगीमा ठुलो सफलताको कमै मात्र अनुभव छ अहिलेसम्म तर असफलताको पीडामा जलेर जिउनु न मर्नुको दोसाँधमा भने धेरै पटक पुगेको तीतो अनुभवको संगालो नै छ मसँग थुप्रै-थुप्रै…।कुनै बेलाको मेरा ती अवस्थाहरु अनि समय र परिस्थितिको … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : ओ निकारागुआ!

~युयुत्सु आरडी शर्मा~ एउटा चराको उग्र स्वरले मेरो सपना बिथोलिदिएको थियो। लामो चर्को स्वर–सिम्फोनी कुनै मखमली घाँटीको गहबाट कतै निस्कन्थ्यो र फैलिन्थ्यो आधा मिनेटसम्म एकनास। अनि दोहोरिन्थ्यो पटक पटक । मानौं कि, थुपै्र रङहरूको सिसी फुटिरहेको थियो। ‘कहाँ आइपुगेको हुँ … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : मृत्युबाट भागेर आएको मान्छे

~तीर्थ गुरुङ~ कविलाई बचाउने कवि नै हुन्छन् । भूपिनको यो कुरामा म दुईवटा कुरा पाउँछु, पहिलो कुरा म कवि हुँ तर म स्वयम्लाई कवि मान्न सकिरहेको छैन । कविता नलेखेकै लामो अन्तराल भइसकेको छ र लाग्छ, मेरा कविताहरु त्यति सम्प्रेषणीय … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : हरियो जामा

~सरिता तिवारी~ बाटोको किनारमा लहरै थिए बकाइनाका रूखहरू । र तिनका छेउछेउमा दबदबे र इपिलइपिलका स–साना बोटहरू पनि थिए । ती बोटभन्दा पल्तिर टौवा थियो । टौवा पल्तिर लामो गोठ । गोठपल्तिर अलिकती बारि । बारिको पल्लोछेउमा पानीको कल । … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : रातो भाले र नक्कल

~विजय थापा ~ मुखै रसाउने त्यसमा पनि स्थानीय रातो रंगको कुखुराको भालेको मासु l अहिले सम्झना गर्दा पनि मुखै भरि पानी आउछ किनभने विदेशिएको धेरै बर्ष भयो l त्यो सम्झनाले सारै सताउछ र कल्पना मात्र गरि रहेको हुन्छु lअमेरिकामा बसाई … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : साउने गाउँ

~वरुण पोख्रेल~ साउन, बडो रसिलो महिना । चैत देखी खासै हरियो परियो देख्न नपाको गाउँको भान्साले हरियो देख्ने महिना । गर्मी भरी रुक्खेको ज्यानले धित मरुन्जेल भिजेर शरीरका धाँजाहरु पुर्ने महिना । हुन त असार लागे देखी नै बर्षात सँगै … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : उधारो भाइटिका

~सागर बस्नेत~ हामि तीनजना दाजुभाई लगालग जन्मेका हौँ । शुरुमा दाजु जन्मिदा स्वाभाविकै परिवारजन खुसि हुनुभयो । ममीले बताए अनुसार बुबाममिले म जन्मिनेबेलामा यो चै छोरी होस् अनि अरु नपाउने भनेर सल्लाह गर्नुभयो । तर म पनि छोरै भएछु । … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : पङ्क्स

~वरुण पोख्रेल~ गाडीको अनुहार हेर्न १० किलोमिटर टाढाको सदरमुकाम पुग्नु पर्थ्यो, त्यो पनि बेलारुस ट्र्याक्टर! बस,ट्रक… अरु त अझ टाढा। १० कक्षा पढ्न १ घण्टा हिँड्नु पर्थ्यो, जुन अझै उस्तै छ। जेनतेन यस.यल.सी. पास गरेपछी बल्ल सुरु हुन्थ्यो मुस्किल। घर … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : पारिजात दिदीसँगका सम्झनाहरू खोतल्दा

~कुन्द टण्डन~ प्रत्येक बिहान ७ बजेदेखि १० बजेसम्ममा ३, ४ पटक फोनमा कुरा भैरहन्थ्यो । कहिलेकाहीँ फोन गर्न अलिकति ढिलो भयो भने पारिजात दिदीले भनिहाल्नुहुन्थ्यो– के हो … फोन गर्ने बेला यही हो ? अघिदेखि फोन पर्खिराखेको ⁄ जतिपटक फोनको … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : रोगप्रतिरोधात्मक प्रेम

~अमर न्यौपाने~ २०६८ साउन । स्कुल छुट्टी भएछ । तोर्पा घर हुने विद्यार्थीहरू उक्लिँदै थिए, म भने तोर्पाबाट बरगाउँतिर थिएँ । रलिङ स् कुल आइपुग्दा स् कुल सुनसान भइसकेको थियो । टीका सर भने धारामा टन्नै लुगा धुँदै थिए । अरूभन्दा … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : किन्न पनि गाह्रो छ, एउटैलाई पाँच रुपैयाँ पर्छ

~सङ्गीतस्रोता~ जीवन सधैं सोझो-सोझो बाटो नहिँड्दो रहेछ । कहिले यताको खाल्डो, कहिले उताको पहरो । त्यसै-त्यसै क्षणिक भएर जाँदारहेछन् सुखद् अनुभूतिहरू ! मन दुखाउने चोटहरू भने घरीघरी बल्झन्छन् । ठाडा-घुमाउरा उकालामा पनि कठिन-कठिन गौंडाहरू जोडिन आउँछन् । कहिलेकाहीँ यस्तो हुन्छ, … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : पाँस्सा

~वरुण पोख्रेल~ पैसाको मुख बिरलै देखिन्त्यो । नोठका त के कुरा गर्नु र ! एक सुका गोजामा भए कसैलाई भाउ दीइन्थेन । घरा’ट त सुको दिन्थेनन । कैले काहीँ यस्सो मावल गैयो भने चाँही पैसा जाबो त छेलोखेलो हुन्त्यो । … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : दुई ‘ओल्ड म्यान’

~पिटर जे कार्थक~ सन् १९६० तिर दार्जीलिङमा अम्बर सर (गुरुङ) को एकाडेमी अफ आर्ट नामक संस्था थियो । हो, म त्यही एकाडेमीको तेस्रो पुस्ताको शिष्यमा पर्छु । यसभन्दा ठीक अघिल्लो पुस्ताका हुन् जितेन्द्र बर्देवा, इन्द्र थपलिया, गोपाल योन्जन, शरण प्रधान, … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : विद्रोहको पहिलो पाइला!

~उषा शेरचन~ काठमाडौंको रत्नराज्य कलेजबाट आइए सकेर बिए पढ्न फेरि आफ्नै जन्मथलो पोखरा फर्किएँ म। त्यति बेला पोखराको पृथ्वीनारायण क्याम्पसमा पढ्ने छात्राहरू खासै हुन्थेनन्। हदै पढे एसएलसीसम्म पढ्थे अनि पछि बिहे बन्धनमा बाँधिन्थे। छिट्टै बिहे गरिदिएर आफ्नो टाउकोमा रहेको छोरीको … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : दोभानकी ठूली

~गणेशमान सिंह~ समाजले भन्छ, मनको बह कसैलाई नकह । तर मान्छेले मेरा कुरा सुन्छ भन्ने ठान्यो भने ढुङ्गालाई पनि आफ्नो वेदना पोख्छ । फाइदा बेफाइदा के भनौं अहिलेको सूचना क्रान्तिले हरेकलाई सुख बाँडे बढ्छ, दुःख बाँडे घट्छ भनेजसरी हरेक मनका … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : खिया लागेको स्वर्णपदक

~विमल भौकाजी~ एउटा ‘स्वर्णपदक’ छ मसँग । नाम सुन्दै मस्तिष्कमा आइहाल्छ, झलझली सुनको । नआउनु पनि किन र ! नामै ‘स्वर्णपदक’ । त्यो पनि चानचुने हो र ! राष्ट्रियस्तरको सुनको पदक । तर…

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : यार, मजाक गरेको

~नयनराज पाण्डे~ किन बस्छ सलिम सिनेमाका पोस्टरहरू टाँसिएका भित्तामुनि? के त्यो एकलैनी बजार पस्ने गल्लीको दाहिने भित्ता होइन? के ऊ त्यही भित्तामुनि वर्षौंदेखि जुत्ता पालिस गरेर बसिरहेछ? म हरेक दिन सम्झन्छु सलिमलाई। जबजब नेपालगन्जसित जोडिएका स्मृतिले भरिएको सुटकेश खोल्छु, पुराना … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : ब्रुनाईको अस्पतालमा एक घाइते गोरखाली

~काङमाङ नरेश राई~ २७ मे सन २००५ रातभरि मुसालधारे पानी पर्‍यो । ढलहरु पानीले भरिएर रोडभरि पानी बगिरहेको छ । अँध्यारो छ, ब्रुनाईको अनुहार । गड्याङ्गगुडुङ्गको आवाजसँगै बिजुली चम्किरहेको छ । साँझ हुन लागेको छ । भोलि मेरो खुट्टाको दोस्रो … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : आस्थाका आफ्नै कुरा

~आस्था दाहाल~ आज म आफ्नै कुरा गर्न जाँदैछु । हुन त सधैं गर्ने कुराहरु पनि आफ्नै नै हुन्थे । यो कुरा स्टाटस मा लेख्नु पर्ने कुरा हो, मनमा लागे जती लेख्न नपाईने भएकोले नोट नै बनाउनु पर्ने बाध्यता आइ पर्‍यो … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : मेरो वागमती यात्रा

~ डा. अभि सुवेदी~ काठमाडौंमा कलेजको विद्यार्थी भएर आउ“दा देखेका यहा“का केही बिम्बले मेरो मन कहिल्यै छोडेनन्। म यहा“का काष्ठकला, पेगोडा शैलीका मन्दिर, धातुका ढलोट र पत्थरका मूर्ति अनि बहाः र चोकहरू देखेर चकित भएको थिए“। जाडोमा हुस्सुले बेरेका सडकमा … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : कृष्णभूषण बल

~डा. ध्रुवचन्द्र गौतम~ २०२९ साल हुनुपर्दछ। हामी विराटनगर गएका थियौं। जहाँ गए पनि, साहित्यकारसँग भेटघाट गर्न खोजिन्छ। त्यहाँ पनि एक दिन केही कविहरुसँगको भेट भयो, थोरै मात्र परिचित, धेरै अपरिचित। कवि भएपछि कविता पाठ होस् यो त हामी पनि चाहन्थ्यौं। … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : पहेंलो पार्सल

~भारती गौतम~ त्यो समय बेलुका सात बजे अनि दिन शनिवारको दिन थियो। जनवरीको अन्त्य तिर वोस्टनको जाडाको मध्य भए पनि यससाल पहिले पहिलेको तुलनामा त्यस्तो ज्यानमारा जाडो नभएको हुदा जाडाको मध्य भनिने चिसो पनि सह्य नै थियो। तीन महिना अघि … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : गर्भवती लडाकुको बकपत्र

~रेणु चन्द~ मैले बच्चा जन्माउने योजना जनयुद्धको अत्यन्त जटिल परिस्थितिमा बनाएको थिएँ । त्यसबेला साथीहरु भन्ने गर्थे, ‘हामीले अहिले नै बच्चा जन्माउने योजना त बनाएका थिएनौ, तर जन्मियो ।’ साथीहरुको यो अनुभवले म बच्चा जन्माउने कुरामा अत्यन्त सजग रहें । … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : गीतको के कुरा…., जिन्दगी जिन्दावाद !

~आभास~ अति सरलताले भनुँ कि सस्तो पनले भनुँ ? खै केले भनुँ ? साधनाका विधाहरुमा समेत हिजो आज गम्भीर साधकको त्यति महत्व रहेन । सन्दर्भ सब्गीतको, बेला बखत नेपालको वर्तमान साब्गीतिक चेतनाका बारेमा मित्रहरु बीच चर्काचर्की पर्छ । यस्तो बेला … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : जेरुसलेमको अबिस्मरणिय सम्झना।

~दिप्स शाह~ १८ अक्टोबर २०११ पूर्वतिर छ्याङ्गै आकाश खुलेकोछ मानौँ निलो च्यादर अनन्त फैलिएकोछ। जस्तो मेरो घर माथिको द्यौरालीबाट देखिन्थ्यो बिशुद्द नेपाली आकाश। अक्टोबर महिनाको आकाश, धर्ती, फूलपात, हावाको बयली, भुल्काभुल्की बादल सबै सबै मलाई असाध्यै मन पर्छ। यही चुल्बुले … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : मरुभूमिको सडकमा एक रात

~रमेश कंडेल~ रातको नौ बजिसकेको थियो। सडकहरु सुनसान झै थिए। मेरो फोन जुमानले उठाइरहेको थिएन। म भित्र शंका उपशंकाले डेरा जमाउन थाल्दै थियो। हतार हतार मेरा पाईलाहरु नाइफ स्क्वायर देखी होर्लान्जसम्मको सडक नाप्न आतुर भइरहेथे। बेला बेला सडक खाली भएको … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : जलेको ह्रदयमा फुलेको प्रेम

~हस्त गौतम मृदुल~ आदरणीय मित्र गिताजी यहाँलाइ मेरो नमस्कार। तपाइको परम कूसलतालाइ म आफनो कूसलतालाइ ठान्दछु। तपाइलाइ पहिलो पल्ट पृथ्वीको पल्लो कुनाबाट यो पत्र लेख्दै छू। मलाइ थाहा छ अब तपाइले यो पत्र हेर्ने चासो गर्नु हुने छैन। किनकी तपाइको … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : आखैंमा ककनी

~तिब्वत दर्लामी~ एकानी दुवानी मायाँ बस्यो नि दुनियाँको आँखा छल्न जाउँ न ककनी । कुनै एक नेपाली फिल्मको गीत हो यो । कहिले काँही रोमान्टिक मुड आउदा गुन्गुनाउने गर्छु । राजधानी काठमाण्डौंबाट उत्तरपूर्बी इलाकातिर जम्मा तीस किलोमिटरको दूरीमा अवस्थित यो … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment