Category Archives: संस्मरण

संस्मरण / Memoirs

संस्मरण : लोककविज्यू, आकाशमा बादलु डम्मै छ !

~सरुभक्त~ लोककवि अली मियाँ (विसं १९७५ फागुन १५–२०६३ साउन १८) ले जीवनका दुःखहरुको गीत रचे, प्रकृतिको गीत रचे, संस्कृतिको गीत रचे, क्रान्तिको गीत रचे । अली मियाँसँग असल संगतमा रहेका कवि सरूभक्त भन्छन्, ‘उनका गीतहरु कविता थिए, कविताहरु गीत थिए … Continue reading →

Posted in संस्मरण | Tagged , | Leave a comment

संस्मरण : दाइवोत्सुको आँगनमा नाराका मृगहरू

~विन्दु सुवेदी~ नाराका मृगहरू साँच्चै नै भाग्यमानी छन् अति पुल्पुलिएका पनि । नाराको प्रसिद्ध तोदाइजी मन्दिरमा रहेको दाइवोत्सु बुद्धको दर्शन गर्न जाने सबैले यो कुरा थाहा पाउन सक्छन् । निकै तल बजारदेखि नै सडक, हरिया चउर, घाँस भरिएका डाँडा, तोदाइजी … Continue reading →

Posted in संस्मरण | Leave a comment

संस्मरण : पशुपति दर्शन, जुत्ता चोर र खाली खुट्टा

~फणीन्द्रराज खेताला~ म सधैंजसो, बिहान चार(साढे चारको बीच उठेर आफ्नो नित्य क्रिया स्नानबाहेक सबै सकेर केवल दश मिनेट धूप बालेर गुरुले दिएको मन्त्र जप्छु र आफ्नो कोठामा राखेको तस्विरमा घुमाउँछु, नमस्कार गर्छु अनि लुगा लगाई पशुपति दर्शनको लागि घरबाट निस्कन्छु … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : यात्रासम्बाद र जर्मन साथीको सन्देश

~डिल्लीराज आचार्य~ “ल है ड्याड यसपाली त गाडी लिएरै जानु पर्दछ” बैंग्लोरबाट फर्कने क्रममा पाल्पाको एकजना कार्यालय प्रमुखले आफ्नी छोरीलाई लिन सरकारी गाडी लिएर सुनौली पुगेको र करिब मध्यरातको समयको कारणले तत्काल अन्य सवारी साधन नपाएकोले आफूहरुपनि त्यही पिकअफ गाडीको … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : मेरो डायरीमा डायमन

~डा. रामदयाल राकेश~ डायमनशमशेर राणा नेपाली ऐतिहासिक औपन्यासिक आकाशका कहिल्यै पनि नअस्ताउने उपन्यासकार हुनुहुन्छ, उहाँसँग मेरा कटुमधु-अनुभवहरू अनन्त छन् तर सबैको खुलासा यहाँ गर्न सकिन्न । उहाँसँग मेरो कहिले र कहाँ भेट भयो मलाई यकीन थाहा छैन तर उहाँको नातेदार … Continue reading →

Posted in संस्मरण | Tagged , | Leave a comment

थामी भाषी संस्मरण : रामेछापङा तिदु आथाङ चाला चाँडै निपान

~डम्बर थामी ‘अनुपम’~ निको पूर्खा यापती छुकु ङा सुनारी आजीकाई कापुते नातोले फिरी दिगोरे खाम लोङ्सा दाङुन्दुईछ । भुम्या देवाकाई साक्षी नातोले तोवानी खाम कापीते खेम्सा दाङुन्दुईछ । इतिहास ङा निको जातीय पियङ्दु योगदानको खाम । बलिदानको खाम । त्याग … Continue reading →

Posted in थामी संस्मरण, संस्मरण | Tagged , | Leave a comment

संस्मरण : थामी जाति र विद्रोहको झिल्का उठेको ‘ पिस्कर काण्ड ‘

~डम्बर थामी ‘अनुपम’~ ” तपाईं संगठित भएर विरोध गर्नुस् र परिवर्तनका लागि संघर्ष गर्नुस् ।” क. मार्क्स उक्तोक्ति सर्वहारावर्गका महान गुरु कमरेड मार्क्सको हो । यथार्थमा भन्नु पर्दा संगठित विरोध र विद्रोहले नै आफ्नो हक, अधिकार स्थापित गर्न सकिन्छ । … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : खै के भनौ ककनी तिमीलाई

~सिद्धिचरण श्रेष्ठ~  वि.सं २०१९ सालको पौष महिनामा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट म लैनसिंह बाङ्देल कृत्रिमताबाट वाक्क भएर केही समयका लागि प्रकृतिको छटाले सुसज्जित ककनीतर्फ लाग्यौँ । वास्तवमै ककनी प्रकृतिको क्रीडास्थल रहेछ । निकै दिन हामीले त्यहीँ बसेर प्रकृतिको छटा हेर्‍यौँ । … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : मेरो प्यारो ओखलढुंगा (जननी जन्मभूमीश्च स्वर्गादपि गरियसी)

~डा.कवितारम श्रेष्ठ~ तपाईलाई अवश्यै लाग्यो होला कि यी शव्द त युगकवि सिद्धिचरणका हुन् जसलाई उनले आफ्ना अमर कृति मेरो प्यारो ओखलढुंगा नामक कवितामा कैद गरेका थिए । तिम्रै सुन्दर हरियालीमा तिम्रै शीतल वक्षस्थलमा यो कविको शैसवकाल वित्यो हाँस्यो खेल्यो वनकुन्ज … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : अऋणी हुन्छ

~कमल दीक्षित~ कविपुत्र रविचरण र मेरो उमेरमा ठूलो अन्तर छ तर त्यसले हाम्रो मित्रतामा कुनै आँच आएको छैन । हामी दुवै साथी-साथी छाँै । रविजीसँग मेरो मित्रता गाँसिएको ५० वर्ष भयो होला- उनी बुबाको बुई चढ्ने उमेरदेखि नै । पिता … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : मेरो साहित्य-यात्रामा शिरोमणिको स्थान

~सिद्धिचरण श्रेष्ठ~ आफ्नो किशोरावस्थादेखि कवि बन्ने धोखो लिएको म सिद्धिचरणका निम्ति कवि शिरोमणि लेखनाथ पौड्याल महान् छन्, पुज्य छन् । म दरबार स्कुलको विद्यार्थी छँदा उहाँलाई नेपालको त्यस समयको सर्वश्रेष्ठ कविका रूपमा लिइन्थ्यो । शिक्षकहरूले प्रायः उहाँकै चर्चा गर्ने गर्थे … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : अन्तिम भोजमा चपाइएका अनुहार !

~गोविन्द गिरी प्रेरणा~ दौलतविक्रम विष्ट नेपाली आख्यानका धरोहर हुन्, ध्रुवचन्द्र गौतमअघिको पुस्ताका। उनी आख्यानकै लागि जन्मेका थिए र जीवनभर आख्यानमै आफूलाई समर्पित गरे। उनको पहिलो उपन्यास ‘मञ्जरी’ प्रतियोगिताका लागि लेखिएको थियो र पुरस्कृत पनि भयो। त्यही उपन्यासले उनलाई उपन्यासकारको परिचय … Continue reading →

Posted in संस्मरण | Tagged , | Leave a comment

संस्मरण : चारधाम

~नेकी धनेन्द्र~ नेपालगंज बसेर कुनै पत्रिका चलाउनु भनेको एउटा गरिव परिवारले साँझ विहान छाक टार्नु जतिकै मुस्किल हो । आफ्नो पेट पाल्नका लागि जति संघर्ष गर्नु पर्छ त्यो भन्दा पनि ज्यादा परिश्रम हुँदो रहेछ पत्रकारितामा । तै पनि चौथो आँखा … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : खप्तड गंगा दशहरा मेला

~कमला जोशी~ जेठको १३ गते विहानको झिसमिसेसँगै पिठ्युमा झोला, झोलामा केही जोर लुगा र ड्राईफुडसँगै हात हातमा पानीका बोतल बोक्दै पिपल्ला बजार पुग्यौँ । पिपल्लामा गाडीको पर्खाईमा करीव एक घण्टा बितिसकेको थियो । सायद सबै खप्तड जानेहरु निस्किसकेका थिए कुन्नी … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : तर, यसपालि धोका भयो घनश्याम सर !

~कृष्ण कुसुम~ २०६५ भदौको मध्यतिर यौटा निम्ता पाइयो साहित्यिक कार्यक्रमको । नागार्जुन साहित्यिक प्रतिष्ठानको आयोजनामा यौटा कथासंग्रहको विमोचन हुने कार्यक्रम थियो त्यो । नेपाल प्रज्ञाप्रतिष्ठानको वाचनालय पुग्दा थाहा पाइयो– साझा प्रकाशनबाट प्रकाशित कथासंग्रह ‘अभिशप्त समय’का लेखक  घनश्याम शर्मा सिभिल इन्जिनियर … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

थामी भाषी संस्मरण : बलिदानते हाबी थादु पिस्करङा यालेत्ङादु बेरेङ

~डम्बर थामी ‘रोईमीडाती’~ गाइ मिर्‍याङ्को दिनपालिङा राज्य व्यवस्थानामा लाक्पा नाम्पाङादु दिका योद्धा थाङाथ्यो । त्यै थाताले नाले तो बेरेङको लाक्पा नाम्पाइदु । जेखामिपालीको अत्याचारनामा किडिईदु । इतिहासको डिङ्डिङ-डिङ्डिङ पानापाली पल्टईसा राहुन्दुईछ । वर्गसंघर्षको का भट्टी उनी सफरपालीको खाम चिसेरेक्सा दाङुन्दुईछ … Continue reading →

Posted in थामी संस्मरण, संस्मरण | Tagged , | Leave a comment

संस्मरण : साइको

~भीष्म जोशी~ शिशिरको सिरेटोले बाहिरी काठमाडौंलाई चिस्याइरहेको थियो । तर, रंगमञ्चभित्रको बन्द प्रेक्ष्यालयमा निरन्तर ‘वार्म-अप’ र स्टेजको लाइटले ज्यान बाफिलो थियो । नाटकको रिहर्सल सकाएर सरासर रुम फर्किएँ । दिनभरिको अभ्यास, को-आर्टिस्टको ढिपी र निर्देशकको अनेक निर्देशनले मन त्यसै भारी … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : ब्रिटिश आर्मी नम्बर पाएको त्यो दिन…

~भीम राई~ तिनताका म फुसको छानो भित्र हुर्कंदै गरेको सानो बबुरो जस्तै थिएं । मलाई सुस्तरी उमेरले डोरयाएर भर्खर अठार वर्षमा टेकाएको थियो । जुङ्गाको रेखी बस्नै लागेको त्यो समय मेरो मस्तिष्कमा अझै पनि ताजै छन् । अति विपन्न परिवारमा … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : अ कप अफ मुराकामी

~प्रवीण~ म अनभिज्ञ छु । मलाई थाहा छैन, म के लेख्न गइरहेको छु ? के लेख्न चाहन्छु ? म खोक्रो भएको छु । मभित्र शब्दहरू अचेल आउन मान्दैनन् । मसँग खेल्न चाहँदैनन् । मद्वारा लेखिन मान्दैनन् । के लेखूँ ? … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : पारिजातको घरमा

~महेश पौड्याल~ हामी मोटरबाटो छोडेर ओरालो लाग्दा साइला धुरा प्राथमिक विद्यालय बायाँपट्टि पर्‍यो । पहाडजत्तिकै पुरानो त्यस स्कुलको भित्तोमा अँगार र चकले लेखिएका किरिङमिरिङ अक्षर देख्दा लाग्यो, यो भित्तो साहित्यकार पारिजातको जन्मकुण्डली हो, जहाँ ग्रहहरू किरिङमिरिङका अतिरिक्त केही पनि देखिँदैनन्, … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : ईश्वर गाथा

~निर्मल कुमार थापा~ कवि मञ्जुल पछिल्ला नियमित भेटहरूमा सम्झाइ रहनुहुन्थ्यो – “ईश्वर दाइले सम्झनु भएको थियो एकपटक भेटिहाल्नुस् ….” सर्जक सीता पाण्डेले कुनै एउटा कथामा आफ्नो पिताको मृत्यु शोकमा लेख्नु भएको छ – “जीवन सधै व्यस्तताहरूले अल्झाइरह्रयो । केही सभामा … Continue reading →

Posted in संस्मरण | Tagged , | Leave a comment

संस्मरण : प्रोफेसर पराजुली

~प्रभा कैनी~ कविवर सिद्धिचरण श्रेष्ठका हरफ गुनगुनाउँदै हामीलाई स्वागत गर्न घरको गेटमा आइपुगे उनी। एरिजोना राज्यको पुरानो राजधानी प्रेस्कटमा १० एकड जमिनको फराकिलो बस्तीको बीचतिर अलिअलि उठेको सानो थुम्कीमा बनेको अल्ट्रा मोडर्न घर। घरमा अमेरिकामा प्राप्त हुने कुनै सुविधाको कमी … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : हजुरआमाको चिठी

~किशोर नेपाल~ यो वर्षको दशैंमा विनित पनि नआउने भयो, विनिता पनि नआउने भई। दुवै नआएपनि ता आउँछस् कि आउँदैनस्? तेरो बाबा भन्दै थियो, पुनित आउँछ। यसपाला तँ पक्कै आएस्। महाअष्टमीको दिन तेरो वर्तमन गर्नुपर्छ। त्यो दिन लगन जुराउनु पर्दैन। तँ … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : गुरुको उपहार- सुनौलो बाइबल

~प्रभा कैनी~ अमेरकिामा गर्मीका दिन सुरु भएका थिए। तर, हामीलाई अझै जाडो लागिरहेको थियो। एक-दुई दिनदेखि बल्लबल्ल दिन खुलेर घामको ताप बढ्न लागेको महसुस गरेका थियौँ। तैपनि, नेपालमा जस्तो न्यानो अनुभूति भएको थिएन। छोरा नवीनसँग धेरै अघिदेखि एलिनोर गुरुआमाकहाँ पुर्‍याइदिन … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : गोरखबहादुर सिंह सम्झनाहरू

~अज्ञात~ त्यसो त गत मंगलबार २३ साउन पनि अरू दिनजस्तै सामान्य थियो । बिहान उस्तै–उस्तै र दिउँसो पनि उस्तै–उस्तै । तर, अपराह्न † सबै दिनभन्दा नितान्त फरक भएर आयो । राजधानीस्थित महाराजगन्ज शिक्षण अस्पतालको सघन उपचार कक्षमा अपराह्न ४ बजेतिर चिकित्सकले ‘भेन्टिलेटरमा राखिएका … Continue reading →

Posted in संस्मरण | Tagged , | Leave a comment

संस्मरण : सम्झनाको तरेलीमा पारिजात दिदि

~शरद प्रधान~ केहि दिन अघि मात्र मेरो झण्डै दुई दशकको पत्रकारिता जीवनमा मैले साक्षात्कार गरी जीवनी लेखेका साहित्यकारहरुको नामावली सोचीरहेको थिएँ । धेरै साहित्यकारहरु त दिवंगत भइसक्नु भएकाले अब को चाँहि बाँचीरहेका होलान् भनेर घोत्लिरहेको थिएँ । रमेस विकल अब … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : सम्झनामा एक आत्मीय अग्रज

~नगेन्द्र शर्मा~ म काठमाडौँ आएको मदन उपाध्याय दाइको निम्तोमा रहेछ । त्यो पचास वर्षभन्दाअघिको कुरा हो । मलाई लिन कलकत्तामा रित्तै हवाइजहाज लिएर आउने पाइलट रमेश, उहाँको भाइ त माध्यम मात्र रहेछन् । मलाई भन्डैझन्डै गलहत्याएर ल्याउनु परेको कारण चैँ … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : सिद्धिचरणजीको न्यानो ओभरकोट

~लैनसिंह वाङ्देल~ सन् १९५१ को अप्रिल महिना । कलकत्ताबाट म ‘प्रभात’ नामको मासिक पत्रिका निकाल्ने तयारीमा थिएँ । ‘प्रभात’मा प्रकाशन गर्न एउटा कविता पठाउन मैले कवि सिद्धिचरण श्रेष्ठलाई चिठी लेखेको थिएँ । उनले मेरो अनुरोध सहृदयताका साथ स्विकारे र ‘प्रभात’ शीर्षकमै एउटा कविता … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : धनुषदाइको धोको

~नगेन्द्र शर्मा~ गएसालको मंगसिर १९ गते मंग्लबार मेरो निम्ति अलच्छिना रहेछ । लच्छिन, अलच्छिन भन्नेजस्ता कुरा अन्धबिश्वास हुन् भनिटोपल्ने मेरा धारणा गलत रहेछन् कि जस्तो पनि लाग्यो । किनभने, बहान राम्ररी उठ्न पनि पाएको थिइनं, टिरिर्र फोनको घन्टी बज्यो । … Continue reading →

Posted in संस्मरण | Tagged , | Leave a comment

संस्मरण : लघु संस्मरणमा शंकर दाइ

~नगेन्द्र शर्मा~ अभूतपूर्व लेखनकला, वैचारिक प्रखरता र विभिन्नताका धनी, कथावस्तु विनाका कथाका पनि जन्मदाता । नेपालीमा हाइकुका प्रथम प्रयोक्तासमेत रहेका शंकरदाइ ‘इम्प्रेसनिज्म’ जस्ता नौला साहित्यिक धाराहरूको स्वाद हामीलाई चखाउने प्रथम व्यक्ति पनि थिए । कुरैकुरामा एकदिन मैले उनलाई सोधेको थिएँ, … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : ल्हासामा भृकुटीलाई भेट्दा

~रुपा जोशी~ संसारको शायद सबैभन्दा अग्लो ठाउँमा रहेको ल्हासाको पोटाला दरबारको साँघुरो कोठामा एक–एक गरी पंक्तिबद्ध भएर हामी अगाडि बढ्दैथियौं । तस्वीर खिच्न नपाइने त्यहाँ अघि बढ्दै जाँदा गुफा जस्तो ठाउँको कलेजी रंगको भित्तामा लहरै चार–पाँच वटा मूर्ति देखिए । … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : मेरो गृह गाउँमा

~डा. रामदयाल राकेश~ मेरो गृह (घर), सिसौटिया गा.वि.स. वडा नं. ५ मा अवस्थित छ । यो सर्लाही जिल्लामा पर्दछ जस्को सदरमुकाम मलंगवा हो । मलंगवादेखि ३ कोश पश्चिममा अवस्थित यो गाउँमा अझसम्म बिजुली बत्तीको व्यवस्था छैन । मैले होश सम्हालेको … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment