Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : आमाको रहर !

~राजु लामिछाने~ खण्डः एक “अचम्मैको घर बन्यो, बिदेशीलाई बनेको कुनै तारे होटेल हो क्या हो?” “होटेल सोटेल हैन, क्याप्टेन रणबहादुर गुरुङ्गको घर हो।” “को रैच रणबहादुर भन्ने?”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यो कस्तो सम्झौता !

~उपमा अर्याल~ फेरी म श्रिङ्गरिनु पर्ने भयो आज। कत्ती मन पर्दैन्न मलाई दश थरी चिज आफ्नो अनुहारमा पोतर्न्न। मन नपरे पनि गर्न त पारी हाल्यो नि। आफुले आफुलाई जतिसुकै सुन्दर देखाउने प्रयास गरे पनी अरुहरुको नजरमा म कहिल्यै राम्री देखिन। … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : कहाँ खोजु ?

~जीवन देवान ‘गाउँले’~ “सुङ्गाई बुलोहतिर एकजना नेपाली छ रे, मलेसिया आएको १५–१६ बर्ष भयो रे, नेपालमा पुरै सम्पर्क बिच्छेद भएर बसेको छ रे ।” –कतैबाट चलेको यो हल्ला मेरो कानमा परयो । खबर कतिको पक्का हो ? –जान्नु भन्दा उ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मोहभङ्ग

~माधव सयपत्री~ म मूढजस्तो बनेको शरीरलाई ओछ्यानमा यताउता पल्टाइरहेको थिएँ । शरीर जीर्णजीर्ण बन्दैथियो । औषधिले समेत काम गर्न छाडेको थियो । छोराछोरी हुर्काएर मर्ने मेरो इच्छा मर्दैमर्दै गएको थियो । ओछ्यानले पनि रिस गर्न थालेको थियो । त्यसैले त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कर्णेल्नी

~रामप्रसाद दाहाल~ त्यो बेला हामीलाई ज्यूँ ज्यूँ गरेर खान मात्र पुग्थ्यो । कुन्नि कहाँबाट हो अन्न पात आउँथ्यो, अलिकति बर्ष भरीको लागि पुग नपुग र कमाउने मेरा बाबु एक जना मात्र भएको र खाने धेरै भएकाले बर्ष टार्न जहिले पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुधाले नपढेको सुधाको कथा

~रजित ओझा~ “रुपेशलाई बोलाइस्यो हो हजुरले ?” मैले मात्र टाउको हल्लाए , हिजो देखि शब्द निकाल्दा भकभकाउन थालेको छु उसको अघि !!शब्दहरु कतै गहिरो ठाउँ बाट उचालेर निकाल्नु पर्ने जस्तो भएका छन् ! “किन बोलाइस्येको ,यति सानो कुरामा त्यति टाढाबाट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : थुक्क! तैँले पनि घर बनाइहाल्नु परोस्

~सञ्जय विष्ट~ त्यस समय यो ठाउँ आजको जस्तो थिएन। कृत्रिमताद्वारा प्रकृति यसरी बलात्कृत भएको सपना पनि देख्दैन थिए त्यस समयका मानिसहरू। गुरुकै पनि मस्तिष्कमा नहुँदा परीक्षामा विद्यार्थीहरूलाई पर्यावरण संरक्षणबारे निबन्ध लेख्न पनि आउँदैन थियो। दिशाज्ञान भएपछि पूर्वबाट उदाएको सूर्य पश्चिममा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य कथा : राशी

~दीप हाँडीगाउँले~ “तिम्रो राशी कुम्भ हो?” आफ्नो सुरमा हिन्दै गरेकी एउटी सुन्दरीलाई झस्किने गरी बाटो छेक्या झैं गरी बाङ्गेले सोध्यो। सूर्य पस्चिम आकाशको खुड्किलो ओर्लिदै गरेको बेला थ्यो, मन्द बतास चलेको–त्यै बतासका केही लहरहरुमा अल्झिएका उस्का केही कपालहरुलाई आफ्नो अनुहारबाट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टाइम स्क्वायर

~बद्री विनोद प्रतीक~ न्यूयोर्क सहर, विश्वको राजधानी सहर । म्यानहाटनका गगनचुम्बी भवनहरू । त्यो दिन वल्ड ट्रेड सेन्टरको टुप्पोबाट विस्तारै उज्यालो हराउँदै थियो । घडी हेरेँ ९ बजेको रहेछ । जून महिनाको २८ तारेख । सूर्य अस्ताउने तरखरमा छ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रंगहरूको संगीत

~भूपिन व्याकुल~ छुक्छुक्–छुक्छुक् छुटिरहने जीवनको लिक समात्न कुनै स्टेसन ताकिरहेका हजारौँ यात्री बोकेर मिथिला एक्सप्रेस कलकत्ताबाट रक्सौलतिर दौडिरहेछ रफ्तारमा । रेल यात्रामा मलाई सधैँ आफ्नो मनको रफ्तार नाप्न मज्जा लाग्छ । रेल छुट्नुभन्दा धेरै अघि छुटिसक्छ मन । रेल रोकिएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सैनिक पोसाक

~धनश्याम ‘पथिक’~ जब दीपावली नजिकिन्छ किशोर छँदा नाटक खेलेको सम्झिहाल्छु । त्यतिबेला गाउँमा नाटक हुन्थ्यो । त्यो वर्ष ‘खबरदार’ नाटकको मुख्य भूमिकामा मैले अभिनय गरेको थिएँ । मेरो अपोजिटमा थिई- पार्वती । नाटकमा उसको नाम परी थिया र मेरो श्री … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ढुङ्गा, शिशिपस र म

~दुर्गा विनय~ हामीले सानो बस्ने ठाउँ बनाइसकेका थियौं । हामी, अर्थात म र मगर मामा । म होचो कदको आधी तालु खुइलीएको, गाँठो परेको पिँडुला भएको सानो मोहोडाको मान्छे । गाउँघरमा मलाई सन्ते भन्छन् । तर म कहिलेकाहीँ भने सन्तबहादुर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भुतको कथा, म भित्रको भुत

~हरि दहाल~ हाम्रो शरिरमा आउने चेतना–आत्माहरु शरिरमा आउनु भन्दा अगाडी कहाँ थिए ? आमाको पेटमा हुँदा आएको हो की ? पृथ्वीमा खसेपछि आएको ? आएको हो भने कहाँबाट आएको ? मरे पछि त्यो आत्मा कहाँ जान्छ, अरुमा सर्छ की लाससँगै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माग्ने जात

~गिरीप्रसाद बुढा~ कुनै पनि चाड पर्व आयो कि मागी हिंड्ने बानी भएको अर्जुनलाल दमाई यसपालीको दशैंमा पनि माग्नको लागि सबैको घर चाहार्न थाल्यो। माग्दै हिंड्ने क्रममा उ एउटा चिया पसले कहाँ पनि पुग्यो। चिया पसले सफा र सरल मिजासको थियो। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सत्य कथा : प्रवासीको व्यथा

~राजेन्द्र श्रेष्ठ~ एउटा पहाडी गाउँ जहाँ एक छाक खान र एक आङ लगाउन ठुलै संघर्ष गर्नु पर्ने हुन्छ। विहान भालेको डाकासंगै मानिसहरु उठ्छन र सुर्यको किरण संगै घरबाट बाहिर निस्किएको मानिसहरु सुर्य नविलाएसम्म कामको ध्यउन्नमानै व्यस्त हुन्छ। उनिहरुलाई बर्षैभरी कुनै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्बन्धका दूरी

~सन्जु बजगाईं~ उसलाई आश्चार्य लागिरहेको थियो आज राति ओछ्यान पटक्कै बिझाएन । उठ्दा गर्धन र शीर दुखेको थिएन । हलुङ्गो महसुस गरिरहेकी थिई ऊ । उसले ओछ्यानको तन्ना तनक्क तन्काई । बुट्टेदार तन्नामाथि दुई सिरानीहरुलाई मिलाएर राखि । उसलाई आफ्नो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चिरिएको छाती

~होमनाथ सुवेदी~ डायास्पोरा भन्छन् यो कुन गाउँ हो मलाई चेत छैन । जरो न भएको रुख पुच्छर काटिएको िलंडो सर्पको ढाड मात्र बटारिए जस्तै म बटारिएको छु । तर न त्यो पुच्छर उठाएर शत्रुलाई बिष हाल्न सक्छु न फणा उठाएर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कुँडो

~वसन्त कुमार गौतम~ “ए—-! ढिलो पो भईसकेछ!” घडी हेरेर ओमे गुन्गुनायो र झोला बोकेर दौडियो। सबैलाई थाहा भएको नियमित साप्ताहिक घटना भएकोले ल्याबका जापानी केटाहरुले खासै ध्यान दिएनन्। असाध्यै भोक लागे पनि पाउरोटी टोक्ने फूर्सद पनि पाएन उसले। ‘तीन मिनेट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ए “हजुरी” सुनन!

~रूप रसाइली~ ए “हजुरी” सुनन! तिमी कस्को हुने होला म नि कस्को हुने होला नछुट्ने त भन्छौं हामी छुटे कति रूने होला। हेमन्त शिशिरको एरेन्ज, दिवान किनारको शब्द, स्वरूपराज आचार्य र अन्जु पन्तको स्वरमा सजिएको यॊ मीठो गीत मलाइ औधी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म कहाँ मरेको छु र ?

~राजन थापा~ ‘लौ लौ अबेर नगरौँ, भरे अबेर हुन्छ’ मेरा मलामी हतार गरिरहेका छन्् । मलाई भने तुलसीको मोठ छेउमा टाउको दक्षिण, खुट्टा उत्तर पारेर सुताएका छन्् । एउटा पातलो कपडा ओढाएका छन्् । टाउको छेउमा अगरबत्ती बालिदिएका छन्् र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हाँडी

~निर्मल ज्ञवाली~ सुचौ, चाइनाको सानो शहर । फान्कुन टोल । बिहान ७ बजे । मस्त निद्रामा सुतिरहेको म बाहिर ठुलो कोलाहल मच्चिएको थाहा पाएपछि जुरुक्क उठ्छु । “के भएछ ? कतै आगो सागो त लागेन ?” एक्लै भुन्भुनाउँछु, “केहि भएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रहमत भाइ

~राजेन्द्र थापा~ मुसलमान, पहाडिया, मधेसी र इन्डियाका पनि मिसिएको कपिलवस्तुको बहादुरगन्जमा धार्मिक सद्भाव सुरुदेखि नै अद्भुत रहिआएको छ। सहरवासी गर्व गर्छन्, पहाडको बहादुर र मुसलमानको गन्ज- बहादुरगन्ज। तर, धर्मनिरपेक्ष भएपछिरहमतभाइका मनमा अलिकति चिसो भने पसेको छ। हुन त कपिलवस्तु काण्डमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : अनिकालको बीउ

~युवराज नयाँघरे~ आकाश हेररिहेकाहरू धर्ती हेर्न थाले । पानी नपरेर धर्ती फुटिरहेथ्यो पटपटी । बल्ल मौसम बदलियो र पोखियो दसैँभरि। आकाश नबर्सिउन्जेल जताततै त्राहिमाम् । सबै भरमाथिकै । मास्तिरबाट थोपै नचुहिएपछि परेन त बित्यास । तै मनसुन ओर्लियो । अब … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : झुमी

~अभय श्रेष्ठ~ गितार समाएको युवकले निहुरेर लामो कपाल भित्तामा पछार्दै दर्शकलाई भन्यो, जस्ट फर यु । गितारले त्यही भाकामा भन्यो- झङ झङ झङ । स्टेजमा नाच्दै चिच्याइरहेकी युवतीले स्तन हल्लाउँदै दर्शकलाई भनी, जस्ट फर यु । गितारले त्यही भाकामा भन्यो- … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अस्तित्व

~ज्योति जङ्गल~ अन्ततः हामी छुट्टयिौँ । छुट्टनिु थियो, कि थिएन ? छुट्टिने गरी हामी एक भएका नै थियौँ कि थिएनौँ अथवा हाम्रो मिसावटमा अब छुट्याउन सक्ने किसिमको के छ र ? हामी दुवैले पहिलो स्पर्शमा एकअर्कालाई छोएका थियौँ । हामीमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माया गरेको पो त लाटी !

~रमण पनेरु~ ‘आज बल्ल यो बोकाले पालो पाउने भो’ साथीहरुले उल्याउँदै थिए । विवाहको पहिलो रात । त्यसै पनि डर लागेको थियो । ग्रामीण भेगमा जन्मेपनि सहरको रहनसहनले प्रेम विवाह गर्ने निकै ठूलो रहर थियो । जति प्रयास गर्दा पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : असोचनिय मोड

~भगवती वस्नेत~ शिशिरको चिसो सिरेटोले तितरी पातहरु हल्लाउँदै झार्दै छ । सुनसान कोठामा उदास अनुहार लगाएर बोझिलो निष्तब्धतामा सिरकमा गुजुल्टिएर सलिना पल्टिरहेकी छिन ! बोट बिरुवाहरु पात झरेर नांगिएका छन नाङ्गारुखहरु आफ्नो उजाड रुप लिएर ठिंगरिङ्ग अनि दिक्दार मानौं विरक्तिएका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुखद् दिन

~निराजन प्रभात~ चुरोटको धुवाँमा कावा खादैँ विचारका स्तम्भहरु थपिन लागे दिमागी फोल्डरमा । आजभोली म चुरोट ज्यादानै पिउन थालेछु होइन आज भोली पहिलेको भन्दा बेकामे, बेरोजगार भएछु क्यारे म । एकान्तभित्र रुमलिदै दिन बिताउनु मेरो दैनिकी, एक्लो अनि बेरोजगार भए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कानुन् लागू हुने देश

~दिनेशराज पुरी~ त्यसै दिनबाट मेरो बाहिरी संसार अँध्यारो भयो! हावा झै उड्ने मेरो मन कसरी थिगृयो होला यत्तिका दस बर्ष?आफैंले बिताएका पलसँग पनि कति साँघुरो विश्वास? साना थिए!कलिला थिए!भाँच्दा पिटिक्क भाँचिने इपिलका डाँक्ला-मेरी दुईबर्षे छोरी ज्योतिका कोमल

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निलिमा

~बिमल स्पर्श~ भन्न त नहुने हो मन पर्दैन भनेर तर मलार्इ दशै, तिहार मन पर्दैन । उसो र थुप्रै दशै र तिहारहरु लाई बेवास्ता गरेको छु मैले । हामी जस्ता लाखौ युवाहरु जो देश भन्दा बाहिर श्रम बेचेर बसिरहनेहरू लाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिहे

~बिकास आचार्य~ उन्नाइस पुरा भएर बिस लाग्ने बित्तिकै इशालाई परिवारका जेठा–बाठाहरु अनी छरछिमेकका महिलाहरुले बिहेको उमेर भयो भनेर जिस्काउन थालेका थिए । साथीसंगीले पनि बाँकी राखेका    थिएनन् । बिहे गर्नु पर्छ भन्ने कुरा पनि कहींकहींबाट आइरहन्थ्यो । पल्लो घरकी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनको नयाँ गारेटो

~गणेश भट्ट~ “प्लिज केही त बोल न।” एनको निकैबेर अघि देखिको मौनता चिर्ने प्रयास विफल भयो। उनी बोलिनन्। पहिला भन्दा नितान्त उनी। अनुहारमा चमकताका रेशाहरु पाताला हुदैं गइरहेका। उमेरले पनि हो कि अरु पनि धेरै परिवर्तनहरु। गत हप्ता एकैछिन भेटेको। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment