Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : लभ एनिभर्सरी

~बिष्णु पोखरेल~ अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक पन्ना — शहर कथा

~रुमन न्यौपाने ‘अमन्त’~ ‘दाई, ट्याम कति भयो ?’ त्यो युबक ले सोध्यो । त्यो युबकको हातमा पानिको दुई वटा बोतल थियो । एउटामा कालो र मैलो पानि थियो र बोतल पनि उसको उमेर जत्तिकै पुरानो भैसकेको जस्तो देखिन्थ्यो । अनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कविको दाजु

~एनबी इलुंगा~ आज हजुरबाको जन्मदिन । वहाँलाइ पार्क घुमाउन लानु प¥यो । पेट्रोल अभावले पनि फाइदै भयो । व्हिल चेयरमा घुमाउँदै लाने विचार गरेँ । व्हिल चेयरलाई पछ्याउँदै बाहिर निस्केँ । “ऊ हेर्, कविको हजुरबाऊ ।” एउटा फुच्चेले हामीतिर औंलो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अन्तर

~डा. कपिलदेव लामिछाने~ २०४८-२०४९ तिर “हजुर मलाई जसरी पनि जागिर चाहियो ।” “पैसा लाग्छ ।” “कति ?” “देऊ दुई लाख ।” “दुई लाख ?” “के त ? एक महिनाको कमाइ त हो नि !” “कोई बात छैन ।” २०६०-२०६१ तिर

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : …त्यसपछि दसैंबाट दसैं हरायो

~नीलम कार्की निहारिका~ २०५६ साल, मध्यरात भएको हुँदो हो । बाहिर ठूलो होहल्ला सुनियो । जुलुस नै आएजस्तो हिँडाइ । झ्यालढोका लगाएर सुतेकाहरू पनि राम्ररी निदाउन नसक्ने असुरक्षित समय थियो । कारण भूमिगत युद्धमा थियो देश । हाम्रो घर बर्दियाको … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

पत्र कथा : हजुरआमाको चिट्ठी

~सुजाता ढुङ्गेल~ मिती: अक्टोबर १७, २०१४ लेखिएको स्थान: केरी, नर्थ क्यारोलिना प्यारो बाबु नबिन शूभाशिर्बाद! हामी यहाँ सञ्चै छौ। त्यहां तिमीहरुलाई कस्तो छ? आशा छ, तिमीहरु सबैलाई आरामै छ। बुवाले चिट्ठी लेख्ने भए लेख म फोटो खिचेर कम्प्युटर बाट आजै … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

निबन्ध : बज्जि गणराज्यको अभिनन्दन

~शीतल गिरी~ यादव गोत्रीय राउतहरू शान्त स्वभावका जङ्गली जातिका थिए । उनीहरूको प्राचीन थलो यमुना वा महिष्मती नदीको किनार नै हो । बज्जि गणको क्षेत्रफल कति थियो यस कुराले खासै अन्तर पार्दैन, मात्र किम्वदन्ती हो । यसको न गतिलो इतिहास … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : अन्लाईन प्रेम

~मदन मुस्कान~ तीस मिनेट म्यासेन्जर मा बिनय गरेर आस्थाले नम्र स्वरमा ‘अब फोन राखौं है म सुत्छु…. ‘ बिनय आश्चर्य मान्दै सोध्छ- किन यति चाडै आस्था… ? आस्था – आज मलाई सन्चो छैन के टाउको दुखेर खप्पी नसक्नु भको छ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सपना

~क्रान्ती पराजुली~ “मैले लगातार १ हप्ता भयो तिमीलाई सपनामा देखेको, साँच्चै तिमी हर रात मेरो सपनामा आउछेउ । सपना म तिमीलाई अति नै माया गर्छु। उसले मेरा दुबै हात च्याप्प समातेको छ । कसिलो समाईले साँच्चै कसिलो सम्बन्ध म सामू … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : माया !

~देवेन्द्र अर्याल ‘आँसु’~ आफ्नो बच्चा मरेकोले त्यसको पीरमा कुकुर्नी रातभरि त्यसकै वरपर घुम्दै घुकिरही । त्यसको घुकाइका कारण टोलभरिका धेरैको निद्रा बिगि्रएको थियो, सुत्न पाएका थिएनन् अनि मैले पनि । भोलिपल्ट बिहान नगरपालिकाका कर्मचारी फोहोर उठाउन आए । उनीहरूले त्यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अन्तर चाहना

~श्याम दाहाल~ मेरो चेतनाले जान अराउँथ्यो र म प्रायः गइरहने गर्थेँ, उहाँ । परिवारका सबै जना आ-आˆना सुरमा छरिँदै जाँदा संयोगले एक दिन त भार्गवीसँग पो भेट हुन पुग्यो । घाम तापेर चकमन्न आˆनै मनभित्र अल्मलिएर डुबेकी रहिछन् उनी । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कालो चश्मा

~मातृका पोखरेल~ बाहिरको वातावरणबाट भित्र पस्नेबित्तिकै एउटा सानो डम्पिङ साइडमा गएजस्तो याद आउँछ । चिसोले भित्ताहरूमा लेउले बनेका धर्साहरू देखिन्छन् । वर्षौँअघि बिछ्याइएका कोरियन कार्पेटहरूमा पत्रैपत्र धूलो जमेको छ । धूलो र फोहोरमा भुइँबाट आएको चिस्यानले एक प्रकारको दुर्गन्धको सृष्टि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : क्षणिक चरा

~नारायणी पौडेल खनाल~ निष्ठावान शिवराम गुरुले आफ्नो एक्लो छोरा पिताम्बरलाई संस्कृत–अंग्रेजी दुवै पढाएका थिए । जन्मेदेखि व्रतबन्ध नगरुन्जेल पालेको कपाल काट्दा लामो भएको टुपी, निधारमा बुबाले पूजा सकेपछि धर्का काटेको चन्दन, देख्दा साना पण्डित पिताम्बरलाई सबैले जिस्काउँथे । छोरालाई लिएर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : एउटा युग, एउटा इतिहास

~अशेष मल्ल~ अहिलेझैँ थिएन, त्यसबेलाको साहित्यिक वातावरण । एउटा कविले अर्को कविलाई नचिन्ने प्रश्नै उठ्दैनथ्यो । थोरै जनसंख्या, थोरै साहित्यकार सायद एउटै परविारझैँ लाग्थ्यो । मैले काठमाडौँ प्रवेश गरेको त्यो ‘३० को प्रारम्भिक वर्ष । भूपीका विद्रोही कविताहरू, सरल र … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : मैनबत्ती र खुकुरी

~विपुल सिजापती~ ‘अझै यो डाँडा छिचोल्नु पर्छ ।’ ‘यसपछि पनि दुईवटा डाँडा नाघेपछि बल्ल … ।’ ‘बाटो लामो भएन र ?’ ‘यस्तै हो बाटो, अलि उबडखाबड नै छ ।’

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : पत्रकारको डायरीबाट

~नवराज खतिवडा~ प्यारी लक्ष्मी जीवनभरको सम्झना! तिमीलाई मेरा दैनिकी त्यहीँ आएर बताउने छु। यो अभागी मोफसल, यी दुर्गम जिल्ला, अत्यास र आस अनि जीवन-मृत्युको दोसाँधमा ‘जीवनजस्तो बोझिलो भारी’ बोकेर बाँचिरहेका यहाँका मानिस, बम-बारुदले विद्रोही र सुराकीका नाममा जीवनबाटै छुटकारा पाउनुपर्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : परदेशीको श्रीमती !!

~दिपेन्द्र खड्का~ दशैँ नजिकिदै थियो । असोजको पहिलो हप्ता भएको कारण गाउँ गाउँमा रमाईलो महुस भएको थियो । सीमाले लोग्नेलाई बिदेशमा फोन गरेर यसपाली दशैं खर्च पठाई मागी । लोग्नेले दशैँ खर्च तलब नआएको कारण थोरै पठाउने प्रयास गरेको थियो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समय

~मनोज खनाल~ यो एउटा घटना पौराणिक कालको हो, जतिबेला यो संसारमा जनावरहरु पनि मान्छेजस्तै दोहोरो कुरा गर्न सक्थे । यसै क्रममा तँ ठूलो हो कि म ठूलो हुँ भन्ने विषयमा एउटा विषालु सर्प र मानिसको विवाद भइरहेको थियो । त्यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : देश हराउँदाको पीडा

~नन्दलाल आचार्य~ प्रिय देश, आज सबैतिर छुट्टी मिलाएको छु । तिमीसँग मनग्यै भलाकुसारी गर्नुछ । हिजोका पात्राहरू उल्टाउनुछ । भोलिका नक्साहरू पल्टाउनुछ । हक्कीसँग बोल्नुछ । ज्यान जोगिने गरी ध्यान राख्नुछ । तिमी मसँग छैनौ र हुँदैनौ पनि । तर, … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : पापीघाट

~रामलाल जोशी~ लीला मभन्दा सात वर्ष जेठी थिई। मेरो उमेर थियो, १० वर्ष। लीलाको उमेर १७ वर्ष। लीला शुकवीर अङ्कलकी कान्छी छोरी। गाउँले नाताले मेरी दिदी। म दिदीकै नाताले लीलाको पिछा गर्थेँ। मभन्दा सात वर्ष जेठी लीलाले मलाई बालक कालमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : लोकतान्त्रिक पदावलीको प्रयोग !

~बासु शर्मा~ लोकतन्त्रमा लोकतान्त्रिक आचरणहरु अपेक्षित भएझैँ बोलचाल र लेखापढीका शब्दहरु पनि लोकतान्त्रिक भावना अनुरुप हुन जरुरी छ । सबैले आपूmलाई सो अनुसार अद्यावधिक गर्नै पर्ने हुन्छ । धन्य हो इन्टरनेट ! अनलाइन खबर साइटहरुको उपलव्धताले ज्ञानलाई अद्यावधिक गर्न साह्रै … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : दोषी चश्मा

~आभा~ ‘महिला सँधै आफ्नो समस्या मात्रै भन्न रुचाउँछन् । राष्ट्रियता, दर्शन, ज्ञानविज्ञान तिनका डिक्सनरीमा हुँदैनन्, चाहे ती गृहिणी होउन अथवा साहित्यकार, लेखक या पत्रकार ।’ धर्म दर्शनका अनेकन आयामको प्रवचन दिने प्रख्यात गुरु चियापसलमा विद्वता पर््रदर्शन गर्दै थिए । चियाको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : भासुभीरको भूत

~मणि लोहनी~ देउतीबजारभन्दा पर एउटा छाप्रोजस्तो चियापसलमा पुगेर गाडी रोकियो। भर्खरै देउतीबजारमा चिया र खाजाका लागि रोकेको गाडी फेरि यहाँ किन रोकेको होला भनेर सोच्दै थिएँ। सबै मानिस हुरुरु ओर्लिए। लगत्तै छतमा उक्लिए। गाडीभित्रका खलासीले मलाई सोधे, “तपाईंलाई चाहिँ आफ्नो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बादल

~कृष्ण प्रसाई~ हामी मुन्तिर बादलका गाढा पहाडहरू तेर्सिएका थिए । भरखरै मात्र बर्माकी सहयात्री मुमुले बादलका प्रकारहरूको व्याख्या गरेर आकाशमा छरिएर रहने बादलका विशेषताहरूका सम्बन्धमा न्यानो अनुभव छरेकी थिई । उसको भनाइमा कति सत्यता भरिएको थियो त्यो मलाई थाहा थिएन, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : लगन

~दिवाकर स्वप्नील~ बिहे गर्ने उमेर कटेर गइसक्न आँट्यो।कहिले बालबच्चा हुने कहिले हुर्किने ?बुढाबुढी भएपछी हुर्काउन गाह्रो! असक्त हुँदा एउटा हनबेर्नो भए काम अह्राउन हुन्छ , सहारा चाहिन्छ र आस हुन्छ बुढो उमेरमा दुइ घुट्की पानी मुखमा हालिदिने हातको । फेरी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अतृप्त रात

~रामबिक्रम थापा~ तिमी एकपटक मेरो घरमा पुगेर हेर-विचार गरिदेऊ । बिदेशबाट लाहुरे मित्रको चिठ्ठी आयो । आन्द्रो गाँसिएको बाल-सखाको परदेशी आग्रहलाई बेवास्ता गर्ने वुरै भएन । बेलुकीपख ऊ मित्रको घरमा पुग्यो र प्रचलित चलनअनुसार मित्र-पत्नीलाई भाउजूको साइनोले अभिवादन ग-यो । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सेवा

~श्रीओम श्रेष्ठ ‘रोदन’~ रामभक्त बाजे प्रत्येक दिन मन्दिरमा गएर पूजा गर्दथे । गाईहरुलाई खाना खुवाएपछि मात्र आफूले भोजन गर्दथे । परसेवालाई आफ्नो धर्म ठान्ने रामभक्त बाजे मनको मात्र हैन धनको पनि सम्पन्न थिए । गाँउमा जसको घरमा जे समस्या परे … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : फाइलको अक्ष

~डा. कपिलदेव लामिछाने~ रुरी कामले सरकारी कार्यालय पुगेँ । फाइल पेस गरेँ । भोलि आउनुहोस् भन्ने जबाफ पाएँ । उही भानुभक्तकै पालाको शैलीमा । भोलिपल्ट जाँदा थाहा भयो– फाइल त्यहाँबाट हिँडेको छ, तर चक्कर काटेर आइपुगेको छैन । विज्ञान पढेको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : टिप्स

~के.पी. छुस्याकी~ लालसिं तामाङको अनुहार आज खुसीले चम्किएको छ। त्यति चमक त उसले कोलिनले सफा गरिएको टेबुलमा पनि थिएन। सावधानीपूर्वक सफाचट गरी गोलमेच संरचनामा मिलाएको छ। ऊ सुन्दर भाकामा गुनगुनाउँदै कम्मर मर्काई नाचिरहेको भान हुन्छ। ऊ सफा गरिएको मेचमा थचक्क … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : मुसोको टुसो

~रामकुमार पाँडे~ श्री गणेशाय नमः भन्ने बित्तिकै गणेशको वाहन मुसो सम्झनु पर्छ । त्यत्रा धम्मरधुस भुँडे गणेशलाई ढाडमा राखेर दगुर्ने मुसो कम बलियो हुन्न । बत्ती झिलिक्क बाल्न नपाई मिलिक्क गरेझैं कुद्ने मुसो गणेशजी ढाडमा चढेर आसन जमाएपछि के कुद्न … Continue reading

Posted in निबन्ध | Tagged , | Leave a comment

लघुकथा : इज्जत

~प्रेम के ‘निडर’~ रामदाई पुलिसले समातिएकोे हल्ला गाउँभरि फैलियो। किन समातिएको कसैलाई थाहा भएन। हल्लाले मानिसमा खुल्दुली मच्चियो, किन समातियो। कुनै नराम्रो काम नभएको भए समातिने छैन भन्ने तर्क बलियो हुँदै गयो। राम दाइका सुभेच्छकहरू साथै उनका विरोधीहरू पनि जिज्ञासु … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : भर्खर हाईस्कुल सके पछीको बास्तबिकता

~रुमन न्यौपाने ‘अमन्त’~ मानीसले एउटा न एउटा रहस्य लुकाउछ, सायद त्यही रहस्य भित्र उसले आफ्नो सन्तुष्टी र चाहानालाई भेट्टाउँछ चाहे त्यो कसैबाट कोटाईयोस् वा कसैले त्यसलाई तुच्छ देखोस् । रहस्य झन रहस्य भित्र दब्दै जान्छ । म संग त्यस्तो कुनै … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment