Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

लघुकथा : मोफसलको झीँगा

~लक्ष्मण नेवटिया~ काठमाडौङ्का चौरहरूमा फोहर थुपारिएको फोटो राजधानीबाट प्रकाशित हुने प्रमुख अखबारको मुखपृष्ठमा छापिएको थियो। मोफसलमा बस्ने एउटा भाले झीँगाले आफ्नी प्रेयसी पोथी झीँगालाई त्यो चित्र देखाउँदै उसको कानमा सुटुक्क ‘कान्छीलाई घुमाउने काठमाडौं सहर’ गुनगुनाइदिएछ।

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : देखेको हेरेर रहेछु

~दुर्गा विनय~ देख्दा–देख्दै कत्ति कथाहरू घटिसक्दा रहेछन् । भोग्दा–भोग्दै कत्ति उपन्यासहरू पनि तयार भइसक्दा रहेछन् । देखेका, भोगेकालाई लेख्दा पनि त कथाहरू तयार हुँदारहेछन् । लेख्दा–लेख्दै आवाज सुनें । बाहिरबाटै आएको हो । आवाज सुनेको हेर्न गएँ बाहिरतिरै । आज … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सूत्रकथा : म मुसुक्क हाँसें

~हिरण्य भोजपुरे~ श्रीमतीजी र म मन्दिर जाँदैछौँ । बालकुमारी । सुनाकोठीबाट । हामी हिँडिरह्यौँ । श्रीमतीजी गनगन गरिरहिन् । के रे

Posted in सूत्रकथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : जता जाँदा पनि ‘वा’ नै ‘वा’

~हरि मञ्जुश्री~ भ्रमणमा हिँड्दा हामीले धेरै ठाउँमा ‘वा’ नै ‘वा’ भेट्यौँ । ती ‘वा’ हरूको नाउँ मैले सानैदेखि सुनेको थिएँ । तर ‘वा’ भनेको के हो, मैले वास्ता गरेको रहेनछु । सोधिखोजी गरेको पनि रहेनछु । धेरैवटा ‘वा’ तर्नुपर्दो रहेछ … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : खोजी

~कात्यायन~ – धेरै वर्षको कोमाबाट फर्किए पछि, ऊ पूर्व-प्रेमिकाहरूको खोजी गर्न हिंड्यो | – उसले ब्याङ्ककको हवाई ट्रान्जिटदेखि क्यालिफोर्नियाको यअरपोर्टमा देखेकोथियो | लसभेगासको जुवा-घरहरूमा देखेकोथियो | अमेरिकाको विभिन्न सहरहरूको कन्भिनेंटल-स्टोर्सदेखि ठूला-ठूला ब्यापारिक-मलहरूमा पनि देखेकोथियो | पार्कदेखि सामुद्रिक किनाराहरूमा पनि देखेको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : दोषी

~महेन्द्र महक~ ऊ पत्रकार थियो, यो कुरा सबैलाई थाहा भएको हो । म उसको साथी, यो पनि करीब करीब धेरैलाई थाहा छ । उसले पत्रिका चलाउनुभन्दा पहिलादेखि नै उसको र मेरो साथ रहेको हो । पत्रिका चलाउन थालेपछि भने उसले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म मर्दिन कमरेड !

~आन्विका गिरी~ सरोजकी आमा रोएकी थिइनन्। आँखाका डिलहरुबाटै थाहा लाग्थ्यो, उनको एकथोपा आँशु पनि बहेको थिएन। म खबर पाएको एक घण्टामा नै गएको थिए। उनी रुँदै होलिन् भनेर सान्त्वनामा के भन्ने भनेर आधा घण्टाको बाटोभरी म सोच्दै थिए। घर पुग्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रहरै रहरको ब्वाईफ्रेन्ड

~सविता सापकोटा~ एसएलसी पछिको कलेज लाईफ , रमाईलो नै थियो । बिहानीको कलेज र दिनभरको फुर्सदको समय कहिले चाईनिज गुम्बा त कहिले बेगनास ताल रुपा अनि फेवा । कलेजबाट भागेका ति दिन अनि कहिलेकाही नक्कली हस्ताक्षेर गरेर गेटमा बस्ने मामालाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शब्द

~ध्रुब सापकोटा~ छोरा बोलेन । आँगनमा बोलेन । ओछ्यानमा बोलेन । भान्छामा बोलेन । फूल देखाउँछु । बोल्दैन । बिरालो देखाउँछु । बोल्दैन । जोगी देखाउँछु । बोल्दैन । मान्छे देखाउँछु । बोल्दैन । देउता देखाउँछु । बोल्दैन । उज्यालो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ग्रहण

~रजित ओझा~ भनिन्छ अनुभव मान्छेको सबैभन्दा ठुलो हतियार हो तर कहिले काहिँ आफ्नो हतियारले आँफैलाई क्षति पुर्याउँछ ।कहिले काहिँ मान्छेले म यो विषयमा अनुभव हिन भएको भए कति रमाइलो हुन्थ्यो होला भनेर सोच्दछ । उसलाई यसबेला त्यस्तै लागिरहेको थियो ।पण्डितले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक कथा : राजकुमारी सुकन्या र महर्षि च्यवन

~उमाशङ्कर द्विवेदी~ महर्षि भृगुका च्यवन नामक एक तेजस्वी पुत्र थिए । उनी तपस्या गर्न भनी वनमा गए । ती मुनिकुमार तपस्या गर्ने उद्देश्यले वृक्षको समान निश्चल भएर एउटै स्थानमा वीरासन लगाएर बसिरहे । बिस्तारै धेरै समय बितिसकेपछि उनको शरीरलाई तृण … Continue reading →

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

कथा : विवाह वस्तु होइन

~विश्वराज अधिकारी~ मैले प्रस्टगरी भनेको थिएँ, पहिलो भेटमा नै, कुनै कुरा लुकाएको थिइनँ । खुलस्त पारेको थिएँ– शर्मिला, म एक विवाहित पुरुष हुँ । मेरा सन्तानहरू पनि छन्, तर तिनीहरू मसँग बस्दैनन्, हामी एउटै शहरमा बसे तापनि । मैलै उनीहरूलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फिलिङ लभ ईन हस्पिटल

~केशव प्रसाद पाण्डे~ हजुरको छोराले ठिक गर्न नसकेको रोग ठिक गर्ने म छु नि अामा अब! उस्ले मेरो अाँखामा छड्के हेर्दै भनि । उस्ले किन यी सवमा मलाई कमजोर वनाएर ठट्यौली गरिरहिछे !बुझ्न सकिरहेको छुईन ।पहिलो भेटमा यति नजिक कुनै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिम्रो अमुल्य गिफ्ट ,हाम्रो भ्यालेन्टाइन

~ऋतु बराल~ हामी सबैलाई थाहा छ भ्यालेन्टाइन डे अङ्गेजी महिनाको फेर्बअरीमा पर्दछ । भ्यालेन्टाइन डे लाई हामी प्रेम दिवस वा प्रणय दिवस पनि भन्ने गछौँ । नेपालमा प्रेम दिवस पश्चिमी मुलुकबाट आएको पाइन्छ । विभिन्न अन्तराष्ट्रिय टिभी च्यानलहरुले गर्दा पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ‘भ्यालेन्टाइन डे’ का गफ

~भूमि भण्डारी~ ‘गिफ्ट के दिन्छौं त मलाई ।’ ‘गिफ्ट? ल आँखा बन्द गर’-मैले भनें । ‘नाई, मलाई डर लाग्छ ?’-उनले आँखा बन्द गर्न अस्वीकार गरिन् तर गिफ्ट भने मागिरहिन् । म चाँही के गिफ्ट दिनेहोला भनेर सोचिरहेको थिएं । त्यतिखेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पत्रकार रेश्मा

~क्रान्ति पराजुली~ रातभर निन्द्राले साथ दिएन । निदाउन खोजे पनि मन र मष्तिष्कमा उडिरहेका विचारका वादलहरु रोकिने अवस्थामा थिएनन् । म त्यस्तो साथीको एकदमै आत्मिय साथी थिएँ जो सेक्सलाई शारीरिक आवश्यकता मात्र सम्झन्छे । मेरो विचारमा, सेक्स माया व्यक्त गर्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेवारी लोक कथा : जामन गुभाजु

~अज्ञात~ उहिल्यै परापुर्वकालमा काठमाडौं उपत्यकाको पाटन नगरीमा तन्त्रमन्त्रविद्यामा ठूलो सिद्धी प्राप्त गरेका एकजना गुभाजु थिए। एक पटक यस नगरीमा भारतबाट एकजना जादुगर आई आफ्नो एक जना चेला साथै लिई चटक देखाउन थालेछन्। ती जादुगरले अनेक चटक देखाई झुक्याउँदै त्यसलाई तन्त्रमन्त्रको नाम दिई यस … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : ‘पागल’ पाइलट

~अशोक सिलवाल~ फाट्टफुट्ट सेता बादलहरुसहितको नीलो आकाशमा छिनछिनमा प्लेनहरु उडिरहेका थिए । हामी एयरपोर्ट नजिकै पशुपतिको बनकालीमा थियौं । ‘अबको केही घन्टामा तिमी पनि प्लेनमा उड्दै छौ’, मैले माइकललाई भनें । ‘हो । म पेसेन्जरको रुपमा उड्दैछु’, उसले भन्यो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अकल्पनिय प्रेम

~नारायण पोखरेल~ ओह , यो गर्मि , चर्किएको घाम त्यसमाथि थोरै थोरै हावा चलिरहेको तर हावा पनि कस्तो तातो । साथमा एकजना दिदी हुनुहुन्थ्यो । म बिदाको दिन थियो यसै फेरो लगाउन निस्लिएको थिएँ । बाटोमा दिदी भेटिनुभयो र सँगै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम तारा

~दिपा धिताल~ “सविता, म तिमीलाई असाध्यै प्रेम गर्छु । म तिमी विना एकपल पनी बाँच्न सक्दैन । अनी तिमी विनाको संसार म सोच्न पनी सक्दिन । म तिम्रो अगाडी यतीवेला एउटा भिक्षुक बनेर मायाको भिक्षा माग्दैछु । के तिमीले मलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : केटो हेर्न आउँदा -‘आई ह्याभ अ गलफ्रेन्ड’

~सविता सापकोटा~ छोरीको बिहे समयमै गर्नुपर्छ । धेरै बुझ्ने भएपछि बिहे गर्न गाह्रो हुन्छ । ‘सेटाएर’ मैतिर थियो । बुझे पनि नबुजेझैँ बसिरहेँ । मेरो विचारमा सायद अलि अपरिपक्व हुँदा नै बिहे गर्दा केटीले बाबुआमाको रोजाइमा हस् भनी स्वीकार गर्छिन् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : माघ महिना / पुरानो पाखी

~कात्यायन~ – माघ महिना निख्रिसकेको थियो | आमाले कोसेली दिएको थोत्रो पाखी उनी घाममा सुकाउंछिन् | – उसले उखान सुनेको थियो – ऋण लिएर पनि घीऊ खाऊ | – उनले सुनेकीथिईन् – दिंदा माथिल्लो हात, लिंदा तल्लो हात |

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : नेता मोहनप्रसादले देखे डरलाग्दो सपना

~विश्वराज अधिकारी~ भगवानको अप्रत्याशित आगमनबाट प्रसन्न हुँदै तर अलि डराएर नेता मोहन प्रसादले भने–“प्रभु, मेरो घरमा बडो कृपा गरिपाल्नु भयो, म धन्य भएँ, हजुर यसरी आउनुहोला भनी मैले कहिले चिताएको थिइनँ। नेताको कुरा सुनेर भगवानले हाँस्दै भन्नुभयो–“नेता मोहनप्रसाद, तिमी त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक अंश : रामगीता

~भानुभक्त आचार्य~ साथमा लक्ष्मणजी थिया प्रभुजि थ्यैं कुन् हो ठूलो विष् भनी । सोध्या लक्ष्मणले र सब्‌कहनु भो विस्तार् प्रभूले पनी ।। व्रम्हास्वै विष हो भनी नृगजिको विस्तार् सुन्याथ्या जतै । बुझ्यो चित्त र फेरि लक्ष्मणजिले क्यै सोच्नालाग्या तसै ।।१२१।। … Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment

कथा : सतिस मर्‍यो !

~जीवन देवान गाउँले~ मलाई साक्षी राखेर उसले जुन कुराको घोषणा गर्यो, त्यस कार्यलाई मैले हर्कतको संज्ञा दिए । किनभने उ जे भन्थ्यो हुदै गरेको चै अर्कै लाग्थ्यो मलाई । ‘पट्याउदैछु ।’ भन्नलाई त उ यसो भन्थ्यो । तर अरूहरू उ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : छोरो हरायो

~मदन राई ‘लामाखुले’~ छोरो हराको तीन वर्ष बितिसक्यो, खुटखबर छैन । नयाँ नेपाल बनाउन जानुपर्छ भनेर गएथ्यो । एक चोटि पनि फर्केर आ’को छैन। घरबाट हिंडेको आज सात दिन भो । नयाँ नेपाल भनेको यहाँभित्र छ कि ?

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : त्यो

~मोहनविक्रम सिंह~ त्यो कहाँ बस्थ्यो, के गर्दथ्यो ? यो कसैलाई थाहा हुँदैन । बिहान….. घाम झुल्केको केही पछि त्यो बजारका माझमा एउटा पिपलको रुख थियो । त्यो घाम अस्ताएको केही वेरपछि त्यो पिपलका रुखहरूबाट उठेर जान्थ्यो । फेरि अर्को दिन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : नयायुगको कथा

~लक्ष्मण नेवटिया~ जंगलका बीचमा दुई गाउँ । एक खोलापारी एक वारी । खोला पार गर्न ढलेको रुख । एक पटकमा एक जना वारी वा पारी गर्न सक्ने । एउटा केटा पारी बाट ठीक त्यही बेला एक तरुणी वारी बाट खोला … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : ल्यापटपको बाबा

~सरगम भट्टराई~ आज शरद अरब भाँसिएको ठ्याक्कै चार पुगेर पाँच वर्ष लागेछ। यसबीच जिन्दगीका आरोह-अवरोह सबै लेखेर लेखिन्नन् उसका। समयको चक्र घुमिरहँदा कति रात रोएर बिते ऊ आफैंलाई थाहा छैन। आज शरदको बिदाको दिन। तितामिठा यादहरु फनफनी घुमिरहेका छन्। घर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बानेश्वरमा सडक नाटक

~भूपिन~ साहित्यमा झैं अभिनयप्रति पनि मेरो विशेष प्रेम र लगाव थियो, तर गाउँमा अभिनयको लागि कुनै मञ्चहरू उपलब्ध थिएनन्। एउटा पनि साहित्यिक संस्था स्थापना नभएको गाउँमा नाटकमा समर्पित संस्था नहुनु कुनै अनौठो कुरा थिएन। नाटक मञ्चन र अभिनय मेरा लागि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : के तिमी मेरी श्रीमती बन्छौ र ?

~दिल थापा~ गाँउतिर बाबा आमालाई भेट्न भनेर सवारी भो कि मेरा गोडाले घरको दैलो टेक्न नपाउदै मेरी आमैको प्रवचन सुरु भैहाल्छ मेरो बिहेको बारेमा । कुन्नी कती अध्याय सकाउनु भो सोध्न पनि भ्याको छैन । बिहेको कुराले मलाई वाक्क बनाईसक्यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : रित्तिन सकू म

~निर्मोही व्यास~ ‘कृष्ण त्वदीय पदपङ्कज पञ्जरान्ते अद्यैव मे विशतु मानसराजहंसः प्राण प्रयाणसमये कफवातपित्तै– र्कण्ठावरोधनविधौ स्मरणंकुतस्ते’ संस्कृत साहित्यको भक्ति धाराका एक कविले आफ्ना उपास्य कृष्णको भक्तिमा चुर्लुम्म डुबेर माथिको स्तुतिपद्यमा आफ्ना आकाङ्क्षा यसरी प्रकट गरेका छन् ः ‘हे कृष्ण, तिम्रो पाउकमलरूपी … Continue reading →

Posted in निबन्ध, विचार मन्थन|चिन्तन | Tagged | Leave a comment