Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

साउन विशेष कथा : मेहेन्दी

~नविन काफ्ले अभि~ साउनको महिना नारीको महिना हो रे त्यही भएर होला बहिनीले मलाई अषाढको अन्तिम साता नै भनेकी थिई दाई म साउनको पहिलो सोमबार पशुपति जाने हो तपाई साथमा गई दिनु पर्छ नि है भन्दै प्रमिस गराएकी थिई । … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : भाग्यले नि ठगेको मान्छे

~दिपा धिताल~ जिबनमा कति तड्पिनु । कती रुनु । तर पनि रोए ,कराए गुहार मागे म दोसि हैन हुँदै होइन भने मेरो एकोहोरो आवाज कसैले सुनेनन सुन्दै सुनेन् । निर्दोषिलाई दोषि ठहर्‍याउने दोषिलाई निर्दोष ठहर्‍याउने यो मानबता, कानुन नै नभएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : परिणाम

~यकिना अगाध~ यो धेरै वर्षअघिको कुरो हो । हिन्दू धार्मिक कथाअनुसार त्यतिबेला महादेव नाम गरेका भगवान सबैभन्दा शक्तिशाली थियो । उसले जसलाई जे बरदान दियो तुरुन्तै प्राप्ति हुने गर्दथ्यो । एकदिन सर्पलाइ आफू पृथ्वीको सबैभन्दा शक्तिशाली जीव बन्ने इच्छा पलायो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

मनोवाद : कान्छा ! आजपनि गाउँ त रातै होला हगी !

~दीपशीखा~ कान्छा ! तिमी त आराम हौला पहाडहरुमा ! तिमी तकुशल हौला स्याउले झुपडीहरूमा । भर्खर भुल-भुले मुहान पानीमा तिम्रो आँत शितल होला । ठेला उठेका हातले उब्जेको श्रमको गाँसमा तिमी त पवित्र हौला । आज पनि देखिन्छ होला नसिङ्ग … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : खै–खै

~केशवराज पिँडाली~ कसले सुनिदेला यो गुनासो ? बाबुले हप्काई–हप्काई आमाले फकाई–फकाई कति भने– केटाकेटीमा ‘चुरोट नखानू’ भनेर, कानमा बतास लाइएन । अब आज आएर पछुताउनु परिरहेछ । खानु के छ र उही पनि यो महँगीको चुरोट न हो ? आफ्नो … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : सुन्नेलाई सुनको माला

~शान्तिराम ढकाल~ बाले जमानामा जंगलामुलुक फांडेर ओरालो भिरालो, सम्म जोडेर कुलो पैनी खनेर एउटा ठुलो खेत तयार पार्नु भएको थियो, आमैले धेरै दुख: गरेर दुई भाइ जुम्ल्याहा दाजुभाइलाइ हुर्काउनु भो बढाउनु भो पढाउनु भो, सारै मिल्थे दुवै जना | शत्रु … Continue reading →

Posted in लघुकथा | Tagged , | Leave a comment

लोक कथा : ट्याम्केकी देवी

~सङ्कलन : रामविक्रम थापा~ पूर्वी पहाडका अग्ला डाडाहरूमध्ये ‘ट्याम्के’ सबैभन्दा अग्लो (३६२० मिटर) र प्रसिद्ध डाडा हो । सफा मौसमको सूर्योदयपूर्व ट्याम्केबाट दार्जीलिङ र काठमाडौं समेत देख्न सकिन्छ । खोटाङ र भोजपुर जिल्लाको सिमानामा अवस्थित यो ट्याम्के डाडामा देवीथान छ … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

लघुकथा : उनी आइनन् त….

~कमल खतिवडा~ गाउँमा वसी सक्नु थिएन । युवाहरु घर छोडेर कोही शहर पसे कोही विदेश हिडें । हामी सर्वहारा वर्गको उन्मुक्तिका लागि लड्दैछौ अव तपाइहरुले पनि सहयोग गर्नु पर्छ भन्थे । उनीहरु धन वा जन चाहन्थे । नदिनेलाइ जवरजस्ति पनि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बिन्दुको गाइनोएक्जाइल

~प्रवीण राई जुमेली~ त्यस दिन बिन्दु सुटुक्कै नै ड-सित पसेकी थिई – फुड-कोर्टमा । ढ भने कता छाडियो, त्यो अहिलेको उसको चासो भएन। भनूँ अहिलेको यो क्षण उसले ड-लाई नै समर्पित गरिदिई। तापनि उसको आइफोनमा ढ-को कल घरि-घरि आइरहेथ्यो जसलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोवाद : मुस्कान छैन

~अच्युतरमण अधिकारी~ धेरै छन् कुरा ! छट्पटी छ, वेदना छ तर मुस्कान छैन । मुस्काउन मुस्किल पर्छ नि त ! कसैले भनेर भएन, कसैले जानेर भएन ! आफ्नु मुस्कान त आफैँसँग छ, यहीँ हुन्छ- त्यो कसलाई पो थाहा हुन्छ र … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कथा : उर्वर समय

~बिपिन शर्मा~ मेरो लागि संसार उस्तै हुन्थ्यो। हो कुनै कुनै कुराहरु बदलन्थे तर परिवर्तन पनि त आफैंमा निश्‍चित थियो। म केहि अनुमान गर्न सक्थें परिवर्तनको पनि। भोली यस्तो होला……. साँच्चै हुन्थ्यो,…. वा अलिकति फरक हुन्थ्यो। म विहान सधैं आफूलाई ऐनामा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कठपुतली

~पुण्य कार्की~ “थुइक्क साला ! यस्तो पनि जागिर हो ?” भित्रबाटै घृणा र थकथकीको थुक सोहोरिएर ओठसम्म आउँछ, पिच्रिक्क थुकेर ओठका जुँगा मुसार्छ हल्दार टलक बहादुर । उसलाई आजभोलि सपना हो कि विपना हो, छुट्याउन गाह्रो परिरहेछ । उसलाई आजभोलि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : ढुकुर र कौवा

~हरिप्रसाद भण्डारी~ जङ्गलमा कौवा, ढुकुर, कोइली, जुरेलीलगायत विभिन्न जातका चराचुरुङ्गीहरू बस्थे । वर्षा सुरु हुनुपूर्व सबैले गुँड बनाउँथे, फुल पार्थे र चल्ला कोरलेर हुर्काउँथे । उनीहरूको समूहमा बस्ने कौवा अलि धु्रत थियो । अन्य चराचुरुङ्गीहरू चारो खोज्न गएको मौका पारेर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : वदनाम युवती

~राजेन्द्र ज्ञवाली~ ‘मेरो वारेमा केही सुनेका थियौ ?’ उसको प्रश्नले मलाई दुविधामा पा¥यो । हो उसको वारेमा मैले गाँइगँुई सुनेकै हो । कसै वारे हुने गाँइगुँईको अर्थ प्राय चरित्रसँग जोडिएको हुन्छ । हो त्यही अर्थमा मैले उसका वारेमा सुनेको थिए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आँखा र आँखाहरू

~सुमित्रा न्यौपाने~ सुन्दर बगैंचाको वरिपरि विभिन्न किसिमका चराहरू चिरविर चिरविर गर्दै रमाइरहेका थिए । बगैंचाको छेउमा आफ्नो फरक लाली रुप रंग बोकेको गुलाव बोल्न खोजिरहेजस्तो गरी हल्लिरहेको थियो । मखमली, हजारी, सूर्यमुखी लगायतका सबै फूलहरूले आफ्नो शक्तिले भ्याएसम्मको यौवन छछल्काइरहेका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : अँध्यारो पनि उज्यालो लाग्छ

~कृष्णचन्द्रसिंह प्रधान~ सारा आप्तवचनलाई डस्टविनमा हालिदिउँ कि जस्तो झोँक चल्छ कहिले । आगो लगाएर सल्काइदिउँ कि जस्तो पनि जङ चल्न थाल्छ कहिले । हो म कहिलेकाहीँको कुरा गर्दैछु । मृतवत् मन्त्र जपेर वर्तमानमा युद्ध जित्न सक्तैनौँ । उन्नाइसौँ शताब्दीका एकजना … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : रजनीगन्धाको पीड़ा

~उदय थुलुङ~ अहिले म़ञ्चमा देखिँदैगरेको हरि सरको सौम्य अनुहार, त्यसमा टाँसिएका दुइ काला – काला अक्षरहरूजस्ता आँखाहरूलाई हेर्नसकेकी छैन निरमायाले। भुइँतिर हेरेर उसले आवाजलाई मात्रै सुन्दैछ हरिसरको। ‘न आको भा पनि हुन्थेछ।’ निरमायालाई लाग्दैछ। ‘बित्थाको भजन।’ उसले ठान्दैछ। रजनीगन्धाको सुगन्धसित … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अन्तत

~यकिना अगाध~ ‘चाडबाड आयो ।’ घरका सबै पाल्तु जनावरहरुलाई खुकुराले बास्दै सचेत गरायो । ‘ए है !’ कान ठाठाडा पार्दै राँगा भैसीले चनाखा देखाए । ‘आ जे होला होला… ।’ भवितव्य भइ नहाल्लान भन्ने मुडमा बोका बाख्राहरु देखिए ।

Posted in लघुकथा | Tagged | Leave a comment

सूत्रकथा : घाम र नून

~कात्यायन~ – जेठ महिनाको टन्टलापुरमा सौर्य-स्नान गरिरहेको उसले विचार्यो – आज घाम लाग्ने छैन | – बन्दको जत्थालाई रुख्खा खकार थुक्यो / सुक्खा गर्दन मैलो गंजीले पुछ्यो र घर हिंड्यो | भर्न बाँकी घैंटो घाँटीभित्र नै छिराउँला झैं गर्यो प्यास … Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

कथा : सिंह र मुसा

~कालूसिंह रनपहेंली~ यसपल्ट म जङ्गल पसें- आधा मगज भएर होइन यसो रे रहेछ जङ्गलतिर भनेर बुझ्नु, जान्नुलाई। लाटपञ्चर मुनिको त्यो गुफाटारतिर गएँ। उहिले यो गुफाटार थियो जङ्गल अनकण्टर। अहिले गुफाटार गोइन गफाटार भएको रहेछ। अहिले यहाँ कोही गुफा बस्दैन, मान्छेहरू … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : राष्ट्रिय चिन्ता

~आर.सी. रिजाल~ यस साउनको अविरल वर्षाले आफ्नो जिल्लामा केकति क्षति भयो, सोबारे बुझ्न म मेरा मित्र इन्जिनियर देशभक्त शर्माकहाँ पुगेँ। फरासिलो स्वभावका धनी मित्र कोठाभित्र दारीसमेत नखौरी जिङरिङ्ग परेको देख्दा बाढीपहिराले राष्ट्रिय सम्पत्ति नोक्सान पु-याएको कारण चिन्ताले सताएको हो भन्ने … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : घाइते

~टीका सुवेदी~ दृश्य एक     सहरको अफिस जाने समय। व्यस्त सडकमा एउटा दुर्घटना हुन्छ। मोटरसाइकल-चालक एउटा युवक र ठक्कर लागेकी एउटी युवती दुवै अत्यन्त नराम्रोसँग घाइते हुन्छन्। हल्लाखल्ला मच्चिन्छ, भीड जम्मा हुन्छ। पुलिसहरू आउँछन्, घटनाको जायजा लिन्छन् र दुवै घाइतेहरूलाई … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : मलाई माफ देऊ

~कृष्ण धरावासी~ टाउको किचिसक्दा पनि लिरिक-लिरिक पुच्छर हल्लाइरहेको सर्पले झैँ संवेदना मरिसकेको काठजस्तो मन फेरि एकपटक झल्याँस्स भएर बौरियो, तर्सियो । कल्पनै नगरिएको, नसोचिएको, नचिताइएको समाचारले लास पनि बौरिँदो रहेछ क्यारे, लासै त भइसकेका छौँ नि हामी । हामीलाई दुख्न … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

पौराणिक बाल कथा : चार मित्रहरू

~उमाशङ्कर द्विवेदी~ कुनै वनमा एउटा पोखरीको डिलमा बसेर हिरण्यक मुसा, मन्थरक कछुवा तथा लघुपत्तनक काग गफ गर्दै थिए । त्यतिकैमा चित्रा· नाम गरेको एउटा मृग शिकारीको भयले त्रसित भएर कुद्दै त्यहीं आइपुग्यो । तर्सिएर भाग्दै गरेको त्यस मृगलाई आफूतिर आइरहेको … Continue reading →

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

कथा : एउटा जायज प्रश्न

~समीर पाख्रिन~ अन्तर विद्यालय ‘अङ्ग्रेजी हिज्जे तथा हस्तलेखन प्रतियोगिता’ कार्यक्रममा स्थानीय डा. कुमारलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको थियो । डा. कुमारले आफ्नो व्यस्तता देखाइ पन्छिने सक्दो प्रयास गरेका थिए तर आयोजकको ढिपीको अगाडी उनको केही लागेको थिएन । अन्तत: … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माथीसारा

~पूर्ण ओली~ म भर्खरै नेपाली साहित्यमा उच्चशिक्षाको पढाइ सकेर साहित्यमय भएर गाउँ फर्किएको थिएँ । आफ्नै कदमहरु छन्दमय लाग्थ्यो । आफ्नै ढुकढुकीबाट निस्कने मीठो सङ्गीतको धुन सिरकभित्र गुटमुटिएर सुनिरहूँजस्तो लाग्थ्यो । आफूलाई विशाल शब्दभण्डार ठान्दथेँ । आफ्नो ओठबाट फुत्तफुत्त निस्कने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : लीला

~यकिना अगाध~ नयाँ अफिसमा सरुवा हुनासाथै हाकिमले अफिस सिङगार्यो । रंगरोगन, पुराना फर्निचर तथा सामानहरुको मर्मत सम्भार र नयाँ खरिद गरायो । बगैंचामा विभिन्न प्रजातिका फूलका नयाँ नयाँ गमलाहरु थपे । कसैले उच्च ओहदामा उजुरी हाल्यो । जाँचबुझ

Posted in लघुकथा | Tagged | Leave a comment

लामो कथा : कलेज

~अनिल सौगात सुबेदी~ १ भर्खर स्कुले जीवन बिताएर कलेज जानू आफैमा खुसीको कुरा थियो । स्कुलमा जस्तो गृहकार्य गर्न नपर्ने र पढ्न मन लागे पढ्ने नत्र जता गए नि हुने भन्ने कुरा धेरै सुनेको थिए मैले । आज सुरु दिन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : मास्टर साहेब

~कविराज भट्ट ‘बिलौना’~ मास्टर साहेब, जब तपाँइ आफ्नो विश्वविद्यालयमा म लगाएत हजारौँ विद्यार्थीहरुलाई लेख्चर दिन आउँनुहुन्छ तब मौलिकता र स्थानीय संस्कृतिका कुरा गरेर मख्ख पारेर जानुहुन्छ ? आँखिर किन ? शायद मेरो यो भनाइले तपाँइलाई रिस उठ्ला, दिक्क लाग्ला र … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : वेल्सी स्ट्रीटका जर्दारी

~विश्वराज अधिकारी~ सन् २००५ जनवरी महिनाको पहिलो हप्तामा म डन मिल्स रोडको बसाइँ सारेर वेल्सी स्ट्रटीमा आएँ । तर डन मिल्स रोडको बसाइ भने मलाई निकै मन परेको थियो । म बसेको डन मिल्स रोडको त्यो अपार्टमेन्टबाट मल र अरू … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

युद्ध कथा : प्रतिवद्धता

~सरल सहयात्री पौडेल~ हामी भन्दा तिन–चार सय मिटर तल भिषण वाढी लिएर वग्ने धमिलो नदि वगिरहेको छ ।, अकल्पनिय अप्ठ्यारो पहरामा कुनै स्पार्टाकसले वनाएको साँघुरो सिंडि हँुदै हामी उकाली लागीरहेका र्छौं ।, मुसलधारे वर्षातले हामीलाइ चुटिरहेको छ मानौं हामीले यसअघि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नाक कसरी ठाडो हुन्छ ?

~आन्विका गिरी~ मलाई म आफु त्यो घरमा आएदेखि नै अझ होची भएजस्तो लाग्थ्यो। तीनबर्ष अघि म आउँदा पल्लो घरकी रीता र म उत्रै थियौ। म उसंग आफ्नो उचाइ बरोबर नाप्ने गर्थे। उसको र मेरो कुम बराबर थियो तर देख्दादेख्दै मेरो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment