Category Archives: कविता

Nepali Poems

कविता : रेखा सम्वन्ध

~टंक सम्वाहाम्फे~ रेखा त्यहाँबाट यहाँ सम्म कोरीएर आएको रहेछ किनकी मैले रेखालाई सुम्सुम्याउँदा त्यहि कुरा थाहा पाए एउटा विन्दु अनेकौं रेखा र अनेकौं रेखाका अनेकौं विन्दुहरु जहाँ उहिलेबाट अहिले सम्म अहिलेबाट उत्तर भविष्य तिर विद्यमान हुँदै जाने यी रेखाहरु जन्मेपछि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुमान

~बाबु त्रिपाठी~ चराहरू भएनन् भने, सिङ्गो ब्रहृमाण्डबाट कविहरूको निशान मेटिन सक्छ धैरैले बिहान भएको चाल नपाउन सक्छन् मान्छे मन खोलेर हाँस्न बिर्सिन सक्छ र, बात नलाग्ने गरी चोरिएका गीतका सरगमहरू हराउन सक्छन् । जे पनि हुन सक्छ जस्तो कि

Posted in कविता | Tagged | Leave a comment

कविता : कबि प्रतिष्पर्धी लडाकु होइन

~आचार्य प्रभा~ म प्रतियोगी बन्न सक्छु तर ………..प्रतिष्पर्धी बन्न सक्दिन मैले कबितालाई दाउमा राखेर कसै सँग बाजी जित्नु छैन ”कबिता ”त स्वच्छ, साचो भावना अनी समाजको दर्पण हुनु पर्दछ न कि ………कसैको कलमको आसुँ जित्ने लक्ष यदी ……..उसो हो भने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समय र देश

~डिल्ली मल्ल~ निष्ठूर पृयसीको पर्खाइमा पर-परसम्म नजर डुलाइरहेको कुनै व्याकुल प्रेमीजस्तै हामी पर्खिरहेछौँ निरन्तर निरुत्तर विकट विगतको समृद्ध सपना र, गन्ती गरिरहेछौँ हर सेकेण्डहरु वटुवाहरु आइरहेछन्-गइरहेछन् गइरहेछन्-आइरहेछन् र नापीरहेछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : डेङ्गु

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~ डेङ्गु अर्थात डेन्जर गन्ध डेड्ली गन्ध होसियार!चुनावको स्याल बनेकाहरु आज सिहदरवारमा छन् । डेङ्गु सक्रमित अझै सत्तामा छन् ।। राख्ने/टिकाउने दुबै डेङ्गु-सत्ता डेङ्गु-हत्या डेङ्गु-भत्ता डेङ्गु-मत्ता सयौ डेङ्गुधारीहरु अझै सत्ताको उपचारले बाँच्न खोज्दैछ । लामखुट्टेलाई छिमेकीबाट आमन्त्रण … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पसिना ब्राण्डको पर्फ्युम

~रुपाबुङ शुष्मा~ यस्पालिको छुट्टिमा पल्टन बाट आउदा कुन ब्राण्डको पर्फ्युम ल्याईदिउ भनेर तिम्ले सोध्नु अनि हुत्तिएर एकहुल हावा सरर मेरो झ्याल बाट छिरेर अस्ति तिम्ले छोडेर गाको हरियो पाङ्रे लुगाबाट पसिनाको बास्ना मेरो नाकैमा टास्सिनु कस्तो सम्योग !! बिजुली चम्किनु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वर नहुँदाको कुरा

~प्रसन्न घिमिरे~ नबोल्ने नरुने कुनै रुवाबासिको हर्कत नगर्ने केही गर्दै नगर्ने त ईश्वर हो अझैँ त म ईश्वर भएको छैन । पानीकै मात्रा बेसिनै सहि दूँध लिएर आउँछ मृत सपनाहरूको फोहरनै

Posted in कविता | Tagged | Leave a comment

कविता : बेबारिसे देशको किर्ते मनुवा म

~निश्चल काउचा~ सिमा स्तम्भहरु मेरै छात्तीमा ढाल्दा जुगौ देखी पुर्खाको रगत ,पसिनाले सिञ्चेको लाजपुर्जा बिहान उठदा किर्ते हुँदै सप्तकोशीमा बग्छ आफ्नै आखाबाट बगेको सप्तकोशीको पानी म अञ्जुलीले उघाउन सक्तिन बेबारिसे देशको किर्ते मनुवा म अस्रुधारा आशु बगाउदै

Posted in कविता | Tagged | Leave a comment

कविता : उस्तै छु म

~हेमन यात्री~ उस्तै छु म आजपनि आइरहेछ स्मृतिमा अतीत जीवनका कुनै एकबेला टुप्लुक्क पुग्थ्यौं तिमी मेरो घरको आँगनमा र समयको बुई चढेर लेखेट्थ्यौ दिनभरि घर छेउछाउ लुकिबसेको एकान्त, साँझपख जब कतै फर्कनुहुन्थ्यो आमा

Posted in कविता | Tagged | Leave a comment

कविता : अमेरिका तेरो प्रजातन्त्र

~उत्तम न्यौपाने~ मानवता, प्रजातन्त्र र विश्व शान्ति तेरो चाहना हामी पनि त्यही चाहन्छौं विश्व भातृत्व, विश्व शान्ति फरक यति मात्र हो तँ शान्ति फैलाउन एसएलआर पड्काउँछस्

Posted in कविता | Tagged | Leave a comment

कविता : बधशालामा सीता

~मनमाया वि.क.~ चारैतिर बगरेको घुइँचो थियो बधशालाको एउटा कुनामा सीता थिइन ठाउँ ठाउँमा छोपिएको कहीं कहीं देखिएको अर्धनग्न शरीर वरपरि झिंगाहरू काँपिरहेका लुगलुगी स्वादिलो जिब्रो लिएर कालरात्रीको सुनसान सन्नटा

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी नै …

~कुन्दन काफ्ले~ तिमी नै गीत हौ, संगीत मेरो तिमी नै । तिमी नै प्रीत हौ, मनमीत मेरो तिमी नै । तिमी नै जीत हौ, अर्जित मेरो तिमी नै । तिमी नै हित हौ, सृजित मेरो तिमी नै । तिमी नै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देशको भविष्य

~अरुणबहादुर खत्री “नदी”~ समयले कुन रुप लिन थाल्यो अचेल मुस्किल परेको छ पहिचान गर्न सत्य बोल्ने मानिस भेट्टाउन दुरुह नै भइसक्यो देशको भविष्य निर्माण गर्न । देशमा अन्याय र अत्याचार गोलबद्ध भएर बढिरहेछ दिनप्रतिदिन

Posted in कविता | Tagged | Leave a comment

कविता : केही किनारा लाग्नेछन्

~सन्तोष लामिछाने~ बेगसँग हुत्तिने शोषणको छाल बनेर मानिसका मिहेनत बगाएर सोहोरौं भन्नेहरू पसिनाले सिंचेर भर्खरी टुसा उम्रेका इमानलाई जबर्जस्ति घुसपैठको आहालमा डुबाउँ भन्नेहरू तेस्तो गर्न केहीको मन नमान्न सक्छ तेसैले ती किनारा लाग्नेछन् भोक, अभाव, अनि गरिबीका भावना छुँदै मान्छेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बेनाम तिमीलाई

~प्रणिका कोयु~ म जान्दिन कति कुरा म बुझ्दिन कति कुरा जब सम्म सिधै भनिन्दैन्नन ती जब सम्म स्पष्ट सुनिन्दैनन ती म जान्दिन कति कुरा म बुझ्दिन कति कुरा

Posted in कविता | Tagged | Leave a comment

कविता : यक्षप्रश्न

~गणेश खड्का~ युद्द आहात बस्तीको साक्षात् प्रतिनिधि जीविकाको खोजीमा निरिह मुग्लानिएको कर्म योद्दा एउटा यक्षप्रश्न सोधी पठाउँछ घर भँडुवाहरुको नाममा खबरदार ! शान्तिको गीत गाउँदै धर्ती बोक्न चाहने कयौं भयग्रस्त निर्दोष अनुहारहरुको कोहिनूर युद्दोभिमानका क्षेप्यास्त्रहरुले नछेडिऊन् l … सावधान !

Posted in कविता | Tagged | Leave a comment

कविता : को चुप्प बस्न सक्छ ?

~हस्तबहादुर केसी~ राष्ट्रिय स्वाधिनता माथि धावा बोलीरहेको बेला हाम्रो सिमानाहरु पराइले मिचिरहेको बेला हाम्रा नदीनालाहरु पराइलाई बेच्ने तयारी भइरहेको बेला हाम्रा जंगेपिलरहरु पराइले गायब पारिरहेका बेला हाम्रो प्यारो जन्मभूमि पराइले अतिक्रमण गरिरहेको बेला

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी नेपाली

~मनोज कफ्ले ‘मनसुन’~ तिमी पोख्रेली म स्याङ्गजाली हाम्रो देश नेपाल हामी नेपाली हिडौ सदभावनाको बाटो बनाई या दंगाली होस् तिमी झापाली हाम्रो देश नेपाल हामी नेपाली

Posted in कविता | Tagged | Leave a comment

कविता : पूर्वलडाकूभित्रका उच्छ्वासहरू

~नीरज लवोजु~ १ तिमीलाई म त्यत्ति नै घृणा गर्छु जति घृणा हामी उसलाई गर्थ्यौं। अनिकाल लागेको भोको बस्तीमा तिमीले पनि र मैले पनि एक–एक डोको सपनाको भारी बोकेर थालेको यात्रा तिमीले धान–चामलसँग साटेपछि हामीले सँगै कुँडेको आस्थाको बुट्टा बगरमा लेखेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रमिथसको आगो

~सुरेश बखुन्छे~ निष्पट्ट अँध्यारोमा कहीं कतैबाट टिलपिल टिलपिल बलेको एउटा भुङ्ग्रो खस्दा धेरैले उज्यालो र न्यानोको महसुस गरेका थिए। ‘उज्यालो भयो, अब त अँध्यारो नहोला (?)

Posted in कविता | Tagged | Leave a comment

छोक : मृत्यू

~सागर कार्की~ मलाई चितामा राख जलाऊ अनि खरानी बनाई नदीमा बगाऊ म त्यो पल फेरी बाच्नेछु म धर्ती बनेर बाच्नेछु मेरो मृत्यूमा शोक नगर

Posted in कविता | Tagged | Leave a comment

कविता : कल्पनाको डायरी

~प्रकाश सुनुवार ‘निराकार’~ कल्पनामै सक्दो हाँसियो मुटुमा गहिरो भई गाडिएको मायाको खिल मुटुमै कतै बिलादिन खोज्दै कस्सी कस्सी हाँसियो हाँसिहाँसी, विछोडको मायाको मुुल्य चुकाउन पनि खोजियो कल्पणामै तिमीसित पुनः झुक्किझुक्कि माया पनि लाइयो कस्सम् ! तिमी नवप्रेमी नभएपनि

Posted in कविता | Tagged | Leave a comment

छोक : स्वार्थ

~टिका भुषण दाहाल~ एउटा मान्छे आयो उसले बारी पायो एउटाले उसलाई मल दियो अर्कोले पाऩी तेस्रो आयो रोप्ने बिऊ दियो

Posted in कविता | Tagged | Leave a comment

कविता : अक्षरहरु

~सुरज राना~ कागजको छातिमा राजमार्ग बनाएर अक्षरहरुले महायात्रा गरे पछि मात्रै कागज बाइबल बन्यो कागज कुरान बन्यो कागज त्रीपिटक बन्यो कागज गीता, पुराण र महाभारत बन्यो आज यिनै कागजहरुको थुप्रोलाई ढोगे पछि मान्छे इसाइ बन्छ मान्छे इस्लाम बन्छ मान्छे बौद्द … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : साइबर क्याफेमा

~दिपेन घिसिङ्~ आउँछे घर झर्ने बाटो बिर्सिएर काँचुली युनिफारमको फेर्न नभ्याई पिठियूँ हत्केलाभरि छरपस्टिएका खाता-किताबमा हतारिँदैछ पस्नलाई साइबर क्याफे। बस्छे

Posted in कविता | Tagged | Leave a comment

कविता : अबोध मुस्कान र युद्धका कथा

~युवा अज्ञात~ अनुहारहरुमा सधैं युद्धकै त्रासदी देख्ने आँखाले तिम्रो तस्बिरमा केवल निश्चलता देखे अबोधता र कोमलता देखे तब मैले आफ्नै बालपन सम्झिएं कुनैदिन म पनि तिमी जस्तै थिए मनै देखी हाँस्दथें दिलै खोलेर मुस्काउथें हो मेरा मुस्कानहरुले पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : उज्यालोको एकालाप

~अरुणा बैद्य~ आकाशबाट घाम बर्सिरह्यो बिहानदेखि नै एक बाल्टिन घाम थापेर रातका लागि जोगाऊँ भनेको घाम आफैँ ‘उज्यालो खोज्नु छ बस्नु हुन्न राति, कर्फ्यु छ’ भनेर बाल्टिनलाई छोडेर गयो चिसो बाल्टिन, रित्तो बाल्टिन उज्यालो थाप्ने रहर कठै…!

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो धरातल

~रुमन न्यौपाने ‘अमन्त’~ तिमी अनि तिम्रो प्रतिबीम्ब तिम्रो उदाशिनता म केलाउँछु निस्फीक्री संग तर म खेल्दा खेल्दै हारीसकेको । झर्दा र्झदै फुल्न खोज्ने । अष्पस्ट पराजय, र्दुबोद मनस्थिति, अब, एक्लै धरातलमा उभीन सक्दिन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : घाँसको भारी

~बिमल गुरुङ~ बिहानै उठ्छ्यौ मिलाउँदै कपाल हामी बस्ने यो देश हो नेपाल पँधेरा जान्छ्यौ गाग्री बोकि दुखिको दिन फिर्ने छ भोलि

Posted in कविता | Tagged | Leave a comment

कविता : झगडा

~भुवनहरि सिग्देल~ खकालोको कालो नधुन धुन हे राम ! झगडा सिकारीको दारी नछुन छुन बेकार झगडा किसानीकी सानी अति चुलबुले पो छ झगडा कुनेता नेताको विदल दलका बीच झगडा ! उरन्ठ्यौली ब्यौली खसम सम मानेर झगडा

Posted in कविता | Tagged | Leave a comment

कविता : एक दिन यात्रामा

~अनन्त निरौला~ एक दिन सानो यात्रामा संगै हिंडियो भला कुसारी गरियो दालमा नुन कम लागेको कुरा भो अस्ति भुटेको करेला मिठो भा’को चर्चा भो। अलिकति देवकी दिदीको कुरा भो

Posted in कविता | Tagged | Leave a comment

कविता : किनकि उ मजदुर हो

~अनिल नेम्बाङ~ बाटोमा फोहोरको थुप्रो छ हाक्किमले चिल्लो कारमा चढेर छल्छन् साहेबले बाइकमा हुइकिएर छल्छन् महाजनले नाक थुनेर बाटो काट्छन् उसले त्यहि फोहोर पन्छाएर बेलुकिको छाक जुटाउनु पर्छ अहँ उसलाई त फोहोर गन्हाउदैन किनकि उ मान्छे होइन।

Posted in कविता | Tagged | Leave a comment