Category Archives: कविता

Nepali Poems

कविता : नाङ्गो मान्छेको आत्मकथा

~प्रमोद स्नेही~ नाङ्गो मान्छेहरूको शहरमा स्वयं लाजले आत्महत्या गर्यो । कपडाहरू दन्त्यकथाहरूमा परिभाषित भए । केही मान्छेहरू राम्रा र महँगा कपडाहरू लाएर पनि सर्वाङ्ग नाङ्गो छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ढलिरहेकबा स्वाभिमान

~विशाल दर्लामी~ जब हुलका हुल युवाहरु आँखामा बलिन्द्र आँशु लिंदै आफू जन्मिएको माटोलाई बाईबाई गर्दै मरुभूमिमा भित्रिन बाध्य हुन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : देशको मुहार फेर्नुछ

~मनु वि.क.~ रिङदै घुम्दै आयो तीज नेपालीको आँगन गीत गाउ दिदी बहिनी सँगै नाचौं न नेपालीलाई दिदीबहिनी साह्रै दुःख भएको हेर न शान्ति देशमा छैन आएको

Posted in कविता | Tagged | Leave a comment

कविता : धेरै आँखा आए

~आचार्य प्रभा~ धेरै आँखा आए यहाँ बास दिन्छु भनी धेरै हात धाए यहाँ साथ दिन्छु भनी कस्को विश्वाश गरिकन बास माग्नु मैले कस्को भर परिकन साथ माग्नु मैले

Posted in कविता | Tagged | Leave a comment

कविता : नदीको यात्रा

~लक्षीराम आचार्य~ एउटा क्रान्ति नदी बग्छ सदा सर्वदा हिमालको काखदेखि पुग्छ पहाड कन्दरा भेट्छ यात्राबीच असंख्य सहयात्री लटरम्म

Posted in कविता | Tagged | Leave a comment

कविता : जुनकिरी

~निश्चल काउचा~ जुनकिरी हुँ म मलाई चन्द्रमा मन पर्दैन जुन अर्काको उज्याँलोमा चम्किन्छ जुनको प्रकाश बादलले छेक्न सक्छ औशीले लुकाउन सक्छ म स्वतन्त्र छु जता पनि उडन सक्छु मेरो उज्याँलोले भ्यागुताहरु तर्सन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : लोकतन्त्र

~लक्षीराम आचार्य “अविरल”~ गुफाभित्रबाट फ्याउ फ्याउ ओकल्दै पुकारि ंदैछ यहाँ निस्पट्ट कालरात्रीमा ब्वाँसाहरुको लोकतन्त्र विहानीको सपनामा छेदक लगाउँदै अन्धकारमै

Posted in कविता | Tagged | Leave a comment

कविता : म त्यही आउने छु

~राहुल पुन~ शायद, तिमीलाई लाग्दो हो कतै हराए जस्तै कही लुके जस्तै पक्कै तिमी सोच्दा हौं यतै विलिन भए जस्तै अन्तैतिर भागेजस्तै तर, तिमीलाई लागेजस्तो तिमीले सोचेजस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : किताब

~विक्रम सुब्बा~ लेखिँदैछ अब एउटा नयाँ किताब मानिसहरू भन्दैछन् – किताबको कुनै पनि अध्यायमा राजाका जुँगावाला टोपीले शिर उठाउँने छैन रानीका कुटील मुस्कान कतै पोतिने छैन युवराजका कामुक ठट्टाहरूको विवरण लेखिने छैन युवराज्ञीको शिरमा दैवी शक्तीको ताज पहिर्‍याइने छैन के … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भोज यथावत चलिरहेछ

~आर.एम्. डंगोल~ सुकुलको तहमाथिबाट खबरदारी गरिरहेका बेवारिसे औँला-हत्केलाहरू संविधानको त्यान्द्रो चपाउँछन् र, उग्राउँछन् आराम गरीगरी समयको यो सुकुल रोगी संविधानजस्तै अझै खिइँदै छ यद्यपि, त्यसैमाथि बसेर

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रीमानलाई एक प्रश्न

~अनिल नेम्बाङ~ गलामा सेतो हिमश्रिङ्खलाको हार हरियो पहाड-पर्वतको फरिया-चौबन्दी ठाउँँ ठाउँमा लालिगुराँसको बुट्टा बुर्कामा रङ्गिचङी डाँफेहरुको बिट सिम्रिकको बाटुलो टिका अनी लमतन्न मधेशको बाह्र हाते पटुकी आहा! कती सुहाएको तर,

Posted in कविता | Tagged | Leave a comment

कविता : इच्छाहरु

~विमल निभा~ पहिले ऊ जन्म्यो त्यसपछि उसका इच्छाहरु विस्तारै–विस्तारै ऊ चाहन्थ्यो आकाशजत्रो कसौंडीमा भात पकाउन र धरतीका समस्त भोकाहरुलाई पेटभरि खुवाउन ऊ भेंडाहरुसँग

Posted in कविता | Tagged | Leave a comment

कविता : बुजु्रकहरुको नाटक

~शिवराज पन्थी~ सिंढी चढ्दै थिए बु्ज्रुकहरू मह काढ्नका लागि रित्ता हात चाट्दै इतिहासको रूखमा धमिराको गोलो लागेको बेला अरिंगाल उडेर कल्पवृक्षमा डेरा स-यो घर नजिकैको चौतारमा विराजमान

Posted in कविता | Tagged | Leave a comment

कविता : डेँगू

~यादव खरेल~ अनौठाको रोगी छ डेँगू उसलाई मन लागे स्वस्थ बन्छ ! उसलाई मन लागे बिरामी पर्छ ! हुकुम प्यारो डेँगूलाई दरबार हुकुम गर्छ, डेँगू हाजिर डेँगूलाई ज्वरो आउँदैन ! कट्वालहरू हुकुम गर्छन्, डेँगू उपस्थित डेँगूलाई पेट दुख्दैन ! साम्राज्यवाद … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्खाइमा

~राम श्रेष्ठ~ उनको पर्खाइमा साँच्चै कती रात बिते, कती ॠतु गए, कती फुल फुले, तर आँउछु भनेर नआउने निस्ठुरी, फुलमा भमरा भुले झै बिदेशमै भुले।। उनको नाममा साँच्चै कती चिठ्ठी कोरेँ,

Posted in कविता | Tagged | Leave a comment

कविता : राजधानी : एक शव्दचित्र

~मुरारीराज मिश्र~ पैसाको लागि – यहाँ इमान बेचिन्छ, स्वार्थको लागि – यहाँ कानून मिचिन्छ, यो विडम्वना नै भनुँ काठमाण्डौंको लागि सत्यको वकालत गर्नेहरुलाई यहाँ पद र शक्तिको हतियारले थिचिन्छ । यहाँ – जताततै टुटफुट छ,

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : हजूरैहजूर

~निर्मोही व्यास~ आँखा खोल्दा पनि हजूर, चिम्लिराख्ता पनि हजूर ! जैले पनि जता पनि झलझली हजूरैहजूर ! सपनीमा सँगै हजूर, बिपनीमा सधैं हजूर ! सम्झनाको देउरालीमा रातोदिन हजूरैहजूर ! अचम्मै पो हुँदो रैछ पिरतीको टुना हजूर !

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : फरक किन ?

~शिवराज पन्थी~ तिमी र म फरक फरक जातका मान्छे रे ¤ हैसियत छैन रे मेरो उठबस गर्ने तिमीसँग न हात मिलाउन लायक ठानिन्छ न त दुई हात जोड्ने शिष्टता नै तिमी एक कित्ताको

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँ

~कमल कुमार~ मेरो गाउँ टाढा छ मन बोक्छु डोकाभरि सपना गाढा छ । बादलपारी शहर छ उडी जाने रहर छ म हिँड्ने बाटोमा पहिरोको डर छ

Posted in कविता | Tagged | Leave a comment

कविता : इन्द्रेणी

~लक्ष्मी प्रसाद देवकोटा~ क. पग्ले सृजन–घन, हे साउन रङ्ग–धनी लच्की ललित रे चुली चुली गाँसी, कलाकी इन्द्रेणी ! ख. वाष्पद्रवमा किरण–बुना यो धनुष नवीन ! हान्दछ, कुसुमशर दृग–दिलमा ! झन्कार्दछ क्या भाव नवीन !

Posted in कविता | Tagged | Leave a comment

कविता : कर्णालीको मलामी

~कुसुम ज्ञवाली~ बोकेर मृत सपनाहरुको भारी एकहुल बहिनीहरु झरीरहेछन ओरालो दक्षिणतिर त्यो कात्रोले बेरिएको लास कसको हो ? मलामी हिडेका बहिनीहरु को हुन ? यसै भन्न मुस्किल छ । कसैले भन्छन् राज्यको लाश बोकेर दक्षिणी ओरालो झर्नेहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : म के गरौं

~बिमल गुरुङ~ एकाबिहानै यो के छट्पट? के वाक्क खुट्टा चट्टाईमा बजार्छु थुक्छु भूईँतिर एकाबिहानै यो के छट्पट के गरुँ? बानी बिगारी त्यो केटिले संधै त्यसलाई देख्न पाए हुन्थ्यो जस्तो मात्र लाग्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : रिठ्ठे

~अनिल नेम्बाङ~ उ बेलाको कुरा सम्झेर ल्याउँछु- एक डबका पिएको घर छेउको मेलामा रिठ्ठे पनि घाँडो भो’ समाजको- गाउँलेले कुरा काटे अनि समाज तिर्खाउन मन लाग्यो। अघिल्लो साल पनि एक खिल्लि धतुरो मुर्छित थिएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : भाग्न पाउदैनौ

~बाबुराम पन्थी ‘गुल्मेली’~ सुन्दर फूलको थुड्गा नेपाल पत्र थुत्न लागी पर्यौ आफ्नो स्वार्थ पुरा गर्न निर्दोष जनता सधै मार्यौ चुँडी सयौ थरी फूलको माला आफू चैं नेता बन्यौ गरी कुरा समानता असमानताको खाडल खन्यौ नलेख्नु पर्ने किन लेख्यौ सम्विधान मैं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विछोडको कहानी

~ललिता ‘दोषी’~ जरुवा छ कि आँखाभित्र झर्छ सधैँ पानी लाखौँ गरो कोसिस मैले सुकेनन् आँखाका यी नानी फ्याँक्न खोजें जलन, पीडा तस्बिर निष्ठुरीको जति बिर्सुं भने पनि गएन झझल्को उनको

Posted in कविता | Tagged | Leave a comment

कविता : कारागार भित्रबाट

~यल्जी विवश~ म बुझ्दैछु- किन लाग्छ ऐठन ! म बुझ्दैछु- कसले देख्दैछ मेरो सपना भत्काउने सपना, कस्ले तड्पाउँछ सपनामा कस्ले तर्साउँछ बिपनामा ! मेरो दिमाग कस्ले बोधो बनाइदियो मेरो आँखा कस्ले चिम्स्याइदियो

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : तपाईं सीसी टीभीको निगरानीमा हुनुहुन्छ

~विनोदविक्रम केसी~ फुक्काफाल हिँडिरहेछन् चोरहरू खुलेआम घुमिरहेछन् हत्याराहरू पुलिसचौकीकै छायामुन्तिर निष्फिक्री चुरोट फुकिरहेछन् लुटेराहरू निर्धक्क सिकारमा निस्किरहेछन् बलात्कारीहरू हाकाहाकी हप्ता उठाइरहेछन् गुन्डाहरू अलमस्त घूस खाइरहेछन् कर्मचारीहरू र, यता तपाईं सीसी टीभीको निगरानीमा हुनुहुन्छ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : पानाकी मिस्सी

~रजित ओझा~ एक दाऊ होइन , दुई दाऊ होइन , सबै बाजी मारछिन जब उत्रिन्छिन उनी खालमा सबैलाई धुलो पार्छिन मेरी माया कस्ती राम्री राती अनी हिस्सी जीवन भरी माल परेकी मेरी पानाकी मिस्सी …………………………………….. मलाई थाः छ माया साथी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बजारको रङ्गसित

~भिमा राई ‘तोलाछा’~ मेरो सपनामा मेरो विपनामा पल-पल बितिरहेका मेरा जीवनका अभिप्रायसित संग्लग्न तिमी तिम्रो सम्मोहनले छोएपछी प्राप्तिका लिप्साले आकर्षित मस्तिष्क

Posted in कविता | Tagged | Leave a comment

कविता : वेचैन

~हेमन यात्री~ जब निभिसक्छ घाम हृदयको सन्दुकमा साँझले बोकिल्याएका पक्षीहरू अलाप्न थाल्छन् भुलिसकेका भाकाहरू मनको सङ्घार उक्लेर सुसेल्न थाल्छन् रातभरिको कहर र सुसेल्छन्– क्रमशः निद र सपनाहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : शक्ति

~मिलन वान्तवा~ बाइफाली आइमाईजस्तो फालाकफिलिक गरिबस्छ पुरुषार्थी भनाउँदाहरूका अघिपछि र सबैलाई उत्तेजित बनाइरहन्छ। पुतलीजस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रेडिट क्रन्च

~पुरुषोत्तम सुवेदी~ लिलाममा राखिएको झण्डा कुल्चदै मार्चपास गर्‍यो याङ्कि सैनिक टुकडीले पञ्जशेर उपत्यकामा र ढोका बन्द गरे बुर्कामा छोपिएका महिलाले तर मिसवर्ल्ड, मिसयुनिभर्स ब्युटिपिजेन्टका शृङ्खला

Posted in कविता | Tagged | Leave a comment