Category Archives: नेपाली काव्य

Poetry

गजल : बेहोश भै म लडदै थिएँ

~भुपेन्द्र महत~ भरियो सिउंदो तिम्रो जब, बेहोश भै म लडदै थिएँ तिमी छल्कियौ आँखाभरी म छाती भित्रै डढ्दै थिएँ थरथराएको हातले फुटेको मुटु निम्तामा दियौ आँसुले रुझेका रछन थोपा थोपा म पढ्दै थिएँ

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : सत्ता

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् क्रूर हुन्छ सधैँ सत्ता लास गन्दै रमाउँछ अन्धो यो चोर छाडेर साधुलाई समाउँछ ! सुन्दैन कान सत्ताले जस्तै रुँदा कराउँदा निदाउँछ सधैँ सत्ता देशै सर्वस्व सल्कँदा !

Posted in छन्द कविता | Tagged | Leave a comment

व्यङ्ग्य छोक : बजारभाउ

~केशवराज पिँडाली~ दिन दुगुना रात चौगुनाका दरले बढ्ने बढेपछि फेरि घट्दै नघट्ने सदा उन्मुख, सदा माथिमाथि नै

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

गीति कविता : बाध्य

~रामेश्वर पौडेल~ डाँडा काँडा पहाड़मा बस गुडेको धरतीको स्वर्ग हेरी मख्ख परेको मन त मेरो उमंग भयो दृश्य देखेर खु:सी एवं डरको संगम एक्मै भेटेर पहराको डीलबाट झर्या सफा पानी

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : मरुभूमिको गीत

~गिरी श्रीस मगर~ मध्यरातको नीरव छटपटीमा दह बास बसिरहेको आँखामा छाइरहेछ प्रियसीको उदास अनुहार, आइरहेछ ऋणमा डुबेको घरबार, बेतोड भागिरहेछ निद्रासँगै प्रेमजस्तो सुकोमल सपना ।

Posted in कविता | Tagged | Leave a comment

प्रेम लिम्बु नुगोका ५ हाइकुहरु

~प्रेम लिम्बु नुगो~ जनतालाई हर्ष न बिस्मात छ यो संबिधान । [1] नेताहरु त

Posted in हाइकु | Tagged | Leave a comment

कविता : प्रेम

~ध्रुवसत्य परियार~ सिपाहीले सोध्यो– हे पादरी, प्रेम के हो ? भ्यालेन्टाइनले भने– तिमीले तिम्रै मनको मलिलो माटोमा तिम्रै हृदयको कलिलो हाँगामा प्रेमको फूल फुलाउन सक्छौ

Posted in कविता | Tagged , | Leave a comment

कविता : आऊ प्रेमीहरू मिलेर

~निर्मला अर्याल~ आजको जुनेली रातमा ताराहरूको झिलमिलाहटमा मायालुलाई नियाल्न मन लागेको छ मनमा प्रेमका नया तरंगहरू बज्न थालेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : म को हुँ

~यकिना अगाध~ भनिन्छ, निदाएकालाई ब्युँताउनु हुन्न । म पनि निदाए थें तीनसय वर्षसम्म सायद तिम्रो इतिहासको कुम्भकर्ण मै हुँ । जब म

Posted in कविता | Tagged | Leave a comment

कविता : म नवयुगकी नारी हुँ

~दिपा धिताल~ म नव युगकी नारी हुँ मेरो पुरानो इतिहास पल्टाउन चाहन्न म मसँग मैले टेकेको जमिन छ तर गन्ध आउन दिन्न म जहा“ मेरी आमा र बज्यैहरूका मुनाहरू चिमोटिएका थिए

Posted in कविता | Tagged | Leave a comment

कविता : कोदो

~खेम बतास~ गरिब बैकिनीको कुर्कुच्चाजस्तो उज्गलो१मा बस्दै आएको म कोदो हुा गोसाइ२, कोदो । मेरा इजा–बाले बौसको पूरापूर बालापन पोखेर जोगाएको बीउको दर सन्तान हुा मेरा पुर्खाको रगत–पसिनाले निथ्रुक्क भिजेको छ यो जमिन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सियोको टुप्पो

~छम गुरुङ~ म भीडमा बसी आफ्नै अनुहार सम्झेर चुइँगम चपाइरहेछु केही न केही सोचिरहेछु डर लाग्छ मलाई सबसे डराउनेसँग डर लाग्छ भीडमा नाजुक बेलुन बन्छ अनुहार पनि परिचयहीन कथा नमारिने कवितामा पनि गतिहीन डरले गल्ती गर्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : भिखारी बेहाल छ !

~ऋतिक यादव~ अरूका लागि मात्र भई घृणाको एक दरार कल्पना बेगर हेर ऊ भिखारी बेहाल छ एक मुठी चामलको नारालाई बनाई आधार कल्पनाको खोजमा हेर भिखारी बेहाल छ। छैन केही खानपिन,मर्नको नै हाहाकार छ

Posted in कविता | Tagged | Leave a comment

गजल : आधार मान्छु म

~रेखा पन्त~ आफू बाँच्नुको यही आधार मान्छु म बाबु आमा ईश्वर साक्षात्कार मान्छु म कुन तीर्थ जाँदा भगवान् भेट्यो कसले मेरी आमा देवीको अवतार मान्छु म

Posted in गजल | Tagged | Leave a comment

कविता : आमा

~लिला बल्लभ नेपाल~ आफ्नै शक्ति घटाई दूध पिलाई आमा तिमी मै तिर कस्तो भाव छ तिम्रो दिलहरूमा कस्तो महान् छ शिर आफ्नो निन्द्रा घटाई रातभरिमा तिम्रो ध्यान मै तिर कस्तो यो ममता सजायौ तिमीले स्वार्थीयो संसार तिर

Posted in कविता | Tagged | Leave a comment

कविता : मै छोरी अप्जसी

~एम सि सुमित~ मै छोरी अप्जसी जे गर्‍यो त्येही गाल काम लागे भांडो नलागे चांही फाल। नबोलूं भने लाटी घुसघुसे बोलूं त हजुर छुसी दुर्मुखे नहांसूं भने कालान्द्री रुन्ची हासूं त हजुर बेस्या पातर्नी

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तिम खोज

~शान्ति प्रियवन्दना~ मुटु जलाउने आगोको लप्कासँग खेल्दै, रूमल्लिँदै र भष्म हुँदै उसको शीतल स्पर्शको अभावमा आफैँलाई अनुवाद गरेँ र, स्वयम् ज्वाला बनेँ आगोको हराएँ आफैँभित्र आफैँ र, किनाराको खोजी गरेँ ती सब व्यर्थ र दिशाहीन थिए । यी घाउहरु निको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : कस्ताे नशा

~जीवराज बुढाथोकी~ प्यूँनै नपा’र्इ झुम्म भै, लागेछ याे, कस्ताे नशा । हाेस्मै रहें, बेहाेस भै, खै के भयाे, कस्ताे नशा । नामै सुरा, ती सुन्दरी, के-के नशा, धेरै कति, कक्टेल भै, लागे छ याे, साह्रै चढ्यो, कस्ताे नशा ।

Posted in गजल | Tagged | Leave a comment

कविता : बनोस् एकताको घर

~कुन्दन काफ्ले~ मीठा–मीठा कुरा गर, सपना आफ्नो पूरा गर । जीवन यात्रा कठिन छ, हाँस्तै–हाँस्तै बाँचौं तर । जीवन यो घाम छायाँ हो, दुई दिनको यो माया हो । भाइचाराको गाथा कथी सुवास चारैतिर छर । हिन्दु, मुस्लीम, शीख, इसाई, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा सपना मेरो पनी देशकोलागी

~अशोक ‘खलानको मान्छे’~ एक हुल यात्री हरु देश बिग्रियो भनी नयाँ देशको खोजिमा जङल जङल भड्कदै गाउ गाउ बाट आमा दिदी बैनिको सिर्बन्दी र तिलहरी देसको लागि ढिक मा लिय सपनाको देस बनाउन

Posted in कविता | Tagged | Leave a comment

कविता : काठमाण्डू

~सिम्पल केटा~ अँधेरो कोठा, उत्तेजक संगित, चुरोटको धूँवा कामुक तरुनी, रक्सीको गिलास

Posted in कविता | Tagged | Leave a comment

कविता : छिमेकी

~रमेश खकुरेल~ हाम्रा एक छिमेकी छन् हेर्दा खूब मिलेका छन् भित्र त पापीजस्ता छन् के भनुँ खै यी कस्ता छन् ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : चुनाव, नेता र ग्रामीण जनता

~दामोदर घिमिरे~ पाँच वर्षमा हुने चुनाव वर्षांै पछि आउँछ यहाँ जनता हुन्छन् गाउँप्रेमी नेता बन्छ ठालु त्यहाँ । चुनावमा नेता धाउँछन् जिल्ला अनि गाउँघरमा युवाहरू बिदेसिन्छन् रोजगार नपाउँदा स्वदेशमा । धेरै शिक्षक राजनीतिमा परिणाम न्यून स्कुलको

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नै दाउ

~भाग्यशाली अधिकारी~ मिल्नु थियो सबै भाइ कोही घुर्नु हुन्न उठ-उठ नेपाली हो अब फुट्नु हुन्न । स्वर्ग थियो नेपाल यो पाउ फेरी भन्न

Posted in कविता | Tagged | Leave a comment

कविता : उषा

~वासु काफ्ले~ उषा तिमी कहा गयौ मलाई नै छली गयौ छु एक्लो चरो सरी र एक-लोचनी दिई । नठान प्यार पूर्ण भो र ठान प्यार थोर भो

Posted in कविता | Tagged | Leave a comment

छोक : अनित्य

~घिमिरे युवराज ‘कर्जुना’~ क्षितिजबाट पग्लॅदै घाम समुन्द्रमा स्नान गर्न निर्बस्त्र हुॅदै गर्दा समय लजाएर गोधुली भई दिन्छ रातै र पूर्वमा जून मुस्कुराउॅछन् कलिलो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : काँचो कागज

~राइमाण्डु~ माथि माथि भोटमा चाँप अनि गुराँस फुल्दै गर्दा हुनुपर्छ सायद यकिन गते घडी पला ठम्याउन नसके नि ठ्याक्कै त्यही बेला हात परेको थ्यो एउटा काँचो कागज । बुढी औलामा रङ पोतिएको थियो गुराँस कै रङ सरि । अनि म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो तिम्रो निष्ठुरीपन

~महालक्ष्मी थापा~ नआऊ तिमी भावनामा मिठा मिठा कुरा गर्न । नआऊ तिमी सपनामा बिश्वासको किला गाढ्न । भावनाको गोरेटो हुंदै ।

Posted in कविता | Tagged | Leave a comment

गजल : भर लाग्यो मलाई

~गौरी ढकाल~ तिमी ममा आशक्त छौ, भर लाग्यो मलाई बुझेर पनि अबुझ बन्न कर लाग्यो मलाई छायाँ खोज्दै प्रकाशमा नहिँडेकी होइन प्रकाश भन्दा तातोसँग डर लाग्यो मलाई

Posted in गजल | Tagged | Leave a comment

कविता : मुगुकी आमा राराताल

~गोपिचन्द्र कार्की~ पहाडहरुको पछ्यौरी ओडी देवदारको माझ जंगल कान्जिरोवा हिमाल तल काखमा तिमी राराताल १ थकाइलागि थकाइमार्न आकाश भुइमा बसेजस्तो

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमी सुन्दर देखिन्छौ

~इलामेली टीकाराम दुलाल~ म भन्दा त तिमी सुन्दर देखिन्छौ सोह्र सत्रको जस्तो भर्खर देखिन्छौ म त बुढेसकाल लागेको मान्छे हो तिमी साच्चै वैशले झर्झर देखिन्छौ

Posted in गजल | Tagged | Leave a comment

कविता : एउटा अंध्यारोको उदय

~तारा पराजुली~ सोचेको थिएं तिम्रो आगमनमा बेदाग उज्यालो आउनेछ मखमली बाटोहरुमा। समय उल्टो बगेको छ। परिणाम फरक देखिएको छ। सोचेको थिएं तिमी सभ्यताको सुल्टो नदी बहन्छौ यी आशाका खेतहरु

Posted in कविता | Tagged | Leave a comment